Posted by: Nepe July 15, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
डेढ वर्ष अघि साझामा र नेपाली पोस्टमा छापेको गजल अत्यधिक वा कम्तिमा अझै समय-सान्दर्भिक लागेर (आफुले लेखेको गजल सधैं सान्दर्भिक लाग्ने क्या) एकपल्ट फेरि टाँस्दिन मुन लाग्यो . . . सुन त खाक्खाक् खुक्खुक् बिस्तारै बिस्तारै लौ मुख फोर्दैछ मुलुक बिस्तारै बिस्तारै सुक्न, खाँदिन र कुहिन अस्विकार गर्ने मुडमा छन् गुन्द्रुक बिस्तारै बिस्तारै गर्धन झुकेन नझुक्ने कारणले भने मर्दन भो बुटको तुजुक बिस्तारै बिस्तारै टाउको फोर्ने लाटा लाठाहरुले खासमा फोर्छन पन्डोरा-सन्दुक बिस्तारै बिस्तारै घाउ इन्कार गर्नेहरुलाई घाउ बकाउन छर घाउमा नुनचुक बिस्तारै बिस्तारै बाटै नभेटेका र बाटो बिराएकाहरु आउ सच्याउ भुलचुक बिस्तारै बिस्तारै गलत हातमा परेका थिए जो यतिन्जेल फर्काइने छ ती बन्दुक बिस्तारै बिस्तारै इतिहास आफै अन्तिम लालमोहर लगाउन छ लेख्दैछ तमसुक बिस्तारै बिस्तारै दीपुको गजलमा त मिल्थ्यो तुकबन्दी, अब मिल्दैछ भावमा तुक बिस्तारै बिस्तारै - http://www.nepalipost.com/past/literature/literature15.html#217
Read Full Discussion Thread for this article