[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264529 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-15-08 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन के भयो? चौतारी मा 'गूड् जब ' भनेर भात्काउन थालए कि क्या हो
'भाग भैरे भाग' भनुम भने चौतारी भात्काउदा डराएर भागनी लाछी भन्लान हैन भने खतरा भैसक्यो
 
Posted on 02-15-08 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ भउते क्यार्न त्यो औसी पुर्ने लाग्या जस्तो थुतुनो पार्छौ हौ?
ह्या यस्तो नाच गान गर्नी बेला तिमी किन अल्क्छिन लाउछौ, गीत सुन्छम त हामी सुन्छम तिम्रा के बिगारद्या छ?धोबी पछाड्  लाउन नपुग्या हो अझै?
ल हेर्नुस् है अन्तरे दाई, मैले त भन्या हो अस्ती नयाँ खर्कमा, तेइ दिन चहिन्जो कुरो कानी सफाचट मिलाम्न पर्च भनेर, नमान्दिनी हाम्ले भन्या


 
Posted on 02-15-08 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखा झिमिक्क के गर्‍याँथें हन को आ'र फत्फताओ  चौतारीआँ, म त हाम्रो गुरु हो कि भन्ठानेको त........अर्कै मूला पो परेच


दर्शन गरें गुरु


long time no c


:-)>


 
Posted on 02-15-08 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौपारीको सतकौँ वर्षगाँठको सुअवसरमा सम्पुर्न साझाबासी दौवतरीहुरमा शुभकामना टक्राउँछु।

 

दादा_‌‍गिरी

 
Posted on 02-15-08 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद दादा बुरो, अनि जदौ। धेरै पछि झुल्किनु भो नि,के छ हालबात?

सोच्न त मैले यो शतांकलाई तन्केर १००० सम्म पुग्च कि भन्ठानेको हो, तर यसरी लतारेर चैं हैन है.....

:-)>


 
Posted on 02-15-08 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन चौतारी तन्काउनि भन्या यी नेपाली बाबुले कुरो मजैले बुझे जस्ता छन, मज्जैले तन्काउन लाए बा।

ईश्वर बुरो, दादा बुरो, हाउँरो रिठ्ठे र पर्वते, नेप्चे, भउतेलाई नि रिठ्ठे इस्टायलाँ अर्को राउन्ड नमस्ते।

लु यो गजल सुनम्।


 
Posted on 02-15-08 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को आछन र मर्तोलले ठोक्नु ठोकेछन चौतारीका ढुंगाहरु। बर-पिपल मा पनि २-४ बन्चरा हानेछन क्यारे।
तर हाम्रो चौतारीको जग चाँही गज्जबले हालेका रहेछन पुर्खा हरुले, खुब बल्यो रहेछ।
डेग चलेनछ केरे, जती हिर्काए पनि।

लु शुभ रात्री कोही छ भने। 


 
Posted on 02-15-08 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे दाई, फर्की सक्नु भा हो कि उतै हली उड तिरै हो। फुटा त गज्जब गज्जब खिच्नु भ'छ। मुलाई पुनी जान मुन लाग्यो, अन्जेलिना लाई भेट्न।


 
Posted on 02-16-08 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) हरिशरणम!!चौतारीमा म ----पहिलो पोष्ट अनि दादाले न्वारण गरेको

miss_ me

Posted on 01-12-06 10:53 PM     Reply | Notify Admin

 

कसरि बनाउनु भाको नि चित्रेलाइ ठ्याक्कै मिल्ने गित ,,,,,,,,, बिर्खे माइला जी!!

 

Dada_Giri

Posted on 01-13-06 3:44 AM     Reply | Notify Admin

 

मुखिया बा र मास्टर्नी नानी!() नयाँ मान्छेले पो कुरा उठाउनु प-यो त। काँ देखि आउनु भो कुन्नि? अनि सन्चै होला केरे उतातिर सबैलाई। कोसेली छैन चौतारीमा यसो गित सित, खिस्साहरु। अनि पो कुरोले बाटो लिन्छ त। ऐया! उता सर न जिम्माल एकछिन वरको फेदमा म अडेस लाउँछु।

 गौतमदाले छुच्छि मिस बनाउन प्रेरित गर्दै --जुन भुमिका आज सम्म पनि निर्वाह गर्दै छु

Posted on 01-14-06 12:59 AM     Reply | Notify Admin
 
श्री बिर्खे जिम्माल, मुखिया बा, काका, माष्टर्नी नानी, दादा, भउते, नमे, सिरे, निरे, नेपे दाजी, साहिला, मुन्द्रे, चित्रे, पुण्टे दाइ, लुते, पाते (LALUPATHEY) इत्यादी सबैलाई जदौ है! चौतारीमा जमेर गफ चुट्न नपाको पनि धेरै भो। दम्तरीहुरका गफ सुनेर थपडी बजाउन भने छोडेको छैन।

माष्टर्नी अब हाम्रै गाममा बसेपछि भुराभारीहरुको पढाइ सप्रिने भो। 'ती मिस त एकदम कडा छिन्!' भन्थी याम्कीले। सात कक्षामा तिनचोटि पढ्दा दुई चार झापड त राम्रैसंग खाकी हो रे मिसको।


जिम्मालबाको पर्तिक्रिया

miss_ me

Posted on 01-18-06 12:16 AM     Reply | Notify Admin

 

तमरा (हजुरका) कुरा मुलाइनी चित्त बुझ्या। तर गुर्नु क्या? हम्रा भाषा कोइ नबोल्न्या(नबोल्ने)?

I am really sorry if I wrote any thing wrong it was just kidding. I was not writing seriously.

 

Birkhe_Maila

Posted on 01-18-06 12:24 AM     Reply | Notify Admin

 

हे हे हे माष्टरनि नानी , didn't know that u sound good when ur not serious....

तमरा कुरा हाम्ले सुन्याको छ। गाड तर्यार हाप्रो (उकालो) लाग्दा लाग्दै भया नि तमरा कुर सुन्दै छौँ। :)

देवरजीको रिप्लाई पाउन मलाई निकै मेहनत गर्नु परेको थियो--

miss_ me

Posted on 02-02-06 9:05 AM     Reply | Notify Admin

 

haute ji हजुर रिसाउने , हँसाउने , फकाउने , धम्काउने सबैमा पोख्त हुनुहुदोराहेछ।
साझामा आएदेखि एक्लै हास्ने बानि लागि सक्यो मलाइ पनि।

 

मन पर्ने--  सबैलाई माया र सद्भाव देखाउदै  लेख्ने कुरो

आनन्दित हुन्छु—कबितामा दोहरी खेल्दा (थ्याङ्क्यु दिप अनि अन्तरेजी ),

-रुनमनलाग्छ –   गाली गर्दा

रुनु न हास्नु भाको--दिपले 'मस्यौरी 'भन्दा

आतिन्छु —  नेपेदासंग ,   

 डर लाग्छ--  पुन्टेदासंग ,

खुशीलाग्छ—  सिसहरुले साथ दिदा  ,

फुरुगं हुन्छु - माया गरेर दिदी भन्दा ,

डाहालाग्छ –    देवरजीले अरुलाई ‘भाभी’ भन्दा 

सधै सुन्छु –---मिष्टेको गित –‘’एक्लै बस्दा---‘  ,

सधै सम्झिन्छु-----समिधा अनि किक ( उसो त अरु सबैलाई सम्झिन्छु तर किक र समिधा आउन छोडेको कारण चै म

हु  कि जस्तो लाग्छ

भुमिका अनुसार मिसनानी, मिसदिदी, माष्टर्नीनानी , सिस र भाभी भनेको निकै मनपर्छ:)

विशेषत: माथि लेख्दा थोरैको मात्र नाम परेको छ  तर चौतारीको सबै सहयात्री मित्रहरु मलाई निकै प्रिय लाग्छन। त्यसैले

 हजुरहरु सबैलाई धेरै धन्यवाद जस्ले चौतारीमा आउदा न्यानोमाया देखाएर मुस्काउन    साथ दिनु हुन्छ।यहाँहरुलाई

 चौतारी १००औं भागमा पुगेको खुशीयालीमा -हाम्रो चौतारी  अझै  अनन्त सम्म  मौलाई रहोस भन्ने शुभ-कामना सहित

------

आऊ समाहित हौं मायामा ,

अनि सदभावका पानाहरु लेख्दै जाऔं हरेकले

निभ्नै नपाओस यो पानस

थपीरहौं यस्तै नै कामनाका तेल

थोपा थोपा बलिरहोस अनन्तसम्म

अक्षुण्ण 'दिप' बनेर --हाम्रो चौतारी

 

 

 

 

 
 
Last edited: 16-Feb-08 01:21 AM

 
Posted on 02-16-08 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदि नि आउनु भ'छ। बरु यस पाली कविता, गजल वा पजल, केहि नि लेखिएन नि मिस दिदी? केहि त लेख्नै पर्ने हो।

हैन सुन्तले अझै यतै छु, भोलि सिङ्गै दिन छ बाँकी। पर्सि ब्यानतिर पुगिएला उता, बरु यता ६५ डिउरि छ, उता चाइं कति छ कुन्नि। अवनबाट निकालेर फ्रिजराँ हुल्या जस्तो हुनि होला घर पुग्दा।


 
Posted on 02-16-08 12:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, नमस्ते।
संझनाहरु रमाइला रहेछन।

अनी तो मन पर्ने र नपर्ने कुराको लिस्टो खुब रमाइलो र'छ।

अनी आजकाल धेरै ठाउमा पढाउनु पर्ने भ'र हो कि, उत्ती देख्दिन त चौतारीमा


 
Posted on 02-16-08 12:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्ताइ तेस्ताइ हो अन्तरे दाई। पेल्नु पेल्या छ यो मध्य पश्चिमाञ्चलमा पनि यस्पाला जाडोले।

हो हो मिस दिदी लेखनै पर्छ कबिता सबिता गजल पजल जे भा नि। 


 
Posted on 02-16-08 3:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हिरक अंकको उपलस्ख्यामा झिल्केको बिशेष अन्तर्वाता CNN मा


किन  छिर्योउ बा चौतारीमा?
त्यत्तिकै काम नपाएर छिर्य थिए पहिला (दादा ब्रो ले जानकारी दिनुभाथ्यो)

पहिलो पोस्ट कहिले गर्‍योउ त बा?
भाग ३ मा रैछ, बुढो भाईयो क्यारे

अाइते भन्ने पनि तिमी नै होइन र?
हो हो मै हो, अैते बाट म झिल्के भये हे हे

सप्पैले स्वागत गरे त बा तिम्लाई?
काँ गर्नु नि, तर चित्रे र जिम्माल ले भने दिलै खोलेर स्वागत गरे,

अरुले झापारे कि क्या हो?
होइन होइन, भौते, माअस्टर्नी नानी, मिस्टे, यामेले पनि अर्नु माया अरे नि

चौतारी नयाँ पुषतालाई हन्तान्तरण गर्ने भन्ने हल्ला छ नि
हल्ला मात्र कन्हा हो र? अहिले त चौतारी नयाँ पुषताले नै धानेको छ। कती मेहेनेती बाफ्रे।

चौतारीमा सबैभन्दा माया लाग्ने ब्यक्ती?
हा हा सबैको माया लाग्छ नि, पुरानो भएर हो कि जिम्माल, चित्रे र भौतेको सम्झना बढी आउछ।

चौतारीमा खट्केको कुरा?
के को खट्किनु नि, आज्काल त झन रसरङले गर्दा चौतारी हुनु रमाइलो भाछ।

Biggest Shock in Chautari?
हा हा  good question, जब मैले राहुलदाइ र नेप्ची दिदिको बारेमा थाहा पाये, झन्डै बेहोश भएको हे हे हे

कसैलाई सम्झिन चाहन्छौ कि?
चौतारीकी princess ठुलु बैनिलाई- आँखा भित्र राखे पनि नबिझाउने ठुलि

अन्त्यमा?
चौतारीको जय होस्।

----------
ल गाम्ले हो आफ्नो अन्तर्वाता आँफै छापौ




 
Posted on 02-16-08 3:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको मित्रता यसरी नै रहिरहोस

Today, Tomorrow and Forever
(Like Yesterday)




 
Posted on 02-16-08 4:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ive invited whole CAFE gang, Lets welcome with CHILIM and Hukka



Last edited: 16-Feb-08 05:52 AM

 
Posted on 02-16-08 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाल कथा


एकादेशमा एउटा दुलोमा एउटा मुसा थियो रे, अनि तेइ दुलोमा एउटा कमिला पनि रेछ।
अनि तिनेरुले मित लाएछन्, लप प-या भन्नी कि के भन्नी अब।
अनि कमिले खाना पकाउँथ्यो रे, मुसा चाहिँ खाद्यान्न लिन जान्थ्यो रे बारिमा कोदो सोदो, मकै सकै, धान सान जे पाउँछ तेइ चोरेर ल्याउँथ्यो रे के।
अनि एकदिन कमिला त बात पकाउवदा पकाउँदै त्यो भात छड्केर माड उछिट्टिएर आएर माडले डामेर अनि मरेछ।

अनि मुसा त बिचरा एक्लै भएर अनि विरक्तिएर चौपारीमा आएर मजाले घाम तापेर टुसुक्क निनाउरो मुख लाउँदै बसिराऽरेछ।

यो कुरा पिपलले देखेछ।
अनि पिपलले सोधेछ के, "किन निनाउरो मुख लाएर झोक्राएको मुसा भाइ? के भओ र बेकाराँ?"

मुसाले गीत गायो-

"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु"

अनि पिपल त सब पात झरेर सिख्रि भएछ।
त्याँ बहर आयो। अनि सोध्यो पिपललाई?

"पिपल दाइ, आज हजुरलाई के भओ? नागँ हुनुन्छ नि? पुरा न्युड?" भनेर सोधेछ।
पिपलले पनि विरक्त पोखेछ-

"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु
ठुटे बहर"

त्यो बहर त ठुटे भएछ।
अनि बहर पनि झोक्राउँदै समुध्रतिर पानि खान गएछ।

समुद्रले सोधेछ।
"बहर भाइ के भओ सिंगै छैन नि , कल्ले क्यारो?"

बहरले वेदना पोख्यो-

"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु
ठुटे बहर
धमिलो समूद्र"

समूद्र त पुरा चुनामी आएर धमिलो भएछ, है।

अनि बुडाबुडी नुहाउन आएछन् धमिलो समूद्र निच्च परेर बसेको देखेर सोधेछन्-
"समूद्रजी, के भओ किन धमिलिएर बसेको, कल्ले चित्त दुखायो हजुरको?" भनेर सोधेछन्।
समूद्रले वेदना पोखेछ-
"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु
ठुटे बहर
धमिलो समूद्र
बुडा बुडी मर"

अनि बुडा बुडी नि मरेछन्।

 

---

ल अब सुत्न जाओ तिमेरु।


 
Posted on 02-16-08 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाल कथा
एकादेशमा एउटा दुलोमा एउटा मुसा थियो रे, अनि तेइ दुलोमा एउटा कमिला पनि रेछ।
अनि तिनेरुले मित लाएछन्, लप प-या भन्नी कि के भन्नी अब।
अनि कमिलाले खाना पकाउँथ्यो रे, मुसा चाहिँ खाद्यान्न लिन जान्थ्यो रे बारिमा कोदो सोदो, मकै सकै, धान सान जे पाउँछ तेइ चोरेर ल्याउँथ्यो रे के।
अनि एकदिन कमिला त भात पकाउँदा पकाउँदै त्यो भात छड्केर माड उछिट्टिएर आएर माडले डामेर अनि मरेछ।

अनि मुसा त बिचरा एक्लै भएर अनि विरक्तिएर चौपारीमा आएर घाम साम तापेर टुसुक्क निनाउरो मुख लाउँदै बसिराऽरेछ।

यो कुरा पिपलले देखेछ।
अनि पिपलले सोधेछ के, "किन निनाउरो मुख लाएर झोक्राएको मुसा भाइ? के भओ र बेकाराँ?"

मुसाले गीत गायो-

"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु"

अनि पिपल त सब पात झरेर सिख्रिलो भएछ।

त्याँ बहर आएछ। अनि उदेक मान्दै सोधेछ पिपललाई?

"पिपल दाइ, आज हजुरलाई के भओ? नांगै हुनुन्छ नि? पुरा न्युड?" भनेर सोधेछ।
पिपलले पनि विरक्त पोखेछ-

"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु
ठुटे बहर"

त्यो बहर त ठुटे भएछ।
अनि बहर पनि झोक्राउँदै समूद्रतिर पानि खान गएछ।

समूद्रले सोधेछ।
"बहर भाइ के भओ यस्तो अचम्म, सिंगै छैन नि , कल्ले क्यारो?"

बहरले वेदना पोख्यो-

"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु
ठुटे बहर
धमिलो समूद्र"

समूद्र त पुरा चुनामी आएर धमिलो भएछ, है।

अनि बुडाबुडी नुहाउन आएछन् धमिलो समूद्र निच्च परेर बसेको देखेर सोधेछन्-
"समूद्रजी, के भओ किन धमिलिएर बसेको, कल्ले चित्त दुखायो हजुरको?" भनेर सोधेछन्।
समूद्रले वेदना पोखेछ-
"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु
ठुटे बहर
धमिलो समूद्र
बुडा बुडी मर"

अनि बुडा बुडी नि मरेछन्।

 
Posted on 02-16-08 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा! अहिले हजुरमात्तै हो कि क्या हो भन्या!? पातालतिरका पातकीहरु सब सुतिराख्या' होलान् अझै!

***********************

यो चौतारीमा को कहिले र कसरी पस्यो, कुन ढोका'ट पस्यो, लुसुक्क पस्यो कि ग्वार्ग्वार्ती पस्यो अनि कल्ले कति स्वागत-नस्वागत खायो भन्नी कुरो चल्या' र' छ। स्वागत भन्या पनि तेस्तै हो, स्वागतले के नाप्छ?! जो पस्यो ऊ चौतारीमै फँस्यो!

संसाराँ काहिँ नअटा'को मर्न नसकेको पातकी भउते हरा' बेलाबाटै यसो दुई-चार खोकी निकालेपनि शुरु-शुरुमा मलाई म बाहेक चौतारीका अरु सबै पश्चिमाञ्चलका र विशेष गरी स्याङ्ग्जाका होलान् र सबैको पूरानै चिनजान होला जस्तो लाग्थ्यो।

***********************

ग्वाँचेको कथा पढियो, मार्मिक र समसामयिक छ। दादाको कथाचाहिं भोलि छोरीलाई सुनाउनुपर्ला।

***********************

तिरुको चिठ्ठी नि पढियो। कोइ-कोइ मान्छे त कति ठूला भ'छन्, आफैं नआर चिठ्ठी लेख्न थालेछन्। अब कुनदिनबाट इ-मेलमात्रै पठाउने होलान्।


 
Posted on 02-16-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ ईश्वर, जदौ पल्काघरे, जदौ गोताएँ!

गाथमा भला कुशलै होला भन्नी मानिचु।

 
Posted on 02-16-08 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शतक मउसबलाई भनेर एउ टुउरो (टुक्रो) ख्यास-खुस पारेको छु। भैरव अर्यालको कुनै लेखसंग मिलेको जस्तो लाग्न सक्छ। तर अलि फरक हो भन्ने लागेको छ। जे भए पनि, त्यसबाट प्रभावित भने होइन।

 

थरी-थरिका 'बोलाउने' नाम

पहिलो कुरा त यो लेखको टाउकोको बारेबाटै शुरु गरौं। 'बोलाउने नाम'को सट्टा 'उपनाम' राखौं कि भन्ने पनि नलागेको हैन, तर 'उपनाम'ले अलिक साहित्यिक रुप लिने जस्तो लाग्यो। फेरि, 'उपनाम' मान्छेले आफ्नै रोजाइको राख्छ सामान्यतया; 'विद्रोही', 'विरही', 'रोदन' इत्यादि। तर यहाँ कुरो गर्न लागिएको भने आफूले रोजेको नभैकन अरुले दिएको नाम हो, जुन नामको प्रयोग गरेर त्यो मान्छेलाई बोलाइन्छ अथवा (नराम्रो शब्द  छ भने) कन्नापछाडि उसको कुरा काट्न र गाली गर्न प्रयोग गरिन्छ।

उसो त 'बोलाउने नाम'को सट्टा 'निक नेम'नै किन नराख्ने भन्ने पनि नफुरेको हैन काँचो गिदीमा
,
तर यो शुद्ध नेपाली कुराकानीमा 'निक नेम' त्यति 'ठिक नेम' नहोला भन्ने लागेर 'बोलाउने नाम' नै सबैभन्दा 'ठीक नेम'हो भन्ने निष्कर्षमा पुगियो।

हामी सबैको बोलाउने नाम छ होला घरमा, जो सानो छँदा माया गरेर बोलाउँदा_बोलाउँदै सधैंका लागि हामीसंगै टाँसिन्छ। 'काले' अथवा 'काली' यसै गरी रहन्छन्। कोहि कालै वर्णको छ भने भने उस्लाई 'काले' भन्नु गाली गरेसरह मानिन्छ, तर गोरो मान्छेलाई 'काले ' भन्यो भने माया गरेको ठानिन्छ, गजब छ!

एकजना भाइ छ मेरो, काकाको कान्छो छोरो, मान्छे गहुँगोरो वर्णको छ। हुनत 'गहुँगोरो वर्ण'मा 'गहुँ'को अंश अलि बढी र 'गोरो'को अंश अलि कम नभएको होइन, तर  'कालै' भने छैन, तर उसलाई सबैले 'कालेभनेर बोलाउँथे पछिसम्म। हजुरआमाको मन पर्ने नाती हुनुको परिणाम हो यो। हजुरआमालाई उ साक्षात वृन्दावन निवासी जस्तो लागेर 'काले' भएको हो ऊ। अचेल  ऊ रिसाउँछ कसैले 'काले' भन्दा।

साना काँठीकालाई 'मूसा' वा 'मूसी' भनिनु पनि सामान्यनै हो गाऊँघरमा। आफ्नो शरीरको आकारकै भरमा कोहि 'चाउरे' र कोहि 'हात्ती' पनि कहलाइन्छन्। मान्छेको शारीरिक विशेषताका आधारमानै सबैभन्दा बढी 'बोलाउने नामहरु' बन्छन् होला। कैले, खैरे, कुइरे (अम्रिकान हैन नि!) आदि पनि यस्तै भए। मेरो बालसखा छ एकजना,बच्चामा भुँडी अलिक ठूलो भएकोले हामीले ऊस्को नामै 'भुँडी' राखिदिएका थियौं, जो आजपनि कायमै छ (भूमिगत रुपमै भएपनि)।

विद्यालय जीवनमा अर्काको नाम सबैभन्दा धेरै राखियो होला। धेरैजसो 'काले_काली' वा 'डल्ले_डल्ली' जस्तै भएपनि केहि अलि फरक पनि थिए। "सा---ला-हरु--!" भन्दै केटाहरुलाई थर्काउने केटीलाई हामी 'भिनाजु' भनेर बोलाउँथ्यौँ। यो कुरो बेग्लै हो कि, एकदिन माथिल्लो कक्षाको ऊस्को दाजुले हामीलाई थर्काउँदै 'रामधूलाई'को धम्की दिएपछि यो नामपनि भूमिगत हुन पुगेको थियो! अलिक पढ्नेलाई 'विद्वान' वा 'वैज्ञानिक' अझ 'आइस्टाइन' (भन्न खोज्या 'आइन्स्टाइन हो) भनिन्थ्यो भने जीऊ-डाल परेको तर ल्वाँदेलाई 'राइस्टाइन' भनिन्थ्यो। 'राइस' माने भात भनेर अलि उमेर भएपछिनै जानेको हो।

अल्लारे-अबुझ उमेरमा कतिलाई होच्याएर पनि नामहरु बनाइयो, ती कुरा अहिले नगरौं। भेटियो भने ती साथीहरुसंग एक राउण्ड माफी नमागी हुँदैन।


अर्काको 'नाम' राख्ने भने कलेज र विश्वविद्यालय गएपछि पनि छोडिएन। चीनमा पढ्दा एउटै कक्षामा तीनजना  नेपाली थियौं हामी। सहपाठी चिनियाँहरु सबैको नाम सम्झिन गाह्रो भएकोले धेरैजसोलाई बिभिन्न नेपाली नामहरु दिएका थियौं हामीले र तिनै नामहरु प्रयोग गरेर एकआपसमा कुरा हुन्थ्यो हाम्रो। कुरै-कुरामा एउटालाई 'उडुस' जस्तो' भनिएको  थियो, पढाई सक्ने बेलासम्म पनि उस्को वास्तविक नाम कण्ठ भएन, 'उडुस'ले काम चलाइयो। अर्को केटो थियो, जो हामीसंग अरु चिनियाँहरुसंगपनि त्यति मिल्दैनथ्यो, ऊस्को बानीब्यहोरा र विशेष गरी हेराई कुनै जासूसको जस्तो लाग्थ्यो। ऊस्लाई हामी 'केजीबी' भन्थ्यौं। अर्को केटोलाई 'क्रिमिनल' भन्थ्यौं, हामी तीनमध्ये कसले पहिला यो नाम राख्यौं र किन राख्यौं याद भएन, तर त्यो साथी खराब थिएन, उल्टो हामीसंग असाध्यै मिल्ने साथी थियो।

अरु नेपालीलाई पनि नाम नदिईएको होइन। नाक अलि ठूलो भएका एक सिनियर दाइलाई 'खतरनाक' भनिन्थ्यो। हामीमाझको सबैभन्दा अग्लोलाई 'रुस्की' (रसियनजस्तो) भन्ने अर्थमा भनिन्थ्यो, रिसाउँदैनथ्यो, उल्टो खुशीनै हुन्थ्यो होला । अर्को एक साथीलाई 'नेपालमा बनेको' भनिन्थ्यो। यो नामचाहिं अलि फरक ढंगले बनेको छ। साथी ब्यापक मोटो भएकोले 'माडे' भन्न थालेका थियौं। थाहा पाएर ऊ रिसाएपछि 'माडे'लाई 'MADE' हुँदै 'MADE IN NEPAL' बनाइयो, जो सजिलै 'नेपालमा बनेको' बन्यो।

'नाम' अपभ्रंश भएर 'नाम' बनेको अर्को उदाहरण पनि छ। हाम्रो पुरेत गाऊँका एकजना दाइ छन्, मलाई निकै मनपराउँछन्। मजस्ता उरण्ठेउला पातकीहरु भने उनी नभएको बेला उनलाई 'शिकारी' भन्छौं। अब उमेरमा 'बिरालोदेखि बट्टाईसम्म' के-के खाए रामजाने, तर बन्दुक अथवा गुलेली लिएर शिकारै गर्दै हिँड्ने मान्छेचाहिँ ती हैनन्। घरका कान्छा छोरा भएकाले 'भेरो पुण्टु, मेरो भुण्टु, मेरो भुण्टुरु---'
भनेर बोलाईँदा_बोलाईँदै गाऊँलेले 'भण्टर' भन्न थाले। उनी रिसाउन थालेपछि केटाहरुले 'भण्टर'लाई 'हण्टर' बनाए। 'भण्टर' 'हण्टर'मा खासै फरक नभएकाले 'शिकारी'ले ठाऊँ पायो।

त्यसो त अचेल पनि अरुको 'नाम' राख्नु मेरो बिशेष रुचिको विषय हो। एकचोटि १० मिनेटजति भेटघाट र कुराकानी भएपछि त्यो मान्छेले 'सुहाउँदो' 'रमाइलो' नाम पाउँछ।

कुरोको आधी पाटो त बाँकीनै छ। बाल्यकाल देखि विद्यार्थी जीवन हुँदै तीसको दशक भ्याउने मेलोमा पुगुञ्जलेसम्म आफूलाई पनि कतिले कति थरी नाम दिए होलान्! अब आफैंले लेख्न सक्ने कुरो भएन क्या रे!

Last edited: 16-Feb-08 08:24 AM
Last edited: 16-Feb-08 08:36 AM
Last edited: 16-Feb-08 08:38 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters