[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264293 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-15-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रे लु अब मेरो घर जाने बेलाभो। एुता गजल हो कि केहो मलाइ नै थहा चैन मेरो प्यारो नेपे दाइले लेखेको उत्तर देको। माथि कोपि पेस्त गरेको चु। स्


 
Posted on 02-15-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

ji baale ladi budi garera hasaaye.. lu chautarima bhoj bhatter garnu paare, khashi, boongoor dhalnu pare malai samparka garnu hola..

thyakkai kasalai chitta nadukhne garera mashu bhag laaune mero ramro experience chha..

aahile lai bye beluka rasraangma bhetamla..

 
Posted on 02-15-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाह्र बज्न आओ, अब कुम्लो बोकेर लाग्न परो नेत्र्या गामतिर। हलिउड हिल्स, सनसेट बुलिभार्ड, रोडियो ड्राईभ हेरि तेतै त होला नि लखर लखर हिंन्नि। खै रिठ्ठे तो अस्ति तिम्ले लाद्या चेस्मा लेउ लेउ, बरु ट्याग चाइँ थुतम फेरि को पातकि आओ गामतिराट भनेर लखेट्लान मलाई।

अनि त्यै हिरक अंकाँ जिम्माललाई कस्ले करा'च कुन्नि?

एउडा कथा राख्लान र पडुम्ला भनेको हेरि नकचरो बिर्खे
जिम्माल्नीका ब्यथा राख्लान र पडुम्ला भनेको हेरि नकचरो बिर्खे

यस्तो बेलाँ नि गायब हुनि धकेल्दिउं कि भीर बाट?
नलि खुट्टो ठनक्कै होला के गरि बसेको हेरि नकचरो बिर्खे

वाँ भनि चर्क्या छ खुट्टो भन्दै दिनहुँ हल्ला गर्नि
चाउरी पर्‍या गाला नि सर्जरी गरार तरुनो बनेको हेरि नकचरो बिर्खे

काशी जानि बेलाँ नि अब बिहे गर्छु भन्दै हिंड्ने
लाज नभ’का असति, हेरन बे गर्नि पैसो गनेको हेरि नकचरो बिर्खे


 
Posted on 02-15-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो साझा र चौतरी मा आगमन कहिले भयो भन्ने म लाई पनि थाहा छैन। २००५ तिर आक्कल झुक्कल आउथे, हेर्थे, पढ्थे र जान्थे। नाम दर्ता गरेर पहिलो शब्द लेखेको दिसेम्बेर २००५ म हो राइछ, आर्कै नाम बाट। तेसैले, ० अंक को चौतारी देखेको मलाई याद छ। तर त्यो मैले कहिले पनि खोलेर हेरेन। अरु हरु हेरेको भये पनि म लाई याद छैन। मेरो चौतारी मा पहिलो शब्द chautari IV मा भएको रहेछ, खोज्-तलास गर्दा पत्त लाग्यो, त्यो पनि भिन्नै नाम बाट।

मेरो प्रस्तुती छोटो हुने, नमस्ते समस्ते पनि कसैलाई पनि नभन्ने र नाम पनि कसै को  झ्याप्प नलिने भएको ले होला, मलाई बाल नदिनु अनौथो लागेन, लाग्दइन। तर, यो नाम बाट लेख्दा न्वारन भने भएको थियो।

केही नलेखे पनि म चौतरी को नियमित पाठक रहदै आएको छु। मलाई खास गरी 'आशु-कविता' र 'आशु-कथा' ले तानेको हो चौतारी मा। आफु मा त्यस्तो गुन नभएको जस्तो लागेर केही पनि लेख्ने नगरेको हो। साथै सप्ताह का दिन हरुमा नै चौतारी दौदने र तिनै दिन हरु मा म ब्यस्त हुने हुँदा दैनिक शहभागीता नजनाउने हो।

मेरो गन्थन यती नै।


-----
हो, यो चौतारी को अन्श अती द्रुत गती मा दौदेको छ र पहिले का अन्श जस्तो 'स्रिजनात्मक प्रस्तुती' म खस्केको जस्तो छ। मेरो सल्लह त के छ भने, 'चिया खाएउ?' जस्ता कुरा को लागि यस् अंक लाई प्रयोग न गर्दा यो अन्श छिटो नसकिने र फलत राम्रा, रोचक प्रस्तुती ले ठाउँ पाउने हुन्छ।
कुरो चित्त बुझेमा सर्बप्रथम आँफैले व्यवहाँर्मा उतार्नु होल ।


 
Posted on 02-15-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाअह्हा
नकचरो बिर्खे-
अचाक्ली भन्यो है बिर्खेबा, जावस् प्रतिउत्तर पनि।

 
Posted on 02-15-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

मेरो कविताको शीर्षक छ ' बाह्रमासे अन्तरे'

 

बाह्रमासे अन्तरे हेर कस्तो जन्तरे

टरक चढि रमाउँदै यो बुढालाई मन्तरे

कुरा गर्दा ठुस्केको छ कि कतै खुस्केको

मेरो लप सुन्नलाई के बिधि हो मस्केको

ब्यान हुन पा छैन लखर लखर हिड्दछ

ब्रेभरी हिलमा पुगेर ठेस लागि लड्दछ

किन लाग्यो ठेस भन्दा एन्जेलिना देखेछ

तेइ मोरिको झोक जति म बुडोलाई पोखेछ

भिरबाट हामि खस्दैनम भिरबाट खस्छ बाखरी

तरुनो हाम्रो मन छ बाबै दुईतिरै छन् चाँचरी

हाम्रो गाला तन्केको तिमि चाहिँ किन फन्केको

मैले पैसो गन्दाखेरी तिम्रा हात किन रन्केको

 

 

 


 
Posted on 02-15-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भनेपछी अन्तरे दाईको आज बबाल घुमाइ हुँदैछ
लौ नेत्रे पाट सँग भेट्घाट गर्नु होला रमाईलै होला
नेत्रे पाट, हाम्रो अन्तरे दाईलाई यसो आफ्नो गाउ ठाउँ घुमाइदिनु पर्‍यो नि त साथी अब
लु कालो चस्मा नि दिन्छु बरु म, यसो सोडषीहरुलाई छलेर हेर्न सजिलो हुन्छ


ठुल्दाइ एउटा चिलिम पाउन बरु


 
Posted on 02-15-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचू बाजेको अनुभव रमाइलो लाग्यो, कथाहरू राम्रो लेख्नुहुन्थ्यो, लेख्दै गर्नुस्।

अन्तरेदाइ, ल रमाइलो गर्नुस हलिवुडतिर! 

हा हा! बिर्खे दाइलाइ हीरक अंकमा गाली गर्ने नमे हो क्यारे! अँ, नमे भन्दा सम्झें, मेरो जासुसी अनुसार ऊ नेपाल
गएर बिहे गर्दैछ, अस्ति नै 'म नेपाल जाँदैछु' भन्दै थियो चौतारिमा आएर खुसुक्क, धेरैले याद गरेनन् होला। यो उमेरमा
नेपाल जानुको अर्थ यौटै हुनसक्छ, त्यसैले मैले अड्कल काट्या! बिर्खे दाइ, नमेलाइ भेट्नुभो भने चौतारीमा भोज
ख्वाउनको लागि भन्दिनुस् है!

यो चोर बिरालोको पुरानो नाम चैं मैले पत्ता लाउन सकिनँ है! हुन त पोहोर साल नै आएर 'म पुरानो चौतारीवासि हुँ, नयाँ
नाममा आएको!' भन्दै थियो, मैले त्यहि बेला पत्ता लाउन खोजेको, तर को हो को हो खै! बाल खासै नदिएनि 'बिराले' 
नाम चैं दिया हुन् गाम्लेले, मैले त झन् 'चोर बिरालो' बनाइदिएको!

यसपालीको विशेषांकमा लेख, रचना भन्दा पुराना सम्झना बढी भो, चौतारीको जरा खोतल्ने तरिका बताइदेकोले होला!
जे हो, विशेषांक सकेको छैन, लेख रचना आउलान् बिस्तारै, आउन थाले भने पोस्टको संख्या बढाउन सकिन्छ!
उफ्फ, यो बज्जिया किबोर्ड त खत्तम रैछ यार, शिप्ट कि नै चलाउन कति गारो! मेरो धाराप्रवाह रोकियो यसले गर्दा, 
कथा, कविता फुर्यो भने ल्याउँला यो लङ् विकेन्डमा, हुन त नामै लङ् विकेन्ड मोज मात्र गर्न मन लाग्छ!

 
Posted on 02-15-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि एक सर्को चिलिम तान्नु परो भनेर झरेको एतातिर, रिठ्ठेले सल्काउने सुर गर्दै र'च राम्रै भो।   छिटो गर्नुपरो, साउले यता आको था पायो भने फेरी किचकिच गर्च। 


 
Posted on 02-15-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन चित्रे तिमी क्यार्न यस्ता कुरा अर्छौ???

""लेख रचना आउलान् बिस्तारै, आउन थाले भने पोस्टको संख्या बढाउन सकिन्छ!""

अनि तो अन्तरेलाई गालि गर्या कबिता चाहिँ आकाशबाट बर्सेको??? अन्तरेले टाँस्या गजल चाहिँ पसल बाट किनेको??? चेलीले गरेको घरको याद चाहिँ घर बाटै कोशेली ल्याएको??? भउतेले गरेको क्रान्तिकारी भाषण रेडिमेड किनेको??? ठुल्दाईले रातो गुलाफ फ्लोरिस्ट संग किनेको??? नेत्रेले गरेको एक तर्फी माया खोलाले बगाएर ल्याइपुर्याएको?? मन्त्रीपरीषदको निर्णयहरु गोरखापत्रबाट टाँसेको???

 

छ नि मनग्गे रचनाहरु छ, जस्तो किसिमको कुरा पनि रचना हुन सक्छ! पुरानो सम्झना त एक पटक सबैले सुनाएको ठिकै छ नि, लामा पोस्ट मात्र भएका हुन पुराना सम्झनाहरुमा पेस्ट गर्दा। यो ठिकै छ र यसभन्दा पनि बढि रमाइला रचना (कथा, कविता, वा जुनसुकै खुराकको रुपमा भए पनि) आए सुन मा सुगन्ध हुन्छ!

हेर साथि चित्रे चित्रकार

चौतारीको इन्जिलेर

तिम्रा कुरा कस्ता छन

मकै खाए जस्ता छन्

पोस्ट गर्नेलाई नतर्साऊ

बरु झन गर्न हौसाउ

शतक अंक दामी छ

अझ दामि हुने छ

हो कि हैन भउते

चौतारीको माउते

हो कि हैन ठुल्दाई

पोस्ट गरौँ हाइ हाइ

 

 

 


 
Posted on 02-15-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम लौ तान्नु, रिट्ठे, हरि।

 गीत गुन्गुनाउनुस्-


चिलिमको आँखामा चिलिम नै संसार्
फिलिमको आखाँमा फिलिम् नै संसार्।


 
Posted on 02-15-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो घरबाट चिच्याएर बोलाउन थाले। लागे म पनि अब। तारेमाम सबैलाई.
 
Posted on 02-15-08 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, अब किबोर्डले धोका दिइरा' बेला जिम्स सुड्डोले यौटा पुरै पोस्ट मलाइ गालि गर्नमा खर्चिएको देख्दा चुंक्क नबोली
बस्न नि भएन! हेर्नुस् जिम्माल बा, लेख रचना आएन भन्या हैन मैले, बिरालेको यो पोस्टलाइ आन्सर दिएको मात्र हुँ।
>>>हो, यो चौतारी को अन्श अती द्रुत गती मा दौदेको छ र पहिले का अन्श जस्तो 'स्रिजनात्मक प्रस्तुती' म खस्केको जस्तो छ। <<<<


मैले आएकै छैन भन्या हैन क्यारे, आँउदैछन् र अरु पनि आउलान् पो भन्या त, अब शब्दहरु सबै मिलाएर लेख्न 
आज सकिरा'छैन, एक दुइटा शब्दहरु छुटपुट हुँदा र यताउति हुँदा पनि के किचकिच गरिरा होला! बुढा मान्छेलाइ
चित्त बुझाउनै गारो भन्या, उफ्पफ्!


 
Posted on 02-15-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हाहाहा

जे भ' नि हाम्ले लेख्या छम, अब एक दुइ दिनाँ बुढो हराओ सयौँ अंकमा केइ लेखेन भन्न नपाई! भन्द्या त मैले अहिले नै!


 
Posted on 02-15-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai le budho budho bhanchhan, hamro maila dai ko umer chhin kati bha ho??? Keti maanchhe ko ta nasodhnu bhanchhan, keta/budha ko ta sodhda khas farak naparla!! Malai sarai curiosity bhyera nasodhi sakdai sakina kya.

 
Posted on 02-15-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हेरि चेली, कुरो गरो कुरैको दुख भन्या अस्तो! यि अल्लारेहुरले बुडोलाई चाइन्जो देखिनसहेका, आफू नि एउदिन बुडो हुनुपर्छ भन्ने ज्ञान छैन बाबै यि चाइन्जो अधमहरुलाई! अब उमेरा कुरो अरेछौ,  ठ्याक्कै कति भओ त दैव जानुन, तर हेरि चाइन्जो तो जलबिरेको गोठ बनाम्दा मेरा पाँसुल्ला गामका सबै ठिटाको भन्दा बलियो चाइन्जो थो, तो गोठ बना नि गोडा २ बिसेक बर्ख भओ! तो बिचको दुई बिस बर्खमा मेरा नलिखुट्टा चाइन्जो मक्किएर हेरि मकैको ढोड जस्ता भा छन अइले, तेइ नि ब्यान बेल्का चौतारी आउजाउ चाइन्जो अर्न दि रा छ भनुम खुट्टोले!

हरिशरणम्


 
Posted on 02-15-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हुन त अर्का उमेर र पेरमिका अनुमान नलाउनु भन्छन बुढा पाका, तर अब चेलीले सोधिहालिन, कुरो फुस्क्याउन मन लागिहाल्यो
मेरो बिचाराँ हुन त जिम्माल धेर भा' छैनन हेर चेली
जिम्मालले लेख्या हेर लौ, कस्तो सलललल बग्ने गरी लेख्छन हात नि कतै नकपाइ कन, बोल्या नि उस्तै छ कैले नि स्याँ स्याँ र फ्याँ फ्याँ गर्दैनन
कुरो रह्यो नली खुट्टोको-- अब चाइन्जो पैला लाहुरमा छँदा दुश्मनले पाएर नली खुट्टैमा पर्नी गरेर बजार्या भएर चर्किन थालया हो
यावत कुराहरु बिचारदा मलाई चाँही बढी से बढी ७२-७४ भन्दा बढी भा'छैन जस्तो लाग्छ है


 
Posted on 02-15-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरा गर्छ रिट्ठे, अस्ती सातौ पटक बिहा गर्न केटी माग्न जाँदा केटा को उमेर कती भयो भनी सोद्दा
जिम्बाल आफ्नो उमेर्मा ५ बर्ख घताएर ७५ भनेको एही गाउमा हल्ला भएको होइन। त्यो बिहा भएको पनि २ बर्ख
जती भैसक्यो।  
 
Posted on 02-15-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखेउ त चेली यो रिट्ठे असत्तिको कुरो???

बजिया सिधा "यो बुडाको उमेर घाट लाने बेलाको भओ" नभनेर, कुरो घुमाई घुमाई जे जस्तो भए नि कात्रो ओडाउने बेला भओ भन्न खोज्छ, तेसका सत्तेनास हुने!


 
Posted on 02-15-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर अर्को आओ फेरि थुतुनो बजाम्दै! हन ए ठूल्दाई कता हो?? एता हामि बुडा पाटिको कन्तबिजोग अर्न लाए पर्भु भुराहरु मिलेर, लौ न मेरो सुन्दैनन ठूल्दाईले सातो लिदिनु परो!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters