world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-17-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीकै छ हो हो पर्वते मेरो,
अनी ठुली पनी अैछे, उसले नढेख्ने गरी म: म: खाउ भनेको देखेछ,


 
Posted on 02-17-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो हर्के दाई त्यो नभएर अर्को चाँही राखेको, ल यो अर्को नेपाली गीत सुन,
पुरानो हुँदैन माया जुनीजुनीलाई पनी, 
Last edited: 17-Feb-08 02:53 PM

 
Posted on 02-17-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आठवां अचम्म भो नि। सबैले खानेकुरो को कुरा गर्दा चैं यो हर्के दाइ गानामै मस्त?

 
Posted on 02-17-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आझ शनिबार हैन आझ सन्डे हो के भो नेप्ची भभिलाई हिजोले आझै छोडेको छैनकी के हो?
 
Posted on 02-17-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे हरिश माथेमाको: आँखाको नानी हौ तिमी
 
Posted on 02-17-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सबै त्यो दिदीको थों: को कमाल् जस्तो छ 

 
Posted on 02-17-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-17-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो पीत: तारेमाम, म पनी वो: खाने, खोइ यता एउता फाल त:
अनी त्यो सलीचा मा थो: पनी है ,

 
Posted on 02-17-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि हर्के दाइ र बाउचालाइ नि के लागेछ? दिउसै रस्-रङ्?
भन्नाले भरे बेलुकि नि के के पिलान होला पक्कै

 
Posted on 02-17-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रै सँग पुगियो ठुल्दाइ, गाडी मा सरररररररररर चिसो हावा खाँदै हिड्या हुम्, तेइ भएर त्यो तीन पानेले पनि छोडेर १ पाने मात्र बाँकी थियो घर झर्दा त
हर्के दाई, त्यो बेल्नाले पिठो बेलेर बना' हो म:म --हामी त मान्छे पनि सक्कल्ली काम पनि सक्कली गर्छौ नि, लहरे र भउते जस्तो हो र चाइनिजको फ्रोजन म:म ल्याएर अझ म: म को भाडो समेतको  फोटो राखेर जनतलाई दिन दाहाडै ढोका डिएर ल्याउनी? हँ

पर्बते पाट क्यार्दै हो? हाम्रो पर्बते पनि एकदम स्पष्ट बक्ता मान्छे चाँही
अरु सबैलाई नमस्ते
 
Posted on 02-17-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले छोडे अब खानाको कुरो गर्न, हाम्रो पर्बत्य दैले तेही भने गीत गाउ केटी हारु आउछन, आउन त आए सबै बुडी हरु मात्रै आए के गर्ने खै।
 
Posted on 02-17-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीको मुख त कत्रो ठुलो भएको, के भो ठुलि,
नेपची भाउजु को अर्को नाम झ्वम गुलु तेसै भएको कहाँ हो र

 
Posted on 02-17-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-17-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuli lai mo:mo manpardaina lahare

 


 
Posted on 02-17-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मुन्छेहरु त सप्पै यतै वरी परी रे'छन्त। यकै चोटी सलह झैँ ह्वाररररररररररररररर निस्के त।

नेप्ची-भाभी र रिठ्ठेलाई चैँ म:म:ले पेट दुखेर यता आ'को जस्तो छ।

लहरेको चैँ चाइनिज म:म: के मीठो भयो होला र खै ?

बरु हर्केदाइले बङ्गुर मजाले चपाएहोलान हिजो, कि कसो हर्केदाइ  ?

ओइ थुली फुली सुली छुली कुली सिँगाने हिस्सी नपरेकी फतौरी केटी।


 
Posted on 02-17-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउचा वो: र थों: त सकिगो नि हिजै। खाना नि कम्ता खाका हौं र

 
Posted on 02-17-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli we missed you yesterday !!!
 
Posted on 02-17-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म मौन्तामा अल्झेको जीवन: ॐ बिक्रम बिस्ठ
ए कहाँ आगये हम : सिल्सिला भन्ने फिलिम "लम्बुको गीत"

यो दुइटा गीत सुनम अनी तेश पछी लाग्नु पर्छ।। लुगा धुनु छ टन्न थुप्रेको छ हौ।


 
Posted on 02-17-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को त्यो हाम्री एकल बुइनीलाइ जे पायो त्यै भन्ने?
बाउचा, के रे? फेरि एक् ताल् भन त, मलाइ के रे?

 
Posted on 02-17-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसतै हो भउत भाई भन्दारी जी, खान पाये  पो मीठो नपाए के मीठो,
त्यो त देखी हाले नी भाउजु, कती खाएछ भनेर, आईतवार लाई शनिबार सम्झने,
ठुली लाई म: म: मन्पर्दैन रे, ल जा उस्लाई मन्पर्छ भनी अलीकती बाँकी
राखेको थिए fedex गर्छु भनेर, ल राम्रै भो भरेलाई समेट पुग्यो मलाई त।
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters