[Show all top banners]

Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 A Ghazal in Making..Nepe

[Please view other pages to see the rest of the postings. Total posts: 125]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 53245 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 07-05-05 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भयो गजलतिर हात नहालेको । एउटा शेर फुरेको थियो, ज्यान गए अगाडि बढ्दैन । अलि कठिन विन्यास छानेर पनि हो त्यसो भएको । एनिवे, अहिलेलाई त्यहि एउटा शेर (मतला) प्रस्तुत छ । अरु शेरहरु किस्ताबन्दीमा क्षेपण गर्ने योजना बनाएँ लौ ।

केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट


 
Posted on 01-12-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् नेपेदाई!

अबश्य!
मेरो ठेगाना birkhejimmal@hotmail.com हो। यसमा पठाइदिनुहोस न है। दाईले बाँचेको अरु गजलहरु पनि पाए मजा हुन्थ्यो! :)
 
Posted on 01-12-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद गोताएँज्यू, यहाँ टुप्लुक्क पाल्नुभएकोमा । हुन त म पनि टुप्लुक्क छिरेको हुँ यहाँ ।

****** ***** ***** ***** *****

बिर्खेज्यू,

मेरो बिजुलीपत्र पाउनुभयो होला ।


****** ***** ***** ***** *****

Vivasg ज्यू,

तपाईमा कवितारचनाप्रति प्रशस्त रुची र त्यत्तिकै प्रशस्त सम्भावनाहरु देखेर कवितारचना सम्बन्धी मेरा केही नितान्त व्यक्तिगत सोचाईहरु तपाईसंग बाड्न चाहें । यी विचारहरु नितान्त व्यक्तिगत र सर्वथा अप्राज्ञिक हुन्, त्यसैले यिनलाई अति गम्भिरतापूर्वक भने नलिनुहोला ।

कविता कला भएकोले यो यस्तै हुनुपर्छ भन्ने नियम छँदा पनि छैन र हुनु पनि हुँदैन । तर नभएको र हुन नहुने नियम मात्र हो नि, राय होईन । रायहरु त अनेक विविधताकासाथ सर्वत्र छन् र हुनु पनि पर्छ । नत्र कुन अधिकारले मैले यो सन्देश लेख्न सक्नु, कि कसो ?

त, मेरा केही असंगठित रायहरु यस्ता छन्:

१. कविता सरल र सरस हुनै पर्छ । (वास्तवमा यी तत्वहरु देखेर नै मैले यो सन्देश लेख्न जाँगर चलाएको हुँ )

क्लिष्ट र निरस कविताले, त्यो जतिसुकै उच्च श्रेणीको किन नहोस्, कविहरुलाई आशुतोष तिवारीजीले बयान गर्नु भएको बिजोगमा पु-याईदिन्छ । त्यस्ता कविहरुलाई पाठकहरुले पिठ्युँमा त धाप मारिदिन्छन्, तर तिनका कविता सुन्नु पर्ला भनेर चाहि भागाभाग गर्छन् ।

२. कविले कविता आफ्नै (उपभोगको) लागि लेखेको हुँ भनेर स्वाङ पार्न हुँदैन । यो स्वाङ फटाहा त हुँदै हो, तर यसले कविलाई अनुत्तरदायी र अमेहनती पनि बनाईदिन्छ ।

३. अभ्यासको लागि लेखिएका कविताको कुरा बेग्लै हो, तर रचनाको रुपमा रचिएको कवितामा कविको परिश्रम र पाठकको अपेक्षा/पारख प्रतिको सम्मान देखिनैपर्छ । (अर्ध-अभ्यासी अर्ध-रचित रचनाको बारेमा चाहि म यस्सै भन्न सक्तिन है, तर कविको परिश्रम र पाठकप्रतिको सम्मान भने सदैव वान्छनिय हुन्छ)

४. रचित कवितामा केही न केही (वस्तु वा शैलीमा) नविनता हुनै पर्छ । नविनता केही पनि नभएको कवितालाई लोभ नगरेर मिल्काइदिए हुन्छ । नविनता नभएको रचना रचना नै होईन, यो त अनुसरण हो, चोरी हो, श्रृजनाको अनिच्छा र श्रृजनाप्रतिको असम्मान हो ।

यी त भए सम्भवत: अत्यन्त आधारभूत कुराहरु, र त्यसैले सर्वसहमतिको विषय पनि ।

अब म एउटा कुरो यस्तो राख्दैछु, जसमा धेरै मानिसहरु सहमत नहुन सक्छन् - समकालिन कविता कस्तो हुनुपर्छ भन्ने बारे ।

म जे भन्दैछु त्यो मैले कुनै पूर्वसिद्धान्तमा आधारित भएर होईन बरु कवि र पाठक संसारको यथासम्भव निराग्रह अवलोकन गरेपछि निर्क्योलमा भन्नु प-यो पुगेको हुँ ।

मेरो सिधा अवलोकन के भने आजको मान्छे आफ्नै अन्योलमा यति अलमलिएको छ, आफ्नै उल्झनमा यति रुमलिएको छ, आफ्नै समस्याहरुबाट यति पीडित छ कि उसलाई अर्काको दु:ख सुनेर बसिरहने फुर्सद र विलासिता दुवै छैन । उसलाई त उसैको उल्झन हलुका गरिदिने, उसैको अन्योल सुल्झाईदिने, उसैको समस्याको समाधान वा समाधान नभए विकल्प, विकल्प पनि नभए सहनशक्ति दिने खालको कुरा छ भने मात्र सुन्न समय निकाल्न सक्ने अवस्था छ ।

अर्थात् आजको पाठकको आवश्यकता भनेको समस्याको कविता, दु:खको कविता, उल्झनको कविता, अन्योलको कविता, समस्याको कविता नभएर उपायको कविता, नयाँ उज्यालो र बाटोको कविता, नयाँ समझदारीको कविता, नयाँ खोजीको कविता हो । त्यो बाहेक अर्थोक कुरामा समय खर्च गर्न उ न सक्षम छ, न धैर्य ।

यति कुरा आजको कविले हेक्का राख्नै पर्छ ।

अनि यसै छलफलसंग आंशिक सम्बन्धित भन्नुप-यो, "म आफ्नै लागि लेख्छु" वा "कलाको लागि कला" भन्ने झट्ट सुन्दा सृजन-स्वातन्त्र्यको सर्वोच्च उचाई सुनिने मान्यता प्रति मेरो शंशयबारे छोटो उदगार यहाँ पनि छ:

- http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=21&PageNum=2&forum=2&threadid=17282#92189

Nepe
 
Posted on 01-13-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिकट काटेर गजल


गजलकार बु“द राणा शनिबार दिउ“सो गुरुकुलमा टिकट लिएर आएका दर्शकसामु गजल सुनाउने तरखरमा छन् । कार्यक्रमका आयोजक गुरुकुल र अनाममण्डलीको योजना ४ सयभन्दा बढी दर्शकलाई गजल सुनाउनेछ । पचासदेखि पा“च सय रुपैया“सम्मका टिकट थुप्रैले किनिसकेका छन् ।
 
Posted on 01-13-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"कविता साहित्यका विधाहरुमध्ये सर्वाधिक रचना गरिने विधा हो भने व्यावसायिक रुपले सर्वाधिक असफल विधा पनि यही हो
। अन्तर्राष्ट्रिय साहित्यको व्यावसायिक क्षेत्रमा हेरौं, सर्वाधिक बिक्री हुने पुस्तकहरुको उच्च स्थानमा जहिले पनि गैरकविताविधाहरु हुन्छन् । किन ? सम्भवत: समकालिन कविहरुले आमपाठकसंग सम्वाद गर्ने भाषा भेट्टाउन सकेका छैनन्, किनभने कविता अलोकप्रिय हुनुपर्ने वस्तु नै होईन । कविता मानवप्रिय वस्तु हो । यसको प्रमाण गीतहरुको व्यापकता र लोकप्रियतामा पाउन सकिन्छ । म समकालिन कविहरुले अन्य विधाहरुले पाएको जस्तै व्यावसायिक सफलता पाउने लोकप्रिय कविता रचना गरुन् भन्ने चाहन्छु ।"


साभार: सेतु (अमेरिकी नेपाली कविता) २००५, पृ. ५८, सेतु प्रकाशन, वाशिङ्टन डी. सी.

अमेरिकाका एक नेपाली कविज्यूले माथि व्यक्त गर्नु भएको ईच्छा नेपाली माटोमा उम्रेका कविताहरुले पूर्ण गर्दा छन् !

पहिले श्रवण मुकारुङ, त्यसपछि अर्जुन पराजुली र अब बूँद राना । के अन्ततोगत्वा नेपाली कविताको यो धार (आन्दोलन) ले विश्वकवितामै रिक्त रहेको "आमपाठकसंग सम्वाद गर्ने भाषा" पहिल्याएकै हो त ?

कि नेपालको विशिष्ट परिस्थितिको क्षणिक परिघटना मात्र हुन् श्रवण मुकारुङ, अर्जुन पराजुली र बूँद रानाका कविताहरु ?

यो त भविष्यले बताउने छ । परन्तु, सामान्य पाठकहरुले पैसा तिरेर कविता कन्सर्टमा जाने यो सम्भवत: विश्वकै अभूतपूर्व परिघटनाले समकालिन कविताको आम विफलताको मुद्दा माथि सोच्न सबैलाई झकझक्याउनु पर्छ भन्ने ठान्दछु ।

Nepe
 
Posted on 01-13-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे जी, तपाईंको रचना पढें, हृदय छोयो । तर नि केही टिप्पणी गर्ने धृष्ट्रता गरेको छु ।, सहज भाव ले लिनु हुने छ।

सम्कालिन साहित्यमा चेतना को अभिबृद्दि हुनु मा जन आन्दोलन भाग् २ को समय प्रभाव पनि महत्वपूर्ण मान्नै पर्छ। शुल्क तिरेर कबिता श्रवण गर्ने परम्परा आन्दोलनमय वतावरण कै उपज हो जस्तो लाग्छ। अन्य बिधाका कबिता बाचन् मा पनि तेति कै आकर्षण रहे साच्चै नै नेपाली सहित्यकापारखिहरुको गुणात्मक बृद्दि भएको मानिने छ। क्रान्तिको गीत् मात्र कबित भन्ने पक्षमा म छैन। निश्चय नै श्रवण मुकारुङ्, बूंद राना ले नेपाली सम्कालिन् काब्य जगत्को प्रतिनिधित्व गर्दछ। अर्जुन् पराजुली को अन्य जीवन् जगत्को कबिता सुन्न, पध्न बाकि नै छ, त्यसले उहाँको बारेमा टिपाणि गर्न मनासिब् देख्दिन। अस्तु!
 
Posted on 01-13-07 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजलबाट ३२ हजार




राजधानीमा शनिबार आयोजित एउटा कार्यक्रममा चार सय श्रोता ५० रुपैया“देखि ५ सयसम्मका टिकट काटेर गजल सुन्न जम्मा भए । पुरानो बानेश्वरको गुरुकुलमा आयोजित स्टेजमा थिए बु“द राना जो बुटवलदेखि आएका
थिए । 'खसी र आर्श्चर्य एकैसाथ भइरहेछ, उनले भने- 'साहित्यलाई यतिको माया गर्ने मान्छे हतपत कहा“ पाउनु -' उनले गाए-

सुनझैं हजारचोटि खारे पो जिन्दगी हो

कुन बेहोसीले भन्छ हारेको जिन्दगी हो

बु“दको 'पिउ“दै नपिउने मान्छे पिए“ अलिकति' गजलमा संगीत भरेका अम्बर गुरुङ श्रोताको उपस्थितिबाट छक्क परे । 'समाजले कलालाई माया गरेन भने कविले लेख्न छाड्छ, कलाकारले सिर्जना त्याग्छ,' अम्बरले भने ।

बु“दका गजलले तीन घन्टासम्म स्वर पाइरहे भने बीचबीचमा श्रोताका थपडी र वाहवाही आइरहे । श्रोतामा सबै उमेर समूहका थिए । 'गजल सुनेर यतिको आनन्द आउला भन्ने सोचेकै थिइन“,' टंगालकी १९ वषर्ीया विप्लवी बरालले भनिन्- 'समय कटेको पत्तै पाइन“ ।'

http://www.ekantipur.com/
 
Posted on 01-13-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाईज्यू,

तपाईको उत्साहवर्धक उदगारको लागि कृतज्ञता र प्रतिक्रियाको लागि धन्यवाद छ है ।

जहाँसम्म क्रान्तिवादी साहित्य लगायतका नागरिक सक्रियता र जनआन्दोलन-२ को सम्बन्ध छ, पहिलो cause र पछिल्लो effect हो ।

"चल्ला पहिले कि फुल पहिले" भने जस्तो बहस त भएन भन्या ?

Nepe
 
Posted on 01-14-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gazal people get drunk and say sayeri about love and suffering. Gazal people have titles like "pyasi, udas, dukhi".

why so sad? let's have some fun. let's go party with Paris Hilton.
 
Posted on 01-14-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Not all poets have chosen sorrowful noms de plume. Here are some cheerful ones.

मिर्जा "गालिब"
(गालिब = विजेता, शक्तिशाली)

फैज अहमद "फैज"
(फैज = कीर्ति)

मीर तकी "मीर"
(मीर = नायक)

बहादुर शाह "जफर"
(जफर = विजय)

अहमद फराज "फराज"
(फराज = उँचाई)

"शकील" बदायुनी
(शकील = सुन्दर)

"साहिर" लुधियानवी
(साहिर = चटके)

Nepe
 
Posted on 01-14-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिमल "निभा", निभा= घाम
जगत "नबोदित"
मधु "माधुर्य"
बिप्लब "प्रतिक "
स्वप्निल "स्मृती "
बासु "शशी"
धर्मोगत शर्मा" तुफान् "
गोबिन्द रान "बिनोदी"
अनमोल "मणी"
गोबिन्द गिरी "प्रेरणा"
गोबिन्द" बर्तमान"
सैलेन्द्र "साकार"
भवानी "भिक्षु"
राम मान "तृषित" माथि लेखिएका साहित्यकार कबी गजल लेखक का उपनाम हरुमा कुनै नैराश्य, नकरात्मक र बितृष्नाका कुनै अंशा छैन । न त धेरै जसो गजल लेखक र कबी हरु ले निराशा का मात्र भव पोख्छन्, न त निराश भएर केही काम न पाएर कबिता कोर्छ सिर्जना हो जीवन जगतको हर खण्ड , हर तस्बियर उतार्छन । बिरह बेदना का कबिता हरु पाठकहरुले मन पराउंछन भने , त्यो तीनइहरुको रोजाइ हो । अस्तु!!!!
 
Posted on 05-15-07 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A fresh and impromptu composition for Ghazal lovers of Sajha.

It's somewhat rhetorical in style. However, the theme I chose makes it unavoidable perhaps.

Anyway, it feels good to share something after a long hiatus.

love
Nepe

.

 
Posted on 05-16-07 2:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समसामयिक छ गुरु!
हुनत गुरुले fresh and impromptu composition भनेर भनिसक्नु भयो पहिलेनै, तैपनि छुच्चो मुख
खोलिहालौं। कला पक्ष भने असाध्यै कमजोर भयो, हजुरको गजलजस्तै लागेन!
कलाले भरिएर आउँछ केहि दिनमै भन्ने पनि थाहा छ है!
 
Posted on 05-16-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी,

धन्यवाद है तपाईको ईमान्दार र निसंकोच टिप्पणीको लागि ।

प्रस्तुत प्रकारको रचनालाई पूर्ण न्याय दिनको लागि कवितालाई "सन्देश-प्रधान" र "कला-प्रधान" गरेर दुई कोटी/पक्ष मा विभाजन/वर्गिकरण गर्दा उचित होला जस्तो लाग्छ मलाई । स्पष्ट छ, मेरो यो रचना कलापक्ष गौण भएको "सन्देश-प्रधान" रचना हो ।

सन्देश-प्रधान रचनाहरुको आवसरिक महत्व हुने रहेछ । कुनै कुनै स्थानमा त यो अपरिहार्य/अनिवार्य हुँदो रहेछ । उदाहरणको लागि, राजनैतिक आमसभाहरु । यस्तो अवसरमा त "कला-प्रधान" रचनाहरु अनपेक्षित मात्र होईन अशोभनिय हुँदा रहेछन् ।

यस्तै अवसरलाई मध्यनजर गरेर कोरेको हुँ भन्नुपर्‍यो यो टुक्रो । त्यसैले कलात्मक परिमार्जनतिर लाग्यो भने त्यो वस्तु यसमा थोपरिएको हुने हो कि भन्ने डर लाग्छ ।

तर सन्देश नबिग्रने गरी कलात्मक परिमार्जन गर्ने कुरा त छँदैछ । त्यो चाही ठूलो लेखकिय चुनौती हो ।

चुनौतीपूर्ण टिप्पणीको लागि पुन: एकपल्ट धन्यवाद, गौतमजी ।

नेपे
 
Posted on 08-17-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A new piece of ghazal; my haphazard thoughts on random issues and stories, not necessarily exact ones.

To all ghazal lovers,


.

 
Posted on 08-17-07 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त हेर्नै पर्ने भो । खै गजल ? खुच्चिङ्ग!!
 
Posted on 08-17-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe daji,
Images are not being uploaded today for some reason......
 
Posted on 08-17-07 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु, चित्रको लोभ नगरम् भो अब। खुरुक्क सिधै कपेर पेस्टिदिनुस। पर्खन सारै गाह्रो भो।
 
Posted on 08-17-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नेपे दाई आउनुभएछ!
तर खै त्यो गजल भएको फोटु त आएन त यहाँ??
 
Posted on 08-17-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजु कती बेर पर्खनु पर्ने हो त?:)
 
Posted on 08-17-07 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काष्टिड्गै क्या सस्पेन्स !!
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters