Posted by: newuser July 6, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
नेपेजी सित अलिकति जिरह गर्ने छुसी बिचार आएर ल्यायो। :) ''केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट'' टोकरी थाप्यो कसले ? मान्छेले कि फलले? ''हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट'' रुखबाट झरे त राम्रै भयो नि ! खसेपो खतरा। अनि हेर्दा हेर्दै थाक्यो को? चमेरो कि हेर्ने गजलकार ? ''आज चराहरु गुलेली ताकेर झरे रुखबाट '' गुलेली कसले ताक्या ? चरा स्वयंले कि शिकारीले ? आज भनेपछि त गजल वर्तमानमै आएर अड्कियो हैन त ? अव यस्तो रोचक र जटिल गजल वुझ्न एघार किलासको अनिवार्य नेपालीले अलिकति फाइदा नै पु-याउला कि घाटा ? नेपेजीले हाँसीहाँसी जवाफ दिनुहोला।
Read Full Discussion Thread for this article