[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264701 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-15-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ बा हजुरबा भने हुन्छ। एउटि तिमी जस्तै  नातिनी थि मेरि, बेपत्ता भई, अस्ति कइले हो चिठि आ थो, अब त चिठि नि १०० भागमा पठाम्छु भन्छे, बाँच्छु कि बाँच्दिन तेतिन्जेल कुन्नि, अब जे भ नि एक्लै भा बेलाँ नातिनी भेटिओ मलाई त हर्क लाओ! एइ मौकाँ बरु तिम्लाई एउटा रातो धागो र हरियो पलास्टीको चुरा किन्दिम्ला! पिप्लामेट खान्छौ??? ल दुइ रुप्पेको पिप्लामेट किनेर खाऊ बा!

 

ग्वाँचेले कथा राखेछ म पडन लाएँ! मेरो चस्मा कता छ हँ???


 
Posted on 02-15-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ले गाली गर्‍यो हाम्रो चेलीलाई? गाली होइन  होला, ताली गरेको होला। गाली नै हो भने गाला चड्काई दिए हुन्छ, असत्तिहरु साह्रै मात्तेका छन् पात्तेका छन्।

 
Posted on 02-15-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब कथा छ ग्वाँचे! समसामयीक र कारुणिक! हाम्रो जस्तो देशमा एकपटक यस्तो किसिमको युद्ध सुरु भएपछि अब शायद अन्त्य हुन धेरै समय लाग्छ होला, मात्र नाम फरक स्वरुप उस्तै, दुख उस्तै, त्रास उस्तै र परिणती उस्तै!
 
Posted on 02-15-08 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आजलाई यही बिश्रान्ति। ॐ शान्ति। ॐ शान्ति।

 
Posted on 02-15-08 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwanche bro: wow.................. man what a story. I am spellbound. Could not find any words to describe your story, simply the best..
 
Posted on 02-15-08 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे-बुरो, साह्रै मार्मिक कथा गयो यार। कस्तो कारुणिक ! रुनै मन लाग्ने।  चौतारी महोत्सब दिन दिनै आइदे हुन्थ्यो जस्तो पो लाग्न थाल्यो ल।

नमस्ते हर्के दाइ ! के छ खबर? अनि दाँतको के छ खबर? आज त शुक्रबार, त्यो अगेना माथि झुण्ड्याइ राखेको बुङ्गुरको सपेटो सकियो कि बाँकी छ अझै ? सकियो भने अर्को बुङ्गुर थुत्नु परो कि के हो खोर बाट !

अरु को को छौ हँ गाम्ले हो? आज त रोदीघर तिर छिर्न जाँगर चलेन। चौतारी मै एकछिन दोहोरी जमाउने भे' जमाम् के रे !

 

चौतारीको छेउ-छाउमा को को छन्,

खाइसके कि नखाको भोको छन्।

बल्ल पर्यो माकुरी जालैमा

बल्ल पर्यो निर्मायाँ माकुरी जालैमा।


 
Posted on 02-15-08 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते खै मलाई त दोहोरी खेल्न आउँदैन सुन्न मात्रै आउछ।। लु दोहोरी जवोश म चै सुन्दै कम्मर हल्लाउछु। दात्को सबै ठीक छ आहिले, आझ चै बूङूर साधेको खाने बिचार  छ। नून र खोर्सानीमा चोपलेर उशिनेको बूङूर चोप्दै खाँदै।
 
Posted on 02-15-08 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वान्चेजि, ......यस्तो ब्यथा जस्को कथा लेखिएकैछैन.....यो मैले खै के प्रसङ मा सुन्या हो, यस्को अगाडि को पछाडि क सबै लाइन हरु बिर्सिएर यहि मात्र दिमागमा याद रह्यो खै किन हो  - तपाइ को अलिखित कथा देख्ना साथ त्यहि लाइन फेरि याद आयो।

धेरै जन्मिए है,  यस्ता अलिखित कथा हरु -हाम्रो दुर्भाग्य!

धन्यबाद यहा लाइ सारै मर्मस्पर्शि तरिका ले शब्द मा उतार्नु भयो, अब अलिखित कथा अलिखित रहेन। तर अझै धेरै बाकि छन लेखीइन ...... Please keep up the good work!

 

** Guys I just sneaked in here to comment on the wonderful story above. hope you guys won't mind. Thanks


 


 
Posted on 02-15-08 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त चौतारी सुन्य भएछ, बिहे पछी केटीको घर सुन्य भये झै भएछ। खै रोधी सुरु गर्नु पर्ने कता गये रोधी तोली भात खाँदै छन कि के हो, लु सुस्तरी भात खाम अनी आम हैत चौतारी तिर।


 
Posted on 02-15-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको गीती लहर रातीको ९ बज(मेरो समय) र १० बजे अरुको समय  समम ्मात्रसन्चालन हुने
कुरा सबैलाई अवगत गराउन चाहन्छौ।


 
Posted on 02-15-08 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pjna007 -जी, हजुरलाई चौतारीमा स्वागत छ !

नयाँ सदस्यहरु देखेर कसले माइण्ड गर्थ्योहोला र ! यहाँ त हर्ख-बढाइ हुन्छ के रे नि। यहाँ त माइण्ड-साइण्ड बाहिरै राखेर छिरिन्छ। हाँसिन्छ, ठट्टा गरिन्छ। हजुरका रचनाहरु नि गुपचुप पढिराखेको थे', आफ्नो छुचो मुख प्वाक्क बोल्न डर लागेर मात्र हो। बरु चौतारी महोत्सबको लागि हजुरको तर्फबाट नि जावस न त एउटा।

हर्केदाइ, एकजनाले मात्र गायो भने त एकोहोरी हुन्छ के रे, के गाउनु र खै ! बरु मैले टेपरिकर्ड खन्काइदिन्छु, कम्मर मर्काउँदै अर्नुस।

 


 
Posted on 02-15-08 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गरु की मीठो भुल छोउ छोउ लाग्यो मलाई

 
Posted on 02-15-08 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-15-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भौते जवोश है।
यो मायाले के ल्यायो हतैमा
खाने कुर केही छकी साथैमा
सालैको पातैले दिये खान्थे मायाको दैने हातैले

के हो लहरे ९ बजे भनेर सात बजेनै सुनु गर्दिने रोधी।


 
Posted on 02-15-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको १०० औं भागको अबसरमा सबै गाँउलेहरुलाइ शुभकामना र नमस्ते ।

यसै उपलक्ष्यमा लहरे एउटा दामी गीत सबै चौतारीबासीहरुलाइ मेरो अनुरोधमा सुनाइदेउ न बौचा।

हर्क काका, लहरे, भौते, pjna, जिमाल बा, राहुल दाइ, ग्वाँचे सबैलाइ मेरो अभिबादन।

Last edited: 15-Feb-08 07:58 PM

 
Posted on 02-15-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे कुरो बुजे मैले बल्ल

त्यो माथिको गीत्मा दाहिने हात हुनु पर्ने दैने हात भएछ।


 
Posted on 02-15-08 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे त्यो " सोह्र बर्शे उमेरैमा मै पनी झिल्के हुँदो हो आहिले पो बुढो भएर" भन्ने खोजत खोज, यो गीत चै हाम्रो बिर्खे बाको लागि।
 
Posted on 02-15-08 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो मेटाइ मेटाइ लेखेको अभिवादन त लिन्नम् हाम्ले, हाम्लाई त फ्रेश अभिवादन चाहिन्छ, रिठ्ठेलाई दिने जस्तो अभिबादन।

मखुला हर्केदाई ?


 
Posted on 02-15-08 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रिलाई मेरो पनी नमस्कार छ है। अनी कहिले आएउ घर बाट, सबैलाई सञ्चै छ हैन घर तिर। kha kha bhaute baucha kha kha..

 


 
Posted on 02-15-08 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters