[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 262910 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-14-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! ठूली, मलाइ नि एकदम हाँसो उठ्यो पुराना चौतारीहरू पढेर! 

नेप्चेलाइ त 'डेक्ची' रे!

निस् ब्रो, आँच! धेरै दिन पछि आयौ नि, वेलकम ब्याक।

जोगी, कहाँ कहाँ घुमेर आइयो? लु अब शतकांक मनाऔं!

बिर्खे दाइ, हुन्छ म पक्कै खोज्छु यसपाली तपैको बुहारी! तपाइलाइ नि बिहेको लागि बधाइ र शुभकामना!

रिट्ठे, लहरे, कविता मन पराइदिएकोमा धन्यवाद! त्यो कविता मैले दुइ वर्ष जति पहिले लेख्या हो, चौतारीमा मैनाको
लागि। त्यतिबेला मलाइ गाम्लेहरू 'मैना' भन्ने काल्पनिक केटीको नाममा जिस्काउँथे!

राहुलदाइ, नेउचे, मिस दिदी सबैलाइ जदौ!

यो सान्कान्छाले टाँसेको त्यो बेला!

Posted on 04-09-06 10:12 AM     Reply | Notify Admin
 
लौ मास्टर्नि ले कस्लाइ नमस्ते गरेको । लौ मास्टर्नि मेरो पनि नमस्ते


 
Posted on 02-14-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ! गाम्लेहरु ! चौतारीको शतक अङ्कको लागि सबैलाई बधाइ छ। अनि सबैलाई ह्याप्पी भ्यालेन्टाइन्स डे।

यसपाली त आफूले बोरफस हानियो के रे !

यसको श्रेय हाम्रा अति बयोबृद्द जिम्माल-बालाई जान्छ। जिम्माल-बा'ले पठाको भिरियो राति १:०० बजे सम्म हेरेर नबसेको भे' कहाँ बोरफस हुन पाउनु नि।

 

चौतारीको पहिलो प्रवेशको कुरा गर्दा खेरि फेरि अतितको पुरै सम्झना भएर आयो। मेरो प्रवेश चौतारीको अङ्क-०मा अर्थात भ्रुण-अङ्कमा भएको थियो। इश्वरले भउते गाम बाट हरायो भनेर गाम भरि हल्ला पिटेछ। भउते हरायो भनेपछि गाममा छोरीहुनेहरुले भउतेलाई भन्दा पहिले छोरी खोज्न थालेछन्।  नहुनेहरु भउतेलाई नानाथरी बापत लगाउँदै कुरा काट्न थालेछन्। आफू मुग्लान'ट फर्किँदा खेरि त गाम भरि अनुहार देखाउन नहुने स्थिति थियो। अनि वास्तविकता सुनाउनलाई मेरो पहिलो प्रवेश यसरी भएको थियो।

 

 

Posted on 08-24-05 8:21 PM     Reply | Notify Admin
 
लौ हेर ! २-४ दिन नभा'को त गाउँमा के के कुरा काटेर मरेछन् लौ।ब्यर्थैमा त्यो जुकेको बापत लाएर मलाई। यो सब त्यै ठगेको काम हुन पर्छ।

अब कुरो चैँ यस्तो भा'को हो के।

जनैपुर्नेको दिन ठाईँलामामालाई जनै-सनै फेराएर म यसो करेसा तिर सुचि अर्न परो भुनेर छिरेको, ठाइँला मामाको छोरी जमुनी त्यैँ आइपुगी। सुँक्क सुँक्क गर्दै "म त बर्बाद भएँ दाई" भन्दै भुडि मुसार्छे । हैन के भो र भनेर अलि पर टौवा मुनि लगेर सोधेँ। कुरो गडबड रे'छ के।

जे भे नि तेरो दाई नै हुम् क्यारे। ल नढाँटिकन भन् त, को सँग लसपस थियो भनेर कछ्याएँ। केटीले गोबिन्दे र ठगेलाई पोली। एउटा भा' नि त्यसैसँग झुन्डयाइदिन हुन्थ्यो नि, २-२ जना फेरि। ल ल नआत्ति, मावल जान्छु भनेर भोलि भालेको डाँको सँगै एकसरो कपडा बोकेर पिपलधारामा निस्कि, एक घन्टामै म त्यैँ आइपुग्छु भनेर सम्झाएँ त्यसलाई।

नेपालाँ कुरो ठीक पार्दा फेरि गाईँगुईँ हल्ला आइहाल्छ। अब अस्तिनै इसेल्सीमा गुल्टेको झोकाँ भागेर नौतुनासम्म पुगेर गोडा पन्ध्रेक दिन नुकरी गरेर आ'को हुनाले गोर्पुर सम्म जाँने आँट आयो। अस्ति थोरे पाडी बेचेको गोडा चारेक हात्ती थियो। त्यै बोकेर बिहानै सुईकिएम। फेरि कहिल्यै नभेटिने मान्छेहरु आजै भेटिनु पर्ने के। कसैलाई कता कसैलाई कता भन्दै हिडियो।

बटौलीमा मसिने भेट भो। जमुनीलाई उता लुक्न पठाएँ। मसिने पल्टनाँट फिर्दै रे'छ। "क्या बात, कता भौत दोस्त?" भन्यो। "एउटा पम्पुसेट हाल्न परो गाउँमा। कति ढिकि-जाँतो गर्नु। बरु अलेलि सघाम्नु परो। दाम पुग्दैन जस्तो छ।" भुनेर पन्ध्र हजार कम्पनि मागेँ बाटोमा के पर्छ कसो पर्छ भनेर। अछ्छा विचार गर्नु भे'छ भन्दै खुरुक्क निकालेर दियो त्यसले, लाटो न हो मोरो।

बोडराँ पुलिसले काँ जानि, किन जाँनि भन्दै थियो। हामेरु बुढाबुढी हुम् भन्दै जीपमा झुन्डेर गोरखपुर हानिएम। पाएँटको चारहजार त बाटैमा काटिएछ नि। धन्न मसिनेले दे'को चैँ ईँजारो तिर बाँधेको ले बचेछ ल। पैसो दुइ तिर राख्ने मेरो बुद्धिलाई माने के मैले।

होटेल सोटेल खोजेर दुबैले जेरि-पुरी खा'र सुत्नु परो भनेको त " ए दाई म त नछुनि भएँ खाटका कपडा तल झार्देउ। म तल सुत्छु" पो भन्छे जमुने राँडि त ल। "भुडि नि टुनुक टुनुक गर्याछ। यस्तो बेलाँ माथि सुत्न पनि हुदैन भन्थे" पनि भन्छे फेरि। म त टवाँ परे नि। तँ पैले पनि नछुने भै'राखेकि थिस् भनेर सोधेको। "अँ" भन्छे फेरि।

"कुरो गडबड भो जस्तो छ। गोबिन्दे र ठगेले तँलाई के के गरे लु सप्पै बता त" भनेर फेरि सोधेँ। पैला त लजाई केटी। पछि रुँदै भन्न थाली।

"गोबिन्दे सँग सारुको घरमा पुजामा हात समाएर नाचेको रे। ठगे ले चै शिवरात्रिको दिन राति कता कता हात लग्यो" भनेर भन्छे।
"थुक्क तेरो बुध्दि। त्यस्तो गरेर नि यस्तो हुन्छ त?" भनेर दुई चड्कन लगाइदिएँ। उता फेरि भुडि डोलडोलतै छ।
शंका लागेर तल झरेर दुइटा ट्यापलेट किनेर खान दे'को त आधा घन्टा मै ह्वाक्क गरेर तिनोटा जख्मने जख्मने जुका ओकली नि केटीले।

जुके राँडिले अनाहकमा दु:ख दिई ल। त्यै झोकाँ साच्चिनै पम्पुसेट हाल्ने जोश आयो। अनि यो पाँच हरस पावरको कुटानी-पिसानी पम्पुसेट बोकेर आको नि।

घर आउँदा त गाउँमा चाहिनी नचाहिनि कुरा ल। उता मामा रिसाएर ठुन्क्याउँछु भन्दै खुर्पा लिएर उफ्रिनि फेरि। बल्ल बल्ल सम्झाको।

***

:)
-भउते


 

यसको पुरै भाव बुझ्नलाई यो भन्दा अगाडिको सबै पोस्टहरु पढ्नुपर्छहोला। नयाँ पाठकहरुको लागि लिईङ्क:

http://sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=1&PageNum=1&forum=2&threadid=23369

 

:-)

-भउते


 
Posted on 02-14-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका समस्त औतारीहरुलाई रुमानी प्रणय-दिवसको कामना र उल्लासमय शतकांकको अनुष्ठान हेतु हाजिर छु, अभिवादन स्वीकार गर्नुहोला ।

 

यस विशेषांकमा दौतरीहरुका कोसेली खान र बात मार्न यथासमय यथाअनुकुल हाजिर हुने नै छु, अहिलेलाई तीन टुक्रा कविता चखाउन चाहन्छु । दुईवटा पुराना रिसाईकल्ड प्रणय-कविता (एउटा कवि पाब्लो नेरुदाको, अर्को मेरो) र एउटा अप्रकाशित गजल (मेरो गजल जीवन आरम्भकालको) । गजल चाही संभवत: मैले लेखेको पहिलो पाँच गजल मध्येको एक हो ।

 

ल स्वीकार गरम है त ।

 

*** *** *** *** *** *** *** *** ***

 

प्रेम गितिका (१७)

पाब्लो नेरुदा

 

तिमीसंग बसेको मेरो माया

परिचित

गुलाफको रंग र मणिको चमकमा

बसेको माया जस्तो

छैन ।

 

यो त कुनै

अपरिचित र खतरनाक कुरासंग बसेको

डरमर्दो र गोप्य माया जस्तो

छ ।

 

कहिल्यै नफुल्ने जातको

बिरुवाले

जिउभित्र लुकाई राखेको

फूलजस्तो,

मेरो जिउभित्र

तिम्रो बाक्लो गन्ध

लुकेर बसेको

छ ।

 

कसरी यस्तो भयो ?

किन यस्तो भयो ?

कहिलेदेखि यस्तो भयो ?

अहँ मलाई थाहा छैन

थाहा पाइराख्न पनि चाहन्न ।

 

अरु तरिका पनि हुँदो हो

तर मलाई आउने यसरी नै हो

यसरी नै माया गर्छु, गरिरहन्छु

 

मेरो छातीमा परेको

तिम्रो हात मेरो हो

म निदाउँदा

चिम्लने आँखा तिम्रो हो

 

हो, यसरी एकाकार छु

म तिमीसंग ।

 

 

 

Sonnet XVII (100 Love Sonnets, 1960)

Pablo Neruda

 

I don't love you as if you were the salt-rose, topaz

or arrow of carnations that propagate fire:

I love you as certain dark things are loved,

secretly, between the shadow and the soul.

 

I love you as the plant that doesn't bloom and carries

hidden within itself the light of those flowers,

and thanks to your love, darkly in my body

lives the dense fragrance that rises from the earth.

 

I love you without knowing how, or when, or from where,

I love you simply, without problems or pride:

I love you in this way because I don't know any other way of loving

 

but this, in which there is no I or you,

so intimate that your hand upon my chest is my hand,

so intimate that when I fall asleep it is your eyes that close.

 

 

*** *** *** *** *** *** *** *** ***

 

तिमीले पठाएको रित्तो चिठी

नेपे

 

तिमीले पठाएको रित्तो चिठी

रित्तो थिएन

 

हो,

त्यो नाङ्लोमा थपक थपक हालिएको मस्यौरा जस्तै

आकाशको पूर्वनिर्धारित स्थानमा थपक्क बसेका जून र ताराहरु बोकेको

रात जस्तो थिएन

न त

सूर्यलाई कदरखुट्टी बोकेर

सकि नसकि हिंडीरहेको दिन जस्तो

 

त्यो त

बरु

मिर्मिरे जस्तो थियो

शान्त, ताजा र सिनित्त सफा

वा

सन्ध्याकाल जस्तो

प्रशान्त

विश्रामरत

र कसैको आगमनको प्रतिक्षारत

 

अथवा

मानौं

बिहानको शान्त फेवा

हावाको एक फाँको सट्ट आईदिन के बेर

 

अथवा

दन्त्यकथाको त्यो बगैचा

जहाँ अदृश्य फूलहरु फूल्दथे

सुगन्ध भएर

 

क्यानभासको त्यो चित्र

जुन कुनै आकस्मिक वाध्यतामा

हतार हतार मेट्न परेको थियो

यो शिघ्र विश्वासमा

कि

उसका सपना-आँखाले त देखिहाल्छ नि

उसका हृदय-ईजेलले त टाँगिहाल्छ नि

 

यो "न" नभएको नाई

यो "हो" नभएको स्वीकार

यो समापन बिनाको अन्त्य

यो भूमिका नभएको शुरुवात

 

तिमीले पठाएको रित्तो चिठी

 

सहस्र आवाजहरुलाई निलेर बसेको मौनता

 

प्रियतम

 

तिम्रो चिठीलाई अर्थ्याउने प्रयासलाई विश्राम दिएर

केवल त्यसको अनुभूतिमा जब रम्दै गएँ

तिम्रो कस्सम

तिम्रो रित्तो चिठीमा

हजारौं हजार अक्षरहरु देखें

 

र धन्य भएँ ।

 

 

Your Blank Message

 

 

Not like a night

With pre-positioned stars and moon

Or with the sun borne sky

Sometime at the noon

 

It was rather like a dawning sky

Fresh, clear, silent and quiet

Or tranquil, relaxing, waiting

For something- like a twilight

 

A calm sea in the morning

A gentle breeze can pass by any moment

Or how about that garden

Where bloomed only the scent

 

It is a picture from an empty canvas

Some reasons had to make it invisible

Left to be touched by a dream's eye

And to be hanged on a heart's isle

 

It is a No with no 'No'

It is a Yes with no 'Yes'

It is an end without end

It is a beginning without a preface

 

It is a silence that has swallowed a thousand sounds!

 

Beloved you

I found a thousand words

In your blank message

All I had to do was

To stop trying to apprehend and

To be content with

Just feeling them

 

Thank you!

 

(रचनाकाल: 1998 )

 

*** *** *** *** *** *** *** *** ***

 

गजल

नेपे

 

 

तिम्रो छुवाईलाई मान्छे भन्छन् सिमलको भुवा

हाय म किन भएँ त्यो दिन पानीमरुवा

 

तिर्खाउन यत्ति सक्छु थाहै थिएन मलाई

तड्पेका थिए अरे संसारभरका कुवा

 

आधा चिम्लेका आँखा आधा खुलेका ओंठ

यो मन भएको थियो मानौं फुकेको जुवा

 

चितामा मेरो लाश जल्दै गरेको बेला

उडेको थियो तिम्रै घरतिर मेरो धुँवा

 

(रचनाकाल: 1987)

 

*** *** *** *** *** *** *** *** ***

 

Nepe


 
Posted on 02-14-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


निस पाट, र जग्स ब्रो नि आएछ, लु नमस्ते गरे है

हुन त पुरानोलाई फ्ल्याश ब्याक गर्दा रमाईलै हुन्छ
तर अब पुरानोलाई मात्र फर्केर हेर्नु भन्दा पनि अहिले भा'लाई पुरानो भन्दा अझ रमाइलो बनाउन तिर नि लाग्नु
पर्ला साथी हो


 
Posted on 02-14-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो चित्रे मैले यही फोटो भनेको अगै म एक्लै यो फोटो हेरेर हासेराको।


 
Posted on 02-14-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार अनी प्रणयदिवस को शुभकामना सप्पै चौतारी परिवार लाई।
म त आर्को सोमबार नभै खुल्दैन होला सतकांक बिशेष भनेको त आजै अैसके छ, म त तयारी नै थिईन। जे होस्, एती लामो यात्रा पार गरेर १०० अंक मा पुग्न सफल चौतारी,चौतारी का जन्मदाता,फलदाता ,पालन पोशनकर्ता,भरता करता ,रक्षक,बाहक,चालक,बालक,बुढा,गाउले छिमेकी,घुमन्ते,फिरन्ते,देशी,पर्देशी र चौतारी मा पाल्ने सप्पै लाई मा बिस्टे को तर्फ बाट मुरी मुरी बधाइ।

चौतारी अर्को १००० बर्ष सम्म पनि यसै गरी फल्दै फुल्दै जावस,झन झन हरियो हुँदै जावस,लक्ष्मी,सर्स्वोती ले सधैं बास गरुन, मेरो एही शुभकामना छ्।
*******
हुन त चौतारी को सुरुवात देखी नै बेला बखत मा चुप चाप लागेर टाधै बाट चिहाउने गर्थे तर भित्र आएर कसै सँग बोल्चाल भने भा थेन त्यो पनि आक्कल झुक्कल,ऊ बखता अहिले जस्तो रामराज्य नि थिएअन अड्डाँ। म पहिलो पटक अफिसिअल्ली भित्रेको चै एही २ मैन जती अगाडि होला, एक दुई दिन त टाढै बसेर गफ सुनी राखे अनी सप्पै को एक अर्का प्रती को स्नेह,भाइचारा,हासो मजाक खेल ठट्टा देखेरे मैले नि भारी बिसाउने जमर्को गरे,कती बेला त, सप्पै ले एक अर्का लाई चिनेजाने जस्तो छ् एकै परिवार जस्तो छ्,सप्पै ले खाको उठेको बसेको सप्पै था छ् मा मात्र बाहिरी परे कि जस्तो लागेथ्यो तर बिस्तार सब्बै गाम्ले को मित्रभावले मलाई एकदमै घरै जस्तो लाग्यो,रिट्ठे,सम्धी ज्यु,ठुली,लहरे,चित्रे,सुतले,झिल्के ठुल्दाइ (र अरु सप्पै,नाम लेखेर गयो भने धेर लामो हुन्छ)को हस्सी ठट्टा ,मजाक,आफ्नो पन ले मैले नि आफु लाई चौतारी को परिवार को एउटा सदस्य जस्तो महसुस गरे,छोटै समय मा। हुन त तपाईं हरु सप्पै जस्तो लेख्ने बोल्ने प्रतिभा मा मा त छैन तर पनि सोझो हिसाब ले बोल्न त आउछ तेही भए पनि फुर्सद पायो कि लेख्न मन लागि हाल्छ। चौतारी आउन थालए पछी कत्ती पटक त घरमा श्रीमती सँग खट्पट पनि पर्या छ् धेरै समय चौतारी मा बिताउन थाली भनेर तर केही छैन म अझै पनि अैरहने छु अर्को सतकान्क सम्मा पनि र सधैं सधैं.
ल अहिले लाई एत्ती बाँकी पछी लेख्दै गरुला
जय चौतारी, जय चौतारी बासी।  


 
Posted on 02-14-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


gaalab khai kataa gayo aaj bholi

 

Posted on 05-31-06 9:28 PM     Reply | Notify Admin
 
श्री:
कक्षा शिक्षिकाज्यू,
श्री चौतारी उच्च मा वि, साझाल्यान्ड

विषय: अन्तर्वार्ताका उत्तरहरु लेखिपठाएको बारे।

महोदय,
उपरोक्त सम्बन्धमा, कक्षाशिक्षिकाज्यूले राख्नुभएको प्रश्नहरुको उत्तर तपसील बमोजिम लेखिपठाएको छु। मलाई शतप्रतिशत विश्वास छ कि भर्ना फि मिनाहा हुनेछ।

स्कूल पढदा वन कुखुरो लखेट्न गयो कि गएन?
जान त गएको हो। वनकुखुराको १ कचौरा मासु पनि त हजुरसमक्ष पेस गरेकै हुँ।

मार्साबलाई गालि गर्ने नाम राख्यो कि राखेन?
त्यो त मैले हैन। भउते चित्रे कुनैले होला।

वर्षायाम मा बारिमा काक्रो चोर्न गयो कि गएन?
काक्रो त चोरेको छैन। अलि सानै हुँदा भुन्टे काकाको तामा चाहिं भाँचेको हो है। अरु ३ जना केटाहरुसँगै तामा काँधमा बोकेर भाग्न लाग्दा गैरागामकी भट्टीनी बुढीले देखिन् । अनि त के र! हत्त र पत्त तामा-सामा त्यहीं छोडी बाटो लाग्न परेन? चोरेको त भएन नि, तामा जो बाँसको गाँजनिरै छोडेसि।

हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र? एउटा पहेंलो मेडल चैं म ल्याउचु मिस्, ग्यारेन्टी भो ल!

गृहकार्य गर्न छोडी खोपि खेल्न गयो कि गएन?
त्यो पनि, गइयो मिस्। तर, क्यार्नी! मिसले ए बि सि डी लेख्न दिनुभा थ्यो। तेसको लागि चारधर्के कापी चाइनी रच। आफूसित चारधर्के कापी नभाको। खोपी खेलेरै भएनि कापी किन्नी पैसा जोड्न परो भनेर हो। ठुलो मान्छे भाभए मेरिज-सेरिज खेलेर जोड्नु हुन्थ्यो। आफू त सानै परियो, तास-सास क्यै आउँदैन क्या।

भवदीय
गालब



 

nepe daai darsan gare

bhaaute daa

 
निशान्त
Posted on 02-14-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो जिम्स सुड्डाले खोके जस्तो बात गर्यो बातको टेन्सन भने जस्तो! मो चौतारीमा आएको त तित्स सालीले गर्दा हो! बोरु तित्स साली हङकङ तिर लाउरे बन्न गोयो जस्तो लाग्योन्त, जहिले गायब! लु म फस्ट टाइम आउँदाखेरिको केहि पोस्ट-

मेरो फस्ट पोस्ट-

चुप लागेर बस्नु पनि हद हुन्छ हौ कहिलेकाहिँ त!
यस्तै बनाएका छन् मलाई केहि साथिहरुले।
चौतारिमा नाङ्लो पर्वमच्चिएकोले, यसले दरवार मार्ग देखि पुरा काठमाण्डु, काठमाणडु देखि न्यूयोर्क र हुँदा हुँदा मित्रराष्ट्रको एकजना मुख्य मन्त्रि समेत मुछिन पुगेका छन् ( हेरौँ- पुन्टे ब्रोको कथा)।


कुरा यस्तो हो वास्तवमा-

खास सिम्सको (समिधाको) र मेरो नाङ्गलोमा भेट्ने प्लान थियो हैन। यो कुरा पहिले नै थाहा थियो के सोमहरुलाई। क्रिकेट स्रिकेट केहि खेलेको थेन हो केटाहरुले। म आउँछ र समिधाको साथि नि ल्याउँछ भनेर बोकाहरु साइड हान्न सारो जोशिएका के त्यसैले आएका!
केटिहरु बसुन्जेल त पुरा सोझो भएर बसे नि सालाहरु, फिर्केर संगै बियर खाँदा खाँदा त लास्टै बबाल गरे नि हौ।
नाङ्गलोमा मैले पैसा नतिरेको रे!
अब भयो? बेसि खोक्दिने के फेरि सोमहरु।
खास बबाल थाम्नै नसक्ने गरि बियर खाएका थियो कि सोमहरुले, हुँदा हुँदा झ्यापको सुरमा ग्वाँचे वेटरलाई सारो अत्त्याए हौ केटाहरुले। तिनीहरुको ताल देखेर ग्वाँचे वेटर हामितिर हेर्दै थियो कि, अन्त एउटाले उठेर-
ओ झारपात् घुरेर हेर्छस?” भनेर बियरको सिसि फोरि पो दियो हौ।
बिचरा टिप पाउँछ कि भनेर आस गरेको ग्वाँचे वेटर सेन्टिफ्ल्याट भो हौ।
मैले बल्ल बल्ल समातेर शान्त बनाएको नि अब।
चाइना रुममा बस्ने सबै हाम्लाई नै हेरेर क्या र्र्याग भन्या!
पछि हाम्रो हाँडिगाउँको एक हुल केटाहरु आयो हैन, बाङ्गे, डिस्को, सुपारि, लाटे, नोर्बु, सब दादाहरु आयो है, अनि फेरि २ क्रेट बियर थप्यो हौ केटाहरुले।
सब केटाहरु नकआssssउट भयो हैन, अनि डोन बोस्को कलेजको ग्याङ फाइटको कुरा गर्दै जाँड खाँदै गयो।
डिस्को ले ५ स्टिक तान्दा नि झ्याप नभाको कुरा गर्र्यो, लाटे र नोर्बुले बिशाल बजारमा कुन्नि कस्लाई हो छुरि हानेर भागेको कुरा गर्र्यो, सुपारिले एक्जाम दिँदा सेन्टरमा गार्डलाई चिट समातेकोले फ्लाईङ किक हानेको कुरा खोक्यो। यस्तै कुरा गर्दै राति सम्म बस्यो हामि। लास्टमा बबाल हल्ला गर्दै वेटरलाई मुख छाड्दै बाहिर आयौँ सबैजना।
केटाहरु एक्स जोनजाने भनेर हल्ला गर्दै थे म चाईँ उम्केको हौ इमेल हेर्नु थियो अमेरिकाको युनिँर्सिटिबाट आउनु पर्ने, अनि घरतिर फिर्केको।
जाने बेलामा-भोलि पिछा गर्नु पर्छ है?” भनेको सुनेको थेँ के बाङ्गेको साथिले। पछि थाहा भयो रुमाल टिपेर घर सम्म पो पुगेछ सोम त! त्यस्तो ट्याबे केटा नि राम्रो लाग्यो रे अब भयो कसैलाई!! :)

 

तित्स साली सेन्टिफ्ल्याट-

 

i nishant ...ehi he hee.. what a pleasent surprise !!
(:S :( :S maarne paryo kaatna samma kuraa kaatyaa chha aba )

 

कुम्स पाटको भेजा फ्राई-

 

हा हा हा!!
लौ बबाल!!

 

 

 

 

जिम्स सुड्डोको क्यारक्यार-

 

ए राता मकै!
के हुन लागेको हौ चौतारिलाई?
हिजो एउडा ठाममा राखेर हिनो आज आम्दा के के हो के के, कति हाँस्नु हा हा हा

 

चित्रे पाटको जासुसि-

 

नमस्ते गाम्लेहरू!
आज त सुनसान छ नि चौतारी।
निशान्त पनि आईपुगेछ, हामीले कुरा काट्दा धेरै हाच्छियूँ आयो कि क्या हो? ;)
कुरा गर्ने ईस्टाइल त पूर्वकै जस्तो सुनिन्छ, कुम्लेको जिग्रि दोस्त चैं पक्कै हो जस्तो छ। :)
अब बल चैं हाँडीगाउँलेहरूकै कोर्टमा गएको छ, हेरम् कसरी डिफेन्ड गर्छन्।

 

तित्स साली अझै ट्वाँ-

आईते आज देखि झिल्के दाई भो रे? :D
ल गुरूदेव, नेपालमा रमाइलो गर्नु।

 

हेहेहे त्यहि भन्या चित्रे , निशान्त को कुरा काटे सबैले, खुब् हाच्यौ आयो जस्तो छ। कसो निशान्त ;)
आइते दाइ चै आफै न्वारान् गरेर झिल्के दाइ भा'रे :D

 

मेरो सेकेन्ड रिप्लाई-

 

के छ याम्स (Yahooo) ब्रो?
कोकको कोक बियरको बियर त हैन हौ, खालि बियरको बियर मात्रै हो। त्यो कोक त मलाई सारो तिsssतो लाग्छ ब्रो। मुखमा हाल्यो कि गार्गल गरेर पिचकारि हान्न मन लाग्छ।

आँssss चित्रे ब्रो के छ मस्ति छ? ह्याव्स दियो ब्रो ले?
मैले त हिजो लास्टै धोक्यो नि ब्रो अहिले सम्म ह्याङओभर ले टाउकोमा हल्का दिराको छ! हिजो नि बबाल भएको नि ब्रो कल्बमा, हरामि हरामि केटाहरु आएर हाम्रो नोर्बुको गर्ल फ्रेन्डलाई साईड हान्यो कि, अन्त नोर्बु ब्रोले धुलो पार्र्यो नि हौ त्यसलाई। दुई सट जमाएर हानेको झारे त स्नुकर टेबलमा स्ट्रेट फ्ल्याट!!!

तित्स (Tyra) मेरो कुरा चाइँ काट्ने हैन ल फेरि? मेरो साथिहरुले साइड हान्यो भनेर भित्र भित्र मस्किने बाहिर बाहिर आँखा तर्दिने भन्या!

 

तित्स सालीले बबाल थर्काएको-

ओ निश भेना , सब् को अगाडि तित्स् सालि लाइ गालि गर्दिने :( । अति भो'नि यो त सिम्स् को अगादि चाइ रुझ्या बिरालो जस्तै हुने आइले या' आएर चाइ शेर् हुने :O :S :D:D

 

ह्यारिस सोम मो जस्तो दादा देखेर ग्याङमा एन्ट्रि गर्न खोजेको-

 

ल एक्दिन नआउदा त के के भै'सकेछ। आइते, उस, झिल्केले आफ्नै न्वारन गरेच, निशान्त पनि आयेच, म पनि हाजिर गरम है।
अनि निशान्त ब्रो, अब नाङ्लोको कहानि त सुल्ट्या जस्तो छ, अब न्युयोर्क को टेउसीको कुरो चैं क्या हो नि, फिट्टु भएर पैसो चैं कुन्नि को हो रायन लाई तिराको रे, पून्टेदाईले अस्ति भनेका, त्यो नि बताउनु परो

 

ग्वाँच सोमले बबाsssल लङ्ग स्टोरि राखेपछि मेरो रिप्लाई-

 

ग्वाँचे ब्रो आँsssच लास्टै रिसाईदेको भन्या। ल अब काम मा फिर्ता बोलाएछ कुल भयो नि हौ।
हिँड हामि सोल्टिनिकोमा तोङ्बा तानेर आउँ। सोल्टिनिको तोङ्बा र मोमो त फेरि एक्स्ट्रा छ नि हौ। बबालि केटाहरु नि त्यति आउँदैन हो त्यता त। सबै चाउरि लागेको सुड्डाहरु आउँछ!

के गर्नु सोम, केटाहरु बेशि ओभर छन् कि झन मातेको बेलामा आँखा देख्दैनन् हौ। मेरो त हाँडिगाउँले साथि भएर संगत गरेको नि ब्रो, नत्र म त बबाल सोझो मान्छे हो नि , स्ट्रेट हँसिया जस्तो नि हौ। बाङ्गेको संगतले अलि अलि बाङ्गो भएको नि। नपत्याए तित्सलाई सोधे हुन्छ।:)


मैले पनि ग्वाँचेजीले जस्तै सुरुमा नै भन्नु पर्ने थियो-

चौतारी सरकार, मुखौटे बिधान, खण्ड '

 
निशान्त
Posted on 02-14-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कन्टिन्यू...

 

मैले पनि ग्वाँचेजीले जस्तै सुरुमा नै भन्नु पर्ने थियो-

चौतारी सरकार, मुखौटे बिधान, खण्ड '', चौतारिका रमाईला लेखहरु सम्बन्धि धारा १२ को उपधारा ७ अनुसार...... "यस रमाईलोका घटना, स्थान र पात्रहरु सबै काल्पनिक हुन्। कसैको वास्तविक जिवन संग मेल खाएमा संयोग मात्र हुनेछ। अरुलाई स्वस्थ नेपाली मनोरन्जन दिनु र आफैँले पनि बिबिध नेपाली मनोरन्जन लिनु र यसकासाथै मित्रता र सद्भबाव फैलाउनु नै, पहिला, अहिले र मैले पछि लेख्ने कुराहरुको मुल उद्देश्य हुनेछ!

 

निल ब्रोको बयान-

धन्यवाद् छ नि हौ :)

न्यूयोर्कको निल ब्रो हाम्रै हाँडिगाउँको होन्त खासमा।
पहिलाको बबालि दादा हो नि फेरि हाम्रो निल दाजु। निल ब्रोको गालामा लाsssम्चो कन्चट सम्म पुगेको खत अझै छ त नि।
लाजिम्पाट को दादाहरु संग ग्याङ फाइट परेको कि ५ साल पहिला, ४ जना जंकि मिलेर हाम्रो निलदाई लाई भक्कु ठोकेछ हौ। म, नोर्बु, डिस्को, कुम्स, नेप्चे अनि नोर्बुको मामाको छोरा बौद्धको दादा पासाङ सब मिलेर चिया र स्टिक तानिराको कि भाटभटेनिमा, बाङ्गे लास्ट दौडँदै आयो हैन।
"
ओ सोमहरु हाम्रो टोलको निल ब्रोलाई बालुवाटारमा लाजिम्पाटको केटाहरुले घेरिराछ " भनेर
करायो हैन। अनि हामि सब केटाहरु जर्र्याक जुरुक उठ्यो हैन। नोर्बु र पासाङले डिङ्गो बाट रामपुरि निकाल्यो, कुम्स ले पसल अगाडि राखेको बाईकको चेन २ मिनट मा निक्यालो हैन, बाइकवाला सुड्डो कराउनलाई मुख मात्र खोल्या थ्यो कि, नेप्चेको दरो पन्च भेटिहाल्यो नि सोमले फेरि।
अन्त सब गयो हामि दौडेर स्पटमा हैन, हामि आएको देखेर सब झारेहरु माइनस भयो (भाग्यो)।
त्यसपछि हाम्ले निलदाईलाई हस्पिटल लग्यो।
त्यो दिनदेखि त हामि निल दाईको भाई भयो नि हौ! अन्त कपाल काटेको, रेस्टुरेन्टमा खाएको केहि को पैसा नलाग्ने नि फेरि। किंग्स वे को रेस्टुरेनन्ट त सबै पुरा फ्रि थ्यो नि त हामिलाई, निलको केटाहरु भनेर एक पैसा नलिने।

न्यूयोर्क आएपछि भेट्यो कि मैले निल ब्रो लाई, ब्रो त लास्टै सरिफ भएछ यहाँ आएर। पुन्टे सुड्डो त बेस्ट फ्रेन्ड रे :)
'
जि' तान्न नि छोडेछ, जिन्स काट्न छोडेछ, हुँदा हुँदा ब्रोले अत्ति गर्देर कानको टप सुद्द फाल्दे छ नि हौ। त्यस्तो जगल्टे सोम बङ्गालि काट्न थालेछ नि हौ केश त। तर जाँड तोङ्बा भने पछि त अझै नि ट्याङ्कर नै रैछ नि हौ। मलाई नि भक्कु खुवाएर लास्ट फिट्टु बनायो हैन अनि के के भन्यो मैले थाहा नै पाएन।

 

यो भाग टोटल पढ्न मन लागे फस्ट पेज देखि- http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=1&PageNum=1&forum=271&threadid=38254

 


 
Posted on 02-14-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समस्थ चौतारी बाशिलाई नमस्कार, आझ त यहाँ खुट्टाले टेक्ने ठाउँ रयिनछ, पाल टागेका रहेछन, लु ठुलिले चिया बनाउदे रयिछे, म चै थिन आरारोट बिस्कुट किनेर लेर आउछु।। बेलुका बत्ती बाल्नु पर्छ चौतारीमा अनी बत्तिको पनी ब्यबस्था गरेर आउछु, तेतिन्जेल लाई नमस्ते है त। आझ रात भरी चौतारी दिवश मनाउनु पर्छ।।
ओि रिथ्हे त्यो आस्ती बनाको नीगार लेर आउ है बेलुका, मस्ती गर्नु पर्छ।  
 
Posted on 02-14-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाइ-- गजब लाग्यो पुराना गजल हरु पनि । दाजु को त जती बर्णन गरे पनि कमी नै हुन्छ
भउते काजी -- भउते हराएको सुचना मैले पनि देख्या थिए साझा मा, अचम्म लाग्थ्यो तेती खेर, के लेख्या होला भनेर
बिस्टे - धन्यवाद छ यहाँ लाई हामीलाई आफ्नो परिवारको सदस्य सम्झेर घुल्मिल गर्नु भएकोमा
अरु सबै लाई जदौ



 
Posted on 02-14-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Posted on 06-18-06 4:29 AM     Reply | Notify Admin

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ल गेंदपर्व चलिराख्या छ। स्कूलै बिदा भएसि, हेर्नै परो नि! २-४ दिन लाखा-पाखा लागेकोले अहिलेसम्म राम्ररी खेल हेर्न पाइया थेन, अब आजदेखि नियमित हेर्न परो। मलाई मन पर्ने टिमचैं अर्जेन्टिना र इटाली!

मिस -- फि मिनाहा गर्देकोमा हृदयदेखि धन्यवाद। अब रोल लम्बर पाम्।

ठुल्नानी - तिम्रो फोटो हेर।
http//images.google.com मा गएर "uptowngirl" भन्नी शब्द राखी खोज गरेको यो फोटो पो आयो।
:D



 

 

 


 
Posted on 02-14-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले कती राम्रो १०० अंकको चौतारी बनाएछ, ल् बधाई छ है सबैलाई।

म पनि आफ्नो पुरानो दिनको सम्झना लेख्नेछु तर अली केही बेर पछी, सबैलाई बधाई छ फेरी पनि

पुराना गाम्लेहरुलाई स्वागत गर्नु परो, अनी नयाँ पाहुनालाई पनि सेल्रोटी खुवाउनै परो म अली बिजी भय, १०० अंकमा आउन नभ्याउनेहारुको लागि मैले स्पेसल निमन्त्रणा कार्ड नै छपौने बिचार गर्दै छु, ल् साथीहरु मोज गरौ भोज गरौ  

झिल्के
पुरानो जमानको अाइते
 
Posted on 02-14-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी सतक अंकको उल्लास्मय बातावरण



 
Posted on 02-14-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दादु दर्शन गरे।


 
Posted on 02-14-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो पुरानो पोस्ट हेर्दैइ थिए, आफुले टासेको सायरी भेटाये,
सायरी टासी टासी चौतारी छिरेछु म त,


खमोश रात के पेहेलुमे सितारे ना होते,
इन्न रुखी आन्खोमे रङीन नजरे ना होते,
यकिन मनिये हम भि न कर्ते पर्वहाँ,
अगर आप इत्ने प्यारे ना होते।

वफा का नाम न लो यरोन,
वफा दिल को दुकहती है।
वफा का नाम लेते ही,
हुमे एक बेवफा कि याद आती है

कौन रख्ता है याद नामओ को,
लोघ इन्सान को भूल जाय कर्ते है।
टुम समानदर के बाट कर्ती हो,
लोघ आन्खो मेइ दूब जाय कर्ते है।

बेवफा सनम से तो cigarette अची है,
डिल जलती है, पर होतो से तो लग्ती है।

आप्की मुस्कान हमरी कम्जोरी है,
केह न पान हमरी मज्बुरी है,
आप क्योन नही समाजह्ते इज खमोशी को,
क्या खमोशी को जुबान देना जरुरी है?


 
Posted on 02-14-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाईको गद्ध कविता पहिलो पटक पढ्ने मौका पाइयो!!

....क्यानभासको त्यो चित्र

जुन कुनै आकस्मिक वाध्यतामा

हतार हतार मेट्न परेको थियो

यो शिघ्र विश्वासमा

कि

उसका सपना-आँखाले त देखिहाल्छ नि

उसका हृदय-ईजेलले त टाँगिहाल्छ नि....

 

 

यस्ता कविताहरु पहिलेका अरु धेरै टाँसौँ न दाजु!


 
Posted on 02-14-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु ल है तिमीलाई यो प्रेम दिवसको उपलक्ष्यमा धेरै धेरै शुभकामना, यसरी नै सधैं सबैको प्रेम सँगल्दै जाउ अनी तिम्रो प्रेम जीवन जुनी जुनी भर अमर रहोस्।

 
Posted on 02-14-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि भद्रगोल भएछ! हाहाहाहा सबै जोसिएर एकैपटक पहिलो चौतारी प्रवेश र आ-आफ्ना कुरा टाँस्न थालेछन्!

यस्तोमा ठूल्दाई गायब??? ए क्या हो रहा है???


 
Posted on 02-14-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thanks u so much jhile daa. ani hajurlai ni happy valentine day. love u daa

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Travelling to Nepal - TPS AP- PASSPORT
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters