world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264292 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-14-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा हजुरको भान्जोलाई नि बोलाउनुस् न। कोही कोही उस्लाई यहाँ कुरिराको छ के। यो बिर्खे दा जहिले नि आँफै मात्र चौतारी आउनेके। भान्जोले जिम्मानी भाउजुलाई हजुरको पोल खोल्दिन्छ भनेर हो।


 
Posted on 02-14-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार छ है सबै चौतारीमा बीसाइ रहनु भएका सज्जनब्रिन्दहरुलाई। एसो साझा गाममा लखरिँदै हिन्दा थकाईले चुर भयीयेछ। एक्छिन बिसाउन पाम है। ठाम त छ होलानी म अटाउनी?
 
Posted on 02-14-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शतकांक चैं निक्कै जम्दैछ, सबैले आ-आफ्ना पहिलो अनुभव लेखेका, टाँसेकाले झन् रोमान्चक भयो। नेपे दाजीका गजलहरूको बयान गर्ने शब्द छैन। 
गाम्लेहरूले पुराना पोस्टहरू टाँसेकाले याद झन् प्रगाढ भयो, हिजो अस्तिसम्म केवल सम्झनाको आधारमा चौतारी
माहात्म्य लेख्दैथिएँ, आज त कति पोस्टहरू प्रत्यक्ष पढ्न नि पाइयो। 

अँ चौतारी माहात्म्यमा चैं हामी २००६ सेप्टेम्बरतिर पुग्यौं, दशैं तिहार नजिकिंदै थियो, तेत्रा युगको प्रारम्भ भैसकेको थियो।
एकदिन सोच्दा सोच्दै मेरो दिमागमा आयो कि, चौतारीमा गाम्लेहरू बढ्न थालेका छन्, आत्मीयता बढ्न थालेको छ, 
तर एक अर्कालाइ राम्ररी चिन्दैनौं। साझामा केही वर्ष पहिले २००२, २००३ तिर साझा भेला भएको थियो, यौटा डिसी हो कि
 कता हो, अर्को चैं काठमाडौंमा। त्यस्तै चौतारीको मात्र भेला गर्न पाए हुन्थ्यो भनी त्यो विचार लेखें, नजीकका 
चौतारीवासी पत्ता लाएर भेटम्, फोटो खिचम्, टाँसम् भनें मैले। त्यही दशैंमा जापुनबाट गालब र जरामुनीबाट ग्वाँचे
नेपाल फर्केका थिए, उनीहरू न्यूरोडमा भेटे, चिनजान गरे, म:म: खाए, अनि चौतारीमा आएर घोषणा गरे -- 'प्रथम चौतारी भेला' गरेको कुरा। यो कुराले हामीमा हौसला जाग्यो, अनि मैले जापुन र अम्रिकाका गाम्लेलाइ नि 
भेला गरेर फोटु टाँस्न आग्रह गरें, इउरोपमा चैं अलि गाह्रो थियो भेला गर्न भिसाको झंझटले। 

पून्टेदाइ अघि सर्नु भयो भेला गराउनको लागि र २००६ को कृष्मशमा गर्ने घोषणा गर्नुभयो, जिम्माल बा, भौते, कुम्ले
आदीलाइ बोलाउनु भयो, तर नमे मात्र तयार भयो आउनको लागि। कम सहभागिता हुने कारणले त्यो सालको भेला
क्यान्सिल भयो, तर उक्त बृहत भेलाले ठीक एक वर्ष पछि मात्र मूर्तरूप लियो, र राम्रो कुरा के भने म आन्ध्रे खोला तरेर आइसकेको थिएँ।

अब फेरी २००६ को नोभेम्बरतिरै फर्कम्, तिरूले यौटा कथा लेखी र ब्लगमा टाँसी, उसको मामाकी छोरी समिधा र 
उनको बोइफ्रेन्ड निशान्तसँग नाङ्लोमा डिनर गरेको बारे। त्यो कथामा कुम्लेले अर्को कथा ठोक्यो, निशान्तको साथी बनेर।
त्यसपछि त कथाको दोहोरी जस्तै चल्यो, पून्टेदाइले कुम्लेलाइ टाटेपाटे पत्लुङ लाउने मान्छे भनेर अर्को अत्ती हँसाउने
कथा लेख्नुभो। त्यसपछि निशान्तको प्रवेश भो, पूर्वेली बोलीले चौतारी थर्कायो, ग्वाँचेले नि हँसाउने काउन्टर कथा लेख्यो, मैले
नि लेखें, कथा र काउन्टर कथाले चौतारीलाइ निकै रमाइलो बनायो। उक्त समयलाइ म 'काउन्टर कथा पर्व' भनेर म
नामाकरण गर्छु, किनकि एउटाले लेखेको कथालाइ कथाकै माध्यमबाट जवाफ दिने अनौठो र सनसनीपूर्ण अभ्यास 
भएको थियो त्यो बेला। तिरूले लेखेको कथालाइ, कुम्लेले अघि बढाएको, अनि पुन्टेदाइले घकेल्नुभएको। पछि ग्वाचे,
निश, म लगायत अरू पनि कथाको गुच्छा लिएर यो पर्वमा लाग्यौं। 

यस कथा पर्वको लगत्तै पछि 'मुकुन्डो जात्रा' भएको थियो, त्यसको पनि छुट्टै महत्व छ। त्यो अर्को पाली लेखम्ला।


 
Posted on 02-14-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


norton हजुरलाई हाम्रो चौतारीमा मिलेर बसे पछी जती नि थाम पाइनछ। लु मैले यहाँलाई स्वागत गरे है।
अब हजुरको न्वारन चै खै कस्ले गर्देला किन्नी।


 
Posted on 02-14-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको प्रेम दिवस अनी चौतारी बिशेष अंकको उपलस्ख्यमा हाम्रा चौतारीका सबै जोडीहरुको प्रेम हजार गुणाले बढोस् एही मेरो कामना छ, राहुलदाइ र भाउजुको  Intellectual जोडी, चनादाइ र भाउजुको  Momoजोडी, पुन्टे दा र भाउजुको Romantic जोडी अनी अरु सप्पैको माया दिन प्रतिदिन बढ्दै जाओस। जिम्माल बाको  would be दाम्पत्य जीवनमा सधैं प्रेम नै प्रेम भरियोस, चित्रेले राम्री श्वासनी पाओस - आफु जस्ताइ मिलनसार, ठुलिको प्रेम्को हाङा फैलियोस, भौते काजिको पनि छिट्टै घरजम होस् अनी बाँकी सबैको कुशल होस्, माया नपाउनेहारुले माया पाउन, भएकाको अझ धेरै माया बढोस्।

On this special occasion, let me dedicate this song to all the dear ones of Chautari

Dedicated to everyone who believes in LOVE

प्यार हमारा अमर
याद करेगा जन्हा

तु मुमताज है मेरी खाबोकी
मै तेरा शाहअजा




 
Posted on 02-14-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे (Norton) लाई स्वागत छ चौतारीमा!! भारि बिसाम र मादल घन्काउँदै गीत गाउन थालौँ!

 

चेहरा कमल है बात गजल है

खुश्बु जैसी तु चंचल है

तेरा बदन है संगेमर्मर

तु एक जिन्दा ताजमहल है!!!

उतरी है तु आशमान से

तुझसा जमिं पर कहाँ??

 

वाह झिल्के समयसापेक्ष गित राखेउ! धन्यवाद्!!


 
Posted on 02-14-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता गजल लेख्न मात्र जान्या भये मैले चौतारी बिशेष अंकको लागि कस्तो झकास कविता लेख्थे होला तर के गर्नु, नेपेदाइ, राहुलदाइ, भौते, जिम्माल, मास्टर्नी नानी, गोताए, जिम्माल बा, दादा बुरो जस्तो परियन
------
Norton welcome dude:-)
 
Posted on 02-14-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Norton लाई स्वागत छ, झिल्के पाट के छ खबर? राम्रो गाना राखेउ यार
Norton को नाम 'नरे' कस्तो होला?


 
Posted on 02-14-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


norton ज्यु आज देखी हजुरको नाम नेत्रे भो। हाम्रो बिर्खे दाले राख्दिनु भएको।


झिल्के अनी मेरो लागि एउटा भाउजु चै कहिले खोज्ने नि। आफुला भाउजु भनेर बोलाउन मन लागि सक्यो।


 
Posted on 02-14-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुलि (हजुरलाई त्यही नामले चिनिन्छ नि हैन?। न्वारन त बा आमाले जन्मदा नै गर्या हुन क्यार तर पनि कोइ पुरेत बा हुनुहुन्छ भने म पनि नयाँ गाम नयाँ नाममै लामाम्ला।
 
Posted on 02-14-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेम दीवसमा एउटा पुरानो प्रेम कविता-

 

प्रेम: ईश्वर

तिम्रो एक मुस्कान भए पुग्छ,
म ईश्वर भूल्ने हिम्मत राख्छु!

तालमा एऊटा डुङ्गा चल्यो,
छालले किनार छोयो,
तिम्रो सोचाइको तरंग जस्तै।
कलकल नदी बग्यो,
तिमि मेरो सामु आए जस्तै।
अहो! कता कोइली करायो,
तिमिले गाए जस्तै।
तिम्रो एक बचन सुने पुग्छ,
म प्रार्थना बिर्सन्छु!

हरियो घाँस चर्दैछ त्यो गाई ,
मुरली बजाउँदै छ त्यो गोठालो,
कस्तो द्रृश्य, कस्तो संगित,
तिम्रो मुहार मैले हेरेको जस्तो।
एकपल,
यो बादलले मेरो शरिर छोयो;
कस्तो मधुर स्पर्ष,
तिमीले छोएको जस्तो।
तिम्रो दर्शन पाए पुग्छ,
म आँखा खोल्न छाडिदिन्छु!

हेर त यो फूल कस्तो खुलेको,
तिमी हाँसेको जस्तै।
हेर त यो पहाड, यो बहार, कस्तो देखियो,
मैले तिमिलाई पाए जस्तै।
कस्तो प्यारो यो झरी, मेरो आत्मालाई छुने
तिम्रो साथ जस्तै।
तिम्रो तस्विर भए पुग्छ,
म मंदिरको ढुङ्गालाई बिर्सन्छु!

पर एक हुल परेवा खेल्दैछन्;
'माकुर' 'माकुर' को धुन,
तिम्रो प्रेममा सुने जस्तै।
घाम पानी दुबै देख्छु;
अहो! त्यो इन्द्रेणी,
शायद मलाइ छोप्दैछ
तिम्रो अंगालोले बेरे जस्तै।
तिम्रो एक आलिंगन पाए पुग्छ,
म बुद्धत्व बिर्सन्छु!!


 
Posted on 02-14-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its all about Love--and I dedicate this song once again to the wonderful people of CHAUTARI

यती चोखो यती मिठो दिउल तिम्लाई माया

बिर्सने छन सारले पुरान प्रेमका कथा

आफ्नो प्रियसिलाई को लागि यो भन्दा  उत्तम गीत कुन हुन सक्छ, मायाले भरियको। मलाई त यो भिडियो पनि अती नै मन पर्‍यो

-----
Thanks Birkhe bro for compliments..जिम्माल बा भरे फोन गरेर भाउजुलाई यो गीत डेडिकेट गर्नु ल

 
Posted on 02-14-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रे ज्यु हजुर हो म ठुलि हुँ। हाम्रो चौतारीको नियम नै यस्तै छ। न्वारन गरिदिने। लु हेर्नुस् त बिर्खे दाले कही राम्रो नाम नेत्रे भनेर राखी दिनु भएको छ।
चित्रे हाम्रो नेत्रे ज्युको नाम नि चौतारीमा लेखी दिनु पर्‍यो।


 
Posted on 02-14-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Norton को नाम जिम्मालले राख्दिएछन लु राम्रै भो, झिल्केको गीतहरु एकदम समयसापेक्ष्य लाग्यो, धन्यवाद झिल्के
ठुल्नानी, के छ? हामी सँग किन न बोलेको? Happy Valentines Day !
लहरे के गर्दै हो? ठुल्दाइ मीटिङ मा हो क्यार
कुम्ले र सान्नानी मिस भयो आज पनि-- They are wonderful person


 
Posted on 02-14-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद हजुर हरुको स्वागतको लागि। बिर्खे जि लै टीका लाई ५ रुपैया भेटी  चडाये स्विकार गर्नु होला।
 
Posted on 02-14-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे आज valentine dayko dina maa मैले ह्यान्सी ह्यान्सी केटाहरु सँग नबोल्ने कसम खाको छु खित खित खित

 

 
Posted on 02-14-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलु तिमी चिन्ता नगर भाउजु अब तुरुन्त आउछ लोल, रिट्ठे सान के छ यार? गीत तिम्रै लागि हो यार अनी तिम्रो को लागि पनि के हो दरो मुटुमै छोए जस्तो छ नि गानाले, ल नेत्रे बज्या पनि आएछ हा हा स्वागत छ है फेरी, बिर्खे ब्रो को कविता क्या दामी यार

---------
One more Love song for those who r missing their loved ones but cant stop thinking about them

Lovers believe in Waiting...........they have patience

Wherever you go
Whatever you do
I will be right here waiting for you
Whatever it takes
Or how my heart breaks
I will be right here waiting for you




 
Posted on 02-14-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जि लै टीका लाई ५ रुपैया भेटी  चडाये स्विकार गर्नु होला।  :O खै खै बिर्खे दा त्यो ५ रुपैया मलाई दिनुस् त। तितौरा खान पर्‍यो।

 


 
Posted on 02-14-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ दीवना केह्ता है,कोइ पागल समझ्ता है
मगर धर्ती कि बेचैनी को बस पागल समझ्ता है
मे तुझ्से दूर कैसा हूँ, तू मुझ्से दूर कैसी है
ए तेरा दिल समझ्ता है, या मेरा दिल समझ्ता है

 
Posted on 02-14-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि ले फेरी अत्ती गफ दिने क्या मान्छे लाई एक्लै दुक्लै भेटेपछी, लोल
झिल्के -- गाना राम्रो छ तर भिडियो प्ले गरेर हेर्या छैन--यो गाना हो भनेको आधार मा मन परेको हो, काम मा भिडियो  किन हेर्नु भनेर अहिले


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters