[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 262888 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-14-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा बाउचाले कसरि था' पा' को होला !!! हरे धन्ना नमान न, भै हाल्छ नि एक् दिन। सबैको पुर्पुरां कोइ न कोइ लेखेकै हुन्छ नि।
अनि हर्के दाइ, के हो बंगुर् छाडेर भैंसिमा प्रमोसन्?के सारो सफा गर्नु भाको? जागिर् चैं फोहोर् ब्यबस्थापन्मै हो?
रिट्ठेलाइ धन्याबद। मलाइ नि खुब् मन् पर्छ दिपावलि गर्न।


 
Posted on 02-14-08 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आजको अन्तीम गीत, शुभ रात्री , भोली हेटौला,


 
Posted on 02-14-08 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lu euta geet ma pani rakhum na ta..


 
Posted on 02-14-08 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबै मिलि यो गाना गाम है।

नेप्चे के छ हो? खान भो? के सारो बिजि हं


 
Posted on 02-14-08 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लहरे शुभ रात्री।
 
Posted on 02-14-08 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नेप्ची त्यो आङौ साल्को कुरो हो क्या यो साल बूङूर नै ठीक छ।
 
Posted on 02-14-08 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची दिदी, मेरो त सब ठीक ठाक छ। खान त अघै नै भाईसक्यो। हजुर को नि ? गुरुबा ले जोताएर अली ब्यस्त हुनु परेको छ।
लु लहरे लाई शुभरात्री।
 
Posted on 02-14-08 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रगातको सिन्धूर मुटुको नाता वहाँ वहाँ, गीत चै मिठो है।
 
Posted on 02-14-08 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सबै हिंडे म पानी हिद्छु अब शुभ रात्री।
 
Posted on 02-14-08 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 :) O ho नेप्चे भाइ राउरो मुन्छे भ'सि त्यस्तै  अरि मुया अर्ने मुन्छेको धुइरो लाउच

नेप्चि सिस दर्शन है :) 


 
Posted on 02-15-08 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै चौतारीबासी साथीहरुलाई शतकांकको शुभकामना।

साहू बुढाले यता कालिफुर्निया तिर जोतेर आ भनेर पठाका र राती तिनै बजे उठेर हिंड्या अस्ति देखिन चौतारी क्याउन पाइया थेन। दुइ राताँ ७ घन्टा सुतिएच र आज मज्जले दिउंसै आ'र निंद्रा पुर्‍याइयो। अनि लौ के भैरार'च भनेको यो अंक झन बिस्तारै हिंडोस भन्या आधि पुगेसकेच।  दुइ घन्टा ठ्याक्कै भएच पढ्न बस्या।

जे होस सबैका पहिलो एन्ट्रि पढ्दा रमाइलो लाग्यो। सब भन्दा बढि चाइँ हाम्रा जिम्माल बालाइ शुरुमा कसैले बाल नदिएको देखदा अचम्म लाग्यो, अहिले त चौतारीको कल्पना नि गर्न सकिन्न बुढा र बुढाको चर्क्या नली खुट्टो बिना।

अनि खोज्दै जाँदा मैले नि भेट्टाएं आफ्नो पैलो पोस्ट। डराइ डराई छिर्‍या रैचु म पनि तर तुरुन्तै ठुली, ठुल्दाई, जिम्माल बा, दुर्गी भाउजु सबैले स्वागत गरेचन। अनि रिठ्ठे र म दुइ दिन अघि पछि, म र आकाशी मैंया चाइं संग संगै छिर्‍या रछम।


यो पहिलो पोस्ट

Posted on 07-16-07 9:15 AM     Reply | Notify Admin
 
आ म्मै
 

यो चाइं दोश्रो.
Posted on 07-16-07 9:19 AM     Reply | Notify Admin
 
ज्या… कता हिंडेको कता आ ईचुम के रे…आर्कै गाम पो परे जस्तो छ लु मार्यो…एसो हेर्दा त किसिम् रमाइलो होला जस्तो छ है यो गाम्…बरु उ त्यता निक्कै मुन्छे को हल्लखल्ल छ नि…के रच बिचार गर्नु परो

आ म्मै गाँठे यो बर् को चौतारीयाँ कत्ती बिधी मुन्छे…चौतारीयाँ सप्पै गाम्ले बसेर बात् मार्न लाइचन्…।बरु म लाई नि बसुम बसुम पो लाएर आओ हो… एकातिर डिलाँ पिध अड्याउने ठाउँ खोज्नु परो म पनि… (मन मनै: बरु गाम्ले ले को आयो यो हेर्दै फटाहा जस्तो छ भनी लखेट्ने पो हुन कि…पैलो पल्टो आको एसो गिफ्ट पिर्जेन्ट ल्याम्न पो पर्थो कि…केइ ल्या हैन आफुले…।हुनता रेड लेबलाँ तितौरा चोपेर खानी बानी पर्या छ रे यो गाम का गाम्ले को बन्थे…कहा साध्ये हुन्थ्यो र…)

आ…भन्चु है म ता जे पर्ला टर्ला चौतारि अघिल्तिर यहि चौराँ पलेटि कसेर बसि दिन्चु जे सुकै गरुन्…

जदौ है गाम्ले हो कुन् गाम् परो कुन्नि बाटो बिरार आ इयो के रे…राम्रै भच झै मान्या छु मुइले त

आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न…अब बसेसि उठिन्न जे गर्छौ गर लौ गाम्ले हो बरु रेड् लेबल् र तितौरा पछि ल्याइ दिम् ला के रे

 


 
Posted on 02-15-08 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बाले तीनजनालाइ एकै चोटि स्वागत गरेचन्।

Posted on 07-16-07 9:46 AM     Reply | Notify Admin
 
ए ठुलि हो नाकैमा फूली
ए ठुलि हो नाकैमा फूली
हेलिकप्टर चढेर तिर्सुली

सोमबारे जदौ! यो बिर्खै माइलाको!!

यो सप्ताहन्तमा चौतारी गामका गाम्ले एउ दुई जनाले फुन अरेओ बेला कुरो अर्न पाइएन मेरो आफ्नै पराबिधिक कारनले अर्दा चाइन्जो चित्त नदुखाम है! :)

लु हन के बिधि उरन्ठेउलाहरु जम्मा भएछन गाँठे चौतारिमा! लु रमैलो हुने भओ!
रिट्ठे, आकाशे, अन्तरे सपैलाई स्वागत छ!

 

अनि ठुलीले सोधिछिन

Posted on 07-16-07 9:41 AM     Reply | Notify Admin
 
लप्पन् छप्पन् bhaneko ke ho taaaaaaaaaaaaaaaaaaaaaa?
 
आफ्नै गाम फर्क्या जस्तो भ'च अनि।

Posted on 07-16-07 10:05 AM     Reply | Notify Admin
 
लौ सप्पै ले स्वागत गरे बाबै म ता तेतिक्कै पो डरै रा रैछु लौ राम्रै भो।।।
स्वगत् गर्नि जत्ति सप्पै गाम्ले लाइ धान् को भात् है त अनि ठुल्दाइ जन्तरे हैन अन्तरे नै हुम् म ता येता नयाँ ओक्र तिर को

अनि जिम्माल् बा उरन्ठेउला त आकासे र रिट्ठे अरु होलान् है आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न

पी येस्: अनि ठुली लप्पन् छप्पन् भन्या चै ह्यान्कि प्यान्कि भन्नि हो क्यारे भन्छु म ता


 
Posted on 02-15-08 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो अन्तरे दाई त सबै सुते पछी पाल्नु भछ। अनी कस्तो रहेछ त दाई काली फोर्नि आ ?
 
Posted on 02-15-08 1:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कोइ हुन्नन यतिबेला मज्जले एक्लै लेख्नु परो भन्या त सुन्तले नि यतै?

खै कस्तो छ भनम, अस्ति राति उताको ३ बजे उठदा २० डिउरि थ्यो, यता आइपुग्दा ६५ रैच, ३ घन्टा नि बिचैमा गायब। आज नि बिहान चारै बजे गोरु फुका'र हिंडियो। दिउंसो आ'र सुतेर उठेसि चौतारी छीर्या यो कम्फुटार अगाडिआट उठिया छैन।

भोलि हुनुपर्ने काम आजै सकियो, अब भोलिदेखिन घुम्न हिंड्ने पिलान छ। चौतारीका त कोइ छैनन् क्यार यता, पक्का टुरिस आफू, म्याप बोक्ने हिन्ने।

 


 
Posted on 02-15-08 2:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, दाने र थुल्ननीको दोहोरी चल्दै र'च उ बेला

Posted on 07-17-07 12:43 PM     Reply | Notify Admin
 
ptown gal kina risayeko ...
 
Posted on 07-17-07 12:44 PM     Reply | Notify Admin
 
au aba bho ta ma kahile timi sanga risaako chu ra.
 
Posted on 07-17-07 12:46 PM     Reply | Notify Admin
 
unna na timi .. ma .. yesko .. date garne bhaneko ... herna na .. what are u doing yo friday ... plizz bhanana ..
 
Posted on 07-17-07 12:48 PM     Reply | Notify Admin
 
era yo daane sojho bhanera boleko ta date jane bhancha . mero ta Hari sanga life bhareko lagi date fix bhai sakyo. sorry la
 
Posted on 07-17-07 12:50 PM     Reply | Notify Admin
 
eso na bhana na .....mero mutu duk duk duk bayoo... timi mero ho ka ka ka kirannnnnnnnn ....
 
Posted on 07-17-07 12:52 PM     Reply | Notify Admin
 
a ka ka kirannnnnnnnn re ma ta thuli ho thuli. yo kiran bhanne keti chai kun gaamko paryo. ani yo daane jhukie jasto cha kiran ra ma maa.
 


 
Posted on 02-15-08 6:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaskar gare hai!! yo chautari ma sabai lai maile ni!! Kohi aaipugnu bha chhina jasto chha!!
 
Posted on 02-15-08 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु सबै गाम्लेहरुलाइ दर्सन गरे हैईीईीईीईीईी। हिजोको दिन सबैको रमाइलोनै भो होला।


 
Posted on 02-15-08 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब हुदा हुदा हाम्रो सोझो अन्तरे दाइ नि मलाइ जिस्काउन थाल्नु भो। अन्तरे दा धरै नजिस्काउनु है फेरि म त्यो बाखरि बाखरि भनेर हजुर नाचेको भिदियो यहा तासिदिम्ला नि खित् खित् खित्


 
Posted on 02-15-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

अन्तरेदाइ, चेली, ठूली र अरू सबैलाइ शुक्रवारे शुभ प्रभात!
 
Posted on 02-15-08 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pani सबैलाइ शुक्रवारे शुभ प्रभात!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters