[Show all top banners]

Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 A Ghazal in Making..Nepe

[Please view other pages to see the rest of the postings. Total posts: 125]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 53235 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 07-05-05 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भयो गजलतिर हात नहालेको । एउटा शेर फुरेको थियो, ज्यान गए अगाडि बढ्दैन । अलि कठिन विन्यास छानेर पनि हो त्यसो भएको । एनिवे, अहिलेलाई त्यहि एउटा शेर (मतला) प्रस्तुत छ । अरु शेरहरु किस्ताबन्दीमा क्षेपण गर्ने योजना बनाएँ लौ ।

केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट


 
Posted on 07-12-05 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो ! ल ल मित्रहरु, जाओस् गजलको दोहरी भनुम कि अन्त्यानुप्रासी (अन्त्याक्षरी) । मेरो तर्फबाट यो सानो योगदान . . .


कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले
बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले

मल र पानीले ढाडिएका फाँटहरु लत्रिएको देख्छु
भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले

पिताश्रीका पावन लातबाट प्रहारित भएपछि स्तब्ध पौत्र
मनन गर्दा छन् पुराना कुरा भनेका अहोरात्र कुनै रिपुले

'वर्षालाई काखा, पहिरोलाई पाखा' गर्दा जगहसाँई होला
फेरि भन्नुपर्ला कुनैदिन 'हा ! भनेकै थियो त्यो बजिया दीपुले'


 
Posted on 07-12-05 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैं ह्युस्टनको सम्मानमा . . .

म मृत्युशैयामा थिएँ मृत्यु कुर्दै र डाक्टरी वयान आयो
कटारी थिएन कटाक्ष रैछ मुटु छेंड्ने अनि बल्ल ज्यान आयो

जब जब उनी मेरो टोलमा प्रवेश गरेको खबर सुनाए
संजोग हो कि के हो अक्सर मेरो घरमा एम्बुलेन्स भ्यान आयो

आफु चोखो हुन्जेल त राम्रै बयान दिंदै थिए साछीहरु
आफु के मुछिएका थिए बयानमा ह्यान त्यान आयो

 
Posted on 07-12-05 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोदोबारीमा धानैँ उम्रे पनि त्यो झारै हो

वाह ! कुनै बेजोड शेरलाई सुहाउँदो 'मिसरा' (line) ।

 
Posted on 07-12-05 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथीको गजल पूरा भयो:

कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले
बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले

मल र पानीले ढाडिएका फाँटहरुमा लत्रिएको देख्छु
भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले

जिन्दगी जिएर वाँच्नेहरु सिर्जनाको खेति गर्दै
वाँचेको स्वाङ्ग रच्नेहरु खुट्टा तान्दैछन सुलसुले

पसिनामा रमाउने हातहरु मुख जोड्नमै अहोरात्र
रगत पिउनेहरुले थेच्चिएरै पुस्तौं पुस्ताको असुले

जो भरी छन भुँडि रमाउँदैछन मालिकको खटनमा
निर्विघ्न उड्न चाहने सुगाबाट पिंजराका चावी खुले


यो गजल भयो कि भएन पढ्नेहरुले नै खुट्याउनुहोला।


 
Posted on 07-12-05 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे वाह रे वाह,

यो गजलको बहार आएको देखेर नाचुम नाचुम भो मलाई।

<<<<बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले >>>

हेहेहेहे, क्या मार्यो यो पङ्तिले, न्युयुजर बुरो, बधाइ छ यो संयोजनको लागि।

:)
-भउते
 
Posted on 07-13-05 6:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाम ओरालो लागि सके तेलका टिन सबै रित्तै देख्छु
दिउँसै दियो बाल्थ्यो डरले भरे राती फेला पर्ने भो ठुले।

बिहान ल्याइदिम्ला तिमेरुलाई भन्नेहरु धेरै साँझैमा हराए
अवसरबादीहरु शहिदका ब्यानसँगै कसो लाग्यो त भन्दै उर्ले।
 
Posted on 07-15-05 4:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भेल झर्दै गर्दा करुवा भित्र लुक्नेहरु, खहरे थामिएपछि भिजेर निक्ले

(आधा शेर भो। मरिजाम बाँकी आधा सोच्न सक्या भे।)

 
Posted on 07-15-05 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुल भने फुल काँडा भने काँडै सहि
ताबेदारलाई के को पिपलपाते? भन्ने भजनेहरु जदौ पुराणका
अचेल जता ततै निर्लज्ज कुर्लेका सुन्छु
कलि कलि भन्थे बज्याहरुले त्यसलाई नी मारे कि के हो?
 
Posted on 07-15-05 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेढ वर्ष अघि साझामा र नेपाली पोस्टमा छापेको गजल अत्यधिक वा कम्तिमा अझै समय-सान्दर्भिक लागेर (आफुले लेखेको गजल सधैं सान्दर्भिक लाग्ने क्या) एकपल्ट फेरि टाँस्दिन मुन लाग्यो . . .


सुन त खाक्खाक् खुक्खुक् बिस्तारै बिस्तारै
लौ मुख फोर्दैछ मुलुक बिस्तारै बिस्तारै

सुक्न, खाँदिन र कुहिन अस्विकार
गर्ने मुडमा छन् गुन्द्रुक बिस्तारै बिस्तारै

गर्धन झुकेन नझुक्ने कारणले भने
मर्दन भो बुटको तुजुक बिस्तारै बिस्तारै

टाउको फोर्ने लाटा लाठाहरुले खासमा
फोर्छन पन्डोरा-सन्दुक बिस्तारै बिस्तारै

घाउ इन्कार गर्नेहरुलाई घाउ बकाउन
छर घाउमा नुनचुक बिस्तारै बिस्तारै

बाटै नभेटेका र बाटो बिराएकाहरु
आउ सच्याउ भुलचुक बिस्तारै बिस्तारै

गलत हातमा परेका थिए जो यतिन्जेल
फर्काइने छ ती बन्दुक बिस्तारै बिस्तारै

इतिहास आफै अन्तिम लालमोहर लगाउन
छ लेख्दैछ तमसुक बिस्तारै बिस्तारै

दीपुको गजलमा त मिल्थ्यो तुकबन्दी, अब
मिल्दैछ भावमा तुक बिस्तारै बिस्तारै


- http://www.nepalipost.com/past/literature/literature15.html#217

 
Posted on 07-15-05 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Hmm here is an example of Beher "the meter". Thought it will be informative for the people interested in the rules of ghazal:

http://www.dar-al-masnavi.org/about_odes.html

where the meter is
oXXX oXXX oXX and the rhyme is "-â-yad":

ze-KHAA-KÉ MAN a-GAR GAN-DOM ba-RAA-YAD
a-ZAAN GAR NAAN pa-ZEE MAS-TEE fe-ZAA-YAD

kha-MEE-RO NAA-n(e)-BAA DEE-WAA-na GAR-DAD
ta-NOO-RASH BAY-t(e) MAS-TAA NA se-RAA-YAD

a-GAR BAR GOO-ré MAN AA-YEE zi-YAA-RAT
to-RAA KHAR-POSH-ta-AM RAQ-SAAN no-MAA-YAD1

Meter: oXoX ooXX oXoX XX/ooX

ba-rôz-é marg chô tâbût-é man rawân bâsh-ad
gomân ma-bar ke ma-râ dard în jahân bâsh-ad

barây-é man ma-ger-î-o ma-gô: "darêgh darêgh"
ba-dôgh-é dêw dar oft-î darêgh ân bâsh-ad

janâza-am chô be-bîn-î ma-gô: "firâq firâq"
ma-râ wiSâl-o malâqât ân zamân bâsh-ad

9560 ma-râ ba-gôr sepâr-î ma-gô widâ` widâ`
ke gôr parda-yé jam`îyat-é jinân bâsh-ad

ferô shodan chô be-dîd-î bar âmadan be-n'gar
ghurûb-é shams-o qamar-râ che-râ zeyân bâsh-ad?!

to-râ ghurûb nomây-ad wa-lê shurûq bow-ad
laHad chô Habs nomây-ad, khalâS-é jân bâsh-ad

kodâm dâna ferô raft dar zamîn ke na-rost?!
che-râ ba-dâna-yé insân-at în gomân bâsh-ad?!

kodâm dalw ferô raft-o por berûn n-âmad
ze-châh yûsuf-é jân-râ che-râ foghân bâsh-ad?!

9565 dahân chô bast-î az-în sôy ân Taraf be-g'shâ
ke hây-é hôy-é tô dar jaw-é lâ-makân bâsh-ad
 
Posted on 07-15-05 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भेल झर्दै गर्दा करुवा भित्र लुक्नेहरु, खहरे थामिएपछि भिजेर निक्ले
जेष्ठे मुल अब सुक्ने लख काट्नेहरु रोचे लिँदै रोल मिचेर निक्ले !

 
Posted on 07-17-05 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, तपाईले शायरीको राम्रो मेसो ल्याम्नु भा छ । अगाडि बढ्नुस् ।

एउटै सल्लाह अहिलेलाई के भने, शेरलाई सकेसम्म अल्पशब्दी बनाउनुस् । हाईकु जस्तो परमअल्पशब्दी विधामा कुशल हात चलाउने तपाईलाई त्यो उति कठिन नहोला ।
 
Posted on 07-17-05 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी यो सालको बजेट आयो
ज्यानको भाउमा बुलेट आयो - १

-----------------------------------
-----------------------------------

-----------------------------------
-----------------------------------

जुजुप्सा जिन्दगिको सायदै थियो
तर कालनै आज लेट आयो
 
Posted on 07-17-05 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्छिबाट उम्किनु के थियो
रास्ट्रियताको नौलो बेट आयो
 
Posted on 07-18-05 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्पशब्दी गजलमा सुन्दरता छैन त ? धन्यवाद है ह्युस्टनजी । अंग्रेजी शब्दहरु को प्रयोग ह्युस्टनजीले गम्भिरतापूर्वक गर्नु भएको होओईन । तर म यस मामलामा अलिक उदार छु ।

म बोलीचालीमा प्रयोग हुने अंग्रेजी शब्दलाई green card दिने पक्षमा छु । त्यस्तै, प्राविधिक नेपाली भाषाको विकास संस्कृतमूलक शब्दहरुको आविष्कार गरेर भन्दा पनि अंग्रेजी शब्दहरुलाई अंगिकृत नागरिकता दिएर गर्दा अधिक फाईदा हुन्छ भन्ने मेरो सोचाई छ । (सोचाईलाई व्यवहारमा उतार्ने आँट भने गरिसकेको छुईन है, शिरिषजी, यो पढ्दै हुनुहुन्छ भने)

तर 'बजेट' लाई 'आय-व्यय विवरण' नभनेर 'बजेट' नै लेख्न भने सक्छु ।


फेरी यो सालको बजेट आयो
ज्यानको भाउमा बुलेट आयो - १

जुजुप्सा* जिन्दगिको सायदै थियो
तर कालनै आज लेट आयो

बल्छिबाट उम्किनु के थियो
रास्ट्रियताको नौलो बेट आयो



*जिजीविषा (बाँच्ने ईच्छा) वा जुगुप्सा (घृणा) हुनुपर्ने होईन र ?

 
Posted on 07-18-05 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

New user ji,

तपाईको गजलको तारीफ गर्न अलिक ढिलो भएँ है ? प्राविधिक पक्षमा, 'काफिया' (rhyme) मिलेको छ तर 'बहेर' (meter) मिलाउन बाँकी छ ।

भाव पक्षमा, अब मैले के भनिरहन पर्छ र, जीवनका ironical truth हरुलाई यति राम्रोसंग उतार्नु भएको छ हरेक शेरहरुमा । मेरो सर्वाधिक प्रिय चाहिं अन्तिम शेर रह्यो ।


कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले
बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले

मल र पानीले ढाडिएका फाँटहरुमा लत्रिएको देख्छु
भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले

जिन्दगी जिएर वाँच्नेहरु सिर्जनाको खेति गर्दै
वाँचेको स्वाङ्ग रच्नेहरु खुट्टा तान्दैछन सुलसुले

पसिनामा रमाउने हातहरु मुख जोड्नमै अहोरात्र
रगत पिउनेहरुले थेच्चिएरै पुस्तौं पुस्ताको असुले

जो भरी छन भुँडि रमाउँदैछन मालिकको खटनमा
निर्विघ्न उड्न चाहने सुगाबाट पिंजराका चावी खुले


 
Posted on 07-18-05 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्दै छु नेपे जी,

म घर गए पछि स्यानो बेहरमा लेखेको पोष्ट गर्छु , अहिले जति सम्झ्या छु त्यति।


रेटिएर धुन भईन
पिटिएर सुन भईन

जे होस्, चिन्यौ टाढैबाट
भीडमा खै कुन ? भईन

बाकि पछि ...

 
Posted on 07-18-05 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe

How to bring out color in the postings?


 
Posted on 07-18-05 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Brilliant !
रेटिएर धुन भईनँ
पिटिएर सुन भईनँ

जे होस्, चिन्यौ टाढैबाट
भीडमा 'खै कुन ?' भईनँ




 
Posted on 07-18-05 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे शिव ! कत्रो ठूलो pic टाँसेछु । पुरै window कम्प्युटर बाहिर पुग्यो । गुहार San, please delete it.
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Reregistration and EAD Approval Timeline.......
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters