[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264304 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-14-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे मैले किन गफ दिनु। साची हो ह्यान्सी ह्यान्सी केटा सँग नबोल्ने आज। बिर्खे दाको भान्जो चै जती ह्यान्सी भएनी बोल्ने।


बिर्खे दा हजुरको भान्जोलाई बोलाउनुस् न अगी देखी रातो गुलाफको फुल हातमा लेर बसिराको छु। काडाले घोच्ने बेला हुन लागि सक्यो।


 
Posted on 02-14-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के प्रेममा यस्तै हुन्छ?

मुझे निद ना आए
मुझे निद न् आये

मुझे चैन् ना आए
चैन् ना आए

ना जाने कहाँ दिल खो गया

-------------Yo maya prem k ho k ho yaar-----------

Ritthe Shaan la la moj gara office ma, Lahare daami gayo ni yes pali ta


 
Posted on 02-14-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज के जाती डे भन्छन कुन्नी झिल्के बज्जे लै  भनी निकै गाना फुर्या छ गाँठे।
 
Posted on 02-14-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुराना धागो खोजी रहेथें, अल्झेर झन्डै मरेको। खोज्न सकिन। रोज्ने र खोज्ने मामला अली कमजोर छु।


सबै भन्दा पहिला २००६ को दशै बिशेषांकमा २ शब्द लेखेको थिएं। कसैले बात  नि गरेन। लात नि हानेन। अर्थात काग लाई बेला पाक्यो।


त्यस्पछी चौतारी ३३ (२००६ को नोभेम्बर ) मा आफ्नो उपस्थिती जनाएकोमा  पनि कतै सुनुवाई भएन। यसमानेमा मेरो चित्त दुखेको थियो। पित्त पग्लेको थियो। लाग्थ्यो, चौतारी म जस्ता शहरीयाहरुको लागि होइन। मेरो उपस्थिती ग्राह्य छैन।

तत्पश्चात पनि पढ्दै लेख्दै गरें। कसैले झर्‍या बाल नि दिएन। हुन त चौतारीका दिग्गज महाशय हरुको आलोचना गरे जस्तो हुन्छ। त्यतिबेला नयाँ ले   प्रबेश पाउनु भनेको अमेरिका भिसा र बिहे गर्न ( भउतेलाई ) मिसा पाउन गाह्रो भए जस्तै थियो।


जिन्दगी मा बहुत दु:ख गरियो। आफ्नो उपस्थिती जनाउन धेरै पापड बेलियो, अनेक झापाड खाइयो। राहुले ले हार मानेन। "वार" जारी राखें | र आज राहुले ठुलदाइमा ट्रान्स्फर्म भएको छ। बिगत कोट्याउदा अझै दुख्छ। कसैले झापारे पनि। कसैले सपारे पनि।

जिन्दगी को एक अनौठो किस्सा , संघर्षको एक हिस्सा मानेको छु।

तारेमाम।
 
    
 


 
Posted on 02-14-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दादु दिउसैनी निन्द्रा लाग्छ त। अब निन्द्रा त राती पो लाग्छ ।

 
Posted on 02-14-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी म जस्ता शहरीयाहरुको लागि होइन राहुल दा शहरीया त म् नि हो नि। खै म त चौतारीको १३ देखी तिक्दै आको थिए। खित खित खित


 
Posted on 02-14-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो  ठुलिले म हान्न्सी छैन भन्नि क्या था पा। रिट्ठे ल ऐना हेर्न पुगिसक्या रे छ।
 
Posted on 02-14-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइको संघर्शको कथा पनि पढियो, मलाई याद छ दाइको एउटा दामी कविता shuru shuru ko


चौतारीमा भौते भेटियो
चौतारीमा बिर्खे भेटियो
चौतारीमा चित्रे भेटियो
चौतारीमा ........भेटियो
चौतारीमा ......

भन्ने साह्रै राम्रो लागया थियो।

ठुलि अब पिरेम्मा परे पछी त के रात के दिन निद्रा नै लाग्दैन रे नि हो? अब स्काइ ब्लु शट लाउनेलाई नै थाहा होला, हे हे
नेत्रे बज्जेले पनि सुनेछ मेरो गाना हा हा मोज गर बुरो, चौतारी यस्तै हो, बिस्तारै लाग्छ जाड जस्तो हे हे 

 
Posted on 02-14-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रे खै अब हजुर नि ह्यान्सी छ तर हजुर नयाँ पर्नु भो नि। नयाँ मान्छेलाई फेरी बोलेन भने हजुरले नि के के राहल दाइले जस्तो सोच्ने हो कि भनेर नि।


 
Posted on 02-14-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यतिबेला यो ठुलदाईलाई झर्‍या बाल पनि न दिने मध्ये एक जना तिमी पनि हौ क्या रे।

 ३३ -३४ अंक सम्म त स्वागत नि गरेन लौ। कस्तो हेपेको होला, कस्तो ख्देको होला। संझिदा त रिस उठ्छ हो। तै पनि रिस लाई न उठ खुट्टा दुख्छ , बस भनी संझाए क्या। के गुनासो गर्नु, आफ्नै बुइनीले यस्तो गरे पछी 
 


 
Posted on 02-14-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last love song for right now............चोखो माया मर्दैन कहिले नि


मेरै माया हो भनी जान्नु
टाढा हुँदा बिर्स्यो कि नभन्नु

मधु बनैमा

मायाले चोखो माया
मर्दैन कहिले नि
राखे मनैमा

मधु बनैमा

 
Posted on 02-14-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चौतारी मा आगमन २००७ साल अगस्त भन्ने महिना मा भयो,
चौतारी ८७ ताका छिरेको हुँ क्यारे, दुई चार वता सायरी तासेर छिरियो,
सायरिको तारिफ भयो, तर बाल चाँही तेती पाहिएन, बाल नपाएपनी
भोली पल्ट बिहानै चौतारी छिरे, बिहान कस्को मुख देखेछ कुन्नी, सबैले
नमस्ते भन्न थाले, आफु पनि तारेमाम् भन्दै बसे, ठुलिले नाम राखिदेउ
भनेपछी रिट्ठे ले मेरो न्वारन गरिदियो, तेस्पस्च्यात सिरियल लहरे भयो।
मलाई चौतारीमा पहिलो स्वागत गर्ने चाँही सन्नानी परीन।
एवम प्रकारले चौतारी मा हास्ठत्ता गर्दै जादा चौतारी रस्रङ प्रधान भै चौतारी
रस्रङ को कार्यभार पनि सम्भाल्दै आए, सोही कार्यकाल्मा कसै कसै लाई
अयोग्य घोषणा पनि गरे, चार पाँच वटा सुचना प्रकाशइत पनि गरे। समग्रमा
भन्नु पर्दा, मेरो चौतारी आगमन मेरो लागि फलदाइ साबित भयो, तीन चार जाना
सँग जान पैचान पनि भयो, ल ल कती लेख्ने यस्तै यस्तै हो।      

 
Posted on 02-14-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा हजुरको बाल हुँदा हुँदै मैले कसरी बाल दिने। अब हजुरको नि पून्ते दाको जस्तो बाल नभएको भएर सुपर ग्लु लगार बाल तासी दिन्थे।

त मलाइ भने येस्तो केहि भएन। तेति बेला अहिले नि धरै गाउले भासा बुझ्दिन थे। जति बेला नि "...... भनेको के हो ताअाअाअाआ" भन्न् थे। सबैले सहयो नि गरेकै हो। सहयोग् दिने मध्ये मिस दि, दादा, भाउते दा, चित्रे, सानानि, बिर्खे दा, सानकान्चो, हिते, नेप्चे, साहिला दाइ, बबे दाइ, नेपे दा, झिल्के दा, गोतामे दा हरुलाइ धन्याबाद नदि बस्न सक्दिन।


 
Posted on 02-14-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होस् उत्साहजनक छ चौतारी को उपस्थिती आज, उही हर्के ले भने जस्तो पाल टाङेर बएका छन
दोस्रो राउन्ड को नमस्ते है
सबले आफ्नो इन्ट्री भनेका रहेछन
आफु त जे पायो तेही लेखेर छिरेको पो रहेछु त अहिले हेरेर हासो उठ्यो त्यतिबेला टेन्सन भएको रहेछ जस्तो लाग्यो। अरु भन्दा पनि सबै भन्दा पहिला स्वागत गर्नी भउते काजी लाई धेरै धन्यवाद है (के थाहा यस्तो मिसा लाउन गार्हो छ भनेको भए त मेरी साली कुरा गर्न हुन्थ्यो अब अर्कैले उडाइसक्यो के गर्नु) हुन त मेरो पहिलो पोस्ट भेट्टाउन गार्हो भयो उही ठुल्दाइ ले भने जस्तै रोजाइ र खोजाइ मा कम्जोर रहेछु । कहिलेइ पनि राम्रो सित जमेर लेख्न चाँही पाइएन तेही नमज्जा हो चौतारी को, छुट्टी को दिन लेखौ लौ पागल जस्तै लेख्न थालएछ भन्लान अरु दिन हेर्नी मात्रा फुर्सत हुन्छ। फेरी नमस्कार मात्र गरेर टाप कस्यो भन्लान
चौतारी को अरु प्रगती को कामना गर्छु।

 
Posted on 02-14-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! राहुलदाइका संघर्षका कथा नि सुनियो। खास कुरा के भने म नयाँ मान्छेसँग हतपति नजिकिहाल्दिनँ, यो मेरो
स्वभाव हो, त्यसैले स्वागत गर्ने र नाम राख्ने काम म कमै गर्छु। मैले गर्ने भनेको जासुसी हो, फेरी जासूस धेरै अघि
अघि गएर बोल्नु ठीक नि हुँदैन, त्यसैले सबैको मामलामा म स्वागत गर्नमा पछि परेको कुरा स्वीकार्छु, कुनै कुनै 
अपवाद बाहेक। कहिलेकाहीं मूड चलेको बेला चैं गर्छु फेरी, उदाहरणको लागि, हरी पहिलो पल्ट चौतारीमा आउँदा दुइ मिनेट
भित्र 'हरितालिका' नाम मैले नै दिएको हुँ। मूड नभएको बेला चैं सबैको निग्रानी राख्छु अनि नयाँ मान्छे अलि पुरानो
भएपछि मात्र बिस्तारै बोल्न थाल्छु, यो कुरा अरूमा पनि लागु हुन्छ। जस्तो म्याड्डू भैयाले पनि मैले किन नबोलेको 
भनेर सोधेका थिएर शुरूमा। रिट्ठे, लहरेसँग नि शुरूमा त्यति बोल्दिनँथें जस्तो लाग्छु। कुरा गरेको तरीका, सबै हेरेर
मात्र बिस्तारै बोल्न जाने स्वभाव छ मेरो। तर मिलेपछि चैं राम्ररी मिल्छु है म फेरी! हे हे!

अब नयाँ आउने नेत्रेलाइ चैं स्वागत गरिहालम्, मूड चल्यो आज!

अनि शहरियाको कुरामा चैं म भाग ३ देखि अहिलेसम्म छु, शुरू शुरूमा त गाम्लेहरूले बोलेको ५०% बुझ्दिनथें, वाल्ल
परिन्थ्यो, अनि आफ्नै पाराको भाषा निकाल्न कोशिस गरिन्थ्यो। चौतारीलाइ मैले 'चम्तरी' बनाइदिएको चैं रमाइलो थियो।
मलाइ पहिले सबैले नेपाली भाषी नै भन्ठानेका रहेछन्, यौटा  टुक्रा लेख्दा घरमा 'भोज' भएको प्रसंग आउँदा तितौरी
छक्क परेकि थिई रे, नेवारहरूको पो भोज हुन्छ त, चित्रेको कसरी भयो भनेर।


खैर यस्तै हो जिन्दगी राहुलदाइ, जहाँ नि घुलमिल गर्न संघर्ष गर्नै पर्छ, तपाइ संघर्षमा श्रेष्ठ ठहरिनु भयो र रहनुभयो 
तर कैंयौ यस्ता नामहरू छन्, जो चौतारीमा केही छिन्, केही दिन आएर संघर्षसँग हारेर अन्तर्ध्यान भएका छन्।
'सर्भाइभल अफ त फिटेस्ट' हुनु भएकोमा बधाइ छ!


 
Posted on 02-14-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हाउँरो ठूल्दाईलाई मैले नि बाल दिइन र भन्या??


 
Posted on 02-14-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा मेरो आगमन कुनै बिशेष थिएन र मेरो बसोबास पनि दिग्गज हर्को भिडमा बस्तुत स्रोताको मात्रै छ।
चौतारी निक्कै चम्किरहेको बेलामा सुटुक्क छिरेथें, ५६-५७ तिर। एक बर्ष हुन लागेछ कि कसो। २-४ वटा डाएरी का पानाहरु टासिसकेको थिएं। तेसैले तेतिबेला कि सक्रिए चौतारी बासी सान्नानीले स्वागत गरिन, तुलनात्मक हिसाबले छिट्टै। हुनसक्छ ५-७ Posts भन्दा बढी लागेन। हुन त म आँफैंले कुरो बुझी सकेको हुनाले छिर्दा छिर्दै म पनि आए है स्वागत गर्नु पर्‍यो भन्दै छिरें, तेसले काम गर्‍यो। को को मिलेर सुन्तले नाम राकिदिए। सुर न तालको यो पहाडे सुन्तले भयो। संयोग, मेरो घर बाट ३ घण्टा जती हिंडेपछी एउटा निक्कै अग्लो डांडो पुगिन्छ, एउटा सुन्दर प्रकृतिक छटा, जस्को उचाइले सदै मलाई मोहनी लगाइ रहन्थ्यो, त्यो थियो सुन्तले डाँडो र मेरो नाम जुर्यो सुन्तले। शायद जिम्माल बा नै थिए होलान न्वारन गर्ने पुरेत, उन्लाई धन्यवाद। थाहा छैन उन्लाई सुन्तले डाँडो बारे थाहा छ कि छैन, शायद सुन्तला बाट प्रचलित ए प्रत्यय थपेर सुन्तले बनाए हुने, तर संयोगले मेरो आफ्नो पन जोडीयो, दिल खुशी भयो। हुनत सुन्तला पनि निक्कै फल्ने भु-भागमा जन्मेको हुं, दुबइ हातमा लड्डु।

अनी जहाँ बस्यो र जहीले चाह्यो अती सुन्दर गीत, कबिता, गजल, कथा, हांस्य, ब्यंग्य, समिक्षा, बयान, भलाकुसरी सुलुलु फुर्नेहरुको यो उत्क्रिस्ठ जमघटमा साईनो जोड्न पाउदा आफुलाई धन्य ठानेको छु। हुनत म यहाँको कणिस्ठ सदस्य हुं, योगदानको हिसाबले पनि र स्तरियताको हिसाबल पनि, तर पनि प्रत्यक दिन चौतारीले केही दिन्छ, र त्यो जीवन चर्या एक अंग बनेको छ। मेरो स्वार्थ पुरा भएकइ छ, मान्छे स्वार्थी छ।

चौतारी छिर्नु अगाडिनै मेरा शाहपाठी नेप्चे र मेरा सिनियर दाई भौते काजिलाई चिनेको थिएं। २-४ पोस्टिङ् नहुँदै उनिहरुले पनि चिनिहाले। सायद अरु लाई चिन्ने उग्र अभिलाषाले होला, एक्दिन ठुल्दाइलाई सपनामा देखें, बडेमानको, ४०० पाउण्द जत्रो। भोलिपल्ट कुरा भयो दाइसंग, उहाँल फोटो पठाउनु भो, र फोन पनि गर्नु भो। बहुत खुशी लाग्यो। बांकीहरुलाई पनि चिन्ने रहर जागेको छ। तर मैले चौतारी भेलामा हाजिर हुन सकिन र पछी फोटोहरु गेस गर्न पनि मन लागेन। अर्को कुनै जमघटमा भेटिएला भन्ने अभिलाषाले।

उफ्। सुर न ताल।

जडौ सम्पूर्ण गाम्लेहरु।
आदी बाटो हिंडे पछी तिमी संग भेट भयो,
जिन्दगीको हाम्रो यात्रा तेहीं बाट सुरु भयो,
सानो मोडै मा।


 
Posted on 02-14-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ जिम्मी बुडा! तिम्रा ८४ बर्षको जीउमा बाल बाँकि रहे पो दिन्थेउ त राहुलदाइलाइ! 


 
Posted on 02-14-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारो चौतारी,

म यहाँ सञ्चै छु त्या पनि सानेस्वर को क्रिपाले चौतारि गाम मा सबै लाइ  कुशल मंगलै होला भन्ने आशा मा छु।
चौतारी मा पाइला नटेकेको पनि धेरै भाईसकेछ , बिर्सें होलान! , माया मारे होलान्!!  :'O :'O :'O 'O :'O :'O 'O :'O :'O     

 होईन होइन सम्झिदा होलान् कसै कसै ले त ....ठुल्नानि सान्नानि बन् मा काफल पाक्दा सम्झिदा हुन, तितौरा खादा मलाइ पक्कै सम्झिदा हुन , मेरो सम्झाना ले आखा भरिदो हो अनि भन्दा होलान् "तितौरि आउ तिम्लाइ फस् पिङ् खेल्न दिम्ला"  सान्नानि ठुल्नानि लाइ मेरो बिग् हग छ ल.

मेरो बुडो हजुर्बा जब खल्ति मा राखेको पुस्टकारि पग्लेर खल्ति मै टासिन्च् मलाइ सम्झिदा हुन्।  राहुल्दाइ सङ तमाखु मागेर खादै खोक्दै भन्दा हुन् " तितौरि। ए तिरौरि नरिसाउ न बा रिसायो भनि नराम्रि हुन्छ ल झट्टै आ" इहि :D :D आखा मा बादल् लागे होलान् अब त, कैले काहि म भन्ठानेर ठुल्नानि लाइ सबै पुस्टकारि दिदा हुन्। 

स्कुल्मा धेरै दिन् गयल् भको देखेर मिस्ले मेरो नाम् काट्न लाग्दा मलाइ सम्झिनु भयो होला "फतौरि बसुन्जेल् दिक्क लाइ हराइ छि त सुन्ये भयो बाइ" । कुम्ले ले का बारिका भोगेटे, मकै मिस् को घर् को चिनि बाकि राख्थेन चोरेर,  मिस्लाइ घुर्कि देखाउथ्यो बा को धान् बिकेन इस्कुल् आउन्न भन्थ्यो, अनि अझै उस्तै होला। ठुल्नानि कुम्ले ले चोर्या देखेउ भने भन्नु "पख् म जिम्माल् बा लाइ भन्दिन्छु!"  एक् दुइ ओटा मकै भोगटे तिम्लाइ नि दिएर भाग्छ।  पुन्टेदाले तिहार् मा पक्कै सम्जे होलान् , अनि एक्छिन् सेन्टि भए होलान्, हात्ले निधार् छ्मे होलान् , अनि फेरि दङ परेर हासे होलान् र भने होलान् "$1.99 बचो कपाल् उमार्ने तेल् किन्नु पर्यो।" :D

मिस्टे, ग्वाचे, नेप्चे, हरि गालब् ३ बर्स देखि एउटै किलासा पढ्दै होलान, अझै स्कुल् भागेर तल खोला मा माछा मार्न जादा हुन , हजुर्बा को बारि मा पसेर मकै चोर्दा हुन्, कैले नमे को खसि, कैले सान्नानि को हज्रुबा को कुखुरा  चोरेर रात्भरि मै खाइसक्दा हुन् बदमास् हरु  :P :D  जे गरे नि इस्कुल् आउन चाइ नछोड hai नत्र मिस् ले कुखुरा बनाउद था पौला।

दादा कैले काहि पातबजाउदै आउनु हुदो हो चौतारि, अनि झरे म ओरालि भन्दै लाग्नुहुदो हो उकालो -  जापुने उकालो।  गौतामे दाइ राति आ'र सप्पैलाइ सरापेर हिन्दा हुन "पातकि हरु सप्पै बुडानिल्कन्ठ भ चन भन्दै। जे भे नि आर्या लाइ तितौरी फुपुको माया सुनाइदिनु है।

चित्रे पित्रे बजाजु क्यार्दै होलान खै बिर्से होलान् मलाइ,  गुन्टे लाइ भनेर मैले ललिपप किनेर राख्या छु कोइ अौदा पठाइदिम्ला है गुन्टु ल, त्यस्को नि सारै याद् आउछ नाक् मा उस्तै सिङान् ले र कट्टु तान्दै हिन्दो हो बरा।।बबदाइ लाइ पनातिले रिह्याबिलिटेसन मा थुनेर राख्या थियो रे, धेरै चौतारि गयो भनेर असति पनाति। सप्पै गाम्ले गर निकालेर ल्याउनु पर्ने के गरे कोनि।सारै असल् बब दाइ हाम्रा।
झिल्केदाइ कान् मा फुल् सिउरेर उसरिनै नाच्दा हुन, राम्रो राम्रो आर् डि बर्मन् को गीत् देखे तितौरि पनि नाच्छे भन्दै रेड्या बजाइदाउ अौदा हुन् चौतारी :D । चिप्ले को क्यामरा को बेटरि सक्यो जस्तो छ, बरा मेरो साथि चिप्ले,   म नभर  चिया पसल् एक्लै खोले होलान् 

मेरो निश्जिजु  स्टिक तानेर फिट्टु भर , बाङेहरु को ग्याङ् बनार उसरि नै डिङो बजाउदै हिन्चन् होला कैले नसुद्रिने भे क्यार्नि होला बाबै। डिङो नि अब त फाटो होला उहिले १० ठाउमा टालेको थ्यो। एकजोर् नया दिन्डो किनेर पठाइदिनु पर्ने थो ।  क्यार्नु नत्र फेरि जिम्सुड्डो को छाला मोचि को मा लगेर नया डिङो सिलाउछु भन्नला भन्नेर डर मर्नु।
म्याड भैया हेल्पोस मा बस्रे चट्पत्ते बेच्दा सान्नानि थुल्नानि र म ले चोरेर खाएको अझै याद् आउछ छि: क्या पखाला लाग्थ्यो त्यो चट्पट्टे ले, अनि फेरि उहि सङ पखाला को गोलि,जिबन्जल फिरि मा मागेर खाने हामी फिरि क्या इहिहिहिहि .....दीप्दाइ को कबिता को कुरा कस्ले बिर्सिन सक्छ उहा को कबिता सम्झ्यो कि बाङे ट्वाके सब् लर्को ला'र  याद् आ'र अझै हास्या हासै हुन्छु बाइ।

रिठेसिङ्हा तुसि कैसे हो पाजि सब्कुच् भला चङा है न भाय ग्रु कि क्रिपा से।

अरु कत्ति नया आए होलान् मलाइ चिन्दैनन् के भनु र तिनेरुलाइ त नमस्कार् बाहेक।

चिठि पनि लेख्दा लेख्दै असति टुकि को मटितेल् सकियो।।। लौत बिदा पाम्। नमरि बाचे काल ले साचे अर्को सतक् भाग् मा भेटौला। नमस्कार!

ल अब आज भ्यालेन्टाङे औसि अरु पनि धेरै काम गर्नु छ के 

उहि तपाइ हरुकि नातिनि,छोरि,दिदि,बैनि, अनि साथि

 तितौरि!


*****************************************************************************

हुलाकि दाइ हुलाकि दाइ  यो चिठि बिहानै चौतारि गाम मा पुराइदेउ है।


 
Posted on 02-14-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरूऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊ!
वेलकम ब्याक मोरीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई!
यू मेड आवर डेएएएएएएएएएएएएएएए!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters