Posted by: Ok July 6, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
तेसो हैन नेपेजी। न्युयुजरले कुरा सोरै आना जायज गर्नु भा छ। बरु तपाई पो "मै खाउँ मै लाउँ...अरु सबै मरुन्..." भन्ने मानसिकताको शिकार हुनु भको जस्तो लागो। आफूचाहीँ नेपाली भाषाको स्बाद मोज्जाले चाख्ने अनि अबका पिढिँहरुलाई चाहिँ चाहिदैन भन्नु त तपाईँको 'मै मात्र मोज गरौँ' भन्ने सोचाई भन्दा खासै फरक हो जस्तो मलाई लाग्दैन। तलको कुरामा पनि यसो ध्यान दिने कि? नेपाली भाषाको स्थिति नेपेकालीन युग भन्दा अहिले निकै खस्केको छ। त्यो खस्काई नेपाल र नेपालीको हितमा कहिल्यै पनि छैन। तपाईले ज्याद्रो मानासिकता त्यागे हुन्छ। नेपालमा मन प्रसाद वाग्लेले राजिनामा ठोकि सके, अब यस्तो एकोहोरो र भाषा बिरोधि तर्कबाट राजीनामा दिन तयार भएर बस्नुस्। यो ओके एक शुभचिन्तकको हैसियतमा नैतिकताकै आधारमा भए पनि नेपेको आत्मआलोचित राजीनामा यसै धागोको अर्को थपाईमा हेर्न कौतुहलता पूर्वक प्रतिक्षारत छ। अनि अर्को कुरा, तपाईले आफ्ना भनाईमा सबैलाई भ्रममा पार्दै आउनु भको, १० बर्ष र १ बर्षको तुलाना गर्ने कुरासँग यो ओके १०१% असहमत छ। केटाकेटी बेलाको १० बर्ष भन्दा चेतनसिल युबाबश्थाको १ बर्ष धेरै नै बढि उपयोगि हुन्छ, सोचाई र बिश्लेषणको दायरामा। ११ कक्षामा पढ्ने बिद्यार्थिको १ बर्ष नै भाषिक मीठाईको अधिकतम ह्रस्बस्बादन गर्ने उपयुक्त समय हो। तपाईँ जस्ता बर्ष गन्ने बिद्बानहरुले किन १ देखी ५ सम्म (लौ जा पाँचै बर्ष!) नेपाली हटाउने कुरा गर्नु हुन्न? तपाईलाई १ बर्ष चाहिएको हो भने लैजानुस् १/२ कक्षाका बर्षहरु। अहिले नेपेसँग भको जति (मानौ नेपेले १२ किलास भन्दा पछि कहिले पनि नेपाली पढेन) नेपाली भाषीक ज्ञान अलिलेका डिग्रि सक्ने सँग पनि छैन। यो नेपेको बिलक्षण प्रतिभाको फल अबश्यै हैन, नेपेयुगिन नेपाली पढाईको करामत हो। कुरा बढ्दै गयो भने अरु पनि लेख्ने छु, अहिलेलाई चाहिँ बिट मार्छु, ----- ओके
Read Full Discussion Thread for this article