[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 262928 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-14-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेप्चे तपाले थिक् भन्नु भो मलाइ नि तेस्तै लाग्च। अस्ति भर्खर चौतारिमा चिरेको जस्तो लाग्च। अब चौतरि चिरेको नि २ बर्स पुघ लागि सक्यो।


 
Posted on 02-14-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-14-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! नेउचेले नि भेट्टायो आफ्नो पहिलो सन्देश, चौतारीको जरा खोतलेर। यो अंकमा त सबैले कोदालीले चौतारीको
जरा खनेर दामी दामी कुरा भेट्टाएछन्। हाम्रा जरामुनी बसेर जरा खन्ने ग्वाँचू बाजे र सान्कान्छ चैं कता हराए, जराको
जन्जालमा जकडिएर जाँड खाएर त बसेनन्?

ठूली, मलाइ नि लाग्यो अल्छि। अल्छिको औषधी छ तिमीसँग?

चेलीको नाम नेपालीमै भएकोले अर्को के नाम दिने हो खै थाहा भएन। चौतारीमा नेपाली नाममै आउनेहरूको नयाँ 
नाम खासै दिईदैन,जस्तै रिट्ठे, भौते, पर्वते आदि।


 
Posted on 02-14-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को "प्रणय दिवस" को अवसर मा एउटा पुरानो टुक्रो टासिदिनु परो। (हुन त  अब जस्को लागी भनेर यो टुक्रो लेखेको उनी त अर्कै की भै सकिन क्या रे  )

******************************************************************

A LOVE...

I’ve never felt vigor
like this before;
it's a love that
I will always adore.

A love with friendship,
humor and heart;
a bond so strong
it would never part.

A love that makes me
smile from eye to ear;
a love that is joyful
without any fear.

A love that is beautiful
from the inside out;
a love with no tears,
panic, pain, or doubt.

A love with soul.
so tender and true;
a love that I have found
only in you...

******************************************************************

जम्मै जोडीहरु लाई प्रणय दिवस को हार्दिक मंगलमय शुभकामना।


 
Posted on 02-14-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कार्य ब्यस्तताले गर्दा केही घण्टा छिर्न पाएको थिइन चौतारी, अहिले छिर्दा त चिन्नै गाह्रो भो भन्या, अल्मल्ल परे कहाँ बाट सुरु गर्ने अब भनेर। नयाँ साथीहरु पनि धेरै आएछन, पुरानाहरुले पनि मुख देखाएछन
छुटेको बल्ल पढिसके
दोश्रो राउण्डको सतके जदौ सबैलाई
हाम्री तिरु नि आयिछिन आज, मलाई नि सम्झिछिन खुशी लाग्यो
भलै १०० औ अंकमा मात्र फेरी आउने बाचा गरेर गये पनि धेरै दिन पछीको आगमनको लागि हार्दिक स्वागत गर्दछु
ओये होये तिरु पाज्जी, मनु सड्डे खुसहाल है जी, तुस्सी बहुत रोज बाद् आज आयि है, लस्सी उस्सी पिलो जी थोडा
अनी,
नयाँ पाहुना, चेलीलाई स्वागत छ चौतारीमा
न्वारन गर्दा चाँही "चमेली" नाम राम्रो हुन्छ कि भन्ने लागेको, जिम्मालले अहिले जुराउलान नि
दाने सँग पनि धेरै दिन पछी भेट भयो, खुशी लाग्यो
गुन्टे, बाबु मैले नि चक्लेट ल्याइद्या छ तिम्लाई, भरै स्कूल छुट्टी भये पछी झर है यता तिर


 
Posted on 02-14-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो रावणको आच्या राउन्डको नमस्ते सबैलाई।
नयाँ पाहुना हरु नेत्रे र चेली लाई यो सुन्तलेको पनि स्वागत। चेलीको गीत उता पल्ला गाम्मा मैले नि सुनेथें, को रहिछन तेती मिठो स्वर भएकी सुशिली भनेको त यिनै रहिछन। दोहोरी पनि निक्कै गा रहेछ। कसै कसैले JPT भने रे अनी कसै कसैलाई चेलीले जोगी बनाइन भन्ने पनि सुन्थें। रातो गुलाबको तांती पनि थियो भन्छन देख्ने हरु। बधाई छ है मेरो पनि।

अनी सबैलाई हप्पी भान्टंग भुन्टुङ डे है।    
 
नेप्चे, कसरी खोजेको पुरानो अंकहरु। मैले त ५५ तिर खोज्न खोजेको त्यो चौतारी को लिस्टोमा त कता ७० तिर देखी मात्रै छ त।


 
Posted on 02-14-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चौतारी यात्राको पहिलो पोस्टको कथा। पुन्टे बुडा, भउते, गोतामे सिरेहरुको गफ देखेर दङ्ग परेर बिर्खे माइला नाम लिएर आइयो। अनि पुन्टे बुढाको कुरा सुनेर जवाफ लेखेको, तर कसैले मतलब गरेन ठुल्दाईले भने जस्तो। पुन्टे बुढाले त झन ५-६ भाग चौतारी सम्म पनि बाल दिएनन्, अहिले जस्तो स्वागत गर्नु र परै जावस। दिन पनि कसरि दिउन बरा बाल भए पो! :P । धन्न सिरेले कुरै कुरामा जिम्माल नाम लियो र म हो कि हैन भन्ने पर्दा पर्दा सिधै बुढो जिम्माल बनियो! यस्ता कुरा भएका थिए-

 

पुन्टे दाईको पोस्ट

 

Poonte

Posted on 11-03-05 10:29 AM     Reply | Notify Admin

 

ए केटा हो! अचेल यो प्रतिगमनमा लाएसि फुर्सदै छैन मुलाई त। खेत सेत के भो होला कुन्नि मेरो? धोबिनीलाई नि कुन चईंले बजाई सको होला के रे। दशैं तिहाराँ नि गाम फर्केर चौतारियाँ भलाखुसारी अर्न नि भ्याईयेन, गाँठे!

नबिर्सम है यो बुढालाई नि! धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले' आम्छु भन्ने खबर पु-याईदेओ।

बरु, चाईन्जो, त्यो भेला अर्नि नै भए, सिरे, ओमे र भउते म तिरै आएनि हुन्थो नि! ठुलो शहर घुमाम्ला, रउसि हाँडी नरित्तिन्जेल ख्वाम्ला, अनि ?विष्णु? लाई बेस्कन गाली चुट्दै गफ अरम्ला!

अरु नि को को आउने हो आए हुन्च नि। एकदम ?सिरियस? भेर देको हे यो निम्तो! घोरिएर बिचार अरम। अनि खबर पाम। :)

 

 

nepalean

Posted on 11-03-05 5:56 PM     Reply | Notify Admin

 

यो पुन्टेदाइ त राजनितिले पात्तियको छ भन्या । चौतारिया पनि राजनिति अर्नि चिया पसला पनि राजनिति अर्नि । कता राजाको गजर टुकुचा जानि हो, व्हा पारस दाइ कत्रो बडेमानको भटभटे चडेर हिडचन ।
क्यारनु सिरे मन त ततै पच जाड र तासमा तर टाडा परियो नि त । नत्र त भउते सिरे ओके सबैको खालको पैसा सोर्नु हुन्थयो ।
दादा त म सं रिसाहोलान केरे। कबिता पठाउनु पर्ने ढिलो भढ क्या । लेख्न त लेखेको नेपालिआ टाइप अर्न नै भुलेचु , आघु है त दादा ?

 

 

Gautam B.

Posted on 11-03-05 7:00 PM     Reply | Notify Admin

 

साथी भाइ सबैले चाइने जो बसौँ भने के गर्ने भनेर घरकी गोताइनीसंग चाइने जो सोधिहेरेको, सकेसम्म चाइने जो जाँदै नजानु, गएपनि चाइने जो रउसी खाँदै नखानु, खाएपनि चाइने जो बिएर मात्रै खानु भनेर भनी। हैन भने चाइने जो ढोकै खोल्दिन, रातभरि पिढीमै चाइने जो कुक्रुक्क हुनु रे!

 

 

Birkhe_Maila

Posted on 11-03-05 7:07 PM     Reply | Notify Admin

 

**** धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले'र आम्छु भन्ने खबर पु-याईदेओ। ****

खै के भयो के...यो हरफ पढे पछी गोपाल प्रसाद रिमाल याद आयो.....
.....
आमा त्?यो आऊछ??
...
हो बाबु त्?यो आऊछ...

हामि सगै छौ...पुन्?टे दाजु.....त्?यो दिन अबश्?य आउछ...
उही बिर्?खे माइला

 

 

Bostonian Nepali

Posted on 11-03-05 7:10 PM     Reply | Notify Admin

 

साथी हो, गाँठे झन्?नै खुस्?केको औसी अगाडी। कुरो के भो भनी पुर्?नेको भोलीपल्?
मगर डाँडाको हाट गाथेँ यसो मगर गाँउको रौसी धोकौ भनेर। चाईन्?जो केरे त्?याँ
भेटीए दैब सन्?जोगले सिरेका मित बा। रौसी धोक्?न सम्? धोकिउ। अब साँझमा
धङ्?धङिदै घर फर्?किदा भउतेको घरछेउको खोल्?सीमा चिप्?लियर खुट्?टो र ढाड त
ठनक्?कै। त्?यसैले त म चौतारीमा पाम्?पिलेट टाँस्?न नआको।

 

 

shree5

Posted on 11-03-05 8:08 PM     Reply | Notify Admin

 

जमुनिले त "जे भा नि दाजी हुन, तिनैका निदाराँ तिहारको टिको लाईदिन्चु " भनी र मईले जमुनिलाई भउतेका घराँ
पु-याम्न गाको कुरो त अरि सके केरे । अब जे भा पुनि मया पिरीम बसेकी स्वास्नी, क्यारिछ भनेर जाद्रै हिरिक्कै हेर्न
मन लाओ र म त चईनी आज बिहानै फेरि भउतेका घराँ गएँ केरे ।

हिजो बेलुका त के के खतरा खतरा चईनी कुरा भाको रैच के । बिरामी छ भनेर भउतेले जमुनिलाई मझेरिमै सुत्न
पठाएछन केरे । त्याँसी त आधा राताँ चईनी घ-याक्क दैलो (ढोका) उघारेको आबाज आएछ केरे । त्याँसी त एउटा
लौनी मुन्छे (लोग्ने मान्छे) खुरु खुरु जमुनिका बिस्तारा तिरै आयो अरे । अब निस्लोट अँध्यारो केरे, जमुनिले तो
मुन्छेलाई त ट्वाक्कै देखिछ, तर तो मुन्छेले जमुनिलाई त ट्वाक्क देख्न सकेको रैनछ । जमुनिले येसो नियालेर
हेरिछ र भउते झै मानेर "दाजी, भउत दाजी" भनेको त तो मुन्छे त आईमाईको स्वर सुने पछि त झन सुरिएर पो
जमुनितिर आयो अरे । त्याँसी जमुनि त डराईच र हतपत यता र उता हेरेको त माथि दलिनमा सिउरेर राखेको चईनी
गुन्द्री बुन्ने हतासो भेट्टाईच केरे । जुमुनिका त हाताँ हतासो लिएर बसिछ केरे, तो मुन्छे त उसलाई समात्न पो आयो अरे,
जमुनिको पालो हतासोले जमाएर हानि दिईछ, तो मुन्छेले त्याँसी त "अयाऽऽऽ" भन्दै भागो अरे ।

त्याँसी बल्ल भउते उठे

 
Posted on 02-14-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Bhaute

Posted on 11-03-05 8:33 PM     Reply | Notify Admin

 

पैला त जमुनिले म पानी खान झरेको होला भन्ने ठानिछ के रे। अनि मुन्छे ठेँड्के ठेँड्के देखे
पछि भउते दाइ त हैनछ भनेर दायाँ बायाँ क्यै पाउँछुकि भनेर छामिछ। कताट तेस्का हात त
त्यै मु्न्छेको टाउकोमा परेछ के। टाउको छाम्छे त चिल्लै। अनि त "ए भउते दाइ, याँ त
दोख आयो, टाउकोमा पैताला भा'को " भुनेर कराइ। म झर्दा त तेसले हतासोले हानेर
लखेटिसकेकि रैछ।


अस्ति भर्खेर गरह कटाको, केको दोख आम्निहो याँ भनेर मैले भनेसि ए तेसो भा कुन खुइले
मुर्दार आको हो त, यस्तो बेलामा नि भनेर भनि। त्यस्तो उपद्रो अर्न खोज्नी मुन्छे गाम्मा
सारै धेरै छेनन् के रे। मलाई त अर्को मुन्छे पो सङखा लागिरा छ। अब बाटुलि भाउजु पनि
भाइलाई टिका लगाम्न गा'को रैछ, माइत तिर। उता धोबिनी पनि यो बर्ख मीत-भाइ लाइ टिका
लगाइदिनि हो भनेर सोलि बोकेर फिर्सेको उकालो लागेको देख्या थे, हिजो।

फेरि पुन्टदाइ नि अघि डहरबाटै के छ हउ भनेर चिच्याएर गए। खुट्टा पनि खोच्याउदै थिए।
सँधै मेरो घरमा पसेरै हिड्ने मुन्छे, आजै फेरि छलिदै किन हिँदेका हुन् कुन्नि। अब नदेखि

प्वाक्क बोल्ल्न नि भे'न। खोइ मेरो सङ्खा त अर्कै तिर छ है सिरे जवईँ। यसो उता तिर पनि
ड्वाक्दै अर्नुस न।


:-)
-
भउते

कसैले मतलब नगरेपछि फेरि डराइ डराइ पोस्ट गर्दा निरेले बल्ल म संग प्रतक्ष कुरा गर्यो, बजियाले गुन ला हो लाउन चाइँ, अनि मात्र सिरेले जिम्माल बनायो। दोश्रो पटकको डराइ छराइ गरेको  पोस्ट र औपचारिक रुपमा चौतारीका पहिलेकाहरु संग भएको कुराकानि!

 

 

Birkhe_Maila

Posted on 11-06-05 7:30 PM     Reply | Notify Admin

 

हन यो जमूनी चाई को रेछे?.....कस्?ता कस्?ता कबिता र लेख फुर्?दा रेचन..
उकालो लाग्?दा लाग्?दै यसो चौतारिमा थकाइ मारौ भनेरा आको...
टाढा जानुछ.... नरिसाम है साथी हो...मन मा खुल्?दुल भएर सोधेको मात्र हो....

 

 

Nirman

Posted on 11-07-05 8:02 AM     Reply | Notify Admin

 

सिरेले कात्तिकाँ झ्याइँ पारेका हुन के'रे जमुनीसंग, क्यार्नु ढिला आएछौ भोज नै सकिसको, अब त्यो तिहारको बासि सेल भे'नि खा'र जाउ ल!!! अनि बेला मौकां यसो झर्दै अर्नु केरे!!!!...:)

 

 

Sandhurst Lahure

Posted on 11-07-05 8:08 AM     Reply | Notify Admin

 

ana, nirman, padnu chhodera kahan ko yeo chautari maa natak herna aa bhanya.. gai halnus ta bidhyalaya tira.. :) sir le feri chaak ma sirkuna le dela futne gari... aiyaa.. (ouch chain nabhanum hai!).... :)

 

 

Birkhe_Maila

Posted on 11-07-05 11:00 AM     Reply | Notify Admin

 

ढिलो भैएछ गाठे.....क्यारनु..अब त्?यै बाकी भा सेल कसार जे छ त्?यै खाम .
निर्मान जी को मा चाइ बोलाम्?न नबिर्सम केरे... :)

 

 

nepalean

Posted on 11-07-05 1:23 PM     Reply | Notify Admin

 

बासि सेल र कसार त खाए हुन्च तर कुखुराको मासु छ भने चै नखाउ है बिर्खे माइला। कुखुराको फुल बिग्रेको छ रे के आजकाल। खालि रिडिया टिपिले तेइ(bird flu) भन्च ।

 

 

Birkhe_Maila

Posted on 11-07-05 7:38 PM     Reply | Notify Admin

 

त्?यै त भनेको नेपालियन....चाइनेजो...एशिया मा उत्तर पूर्व बाट बथान का बथान
चरा हरु बसाई सरे अरे..दक्षिन तिर.....सङ्?गै के जाती चराको फुलु (Bird Flu) बोकेर उड्?दै
चन रे.......अब त हाम्रो गाम को बन तिर कालिज र ढूकुर पनि झ्?याप झ्?याप
भुई मा खस्?न बेर छैन......अस्ति मुखिया बा को घरमा रिडियो मा फलाकेको सुन्या मुईले...
तिमी पानि होश गर है..काल जमाना ठिक छैन....

 

 

nepalean

Posted on 11-07-05 8:15 PM     Reply | Notify Admin

 

बिर्खेले ठिक कुरो अर्यो । बरु गाममा यो कुर थाहा दिन कटुवाल घोकाउनु पर्ला जस्तो छ, ल त बेर्खे त्यो बिरे कटुवाललाइ यो कुरो पुर्याउनु पर्यो ।

 


 
Posted on 02-14-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu ma ghar tira lage hai ta. alchi lagyo see ya

 
Posted on 02-14-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी शरणम
आज एत्रो पर्बको दिना मेरो काम थुपरिदेर सास फेर्ने नि फुर्सद पाछैन। बेला बेला मा एसो चिहाइ त
राछु तर लेख्ने मौका चै भेट्या छैन, फेरी अर्को मीटिङा बस्नु छ्। अभागी खप्पर। ल ल रमाइलो भऐ
रारछ, पुरान पुराना साथी भाई हरु नि सप्पै आका रछन। ल रमाइलो गरुम सप्पै म बेला बेलाँ चिहाउदै गरुला, भोली त सबेरै टेउसास गाम जानु छ्,भोली आउन्न पाउन्न केरे, सप्पै को चौतारी पर्ब रमाइलो बितोस
अस्तु-
 
Posted on 02-14-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली, चौतारीमा आउन अली ढिला भयो क्यारे। अनी होचो ठाउमा बस्नु पर्या थ्यो पहिलो चोटी आउँदा, चौतारी नै देख्न मुस्किल पर्या थ्यो।  तेही भएर कुर्सीमा बस्न पाए चौतारी देखिने थ्यो कि भनेर कुर्सि मागेको नि।
चेली को त नाम नै "ठेट" नेपाली छ। चौतारी नाम पनि चेली नै ठीक होला क्यारे। 
 
Last edited: 14-Feb-08 02:18 PM

 
Posted on 02-14-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NepChhe daju, pratyek sabda ma jadoo chha la!! sarai ramro! तपाईंलाई पनि Happy प्रणय दिवश , मेरो तर्फबाट ।  अरुपनि सबैलाई यो चेलीको ह्याप्पी प्रणय दिवश !!


 
Posted on 02-14-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै को चौतारी प्रबेश को अनुभव  रमाइलो लाग्यो पढेर
माथि सुन्तले र लहरे न्वारनको  नाम कस्ले राख्द्यो भन्ने कुरामा कन्फ्युज भएछन
बस्तबिक्ता यस्तो हो-- लहरेको नाम सेरिअल बाट 'लहरे भनेर' अन्तरेदाईले रख्द्या हो मैले हैन लहरे
अनी सुन्तलेको नाम 'सुरनताल' बाट सुन्तले मैले राख्द्या हो जिम्माल बा ले होइन



 
Posted on 02-14-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

To Suntale and all,

If you want to find your old postings, click on your own names, then click on 'sajha postings', then go on clicking 'next'. Guess your rough date of the required post and keep on looking the date. This way, its easier to find your posts. Hope that helps.


 
Posted on 02-14-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिरुको सम्झनाको लहर सार्है मार्मिक लाग्यो, भने पछी चौतारीको निक्कै सम्झना त आउदो रहेछ तर यसरी छिर्दै न छिर्ने कसम खानु पर्ने के कूरा परेछ त्यस्तो? कस्ले चित्त दुखायेछ  तिरुको


 
Posted on 02-14-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेप्चे ब्रो के छ हौ? पोयम दामी गयो नि? तिमीलाई नि शुभ प्रणय दिवस है त


 
Posted on 02-14-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


oh ho balla ali shata bhayechha.. uffff yasho chihayeko matrai beluka bhetamla..

ani mero chautari prabeshko barema kehi lekchhu mani aajha.. aahile chai yati nai

jaye 100 barshe chautari..

 
Posted on 02-14-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो पल्ट न्वारान हुनखोज्दा नि मेरै बाले राख्देको नाम नै ठिक छ भनेर सबैले भनिसकेपछि त, आज मेरा बा साह्रै खुशी हुने भए !!

 
Posted on 02-14-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्हो! के हो आज त जति लेखेर पोस्ट गरेपनि चारपाँच जना त अरू आइसकेकै हुने भन्या!
नेउचेको पोइम् दामी लाग्यो। चित्त नदुखाउ, एउटी गुमाएपनि अर्की त तिमीले पाइहाल्छौ।

अरू सबैको लागि:- एक एक गरी लेख्न नभ्याएपनि सबैको पोस्ट पढेर इन्जोइ गर्दैछु है, लेख्दै गरम् अनुभव र मनका
भावनाहरू!


 
Posted on 02-14-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाँठे मेरो नाम अन्तरे दाई ले राख्दिएको हो। ल ल तेसोभय रिट्ठे लाई दिएको धन्यवाद
त्रन्स्फर गरेर अन्तरे दाइको मा पुर्याएकोछु, तैपनी भन्देकोमा चाँही रिट्ठे लाई सुकृया,
अनी चेली र नेत्रे लाई चौतारीमा स्वाअगत        

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Like us in Facebook!

free counters