Posted by: Nepe July 18, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
अल्पशब्दी गजलमा सुन्दरता छैन त ? धन्यवाद है ह्युस्टनजी । अंग्रेजी शब्दहरु को प्रयोग ह्युस्टनजीले गम्भिरतापूर्वक गर्नु भएको होओईन । तर म यस मामलामा अलिक उदार छु । म बोलीचालीमा प्रयोग हुने अंग्रेजी शब्दलाई green card दिने पक्षमा छु । त्यस्तै, प्राविधिक नेपाली भाषाको विकास संस्कृतमूलक शब्दहरुको आविष्कार गरेर भन्दा पनि अंग्रेजी शब्दहरुलाई अंगिकृत नागरिकता दिएर गर्दा अधिक फाईदा हुन्छ भन्ने मेरो सोचाई छ । (सोचाईलाई व्यवहारमा उतार्ने आँट भने गरिसकेको छुईन है, शिरिषजी, यो पढ्दै हुनुहुन्छ भने) तर 'बजेट' लाई 'आय-व्यय विवरण' नभनेर 'बजेट' नै लेख्न भने सक्छु । फेरी यो सालको बजेट आयो ज्यानको भाउमा बुलेट आयो - १ जुजुप्सा* जिन्दगिको सायदै थियो तर कालनै आज लेट आयो बल्छिबाट उम्किनु के थियो रास्ट्रियताको नौलो बेट आयो *जिजीविषा (बाँच्ने ईच्छा) वा जुगुप्सा (घृणा) हुनुपर्ने होईन र ?
Read Full Discussion Thread for this article