Posted by: shree5 December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
केदार जी र "नेपालिनक्स" बनाम्नी गाम्ले हुरलाई धेरै धेरै धन्यवाद, बधाई, अनि शुभकामना पनि छ है । तपाईहरुले नेपालकै विकासमा ठूलो योगदान दिँदै हुनुहुन्छ, हाम्रो धेरै धेरै प्रशंसा छ । symlyn जी, तपैँले जो तेस्तो प्रश्न सोध्न त भएन नि मलाई, मैले पेन्गुईनवाला- केडिई डेक्सटप नेपालीमा नै छापेको चईनी यही साझाँ नदेखेको हो र, अझ मैले त symlyn भनेको symlink होला भनेर अर्थ लगाको, के कुरा अर्नु भओ यस्तो ;) खाँटी कुरो चईनी के भने मैले पनि त्यो सुजीको हलुवा भने खासै खाको छैन, तर "look and feel" ले गर्दा र त्यसको live cd पनि भएको हुनाले विन्डोजबाट जानेहरुलाई learning curve flat होओस तथा NOVELL स्थापित नाम पनि भएकोले SUSE सिफारिश गरेको हुँ । फेरि त्यसमा MONO पनि बनिबनाउ आउने हुनाले विन्डोजका .NET programs पनि सजिलै चल्ने हुनाले मैले त्यो सुझाएको । म आफै भने FC4 प्रयोग गर्छु र केही समय पहिले मैले साझामा नै यही font वाला प्रश्न सोधेको थिएँ । arch119 ज्यूले एउटा rpm (?) को सुझाब दिनु भएको थियो तर त्यसले पनि काम गरेन, तर मेरो box 64-bit को भएकोले मैले तेही कारणले होला भनेर छाडिदिएँ । नेपाली प्रयोग गर्न परे म चाहि "हिंदी" लोकाले बाट छिर्छु र यूनिकोड लगायत सबै चीज मजाले चल्छ । गाम्लेहुरलाई एउटा सानो जानकारी गराईहालम, लिनक्स प्रति समर्पित गुगलको आफ्नै साईट छ जसवाट सर्च गरे लिनक्सकै कुरा मात्रै भेटिन्छ । www.google.com/linux कुरै कुरामा नि, गुगल आफै पनि पिसि कम्प्यूटरको लिनक्स क्लस्टरमा चल्दछ (ठुलो मेनफ्रेमबाट होईन), मेरो जानकारी मा भए सम्म क्यानाडाको गुगलको लिनक्स क्लस्टरमा PII देखि PIV गरेर जम्मा 700 वटा PC छन् रे । Keep rolling...
Read Full Discussion Thread for this article