Posted by: Nepe July 7, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
ओकेजी, तपाई मलाई भाँड्न झण्डै झण्डै सफल हुनु भा हो ल । न्यूयुजरले 'साम' र 'दान' मात्र प्रयोग गरेका थिए, तपाईले 'दण्ड' को प्रयोग गर्नु भो, दीपजीले चाहि 'भेद' प्रयोग गर्ने छाँट ल्याउदै छन् । मेरो मुख्य बहस र यसमा प्रयोग सिद्धान्त कायमै रहे पनि पाठ्यक्रमको प्रस्तावित परिवर्तनको पूर्ण बिबरण बारे म अलिक भ्रममा रहेछु । प्रस्ताव गर्ने बुढाहरुले हतारमा, हचुवाको भरमा र एघारको नेपाली कोर्सलाई बाह्रमा सार्ने सिल्ली प्रस्ताव पो गरेका रहेछन् । त्यसकारण म मेरो पुरानो समर्थनलाई अहिले स्थगित राख्दैछु । अहिलेलाई मेरो अडान छ- यस कुरामा छलफल, बहस, चर्चा-परिचर्चा जारी रहनुपर्छ । धेरै कुराहरु काँचै छन्, त्यसैले जथाभाबी पाङदुरे निर्णय लिईहाल्न उपयुक्त हुँदैन अहिले । नेपे
Read Full Discussion Thread for this article