Posted by: Rahuldai January 13, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
गजलबाट ३२ हजार राजधानीमा शनिबार आयोजित एउटा कार्यक्रममा चार सय श्रोता ५० रुपैया“देखि ५ सयसम्मका टिकट काटेर गजल सुन्न जम्मा भए । पुरानो बानेश्वरको गुरुकुलमा आयोजित स्टेजमा थिए बु“द राना जो बुटवलदेखि आएका थिए । 'खसी र आर्श्चर्य एकैसाथ भइरहेछ, उनले भने- 'साहित्यलाई यतिको माया गर्ने मान्छे हतपत कहा“ पाउनु -' उनले गाए- सुनझैं हजारचोटि खारे पो जिन्दगी हो कुन बेहोसीले भन्छ हारेको जिन्दगी हो बु“दको 'पिउ“दै नपिउने मान्छे पिए“ अलिकति' गजलमा संगीत भरेका अम्बर गुरुङ श्रोताको उपस्थितिबाट छक्क परे । 'समाजले कलालाई माया गरेन भने कविले लेख्न छाड्छ, कलाकारले सिर्जना त्याग्छ,' अम्बरले भने । बु“दका गजलले तीन घन्टासम्म स्वर पाइरहे भने बीचबीचमा श्रोताका थपडी र वाहवाही आइरहे । श्रोतामा सबै उमेर समूहका थिए । 'गजल सुनेर यतिको आनन्द आउला भन्ने सोचेकै थिइन“,' टंगालकी १९ वषर्ीया विप्लवी बरालले भनिन्- 'समय कटेको पत्तै पाइन“ ।' http://www.ekantipur.com/
Read Full Discussion Thread for this article