Posted by: Bhaute July 11, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
ए गुरु, जतिखेर पनि गजलको प्रशंसा गरम् भने चाकडि गर्या जस्तो हुनी। तै नि चुप लाग्न मन लागेन मलाई। भाषामा सरलता तर भावमा गहनता तपाईँका गजलमा मैले भेटेका दुई मुख्य विशेषता हुन्। मिठास त आफ्नो ठाममा छदैछ फेरि। बरु एउटा अनुरोध के। यो गजलको मिठो सुर्को लि'राको ठाम्मा अरु, राजनिति, भाषाका बहस आदि ईत्यादिले प्रदुषित नगरम् है, जे भा' नि (कोदोबारीमा धानैँ उम्रे पनि त्यो झारै हो भन्ने मेरो आशय के। अन्न्यथा नसोच्नुहोला) । माथि तिरका एका-दुइ कुराले अलि झस्केको मात्र। अरु पनि आउदै गरोस् गजलहरु। :) -भउते
Read Full Discussion Thread for this article