Posted by: newuser July 12, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
माथीको गजल पूरा भयो: कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले मल र पानीले ढाडिएका फाँटहरुमा लत्रिएको देख्छु भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले जिन्दगी जिएर वाँच्नेहरु सिर्जनाको खेति गर्दै वाँचेको स्वाङ्ग रच्नेहरु खुट्टा तान्दैछन सुलसुले पसिनामा रमाउने हातहरु मुख जोड्नमै अहोरात्र रगत पिउनेहरुले थेच्चिएरै पुस्तौं पुस्ताको असुले जो भरी छन भुँडि रमाउँदैछन मालिकको खटनमा निर्विघ्न उड्न चाहने सुगाबाट पिंजराका चावी खुले यो गजल भयो कि भएन पढ्नेहरुले नै खुट्याउनुहोला।
Read Full Discussion Thread for this article