Posted by: Nepe January 13, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
"कविता साहित्यका विधाहरुमध्ये सर्वाधिक रचना गरिने विधा हो भने व्यावसायिक रुपले सर्वाधिक असफल विधा पनि यही हो । अन्तर्राष्ट्रिय साहित्यको व्यावसायिक क्षेत्रमा हेरौं, सर्वाधिक बिक्री हुने पुस्तकहरुको उच्च स्थानमा जहिले पनि गैरकविताविधाहरु हुन्छन् । किन ? सम्भवत: समकालिन कविहरुले आमपाठकसंग सम्वाद गर्ने भाषा भेट्टाउन सकेका छैनन्, किनभने कविता अलोकप्रिय हुनुपर्ने वस्तु नै होईन । कविता मानवप्रिय वस्तु हो । यसको प्रमाण गीतहरुको व्यापकता र लोकप्रियतामा पाउन सकिन्छ । म समकालिन कविहरुले अन्य विधाहरुले पाएको जस्तै व्यावसायिक सफलता पाउने लोकप्रिय कविता रचना गरुन् भन्ने चाहन्छु ।" साभार: सेतु (अमेरिकी नेपाली कविता) २००५, पृ. ५८, सेतु प्रकाशन, वाशिङ्टन डी. सी. अमेरिकाका एक नेपाली कविज्यूले माथि व्यक्त गर्नु भएको ईच्छा नेपाली माटोमा उम्रेका कविताहरुले पूर्ण गर्दा छन् ! पहिले श्रवण मुकारुङ, त्यसपछि अर्जुन पराजुली र अब बूँद राना । के अन्ततोगत्वा नेपाली कविताको यो धार (आन्दोलन) ले विश्वकवितामै रिक्त रहेको "आमपाठकसंग सम्वाद गर्ने भाषा" पहिल्याएकै हो त ? कि नेपालको विशिष्ट परिस्थितिको क्षणिक परिघटना मात्र हुन् श्रवण मुकारुङ, अर्जुन पराजुली र बूँद रानाका कविताहरु ? यो त भविष्यले बताउने छ । परन्तु, सामान्य पाठकहरुले पैसा तिरेर कविता कन्सर्टमा जाने यो सम्भवत: विश्वकै अभूतपूर्व परिघटनाले समकालिन कविताको आम विफलताको मुद्दा माथि सोच्न सबैलाई झकझक्याउनु पर्छ भन्ने ठान्दछु । Nepe
Read Full Discussion Thread for this article