[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 262926 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-14-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो साँझ पर्दै गएसी त सबै गाँउले बर्खाको बादी झैँ उर्लेर आउँदा रेछन यो चौतारीमा।
 
Posted on 02-14-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो गुलाफ!!!!!!!!!

 

लुकाइ ल्याएको  दिल लिएं, फर्काएं रातो गुलाफ,
स्विकारोक्ती तिम्रो त्यही भनी अर्थ्याएं रातो गुलाफ।

रेट्ने फूल भेट्ने धेरै हुन्छन् भन्छन् यो संसारमा,
समेत्ने फूल त्यही हो भनी चोख्याएं रातो गुलाफ।
 

प्रेमालिंगनमा बाँधिन  न उमेर हुन्छ, न अबेर हुन्छ,
उभिने धरातल भांसिन्छ कि भनी पर्खाएं रातो गुलाफ।


 
Posted on 02-14-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, गजब गयो रातो गुलाब
"प्रेमालिंगनमा बाँधिन  न उमेर हुन्छ, न अबेर हुन्छ,"

वाह! ठुल्दाइ वाह!
अब एक राउण्ड चिलिम बिरेकमा जाने कि ठुल्दाइ? अरु को को छ जाने? बिस्टे ओ बिस्ते झट्ट तल झर्नु पर्‍यो


 
Posted on 02-14-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली,  कबिता मन परेको सुनेर मलाई पनि खुसी लाग्यो। हुन त आफ्नो लागी  यो प्रणय दिवस भनेको त "काग लाई बेला पाक्यो हर्स न बिस्मात" भन्या जस्तै हो, तै पनि शुभकामना को लागी धन्यवाद छ ।

रिट्ठे ब्रो, मेरो त कुशल मंगल छ। अली काम को चटारो बढेको छ। मलाई त तेस्तै हो, तिमी लाई चाइ शुभ प्रणय दिवस। आफ्नो त यो बर्ष पनि जोगी कै ताल हुने भैगो। 

चित्रे, कुरो त ठीक हो। रात रहे अग्राख पलाउछ रे, अब तेही एउटा आस छ।  


 
Posted on 02-14-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास मा भन्ने हो भने यही चिलिम् ब्रेकको प्रोडक्ट हो यो कबिता पनि। जाम् न त जाम् एक चिलिम् फेरि तानुम्।
 
Posted on 02-14-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक एक गरी लेख्न नभ्याएपनि सबैको पोस्ट पढेर इन्जोइ गर्दैछु है, लेख्दै गरम् अनुभव र मनका
भावनाहरू!
 
Posted on 02-14-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे पाट, धन्यवाद। It works.

Riththe, you are right.

सुन्तला बाट सुन्तले कहिले कसरी भयो भन्ने चाँही खोज्दैछु। 

 

Posted on 08-08-07 4:34 PM     Reply | Notify Admin
 
हन, यि पनि हाम्रा भ्यागुतेन्द्र महाराज हैनन र भन्या ??

 
Posted on 08-08-07 4:35 PM     Reply | Notify Admin
 


अरुको बनाउ न अरुको। तिम्लाई मेरै फोटो बनाउन हतार ?


 
Posted on 08-08-07 4:39 PM     Reply | Notify Admin
 
चित्र नि अन्त सन्त बनाउने, भ्यागुतेन्द्र महाराजको अनि गालीनि ३ पाथी खाने? अति भो भउते काजी अति भो। धेरै सोझो पाएर घोचेका हुन्। चुप लागेर न बस। जो सोझो उसको मुखमा घोचो भनेको यही हो।
 
Posted on 08-08-07 4:41 PM     Reply | Notify Admin
 
लोल तितौरी! हाहाहाहा लोल! हो रैछ खास युनिकोडमा $ साइन हान्दा रु. हुने रैछ!
हाहाहाहा! ल पर्ख है त ननयुनिकोडमा र्र्यान्डम हान्छु कति डलर पर्दो रेछ तिम्रो भागमा! :)

तित्तौलुsssssssssss@#$%@#$%@#$%@#$%@#$%@#$%@$#

ल गन त कति भयो? हेहेहेहे

 
Posted on 08-08-07 4:41 PM     Reply | Notify Admin
 
सबैले रमाइलो गरेको देखेर म नयाँ गाउँलेलाई पनि चौतरीमा थकाई मार्दै गफ् गाफ् गर्न मन लाग्यो। चित्रकला कै माहोल् भेनि यो एउटा सुरिलो लोक् भाका पनि सुनिहालुम् न त।

चौतरिमा मै बसें होलाकी
बरको डाली नुहेरै छोलाकी

सल्लाई हो
लाने कल्लाई हो

थपम् है दाजु-भाइ दिदि-बहिनि हरु!

लु त फेरि बेलुका कुरा गरम्ला। सबै सँग चिन् जान् नि गर्न पर्ने छ है गाउँलेहरु।

 
Posted on 08-08-07 4:43 PM     Reply | Notify Admin
 
सुर न ताल जिलाई स्वागत छ चौतारीमा!

नाम चाहिँ सुर न ताल रे तर सुर पनि ताल पनि मिलाएर गित गाउनुभयो त???

Posted on 08-08-07 4:53 PM     Reply | Notify Admin
 
माईला दाइलई मुरि मुरि धन्यबाद! अहिलेलाई दाई नै भनिहालुम्, चौतरिमा ढिला आइपुगेकाले। पछि घडि-पला मिलाउँदा अफैँ दाई परिएमा माफि मागौँला है त दाई।
 
Posted on 08-08-07 4:56 PM     Reply | Notify Admin
 
खेँ......... खेँ.... खेँ... खेँ ...खेँ...
रे खेँ.... खेँ... खेँ...
अरे बाप रे खेँ..... खँ... खेँ...
हँस्दा हँस्दा सला हलवा टाइट भइलियो
रे खेँ.... खेँ... खेँ...

 
Posted on 08-08-07 4:56 PM     Reply | Notify Admin
 
बेसुरे-बेत्ताले-ज्यु, हजुरलाई मेरो तर्फबाट नि स्वागत छ। चौतारीमा। हजुरका मीठा मीठा रचनाहरु सुन्नलाई हामी हातमा फुलपाती लिएर बसेका छम के रे।
 
Posted on 08-08-07 5:00 PM     Reply | Notify Admin
 
मलाई नि एउटा गीत गाउन मन लाग्यो
है अगर दुश्मन दुश्मन जमाना कम् नही कम् नही
कोइ आए, कोइ आए,
कोइ आए तो हम किसिसे कम् नही कम् नही

 
Posted on 08-08-07 5:00 PM     Reply | Notify Admin
 
भउते काजि लाई नि धन्यबाद्! रचना त काजि कै धेरै सुनेर धन्य भैएको छ। निरन्तरता त दिबक्सेलानै।

लु त मेरो त सझा बुस् छुट्न लागेछ। घरबाटै भेतुम्ला फेरि!

 
Posted on 08-08-07 5:08 PM     Reply | Notify Admin
 
सुन्ताला (सुर न ताल)जी लाई चौतारी मा स्वागत छ
Posted on 08-08-07 5:13 PM     Reply | Notify Admin
 
लौ यसपाली रिठ्ठे बाजेले नै न्वारण गरि दिए, सुन्ताला जी, भोज खुआनुस् अब। मलाई चाहि गौशलाको म:म: भए पुग्छ।
 


 
Posted on 02-14-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो खन्दै जादा थाहा भयो म पनी पुरानै रहेछु, म चाइ चौतारी -३ देखी छिरेको
मेरो पहिलो पोस्ट
----------
La aaaja dekhi ma pani CCHAUTARI ma guf lagauna aai puge yaar. yeha ek dum ramailo hudo rahechha.........tara aafu lai ta dherai guf garna aaudaina tyahi pani .. aru ko guf sunera moj garnu paryou.....

Its my first postin in CHAUTRARI butg I was following it since long back... ek dum ramailo chha yaar yaha.........



Euta git gauna man lagyo yo belama............

Dori ko teen fuda...
Shunya bhayo dandai ko CHAUTARI .. nilkamal nahuda..................

.- ---------------------------------------


La hai sathu haru gufff jaos ... ali ramailo ramailo

 
Posted on 02-14-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले मेरो न्वारन भेट्यो  ल।  

Posted on 10-10-07 11:48 AM     Reply | Notify Admin
 
लौ मेरो नि चिलिमे सलाम कैले र ठुल्दाईलाई। रिठ्ठे, ठुली, सान्नानी, सिरेल (लहरे), काली र शुभेलाई नि नमस्कार।

 

एसो पुरानो चौतारी हेर्दैइ जाँदा त मलाई कसैले वास्ता नगरको बाइ,
चौतारी ७९ मा छिरे, मद्य चौतारी ८० म मात्र न्वारन भयो त्यो पनी
ठुलि करार।
चित्रे को त कुरै छोडौ, रिट्ठे ले पनि बाल दिएन। हुँदा हुँदा ठुल्दै ले पनि
कही वास्त गरेन, एसो नेवारी गीत एउता टाँसेपछी मात्र, ठुल्दै ले पनि
नेवारी मा कुरा गर्न थालनु भएको।
लुव लेटर पनि लेखेको हो, सायरी पनि टाँसेकै हो। दुई दुई वता लुव लेटर
लेख्दानी एउतैको जवाब आएन, थुक्क मेरो कर्म।
हिन्दिमा सायरी लेखेकोले सुभु दिदिले नबुझेर रित्थे ले त्रन्स्लते पनि गर्देको हो।
मलाई सुरुमा बाल दिनेहरु ठुलि, सन्नानी, सुभु दिदी, -- अरुले त के हो के हो,
अहिलेपो रिस उठ्न थाल्यो  त,


 
Posted on 02-14-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! लहरे, सरी है, अनि अरू सबैलाइ पनि, जस्लाइ मैले बाल दिईनँ शुरूमा!
मेरो आफ्नै बाल कम हुँदैछ, त्यसैले नयाँ मान्छेलाइ बाल दिन अलि डर लाग्छ क्या, चिन्या मान्छे भए त थर्काएर,
तर्साएर भएनि बाल फिर्ता लिन मिल्छ नि!

राहुलदाइको 'रातो गुलाफ' दामी छ, आज बेलुकि त नेउची भाउजू र राहुलदाइको डिनर होला नि, अनि यो कविता
सुनाउने होला भाउजूलाइ!


 
Posted on 02-14-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

हम्रो सझा चोतारी एक शतक जो बनाएछ उको लागि हमि हमरो दिलसे धन्वाद् किएछु। हमि भि उ दिन याद करिरहेछु कि जब् हमि पहलिबार चोतारिमे आयो। सब लोगनके प्यार पायो। हमि कुछ देर ढुँढनेको जान्छ हमरो फस्ट पोँस्ट उकरके बाद हियाँ दिखावँछ!

 

तितोरीको हमि देख्यो आज, बहुते खुस भइलिलयो। त उ हमि तितोरीको भुलनेको सक्देन। अथि जब से तितोरी हमिलाई हमरो भुँरि घटावने आइडिया दिएछ तब से सला हमि भि भुँरि उरि घटाइके बिल्कुल सलिम बनेछ।हँ? त कैसन हमि सुसरा भुलनेको सक्छ उ बात? त वहि कारनवा जो छ उ भएर हमि हमिइसे उ चटपटिया चोरिलिएको और हमिइसे झरापख्लाके दवाइ लिएको बातसे अन्जान बसेछ! खेँ.... खेँ... खेँ...


 
Posted on 02-14-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धेरै बाल कपालको कुरा नगर न केटाकेटी हो, तेस्तै हो सुरु सुरुमा सबैलाई ! सुरुमै बाल पाउन त रिट्ठेको जस्तो भाग्य लिएर आउनु पर्छ चौतारीमा सधैं धाउनु पर्छ हाँस्दै खेल्दै !तारेमाम


 
Posted on 02-14-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>मेरो आफ्नै बाल कम हुँदैछ, त्यसैले नयाँ मान्छेलाइ बाल दिन अलि डर लाग्छ क्या, चिन्या मान्छे भए त थर्काएर,
तर्साएर भएनि बाल फिर्ता लिन मिल्छ नि<<<<

चित्रे ले दामी दियो ल lol


 
Posted on 02-14-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार्। Happy Valentine day!!!!

पढ्न त सुरु-सुरु देखुन नै हो, तर म चैं चौतारी ४४ म आको थिएं।
मलाइ  चौतारीमा स्वागत् गर्ने हरुमा कुम्भ मेलां हराको मेरै नेप्चे भाइ, नमे, गोताएं, उहि हाम्रै जिमाल् बा हरु रैछन्।  

Posted on 01-28-07 11:12 PM     Reply | Notify Admin
 
नेप्ची (Nepalki chori)पनि आईछे, ल हेर! के छ नेप्ची हालखबर? चौतारीमा स्वागत छ!

त्यो सिँगाने नेप्चेकी बुईनी हौ तिमी? बज्जे बेपत्तै भ' अचेल!

 
Posted on 01-28-07 11:21 PM     Reply | Notify Admin
 
ल हेर किन बाडुली लग्यो भनेको त यहा चौतारी मा गोतामे दाइ ले सम्झेर पो रैछ।
जदौ गरे है गाम्ले हरु। क्या अर्नु, आज्कल हलो जोत्दा जोत्दा फुर्सद हुने भए पो। दिन भरी जोत्यो, थकाइ लाग्छ। अनि चौतारी सम्म झर्ने बल पनि हुन्न। :(

ह न यि नेप्ची (Nepalki_chori) चाइ को पर्नु भएछ कुन्नि? मेरो कोहि दिदी बहिनी भको जस्तो त लाग्दैन थ्यो त। जो भए नि नया मुन्छे लाइ स्वागत त गर्नै परो के रे, चौतारी को रित अनुसार।।

 
Posted on 01-28-07 11:25 PM     Reply | Notify Admin
 
ठिक कुरो अरेउ गोताएँ! यि बुडालाई चिलिमले बिआरो बिआर्नु सम्म! अब चाइन्जो नातिनीको स्वयम्बराँ लबेदा सुरुवाल ला'र लौरो टेक्तै हिन्नु पर्बे बेलाँ कुन चाइनिलाई सउँजेर बस्ता रेछन्। तो धामिलाई बोला'र एउडा रातो भाले र चामल ठिक पार्नु परो त फुक्न लाउनु परो त्याँसि टेजिडि सेजिडि आँधिमा बगेर जान्छ!

लु नेप्चे नेप्चि भेट भओ चाइन्जो घ्याम्पो जत्रो पेठ भओ! हाउँरि नातिनी तितौरीले गाउने अस्तो गित गाईदेको नि! :)

स्वागत छ नेप्चिलाई चौतारिआँ!

 

Posted on 01-29-07 9:23 AM     Reply | Notify Admin
 
नमस्ते गाम्लेहरू!!! नेप्चीलाइ धेरै धेरै स्वागत छ चौतारीमा ।
गालेले त हाम्रै स्कुलको चौतारीमा लगेचौ यसपाला त । क्यार्नु आफ्नु त त्यो स्कुलमा भन्दा नि त्यो घन्टीको मया लाउच के, किलास ट खाली तेइ आखा हुन्थ्यो, कती खेर बज्ला घन्टी भनेर । बुडो घन्टी अझै तेइ रैच ।
अनि यि दादा बुडालाइ कति सार्हो बिर्खे बन्न मुन लाको हो त नि ? आजकाल त सिर बेपत्तै भो के रे । आरप तिर ट आको थियो, कता लागो त नि ? यसो तराइ तिरका फुटोमा लठ्ठी लिएर दौडनी मुन्छेको नाम हेर्छु कतै सिरे छ कि भनेर, देखिया होइन । बरु एउटा कपाल नभको मुन्छे देखेको थिए, आजकाल पुन्टे दाइ यता छैनन, उतै गचन कि त ? बिचरा भउते अगिल्लो चौतारीमा दौडेको दौडै, सारै थाक्यो होला ।
थ्यानक्यु मिस......घन्टी लाओ क्या ।


सुरुमै गोताएंले नेप्ची भनेको भए नि मेरो न्वारन बारेको गन्ठन् यस्तो थियो


Posted on 01-29-07 10:55 AM     Reply | Notify Admin
 
धन्यबाद नमे लाई।

ओ हो....... चिप्लेजी, हजुरको नि धेरै दिन (बर्ष) पछि दर्शन् पाइयो त। के गर्नु, म त समय परिस्थितिसँग बग्दै थिए। जे होस धेरै पछि देख्न पाइयो, खुसि लाग्यो। धन्न कोइ त रैच चौतारी मा मलाई चिन्ने। :) अब फेरी सुरु गर्ने हैन त अन्ताक्षरि? ;)

हैन मेरो नाम चै नेप्ची नै हुने भो र भन्या.......त्यो "पर्बत की छोरी हुं म पार्बती हो नाउं" (तारा देवी को गीत) भन्या जस्तो "नेपाल की छोरी हुं म........... हो नाउं" हुने गरी एउटा राम्रो नाउं हाल्दिनु न कसैले मलाई। खै को पो हो यहां छन रे नी नाउं हाल्न जान्नी। :)

 
Posted on 01-29-07 10:59 AM     Reply | Notify Admin
 
"नेपाल की छोरी हुं म, नाङ्ली हो नाउ" :)

यो नाउ ठिक् छ नेप्ची? :D

 
Posted on 01-29-07 11:01 AM     Reply | Notify Admin
 
कि न्याउली?
 
Posted on 01-29-07 11:02 AM     Reply | Notify Admin
 
नाङ्ली bhaneko ke ho saannani?
 
Posted on 01-29-07 11:03 AM     Reply | Notify Admin
 
न्याउली bhaneko ke ho saannani?
 
Posted on 01-29-07 11:07 AM     Reply | Notify Admin
 
ल मलाई अप्ठ्यारोमा पारी अब ठुलुले। :P
नाङ्ली भन्या नाङ्लो जस्ती होला, न्याउली भन्य चाहीँ न्याउली चरा के। अझै नबुझे जिम्माल् बा या मिस लाई सोध है त। :)

 
Posted on 01-29-07 11:10 AM     Reply | Notify Admin
 
ni नाङ्लो bhaneko ke ho taaaaaaaaaaaaa?
 
Posted on 01-29-07 11:13 AM     Reply | Notify Admin
 
आबुई !!!!! नाङ्ली ...... न्याउली? नाङ्ली भन्दा त न्याउली नै पो राम्रो छ की? न्याउली भन्या चैं कस्तो चरी परी कुन्नि?
 

Posted on 01-29-07 11:18 AM     Reply | Notify Admin
 
जदौ यो बिर्खे माइलाको :)

स्वस्थानी पढ्दिने सबैलाई धन्यवाद!

स्वस्थानी सुन्नेलाई सुनको माला, भन्ने (म)लाई फूलको माला।
यो कथा वैकुन्ठ जाला, भन्ने बेला तत्कालै आइजाला॥

तर यो सुन चैं फलाममा जलप ला'को नभै प्युअर सुनको है!!!

नाङ्लो भनेको काठमान्डौं नामक शहरको दरबार मार्गमा अवस्थित रेस्टुराँ हो। यसको बारेमा तितौरी र समिधा, निसान्त, ग्वाँचे आदिलाई झन राम्ररी थाहा होला।

 

Posted on 01-29-07 11:20 AM     Reply | Notify Admin
 
huli, heres Nanglo for you.....

 
Posted on 01-29-07 11:22 AM     Reply | Notify Admin
 
खै त मैले त पाइन त सुनको माला त, काँबाट् लिनि हो गालब? :O :O :(

न्याउली भन्या कस्तो चरी हो कस्लाई थाहा छ, भनिदिनु न न्याउली लाई :)

 

Posted on 01-29-07 11:33 AM     Reply | Notify Admin
 
थुलि, यु आर वेलकम् !

मेरो पनि जिम्मालबाको अस्तै हालत भएको मानिचु, गालब्ले माला भन्छ,म चाइ बाला देख्छु, लौ न नि के गर्ने होला ? गालब , तिम्ले सुन्को माला भनेको कि बाला ?

न्याउली,यो किताब खोलेर हेर त, हाम्रो स्कुलको लाइब्रेरिमा होला , तिम्ले पक्कै नि आफ्नो (न्याउली चरिको) फोटु पाम्छेउ!


 
Posted on 01-29-07 12:09 PM     Reply | Notify Admin
 
ग्वांचे, हाम्रो स्कूलको लाइब्रेरि जाने बाटो कता परो?

साचैं हो नी, त्यो गालेले तेस्तो पक्षपात् कहां गर्न पाईन्च र? की कसो?

 

Posted on 01-29-07 12:19 PM     Reply | Notify Admin
 
न्याउली, आउ म पुर्‍याइदिन्छु लाइबेरिसम्म, बरु तिमि त नया मान्छे, लाइबेरि कारड छ कि छैन, कारड नभइ त भित्र नि छिर्न् पाइन्न। मेरै कारड बाट भे नि किताब लिदिन्थे तर के गर्ने, म त चार वोटा किताब झ्याप हानेको भे र बिल्याक लिस्टमा छु !

ठुल्नानि, लिउ तिमि नै लिउ यो माला गालुलाइ तिमि नै लाइदेउ तर छि चाइ किन नि, तेस्तो छि नै भन्नु पर्ने जस्तो घिनलाग्दो त छैन है यो माला!



Posted on 01-29-07 11:43 PM     Reply | Notify Admin
 
सबैलाई जदौ! नया-नया दिले (dilute), नेप्ची (अरुले न्याउली, फ्याउली, स्याउली जे सुकै भनुन्, मचैं नेप्चीनै भन्छु ल जा!), यमराज (yomari), चिन्तेलाई अझ धेरै जदौ!
आर्को चौतारी बनाम्नी इञ्जिनेरले यीनको नाम पनि थपुन्, चौतारीको शिलालेखमा। बारुलीको पनि थप्नुपर्छ है!


यो पिरेम-चरो क्यार्न मुण्टेको हो यता, तेस्तो सर्प बोकेर?

 
भन्नाले मेरो न्वारन गोताएंले गर्या रैछ।
Last edited: 14-Feb-08 03:34 PM

 
Posted on 02-14-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ हमि सुसराको भि पहलि बार कोहि बाल दिएथेन बड्कि दियो, पर नेपालके छोरा जो छ उ बाल दिए थियो पर हमि पहले बतियाएथियो।

Posted on 05-18-07 12:20 PM     Reply | Notify Admin
 
पुरे के पुरे गावँलेलाई यि मदनवाको तरफ से जे राम जि कि.

दुगो मैना पहिले पत्र पाइलियो कि मेरो पोस्टिङ चोतारि गावँमा पडेको भनेर। घर-खैत, बयल - भैँस पुरे के पुरे तामझाम मिलावँदा दु महिना बितिगयो! त आएको छु, स्वास्थ् चोकिमा नोकरि छ। केहि पडेमा भनिदिनुहोला। पिहिलो बार आएछु गावँमा! चिनेजाने कोहि छेन चिनाइदिनुहोला।

जे राम जि कि

 


Posted on 05-18-07 12:25 PM     Reply | Notify Admin
 
शुक्रबारे जदौ यो बिर्खे माइला को।
:-)

 


Posted on 05-18-07 12:28 PM     Reply | Notify Admin
 
सायरी त paste गर्नै बिर्सेछु। बुढो भैयो गाठे, सुद्दी नि हराइ सक्यो।

तुम आइ बिरान जिन्दगी मे कहानी बनकर,
तुम आइ जिन्दगी मे रात कि चादनी बनकर,
रखा था तुम्हे सर आखो पे,
अक्सर निकल जाती तो तुम पानी बनकर ।।


फेरि शुक्रबारे जदौ यो बिर्खे माइला को।
:-)

 


Posted on 05-18-07 12:32 PM     Reply | Notify Admin
 
नमस्ते नेम्छे र मदनव लाई।
चिप्लु हाम्री तिरुलाई तारेको माछा साह्रै मन पर्छ क्या

 


Posted on 05-18-07 12:33 PM     Reply | Notify Admin
 
अरे नेपालके छोरा जि, बहुत राम्रो शायरि भनिदिनुभयो.
त हामि पनि नेपालके छोरा छ। परिचय गरिलिउँ: म मदनवा, अबसे चोतारि गावँमा सर्भिस कर्न आएको

 


Posted on 05-18-07 12:39 PM     Reply | Notify Admin
 
अरे मदनवा, तिमी ले मेरो सयरी सुनी लिएछ रे। तिमी पनि तराइ से आको जस्तो छ। तिमी जो छ त्यो हाम्रो कुमलवाको साथी जस्तो छ। तिम्रो बोली जो छ नि कुमलवा को जस्तै लाग्यो। हाम्रो कुमवला को के छ रे खबर? आज्कल त गायाब नै भै गएछ केटो त।

:-)

 


Posted on 05-18-07 12:43 PM     Reply | Notify Admin
 
अरे मदनवा, तारेमाम छ है चना को, (जिम्माल बुढा ले चतुरे भनेर हैरान पार्छन हौ मलाइ)

कुन गामबाट चोतारि गावँमा झरिलिएछ नि? खानावाना खाइलियो त ?

थुलि फलाम को रे ? ल चित्रेलाइ कुन रोग लागेछ नि, फलामलाइ हिरा देख्न थाल्यो गाँठे । मदनवाको स्वास्थचौकिमा नोकरि छ अरे, जीवनजल खान दियो भने चित्रेको आँखामा लाग्या रोग ठीक हुन्थो कि ?

तिरुले के कथा हालेको हो? बुझे त मरिजाम ।

 


Posted on 05-18-07 12:47 PM     Reply | Notify Admin
 
जे राम जि कि चनवा।

हामि चोतारि गाममा झरिलिएको हैन चढिलिएको हो। तराई से आएको। खाना.. ऊ.. घरसे लाएको चुरा उरा खाइलिएँ बाटोमा खोलाके तिरमा बसेर। जो जोलाई बिमारि भएछ, ल्याइदिनु स्वास्थ् चोकिमा, म देखिलिन्छु।

जे राम जि कि

 


Posted on 05-18-07 12:59 PM     Reply | Notify Admin
 
नमस्ते सबै गाम्लेहरुलाई । सबैलाई सन्चैहोला भन्ने मानेको छु है मैले
 


Posted on 05-18-07 1:03 PM     Reply | Notify Admin
 
रामे धरै दिन् पछी पाल्नु भो नि । हजुरलाई आरामै।
 


Posted on 05-18-07 1:05 PM     Reply | Notify Admin
 
sk tsk :'(
*********कैले तिमि मिस जस्तो, कैले ठुल्नानि जस्तो, कैले Tyra जस्तो style ma आउछेउ.मैले धेरै जना ले समिधा मिस् वा ठुल्नानि होला भनेको सुनेको छु कसैले मलाइ तिमि हो कि भनेर नि सोधेको छ*********** ... ma tiru hoina, ma thuli hoina, ma miss_me hoina, ma sanani hoina, ma manvi hoina.
byeeeeeeeee :'(

Last edited: 14-Feb-08 03:31 PM

 
Posted on 02-14-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे अब एउटा काम् गर्नु। क-कस्ले, क-कस्को कस्तो नाम न्वारन गरेको हो लिस्ट् बनाउ है।

 
Posted on 02-14-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची पित: थौ ला न्हिनेनिसे वल नि, तारेमाम, छु दु,
च्या तोने सिरौला,   
 
Posted on 02-14-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबले आ-आफ्नो चौतारी प्रबेश बारे जरा खोतल्दा सहि नसक्नु भएर "काम् कुरो एकातिर कि-बोर्ड् समाइ चौतारी तिर" गरेको नि।


च्या त्वने धुन, छं धुन ला?
ल भरे भेटुंला।


 
Posted on 02-14-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेउची भाउजू, 
लु प्रारम्भिक लिस्ट बनाइदिएँ। पछि थप्दै जाम्ला।

गाम्ले र न्वारनकर्ता

नेउची भाउजू ---- गोतामे ज्यू
ठूली --- मिस दिदी
मिस दिदी --- दादा
चित्रे --- सिरे
नेप्चे --- चित्रे
हरि --- चित्रे
नेत्रे --- जिम्माल बा
लहरे --- अन्तरे दाइ

म्याड्डू भैया, यौटा दामी गना जावस् न!

चौतारीमा स्वागत गर्नेमा अगाडि छन्-ठूली, मिस दिदी, सान्नानी, जिम्माल बा आदी। यी गाम्लेलाइ 'स्वागत तथा न्वारन टीम'मा राख्दिनुपर्ला।

 
Posted on 02-14-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोभीहरु

चौतारीमा भेला चै हुने, हाम्लाइ दुएक रुपे दिन नि नहुने ????

 

चप्पल छिन्या' छ ? ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters