Posted by: world_map December 5, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
नेपाली युनिकोडको अचेल साझामा क्रान्ति नै आएको छ। साझा मात्र किन, अरू धेरै वेबसाइटहरूमा नेपाली युनिकोडले तहल्का मच्चाइदिएको छ। अंग्रेजीमा टाइप गर्ने बानी भएकाहरूका लागि सिक्न अत्यन्तै सजिलो रोमनाइज्ड किबोर्डले गर्दा पनि म र म जस्ता अनगिन्ती प्रयोगकर्ताहरू लावान्वित भएका छन्। तर यो अंग्रेजीको तुलनामा टाइप गर्न अझै ढिलो महसूस हुन्छ। धेरै अभ्यास नहुँदा पनि यसो भएको हुन सक्छ। अंग्रेजीमा जस्तो टाइप गर्न सिकाउने र गति नाप्ने 'टाइपिङ् टिउटर' जस्तो सफ्टवेयर कसैको नजरमा भए जानकारी दिनाले धेरैले फाइदा उठाउने थिए। नेपाली युनिकोड चलाउने व्यक्तिले यस धागोमा आफूले कहिले देखि नेपाली युनिकोड चलाउन थालेको हो र के कस्ता समस्याहरू छन् लेखौं, यसबाट नेपाली युनिकोड कतिको चल्तिमा रहेछ र यसलाइ सुधार्नका निम्ति के गर्नु पर्ला भन्ने निर्क्यौल गर्न सकिन्छ। लौ मबाटै शुरू गरौं। मैले नेपाली युनिकोड यो सालको मे, जुन देखि प्रयोग गर्न थालेको हुँ। प्रमुख समस्या गति हो, त्यसैकारण चाँडो टाइप गर्नको लागि म अंग्रेजीमा गर्ने गर्छु। अरुको अनुभव पनि सुनौं न त।
Read Full Discussion Thread for this article