Posted by: Deep July 7, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
साँढे उघ्राउँदै छ भन्छन डुक्रेको सुन्छु खै म त गाई धपाउनेहरु नत्र तर्सेका यो बिघ्न किन त? स्वस्ती भन्छन मुद्रा जदौ को देख्छु म त ख्वामितको चाल नत्र यो बिघ्न बिचलित किन त? हाम्रो हाम्रो भन्छन मेरो मेरो सुन्छु म त जिर्ण टोपि माथि नत्र गिद्धे नजर यो बिघ्न किन त? लक्ष्मण भन्छन खै बिभिषण देख्छु म त दुनो सोज्याउने तिर नत्र लागेका यो बिघ्न किन त? के जाति इन्द्र भन्छन खै असुरेन्द्र देख्छु म त नर सुर नत्र पिल्सिएका यो बिघ्न किन त? भाषण भन्छन दिन रात भजन सुन्छु म त स्तुती स्तोत्र पाठ नत्र यो बिघ्न किन त? रक्षक हो रक्षक भन्छन भक्षक देख्छु खै म त मसान रगतले नत्र लथपथ यो बिघ्न किन त? न्युयुजर र ओकेजीको नेपालीलाई ११ मा लात्तिले ठोक्न हुन्न भन्ने मनसाय प्रति मेरो समर्थन दृढ भएको स्पष्ट पार्दै नेपेसरलाई पनि खोलो तरेसी नी लौरो बोक्दै गर्ने हो कि भन्ने आसय सहितको मृदु अभिबादन यहीं पस्केर यो भेट अहिले लाई यतै बिसाम होला।
Read Full Discussion Thread for this article