Posted by: Nepe July 18, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
New user ji,
तपाईको गजलको तारीफ गर्न अलिक ढिलो भएँ है ? प्राविधिक पक्षमा, 'काफिया' (rhyme) मिलेको छ तर 'बहेर' (meter) मिलाउन बाँकी छ ।
भाव पक्षमा, अब मैले के भनिरहन पर्छ र, जीवनका ironical truth हरुलाई यति राम्रोसंग उतार्नु भएको छ हरेक शेरहरुमा । मेरो सर्वाधिक प्रिय चाहिं अन्तिम शेर रह्यो ।
कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले
बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले
मल र पानीले ढाडिएका फाँटहरुमा लत्रिएको देख्छु
भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले
जिन्दगी जिएर वाँच्नेहरु सिर्जनाको खेति गर्दै
वाँचेको स्वाङ्ग रच्नेहरु खुट्टा तान्दैछन सुलसुले
पसिनामा रमाउने हातहरु मुख जोड्नमै अहोरात्र
रगत पिउनेहरुले थेच्चिएरै पुस्तौं पुस्ताको असुले
जो भरी छन भुँडि रमाउँदैछन मालिकको खटनमा
निर्विघ्न उड्न चाहने सुगाबाट पिंजराका चावी खुले