Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 A Ghazal in Making..Nepe

[Please view other pages to see the rest of the postings. Total posts: 125]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 53234 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 07-05-05 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भयो गजलतिर हात नहालेको । एउटा शेर फुरेको थियो, ज्यान गए अगाडि बढ्दैन । अलि कठिन विन्यास छानेर पनि हो त्यसो भएको । एनिवे, अहिलेलाई त्यहि एउटा शेर (मतला) प्रस्तुत छ । अरु शेरहरु किस्ताबन्दीमा क्षेपण गर्ने योजना बनाएँ लौ ।

केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट


 
Posted on 07-06-05 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी सित अलिकति जिरह गर्ने छुसी बिचार आएर ल्यायो। :)

''केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट''
टोकरी थाप्यो कसले ? मान्छेले कि फलले?

''हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट''
रुखबाट झरे त राम्रै भयो नि ! खसेपो खतरा। अनि हेर्दा हेर्दै थाक्यो को? चमेरो कि हेर्ने गजलकार ?

''आज चराहरु गुलेली ताकेर झरे रुखबाट ''
गुलेली कसले ताक्या ? चरा स्वयंले कि शिकारीले ?

आज भनेपछि त गजल वर्तमानमै आएर अड्कियो हैन त ?

अव यस्तो रोचक र जटिल गजल वुझ्न एघार किलासको अनिवार्य नेपालीले अलिकति फाइदा नै पु-याउला कि घाटा ? नेपेजीले हाँसीहाँसी जवाफ दिनुहोला।


 
Posted on 07-06-05 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाली रहेछन् यी न्यूयुजर ता, अघि सम्म भुतोभाङ बुझिन भन्थे, अहिले आफ्नो काम पट्ट्याउन ह्यान राम्रो त्यान राम्रो भन्छन् ।

साम, दान, दण्ड, भेद, चारै उपाय लगाउने पो सुर ल्याए यिनले 'एघारको नेपाली' आन्दोलनमा मलाई घिसार्न । 'साम' ले सकेनन्, अहिले चिप्लो घसेर 'दान' दिदैछन् ।

तर मैले भन्दिया छु, म त चाम्रो छु यस मामलामा भनेर । अहँ, मलाई यो घुस/ब्ल्याकमेल स्विकार छैन ।

जहाँसम्म एघार कक्षाको नेपाली प्रशिक्षणले मद्धत गर्ला कि भन्ने सबाल छ, अब म आफै स्रष्टाले त राम्ररी नबुझ्ने कविता अरुले एघार पास गर्दैमा बुझ्छन् ? बुझ्ने रस-कुरा जति छ, त्यो दश पासले नि बुझ्छ, नबुझ्ने छोक्रा-कुरा बीस पासले नि सक्तैन । लौ जा ।

 
Posted on 07-06-05 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो हैन नेपेजी। न्युयुजरले कुरा सोरै आना जायज गर्नु भा छ। बरु तपाई पो "मै खाउँ मै लाउँ...अरु सबै मरुन्..." भन्ने मानसिकताको शिकार हुनु भको जस्तो लागो। आफूचाहीँ नेपाली भाषाको स्बाद मोज्जाले चाख्ने अनि अबका पिढिँहरुलाई चाहिँ चाहिदैन भन्नु त तपाईँको 'मै मात्र मोज गरौँ' भन्ने सोचाई भन्दा खासै फरक हो जस्तो मलाई लाग्दैन। तलको कुरामा पनि यसो ध्यान दिने कि?

नेपाली भाषाको स्थिति नेपेकालीन युग भन्दा अहिले निकै खस्केको छ। त्यो खस्काई नेपाल र नेपालीको हितमा कहिल्यै पनि छैन। तपाईले ज्याद्रो मानासिकता त्यागे हुन्छ। नेपालमा मन प्रसाद वाग्लेले राजिनामा ठोकि सके, अब यस्तो एकोहोरो र भाषा बिरोधि तर्कबाट राजीनामा दिन तयार भएर बस्नुस्। यो ओके एक शुभचिन्तकको हैसियतमा नैतिकताकै आधारमा भए पनि नेपेको आत्मआलोचित राजीनामा यसै धागोको अर्को थपाईमा हेर्न कौतुहलता पूर्वक प्रतिक्षारत छ।

अनि अर्को कुरा, तपाईले आफ्ना भनाईमा सबैलाई भ्रममा पार्दै आउनु भको, १० बर्ष र १ बर्षको तुलाना गर्ने कुरासँग यो ओके १०१% असहमत छ। केटाकेटी बेलाको १० बर्ष भन्दा चेतनसिल युबाबश्थाको १ बर्ष धेरै नै बढि उपयोगि हुन्छ, सोचाई र बिश्लेषणको दायरामा। ११ कक्षामा पढ्ने बिद्यार्थिको १ बर्ष नै भाषिक मीठाईको अधिकतम ह्रस्बस्बादन गर्ने उपयुक्त समय हो। तपाईँ जस्ता बर्ष गन्ने बिद्बानहरुले किन १ देखी ५ सम्म (लौ जा पाँचै बर्ष!) नेपाली हटाउने कुरा गर्नु हुन्न? तपाईलाई १ बर्ष चाहिएको हो भने लैजानुस् १/२ कक्षाका बर्षहरु।

अहिले नेपेसँग भको जति (मानौ नेपेले १२ किलास भन्दा पछि कहिले पनि नेपाली पढेन) नेपाली भाषीक ज्ञान अलिलेका डिग्रि सक्ने सँग पनि छैन। यो नेपेको बिलक्षण प्रतिभाको फल अबश्यै हैन, नेपेयुगिन नेपाली पढाईको करामत हो।

कुरा बढ्दै गयो भने अरु पनि लेख्ने छु, अहिलेलाई चाहिँ बिट मार्छु,
-----
ओके
 
Posted on 07-07-05 4:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँढे उघ्राउँदै छ भन्छन डुक्रेको सुन्छु खै म त
गाई धपाउनेहरु नत्र तर्सेका यो बिघ्न किन त?


स्वस्ती भन्छन मुद्रा जदौ को देख्छु म त
ख्वामितको चाल नत्र यो बिघ्न बिचलित किन त?

हाम्रो हाम्रो भन्छन मेरो मेरो सुन्छु म त
जिर्ण टोपि माथि नत्र गिद्धे नजर यो बिघ्न किन त?

लक्ष्मण भन्छन खै बिभिषण देख्छु म त
दुनो सोज्याउने तिर नत्र लागेका यो बिघ्न किन त?

के जाति इन्द्र भन्छन खै असुरेन्द्र देख्छु म त
नर सुर नत्र पिल्सिएका यो बिघ्न किन त?

भाषण भन्छन दिन रात भजन सुन्छु म त
स्तुती स्तोत्र पाठ नत्र यो बिघ्न किन त?

रक्षक हो रक्षक भन्छन भक्षक देख्छु खै म त
मसान रगतले नत्र लथपथ यो बिघ्न किन त?



न्युयुजर र ओकेजीको नेपालीलाई ११ मा लात्तिले ठोक्न हुन्न भन्ने मनसाय प्रति मेरो समर्थन दृढ भएको
स्पष्ट पार्दै नेपेसरलाई पनि खोलो तरेसी नी लौरो बोक्दै गर्ने हो कि भन्ने आसय सहितको मृदु अभिबादन
यहीं पस्केर यो भेट अहिले लाई यतै बिसाम होला।
 
Posted on 07-07-05 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकेजी, तपाई मलाई भाँड्न झण्डै झण्डै सफल हुनु भा हो ल । न्यूयुजरले 'साम' र 'दान' मात्र प्रयोग गरेका थिए, तपाईले 'दण्ड' को प्रयोग गर्नु भो, दीपजीले चाहि 'भेद' प्रयोग गर्ने छाँट ल्याउदै छन् ।

मेरो मुख्य बहस र यसमा प्रयोग सिद्धान्त कायमै रहे पनि पाठ्यक्रमको प्रस्तावित परिवर्तनको पूर्ण बिबरण बारे म अलिक भ्रममा रहेछु ।

प्रस्ताव गर्ने बुढाहरुले हतारमा, हचुवाको भरमा र एघारको नेपाली कोर्सलाई बाह्रमा सार्ने सिल्ली प्रस्ताव पो गरेका रहेछन् ।

त्यसकारण म मेरो पुरानो समर्थनलाई अहिले स्थगित राख्दैछु ।

अहिलेलाई मेरो अडान छ- यस कुरामा छलफल, बहस, चर्चा-परिचर्चा जारी रहनुपर्छ । धेरै कुराहरु काँचै छन्, त्यसैले जथाभाबी पाङदुरे निर्णय लिईहाल्न उपयुक्त हुँदैन अहिले ।

नेपे
 
Posted on 07-07-05 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-05 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी, ल तपाईँलाई धन्यबाद। हतारमै विचार परिबर्तन गर्नै पर्छ भनेर म भन्दिन। तथ्यकुरा बुझ्नुस्, फाईदा-बेफाईदा (ब्यक्तिगत भन्दा पनि सामुहिक) लाई केलाउनुस्, अनि निर्णय लिनुहोला।

दीपजीको गजल र पारसको जापानको भाषण क्या ठ्याक्कै मिलेको है! "गर्ने एउटा भन्ने अर्कै" । नेपालका अहिलेका शाषक न्युयुजरले भने जस्तै साँच्चै गाईजात्रे नै भए।

नेपाली भाषा संबन्धि न्युयुजर र दीपजीले राख्नु भएको विचारलाई म हृदयदेखीनै सम्मान गर्छु।
-----
ओके
 
Posted on 07-07-05 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैका दाह्री पाकेर फूले, कसैका दाह्री काँचै फुले
कुनै भेडी भएर बिहाए, कुनै भेडी स्वर स्वरमै बिहाए।

एल्लाई "शेर" बनाम्न सके हुन्थ्यो।
लौ न, गुरुहरु। मलाई नि गजलीसित पिरतीसित गाँस्न मुन लायो।
 
Posted on 07-07-05 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेपे बाजे त
राजनीति,गजल, सामाजिक, राजा फाल्ने कुरामा:
जातीबीधी असल, जाद्रै सद्दे, खास्साको नेपे
भाषाको कुरामा छाही:
आंडे,नेप्रिएको " नेप्रे "
 
Posted on 07-07-05 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाही ‍= चाही

बैरागी रकमी रैचन यी नेप्रे त ।
 
Posted on 07-08-05 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just copy-pasting from the other thread. . .

- http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=17982#146540

Realizing that HSEB's proposal was not exactly what I had thought before and also that it appears to be lacking professionalism, I suspended my earlier support.

I am glad to hear about the withdrawal of the proposal by HSEB now.

While I standby my major argument and principles in them, I also acknowledge the sensitivity and importance of issues like language and policy and would argue that a balance of 'inclusive democracy' and 'academic professionalism' is the best approach to deal with it.

I will keep sharing my personal view and vision about Nepali language policy in Nepal and would like to request my fellow Sajhaites to bear with my rather off-beat and apparently unpopular views on this issue.

My intention is to contribute to a good discussion than to be a popular poster. So I will be happily taking heat from my dear friends, Newuser, Dadagriri, Guna, OK, Deep, username and all other strongly opinionated fellow Sajhaites in future discussions on the subject hoping that HSEB's decision to withdraw it's proposal does not end the discussion.


Nepe

 
Posted on 07-08-05 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe sir,

you wrote: lacking professionalism. Is the report " lacking professionalism"
comes just because you did not find the report on your side that you
assumed before? Or, it really lacks professionalism despite of the report
being on your side?
 
Posted on 07-08-05 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guru,

I said it APPEARS. Meaning I am not certain. As I admitted I was apparently poorly informed about HSEB. So I do not want to make big claims about the thing I do not know enough.

As for your question, first, let it be clear that a 'decision' and 'decision making process' are not the same thing. Meaning that, sometimes, even an UNPROFESSIONAL decision making process end up with a GOOD decision at it's hand. 'कहिलेकाहिं लाटाको खुट्टा बाटामा पर्छ' भनिन्छ नि ।

Having said that, I must admit, मैले चाहि बाटामा परेका खुट्टा बाठाकै होलान् तानि भन्ठान्या थिएँ ।

And to find answer to why I said UNPROFESSIONALISM, I would like you to look at HSEB. What do you think of it and it's decision ? If you see what I saw, then you got the answer. If you don't see what I saw, you still got the answer. This is my answer, Guruji.

 
Posted on 07-11-05 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विस्मृतिको गर्भमा नहराओस् भनेर मात्र, यो एउटा क्षुद्र शेर संयोजन गरें अहिलेलाई . . .


केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट

मानौं हाँगालाई नै थामेर बसेको भ्रममा थिए
हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट

केवल बलिष्ट पञ्जाहरु पर्याप्त छैन जङ्गलमा
केहि बाँदरहरु हाँगा भाँचेर झरे रुखबाट

भुर्र उडेर भाग्नु चराको नियति नै थियो, के भो ?
आज चराहरु गुलेली ताकेर झरे रुखबाट

वनको बाघले खाएका भने बेपत्ता छन् अद्यापि
मनको बाघले खाएका, बाँचेर झरे रुखबाट

नेपे
 
Posted on 07-11-05 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गुरु,

जतिखेर पनि गजलको प्रशंसा गरम् भने चाकडि गर्या जस्तो हुनी। तै नि चुप लाग्न मन लागेन मलाई। भाषामा सरलता तर भावमा गहनता तपाईँका गजलमा मैले भेटेका दुई मुख्य विशेषता हुन्। मिठास त आफ्नो ठाममा छदैछ फेरि।

बरु एउटा अनुरोध के। यो गजलको मिठो सुर्को लि'राको ठाम्मा अरु, राजनिति, भाषाका बहस आदि ईत्यादिले प्रदुषित नगरम् है, जे भा' नि (कोदोबारीमा धानैँ उम्रे पनि त्यो झारै हो भन्ने मेरो आशय के। अन्न्यथा नसोच्नुहोला) । माथि तिरका एका-दुइ कुराले अलि झस्केको मात्र।
अरु पनि आउदै गरोस् गजलहरु।

:)
-भउते
 
Posted on 07-11-05 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि रोपौ एउटा गजल सुटुक्क ?

म म्रित शैयामा थिए - म्रित्यु कुरदै र डाक्टरी बयान आयो
कटारी थिएन कटाछ्य रैछ मुटु छेडने अनि बल्ल ज्यान आयो
 
Posted on 07-11-05 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah! kya baat hai,
kya ghajal hai,kya sabd hai, kya bhasa hai,
lekin apsoch mere ko samaj me kuch bhi nahi ata hai,
lekin ek baat jarur hai ,
aap logo ke paas time pass karne ka
time bahut hai

aadab
 
Posted on 07-12-05 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

''कसैका दाह्री पाकेर फूले, कसैका दाह्री काँचै फुले
कुनै भेडी भएर बिहाए, कुनै भेडी स्वर स्वरमै बिहाए। ''

दादाको शेरलाई मैले लेखेको भा' यस्तो हुन्थ्योहोला।

कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले
बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले

मल र पानीले ढाडिएका फाँटहरु लत्रिएको देख्छु
भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले

वाँकि फेरी दादाबाट। नत्र नेपे, शिरिष र भउतेका पारंगत कलमहरु जिन्दावाद। विभिन्न साझावासी मिलेर सिर्जना गरेको गजल कस्तो हुँदोरैछ हेरम एकबाजी।

 
Posted on 07-12-05 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BTW, Houston को शेर वेजोड लाग्यो।

म मृत्युशैयामा थिएँ मृत्यु कुर्दै र डाक्टरी वयान आयो
कटारी थिएन कटाक्ष रैछ मुटु छेंड्ने अनि बल्ल ज्यान आयो

वाह वाह वाह!
 
Posted on 07-12-05 6:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निष्पट अँध्यारो बिजुलिले चिर्थे पटक पटक
देख्थें पनि छ्याङ्गैं सर्बत्र
भ्याइन हेर्न आफुलाई तर कुनै बेला
गर्जेका बादलले मुटु हान्दा पनि पटक पटक
बादल पराइ नै सम्झें त्यो पनि निशस्त्र
पैरोले पैरो तान्दो छ, यो बर्षा रोकिएला कुन बेला
दोषी खोज्छु हर पल अन्तै यै रोगले ग्रष्त छु म।
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters