[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 262913 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-15-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah, ma aauna napai Adyaksya bhaye!! Dhanyabad sabai jana lai!! malai adyakshya banaidinu bhako ma. adyakshyale kaam chhin k k garnu parne ho, thaha pauna paye hunthyo!!


Atul bhanne chitrakar lai chita banauna la thiye, aafnu naam ni lekhihalechha !
Last edited: 15-Feb-08 11:14 AM

 
Posted on 02-15-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी

थुल्ननी के छ ताअाअाअाअाअा? ठुल्दाई तारेमाम, जिम्माल बा नलीखुट्टो कस्तो छ? रिठ्ठे, लहरे, नेप्चे हामी सन्चै हैन? हर्के काका आज त शुक्रबार के छ बिचार? बुंगुर ढाल्नी कि?

चेली र नेत्रेलाई नि स्वागत छ चौतारीमा।

बरु नेत्रेले थर फेर्दे भनेर चित्त दुखाए जस्तो छ, क्यार्चौ बाबै अब याँ सबै नामै नयाँ लेर आउनि भएसि थरको के मायाँ गर्नु कि कसो? बरु नेपाल जस्तो थर पाउनु त अहोभाग्य हो, हाम्लाई देउ न भन्दा नि दिंदैनन जालीहुरले क्यार्नि।

 

 

 


 
Posted on 02-15-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेउचे बाँदर, हिजो ठुलिलाइ डिनर लगेर त्यति पैसा नि तिर्न सकेनौ? धिक्कार छ तिम्लाइ!


 
Posted on 02-15-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ती ! नियमापत्ती !

हाम्रो महान चौतारी युद्द पछि नयाँ चौतारी चुनापले नयाँ अग्रगामी सरकारको नेत्रृत्व गर्न नयाँ रास्ट्रपति चुनि सकेपछि पनि उक्त चुनापको प्रतिफललाई बडो खडयन्त्र पूर्वक गुपचुप राखी पुरानै प्रतिकृयाबादी बुर्जुवा सत्ताले आफूलाई सर्वेसर्वा ठानी आफूलाई कथित मन्तरी परिषदको उपमा दिँदै वक्तब्यहरु जारी भैराखेको तर्फ हाम्रो ध्यानाकृष्ट भै'  निजलाई हाम्रो क्रान्तिकारी जनकार्वाही अनुसार बुर्जुवा सत्ताका नाइकेहरुको  दाँत झार्ने निर्णय गरिएकोमा निको एउटै पनि दाँत बाँकी नदेखिएकोले पुन: अर्को निर्णय गरी अब उपरान्त फेरि पुरानो सत्ताले टाउको उठाउन खोजे त्यही सत्ताकै नलिखुट्टा भाँचेर खप्परमा बजारिने निर्णय गरिएको छ।

हाम्रो नयाँ सत्ता अनुसार चौतारीको स्थापनाकालको नियम बमोजिम अत्यन्त अग्रगामी र स्वतन्त्र अधिकारको रक्षा गर्दै र बिगत केही समय देखि मास्टर मास्टर्नी देखी कथित मन्त्री परिषद तथा बिभिन्न समिती उपसमिती बनेर चौतारीलाई अनेक अंकुश लगाइ निरङ्कुश शाषन पद्दतिलाई लाद्ने प्रवृतिको अन्त्य गरी चौतारीका हरेक सदस्यलाई उसको प्रथम प्रवेश सँगै हामीले पाइआएको राष्ट्रपति कै बराबर पूर्ण अधिकार दिइ आत्मनिर्णयको अधिकार प्रदान गरेका छौँ। जस अनुसार चौतारीका कथित बरिष्ठ देखि कथित कनिष्ठ सम्मका सबै सदस्यले आ-आफ्नो राजी खुशीले गरेका निर्णय हामीले गरे कै सरह मान्य हुनेछ।

जय चौतारी !

यहाँहरु जस्तै चौतारीको एक सेवक: चौतारीपति


 
Posted on 02-15-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरेदाइ, काउली फूलनीया मा काउली खाँदै हो?


 
Posted on 02-15-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ!
सबै बेसै होला क्यारे!


अँ साँच्ची मेरो चौतारीको पैलो दिन को बारेमा मैले भने कि भनिन?भन्या छैन भने सुन्नुस्।


चौतारीको बारेमा त हैन तर साझाको बारेमा मैले पहिलो पल्ट थाहा पाएको हो २००४ को सुरुतिर। मलाई नेपालमा इनर्गानिक केमेस्ट्री पढाउने एक जना सरसंग अप्रत्यासित भेट भयो, केही बर्षदेखी बुढा सपरिवार यतै रइछन। विक एन्डहरुमा भट्घात हुने क्रममा एकदिन नेपे दाइले लेख्नु भएको एउटा लेख देखाउनु भयो, राजनितिक बिषयबस्तु थियो जस्तो लाग्छ तर राम्ररी याद छैन। आफुलाई त्यतीबेला यस्तो कुरामा इन्ट्रेस्ट नि थिएन। सरले चाँही नेपे दाइलाई पर्सनली चिन्दा रइछन, मास्टर्स एउटै क्याम्पसबाट गरेको रे ( टि यु हो क्यारे), नेपे दाई एक बर्ष हो कि दुई बर्ष सिनियर रे। सरले जैले नि साझा साझा ( साझा मात्र हैन अरु नेपाली वेबसाइटको बारेमा पनि कुरा त गर्थे) भनी रहने हुनाले कैलेकाही म नि यस्सो झल्याक झुलुक्क साझा छिर्थे तर अझै रजिस्टर गरेको थियिन। केही महिना पछी नै सर नेपाल जानु भो, सरले नि साझामा शहभागीता जनौँथे कि जनाउँथेनन सोध्नै पाइएन।
जे होस् अरु भन्दा नि कथा र कबिताहरु यस्सो पढिन्थ्यो कैलेकाही। लगभग साझा छिर्न थालेको  डेढ बर्ष पछी २००५ को अन्त्यतिर हो शायद, मैले ग्वाँचे भन्ने नाममा एकाउन्ट बनाएर (गौतम दाईको हो क्यारे) कविताको देश भन्ने धागोमा पहिलो पोस्ट गरें, जानी नजानी लेखेको एउटा जे पि टि कबिता। अरुहरुले के भन्ने हुन कसो भन्ने हुन भन्ने डर लागेको थियो तर असाध्यै राम्रो आत्मीय रेस्पोन्स पाइयो। गौतम दाई, जिम्माल बा आदी गौतम दाई, जिम्माल बा आदीहरुले नियमित रुपमा लेख्ने आग्रह गर्नुभो।
चौतारी २० औं भाग थियो, कबिताको धागोबाट हौसला पाएर यता नि झुलुक्क छिरियो अर्को जे पि टि लिएर!

Posted on 07-28-06 8:53 AM     Reply | Notify Admin
 
आच्या सबै गाम्ले दाजु भाइ दिदी बहिनीहरु त चौतारीमा पो बसिरहानु भा' रैछ । । । सबैलाई मेरो तर्फबाट जदौ है । । । म त यो बाटोबाट पर्देश जान ला । । । । एस्सो थकाई मारम्न है । । । । अझै बाटो धेरै छिचोल्नु छ । । । के गर्ने आफ्नै गाम्मा केही गर्न सकिएन । । । । मेरी भुन्टीको आशाध्यै सम्झना आइ रा' छ । । । मेरी भुन्टीको लागि लेखेको एउटा कबिता मेरो तर्फ बाट है । । । । ।


पहिलो यात्रा

समय बिताउँदा प्रकृतिको काखमा
जब तिमी हुन्थ्यौ मेरो साथमा
संसार जिते झैं लाग्थ्यो मलाई
समय बित्थ्यो सारा संसार भुलाई
मीठा-मीठा कुराहरु गर्थ्यौं
सुन्दर भविष्यको योजना बुन्थ्यौं

अझै पनि सम्झिन्छु त्यो पहिलो दिन
मैले तिमीलाई प्रस्ताव राख्दा
शब्द-विहिन भएकी थियौ एक छिन
प्रस्ताव मेरो स्विकार गरेर
भित्र भित्रै आफैसँग डराएर
साथ दिएकी थियौ तिमीले मलाई

कति रमाइलो थियो त्यो यात्रा
प्रकृतिको काखमा हामी दुई मात्र
आँखामा लज्जा अनि संकोच भरेर
मुहार मा मनोहर आभा छरेर
साथ मलाई दिँदा तिमीले
समय प्रति आभार प्रकट गरेथें

म चाहन्थे समय त्यहिं रोकियोस्
तिमीसँग कहिल्यै छुट्टिनु नपरोस्
जिन्दगी मेरो यसरी नै बितोस्
यही नै जीवनको सत्यता होस्
केवल तिमी अनि म मात्र
यसरी नै कटोस् जीवनको यात्रा

समय कहिले पो रोकिएको छ
मेरै लागि किन रोकिन्थ्यो र
तिमीसँग गरेको पहिलो यात्रा
बाँकी रह्यो केवल सम्झना मात्र
तिमीले दिएकी थियौ साथ हरेक छिन
कसरी बिर्सन सक्छु र त्यो सुन्दर दिन

बसेको होला तिम्रो नि' मानसपलटमा
सँग सँगै गरेको पहिलो यात्रा
तिमीले मलाई विश्वास गरेर
मेरो प्रस्ताव स्विकार गरेको
सधैं आभारी तिम्रो म रहनेछु
त्यो स्वप्निल दिन म सम्झिरहने छु



भुन्टी म छिट्टै फर्कन्छु है । । । । ।


हस् त मित्रहरु फेरी भेटौँला । । ।



केही साथीहरुले भन्नु भएको जस्तो चिसो व्यबहार खप्नु परेन, पहिलो पल्ट नै कुम्ले ब्रोले अनी, जिम्माल बा, चित्रे, तिरु, सान्नानी हरु ले यता नि आत्मिय स्वागत गर्नु भयो।

Posted on 07-28-06 9:08 AM     Reply | Notify Admin
 
सार्‍है राम्रो कविता ल ग्वाँच जी को। पाल्दै गर्नुहोला है चौतारीमा। कुनै दिन तपाईँको यो कविता सापट माँगे "नाई" नभन्नु होला, है?

सम्पुर्ण मित्रहरु लाई नमस्ते।


Posted on 07-28-06 9:40 AM     Reply | Notify Admin
 
ठुल्नानी, तिमी नै भन ल कहाँ जाने, अनि त्यही जाउला घुम्न ;)

पून्टे दाई लाई के भो ?

Gwanche ji, कविता राम्रो लाग्यो

कुम्ले, के छ ?

 


Posted on 07-28-06 9:41 AM     Reply | Notify Admin
 
हा हा हा साइँला

"..मेरो निन्द्रा' काल किन बन्न खोज्छ्यौ,
चुप ला'र घर गए त भै गयो।.."

******************
ग्वाँचेजी, तपाईँ त ६ ६ महिनामा मात्र साझामा झुल्किनुहुन्छ नि? कति परदेश बस्नुहुन्छ यतै गाम मै सरुम अब।
भुन्टिको याद साह्रै मिठो संग राख्नुभो!

**********

खुईययय...... घाम पनि कस्तो लाउन सक्या होला। ए पुन्टे दाई, रोपाईँ सकियो? सुर्ती माडम् माडम्, सुर्ती च्याप्दै कुरो अरुमला।

 


Posted on 07-28-06 10:23 AM     Reply | Notify Admin
 
आहा ग्वाचे जि को कबिता कस्तो राम्रो !
 


यसपछी त के थियो र जिम्माल बा को सल्लाह अनुसार यतै बसियो सधैंको लागि। अहिलेको समयमा हाम्रो एउटा पुस्ता ( म लगायत त्यतिबेलाको मेरा दौंतरी हरु गालब, कुम्ले, हरी, यामे, मिस्टे, तिरु, सान्नानी हरु) नै अली निस्कृय जस्तो भएपनि २० औं देखी अहिले १०० औँ भाग सम्म हरेक भागमा पहेलों टाउको देखाएर नै भए पनि सहभागी भएको नै छु र समय र परिस्थिती मिलेसम्म सधैं चौतारीमा आइ नै रहने छु।
चौतारीको बसाइको क्रममा पच्चिसौ भागतिर हो क्यारे, गाईजात्रा हेर्न जिम्माल बासँग काठमाडौं नि गइयो। मैले लेखेको पहिलो भागको यात्रा ब्रितन्तलाई क्रमिक रुपमा जिम्माल बाले गजबसँग कन्टिन्यु गरेर एउटा अचम्मको नाता जोड्नु भयो। त्यही यात्राको कारण्ले हुनुपर्छ, जिम्माल बाको हरेक लामो लेखमा कतै नै कतै ग्वाँचेको प्रसँग आएको नै हुन्छ। हिजो नि तिरुले लेखेको चिट्ठी मलाई नै पढ्न लागाउनु भएको थियो।


चौतारीको ईतिहासमा अस्ती चित्रेले भने जस्तइ सानै भे' नि पहिलो चौतारी महोत्सब को सहभागि हुन पाउँदा खुशी लागेको छ। गालब र म दुईजनाले न्यु रोड्मा भेटेर म म खाएको प्रसँगलाई पहिलो चौतारी महोत्सबको दर्जा दिइएछ।


चौतारी कै माध्यमबाट प्रत्यक्षरुपमा गालब र अप्रत्यक्ष रुपमा ( बिजुली पत्र र कर्ण फुस फुसको माध्यम बाट) जिम्माल बा, निस ब्रो ;), पुन्टे दा, चित्रे, कुम्ले, ठुलि, भौते गुरु, रिठ्ठे, ठुल्दाइ आदीसँग चिनजान गर्ने मौका नि पाइयो।


त्यस्तै चौतारीमा मुकुन्डो जात्रा पछी 'निस को हो?' भन्ने तथ्य पत्ता लाउन बनेको समितिमा बसेर प्रतिबेदन बनाएर जिम्माल बालाई मुलप्रती अनी चित्रे, गालाब लगायतका साथीहरुलाई कार्बनकपी नि बुझाइयो। मल्लिक आयोग र रायमाझी आयोग जस्तइ यो प्रतिबेदन पनि सार्वजनिक भएन । हुन त जिम्माल बाले त सार्वजनिक गरुँ भन्नु भएको थियो तर बिभिन्न कारणहरुले गर्दा प्रतिबेदन मै मैले सार्वजनिक नगरियोस भनेर सुझाव दिएको थिए। आखिर मेरै सुझाव अनुसार प्रतिबेदन अहिलेसम्म सार्वजनिक भएको छैन र कहिल्यै नहोस् पनि ( हुन त म्याडु भाईयाको बारेमा नि एउटा आयोग त बन्नु पर्ने हो ;))


नाङ्लो कान्ड मा पनि रमाइलो भएको थियो।


त्यस्तै स्वस्थानी को कथा भन्ने क्रमामा गालब गुरुले २५ औँ अध्यायदेखी अन्तिम अध्यायसम्म मेरै क्यारेक्टरमाथि केन्द्रित गरेर कथा भन्नु हुँदा आफुलाई स्पेसल फिल गरियो, थ्यान्क्स गालब गुरु!

.............हे अगस्त्यमूनि! तहाँ उप्रान्त पाइन्टले भनेपनि शरीरको केही भाग ढाक्दै, कुक्रुक्क पर्दै गर्दा उज्यालो पनि भयो र घाम पनि लागेर आयो। "अब यो ठाउँमा केही गरे पनि बस्ने छैन। पाँच लाख दाम छँदैछ। त्यति भए मलाई पुगिहाल्छ" भनी मन्दिर पछाडिको झ्यालबाट भागेर जाने सोच बनाउनै लाग्दा मन्दिर बाहिर साँच्चै नै मानिसको आवाज आउन लाग्यो र ग्वाँचे पनि तत्काल मूर्तिको पोजिसनमा बस्न लागे। एकै छिनमा एउटा पुरुष, एउटी महिला र एउटी बालिका बोलेको आवाजको खल्याङ् मल्याङ् आउन थाल्यो। त्यो पुरुषले भन्दै थियो "हेर्नुस् म्याडम, यी सबै पाँच हजार वर्ष अगाडिको मूर्ति हुन्। कुहिरेहरुले निकै महँगा दाममा किन्छन्। तपाईंले खोजे जस्तो मूर्ति यो छ, यो लैजानुहोला। तपाईंलाई भनेर दुई लाख भयो। हेर्नुस्, यो सबै पुरातत्व विभागले कब्जा गरेको छ। म आफैं पुलिस भएकोले तपाईंलाई मिलाइदिन सम्भव भएको हो, त्यही पनि यो समयमा। कसैले थाहा पाएमा मेरो जागीर जाने पक्का छ। नौ बजेपछि त यहाँ मान्छे नै मान्छे हुन्छन्।" यो कुरा सुनेर ग्वाँचे झसंग भए र नौ बजे अगाडि जसरी पनि भाग्नुपर्ने मनस्थिति बनाए। अरु केही सोच्न नभ्याउँदै एउटा सानो कोमल हातले आफ्नो गाला सुम्सुम्याउन थाल्यो र आफ्नो अगाडि एउटी बालिका बोलेको आवाज आयो "ममी, मलाई त शिवजी मन पर्छ। शिवजीको मूर्ति लैजाऔं न, हुन्न?" बालिकाको बोलीको उत्तर दिंदै ती महिला बोलिन् "नानू, त्यता नचल त। यहाँ महंगा महंगा मूर्ति छन्। जथाभावी गर्न हुँदैन।" उता ती पुरुष र महिला बिच पैसाको कुरा चल्दै गर्दा ती फेरि बालिका बोल्न लागिन् "ममी, यहाँ त बाबाले शिवरात्रीमा तानेको धुवाँ जस्तै गना'छ। के होला?" यस पटक चाहिं पुरुषले "शिवको मन्दिरमा गाँजा त गनाइहाल्छ नि!" भन्यो र हाँस्न लाग्यो।

ती कन्या अब ग्वाँचेको आँखाको परेला चलाउन थालिन्। परेला माथि तानिदिंदा ग्वाँचेलाई पनि सहन कठोर भयो र अन्त्यमा आँखा झिम्क्याउन पुगे। बालिकाले "ममी, शिवजीले मलाई आँखा झिम्क्याए।" भनेर प्रतिकृया दिंदा त्यस पुरुषले "महादेवले जो केटीलाई पनि आँखा झिम्क्याउँछन्।" भनेर ठट्टा गरिदियप। ग्वाँचेले बिस्तारै अर्को पटक शान्तको शास फेरे। केही समय यस्तै कष्टप्रद समय बिताएपछि महिला बाहिर जाँदै "नानू, ल धेरै नचल। हिंड जाऔं" भनी बोलाइन्। "हुन्छ ममी! म शिवजीलाई म्वाईं खाइदिन्छु" भनी तिनले एक्कासि नाकको टुप्पामा म्वाईं खाइदिंदा ग्वाँचेलाई हाँच्छ्यु रोक्न हम्मे पर्यो। बाहिरबाट "शिवजीलाई त नमस्कार गर्ने हो, म्वाईं खाने हैन" भन्ने आवाज आयो। तत्पश्चात उक्त वालिकाले ग्वाँचेलाई नमस्कार गरिन् र अनायसै ग्वाँचेले हात उचालेर तथास्तुको पोज दिए।

केही समयपश्चात बाहिर खैला बैला सुनियो। "देवीको बाहन छैन रे?" "छालामात्रै छ रे?" "भनेसि पक्कै कुनचाहिं डाँकाले बाघको मूर्ति चोरेर लगेर नक्कली बाघ बनेर बस्या हुन पर्छ हिजो" ल अब बित्याँस पर्यो भन्ने आवाजहरुको बीचमा ग्वाँचेले अघिकी बालिकाको स्वर ठम्याए "ममी, अघि शिवजीले पनि मलाई आशीर्वाद दिंदा हात उचालेका थिए" भनिन्। ती महिलाको बोलिन् "हो क्यारे! अघि नानू पनि शिवजीले आँखा झिम्क्यायो, गाँजा गनायो भन्दै थिई। त्यो मूर्ति चेक गर्नुपर्यो।" यस्तो सुनेर ग्वाँचे पनि अरु केही नसोचिकनै बसेको मून्तिरबाट पाइन्ट झिकेर हातमा च्यापी, पछाडिको झ्यालबाट निस्केर वनवनै हाम्फाली गौशालाचोकतिर हानिए।"
................. (साभार: चौतारी स्वस्थानी अध्याय ३०, बाचक: गालब)



मैले बल्खु गाम्मा लेखेको एउटा कथा (फ्रेन्डशिप ब्यान्ड, http://sajha.com/guild/viewuser.cfm?username=ग्वाँचे) लाई आधार बनाएर गालब गुरुले स्वस्थानी कथाको अफ द रेकर्ड दिएको स्वीट कमेन्ट: 'ग्वाँ चे (मनमनै):' स्नेहाले बिहे गरेर छोरी नि यत्री भईसकिछे'  हुन त मैले यो लाइन नि लेख्न लागेको थिए तर फेरी अरुले बुझ्दैनन भनेर लेखिन!



धेरै सिकियो चौतारीका साथीहरुको संगतमा। एस एल सि सकिए पछी नेपालीमा लेख्ने बानी छुटिसकेको थियो तर चौतारीमा आएपछी जानी नजानी नेपाली नै लेखियो। यही क्रममा कता हो छप्नु परो भनेर गालबले एउटा कथा माग्दा पहिलो पल्ट विश्वाश नै लागेन, मैले लेखेको कथा नि के छाप्ने होला जस्तो लाग्याथ्यो। त्यस्तै मैले लेखेका हरेक टुक्रामा प्रोत्साहनका शब्दहरुले लेखी दिनु भएर हौसला बढाइ दिनुभएकोमा चौतारीका सबै आदरणिय साथीहरुप्रती सँधै आभारी रहने छु। मैले लेखेका हरेक टुक्राहरु पछी म बिशेष गरेर सँधै गौतम दाइको कमेन्ट कुरेर बस्छु किनकि, राम्रो छ, गजब, बिल्कुलई अलग त सबैले भन्न सक्छन तर कथा कबितामा के मिलेन, कसो गरे अझ राम्रो बनाउन सकिएला भनेर रचनात्मक कमेन्ट सबैले दिन सक्दैनन तसर्थ गौतम दाईका कमेन्टहरु मेरालागि बिशेष हुन्छन र भबिस्यमा पनि यस्तै सहयोगको आसा छ। त्यसपछी इमान्दारीसाथ रचनत्मक कमेन्ट दिने मिस दिदी, जिम्माल बा, गालब, चित्रे र ठुल्दाइको पनि बिशेष उल्लेख गर्नु पर्छ।
लेख्नु पर्ने त धेरै थियो तर औंला दुखिसक्यो, झन पढ्ने मान्छेको आँखा को के हालत भयो होला। लौ त यती भन्दै मेरो मन्तब्य यही टुङ्याँउछु। आउँदा जाँदा भेट त हुने नै छ, सबैको दिन राम्रो होस्, जय चौतारी!

Last edited: 15-Feb-08 11:17 AM
Last edited: 15-Feb-08 11:19 AM

 
Posted on 02-15-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहे अन्तरे, लौ हेर बेला न कुबेला बजी नयला? भने जस्तो औसी पुर्णेमा झुल्किने अनी पड्किने?
हाम्रो जिम्माल बा लाई जाली रे।

माली भन, थाली भन, तर जाली न भन क्या।

बल्ल बल्ल जालमा परेको माछी नै जाली शब्द सुनेर फुत्केला भन्ने पिर क्या।
 


 
Posted on 02-15-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्ली डाँडा भन्या यि बज्जिया खैरेले नाम बिगारी भन्छन नि के जाती "हल्लिउड  हिल्ल्स" त्यही भन्या के ठुलि.
 
Posted on 02-15-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउता सायरी टाँसे है मैले

सालों बाद  नजाने क्या समा होगा, 
हम लोगो  मे  से नजने कौन कहाँ होगा!
फिर मिल्ना हुआ तो मिलेंगे ख्वाबो  मे,
जैसे सुखे गुलाब मिल्ते है किताबो मे!!!!!


 
Posted on 02-15-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भै हाल्छ नि ठुली। जाउ न त ह्यारिस सोम सङै। अर्को पाली त मेरो पैसा तिर्ने पालो थ्यो क्यारे। पैसा नै बच्ने भो।  

अन्तरे दाई, हामी त एकदम सञ्चै। दाई पनि कुशल मंगल नै होला क्यारे।

चित्रे चिम्पान्जी, अब ठुलीले नै हजुर ले वालेट बिर्सेंको भए म तिरिदिन्छु भने पछी नतिर कसरी भन्नु त? 


 
Posted on 02-15-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

 

१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) काली केटी कार्की---

२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) याम बहादुर यमी--- बाटो नभाको देश

४२) बिस्टे राम विष्ट---तानसेन गाम

४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) फेवा ताल फुँयाल---

४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग


 
Posted on 02-15-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे छुटेचन, ग्वाँचे र भउते नि आएचन। काउली फूलनिया घुम्न पाइया छैन चित्रे। आज हुटेलाट निकाल्दिन्चन अहिले १२ बजे र कुम्लो कुटुरो बोकेर निस्कन पर्च घुम्न। नेत्रेकै हल्लिडाँडातिर हल्लिन जान पर्ला।

त्यै त ठुल्दाई, आजा काम हिजै सकियो। आज बल्ल उठियो, अड्डा नगए नि भत्ता पाक्नि क्या मज्जा, नेपालको ताल भो यो त।


 
Posted on 02-15-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी चौतारी भन्दा मलाईचाहिं एउटा राम्रो कबिताको अंश याद आयो

" चौतारीमा वरपीपलको बोट नौलो लगाउँ
    छाहारीको तलतिर बसी गीत एउटा म गाउँ,
    आई कहिल्यै पनि नसकिने चैत वैशाख मेरा
    लाई कहिल्यै पनि नसकिने प्रिती नौ लाख मेरा "
-- वैशाख - माधव घिमिरे

Last edited: 15-Feb-08 11:34 AM
Last edited: 15-Feb-08 11:36 AM

 
Posted on 02-15-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नया खर्कमा भएको चौतारिको जम्घतमा अनुभब गरेको:


poonte- Funny + nabajeko saarangilaai mukh le bajaauna janne :P

nepe da- friendly person

rahul da - allround experince person

antare da - energetic + fun loving person

birkhe da - koolest guy

bhaute da - awesome singer

ritthe- helpful + chautariko salman khan wink wink

chitre - mitthun chakrabarti

nepchi bhauju - caring person

poonteni bhauju - culinary expert

हाम्ले मिस गरेको साथिहरु हरि (धोकेबाज) ग्वचे, नेप्चे, नमे, गालब अनि सबै।


 

 
Last edited: 15-Feb-08 11:40 AM

 
Posted on 02-15-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार्!!! नसकिने भो चौतारीका मुन्छेहरुसङ दौडन।
चित्रे लाइ मिथुन् चक्रवर्ति बनाइदेछन नि................ खित्, खित्, खित्...... पहिलो पल्ट सुन्दैछु।
नयां आउने चेली, नेत्रे (नरे राम्रो के) लाइ स्वागत छ है (म ढिलै परें स्वागत गर्न मा)

 
Posted on 02-15-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना



 
Posted on 02-15-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु अस्तिन हिरक अंकमा कथा, कविता को धुइरो थ्यो, यो पाली त खै यो अंक आधा कटि सक्यो, केही सुरसार छैन। आफूलाई त साहू बुढाले एकछिन फुर्सत द्या हैनन, केहि फुर्‍या नि छैन।

बरु यो त्यै अंकको फेरि एकचोटि। नयाँ आउनेलाई नि केही फुर्थ्यो कि।

हात बढाउँदा नि मैले अहो!, निर्धक्क थाम्न किन डर मान्यौ
सम्झियौ कठै घात अरुका, र त झस्केर मसंग 'नि डर मान्यौ

फकाउँदा 'नि दूर छैन उजेली, नयाँ बिहानी हेर त संघारमै छ
कहालिछौ कति रात एक्लै, र त अन्तिम 'नि पहिलो प्रहर मान्यौ

ढिलै भए 'नि प्रिय सग्लै आयौ, पर्खाई मेरो अब पुरा भो
अपनायौ बल्ल मलाई ह्रिदयले, र त आफ्नै झैं मेरा 'नि रहर मान्यौ

ठेश् लाग्ला कतै प्यारी तिमीलाई, काँढा बिझ्ला कि त पाऊमा
सुर्ताई रहें सँधै शायद, र त आँखै चिम्लिँदा 'नि मेरो भर मान्यौ

सुख दुख कति दियौ "अन्तरे", राखिनौ 'नि केहि हिसाब किताब
मायाँले भर्दिएँ पोल्टा तिम्रो, र त यो खण्डहर 'नि अहा! सहर मान्यौ

त्यही अंकबाट नेपे दाजीको यो गजल।

गजल

सुस्केरा याद आयो, सकस याद आयो
कसैले दिएको बकस याद आयो

कसरी भनुँ म कसरी यो आयो
मलाई यत्ति याद छ, बस याद आयो

मैले कुन्नि के भन्दा तिमीले दोहर्‍याई-
दोहर्‍याई भनेको ‘हवस्’ याद आयो

सुगा-मैनाको कथा सुन्दा झट्ट मलाई
हाम्रो त्यो पुरानो बहस याद आयो

ज्यानमारा तिम्रो मुस्कान देखेपछि
मलाई मेरो तहसनहस याद आयो


 
Posted on 02-15-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि नेपे दाजीको याद आयो पैंचो ले'र हाम्ले अरु केहि खोकेचम् उतिबेला, ऐले लाज भो बाबै।

तिम्रो शहर याद आयो मेरो रहर याद आयो
लगिनौ तर जान मन लाग्या तिम्रो घर याद आयो

पिउन त के मात्रै पिइएन र जिन्दगीमा, तर तिमीले
अम्रित हो भनि पिलाउन खोजेको जहर याद आयो

भुलिदिन्छु चट्टक्कै मनमनै सोचें कति पल्ट तर
संधै मुटु चस्काउने सम्झनाका लहर याद आयो

मर्यादा तोड्न हुन्न, नलाग्या हैन अनेकौँ पल्ट
कायर रहेछौ भन्दै उक्साईरहने तिम्रो कर याद आयो

तिम्रै त हुं भन्यौ म ‘नि भुलि रहें बर्सौं
खेलिछौ हरे मसंग अन्तमा गरेको ठहर याद आयो

-अन्तरे

हजुरको याद आयो, मेरो रहर याद आयो
समाहित हुदाको त्यो प्रहर याद आयो

समर्पित सबै विस्वासमा, आफ्नो केहि थिएन
उहि तृप्ति स्वर्गिय त्यो शहर याद आयो

पिउने बहानामा धेरै बाजी थापि थापि
रित्तिएको संगै रातको त्यो लहर याद आयो

धुजा-धुजा मुटुलाइ जोड्दैसिंगो बनाउदै
सम्हालेको हजुरले त्यो कहर याद आयो

-मिस दिदी

सारा दुनियाँसंग लड्ने तिम्रो साहस याद आयो
म नै थिएं कायर फेरि तिम्रो साहस याद आयो

गर्ने छैन गुनासो ख्वाए नि सिस्नु फाँडो
भिजेका आँखाले हेर्दै तिमीले गरेको आश याद आयो

सबै हजुरकै भरमा, म रित्तै हात आउनेछु
मेरो झुपडिमा प्यारी तिमीले खोजेको बास याद आयो

कस्तो भुल भएछ अहो! अब पछुताएर के गरुं,
च्यातेका तिम्रा प्रेम पत्रहरु रासका रास याद आयो

ति दिन फर्किन्नन् 'नि हेर त के गति भो मेरो
के भुल गरेछु 'नि हरे, भो यो जुनि नाश याद आयो

-अन्तरे


 
Posted on 02-15-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याद आयो ................

तिमीलाई बिहानिमा देख्दा
मलाई रातिको सपनिको याद आयो
तिम्रै लागि भनी लेखेका
मायाका ति शब्दहरुको याद आयो

गाउन खोज्छु म तिम्रो लागि
तिम्रो अचाखको याद आयो
तिम्रो अंकमाल्मा अरुलाई देख्दा
मेरो अधरका आँशुको याद आयो

मुटु पर्यौ मेरो छिया छिया
बिर्शन खोज्दा पनि याद आयो
तिमीलाई बिहानिमा देख्दा
मलाई रातिको सपनिको याद आयो


 
Posted on 02-15-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पहिलो प्रयास पढेर सप्पै कुलेलाम ठोके जस्तो छ। चौतारीनै रित्तो बनाउने मेरो मनशाय थिएन है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters