[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 झुठ्ठा ईतिहास ।

[Please view other pages to see the rest of the postings. Total posts: 136]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 41601 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 01-27-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईतिहास सधैं जित्नेहरुको लेखिन्छ र हामीलाई आज तिनै ईतिहास पढाए ।
म सानो छंदा मलाई तेही ईतिहास पढाईयो र त्यसैलाई सत्य ठाँने । भागेर गएको राजा ले प्रजातन्त्र कसरि एक् मुठि कागज् मा ल्याए, त्यतिबेलाको बाल् शुलभ मस्तिष्कले प्रश्न गर्न सकेन। नेपालि कांग्रेसको शसश्त्र बिद्रोह र मुक्ति सेनाको नामो निशान थिएन। भगुवा राजा लाई प्रजातन्त्रको प्रतीक् मान्यौं।


आधुनिक नेपालकै बिषयमा बिद्यावारिधि गरेका इतिहासबिद् डा त्री-रत्न मानन्धर् का अनुसार् पृथ्बी नारायण् शाह लाई महान् भन्न नमिल्नी थुप्रै कारणहरु छन्। मैले आइ एस्सी पढ्दा त्रीभुवन् बिश्व बिद्यालयबाट् प्रकाशित् नेपाल् परिचय नामक् पुस्तकमा बूंदागतरुपमा उनको बारेमा हामीले नपढेका काला करतुत् हरु लेखिएका छन्।

१- उनिएए सन्काहा राजा थिए।मकवानपुर्को सेन बंशी ससुराली जाँदा,आफ्नै सालालैइ जुत्ता लगाएर सलाम गर्‍यो भनेर त्यहिं छप्काएको घाटना ले पुष्टी गर्दछ ।

२- आफ्नो सामराज्य बिस्तार गर्ने क्रम:मा, उन्ले आफ्न भाइ भातिजहाँरुको खूब दुरुपायोग गरे । फलानो राज्य जितिस् भने तेरै राजा हुन्छ लडाईं गर्न पठाउने अनि जिते पछि तीनाइ भाइ भातिजहाँरुला कोठारिमा जाक्ने थुप्रो उदाहरण छन्।
३- पहिलो पटक नुवाकोट हान्दा उन्का सैनिक ले नराम्रो पराजाय भोग्नु परेको थ्यो । त्यस टोलिका सेनापति(शायद बीर ध्वज हुनुपर्छ) र तीनका छोरा लाई उनले देश निकाला गरी दिए । त बीर ध्वज र तीनका छोरा को बीरता बाट प्रभाबित भएर नुवाकोटे राजाले आफ्नो सेनाको नेतृत्व गर्ने प्रस्ताव राखे। पछि दोस्रो पटक् हो कि तेस्रो पटक् गोर्खा सेनाले आक्रमण गर्नु अगाडि, उनले तिमी मेरै सेनापति हौ, किला छोडि देउ भनेर सन्देश् पठाए। त्यस्को जवाफमा बीर् ध्वजले मैले अहिले जस्को नून् खाएको छु, तेसकि सोझो गर्छु, किल्ला छोड्न मेरो ख्सेतृय धर्मले दिदैन भनेर लेखे। नुवाकोत् हार्यो र बीर् ध्वज् लाई युग्ध बन्दी बनाइयो। पृथ्बी नरायन शाह् ले बीर् ध्वजलाई जिउंदै छाल काढेर मारे। जिउदै छाला काढ्ने जस्ता अति अमानबिय कार्य गर्ने राजालाई महान् भन्न सकिन्न।
४- कीर्तिपुर् को घट्ना त धेरैले पढेको सुनेको कुरा हो, यहा उल्लेख गरि रहनु नपर्ला।

मित्रहरु, मैले २३ बर्षाघि पढेको सामाग्री सम्झे जति लेखेको हुं। अरु पनि थुप्रा त्यस्ता नीच काम् कुरो लेखिएको छ त्यस्मा, मौका मिले पढ्नु होला। हामीलाई झुठ्ठा इतिहास् पधैएको थ्यो र आज् पनि धेरै जना तिनै मुशल्मान् का सन्ततिहरुलाई, हिन्दु राजा भनेर स्तुती गाइरहेकाछौं।

 
Posted on 02-02-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैया रानी, तिम्रो प्यारो पिरेले यहाँ आएर फेरि लेखेको कारण के भने मान्छेहरुले जान्नु त सुन्नु बाबुराम बुढालाई गाली गरेको देखेर। शाह र राणाहरुलाई गाली गर्नु एउटा कुरो हो, तर तिनको खराब कुरो ल्याएर हामीलाई बताउने बाबुरामलाई उल्टो चम्चा भनेर गाली गर्ने?

अस्ति भर्खर निस्केको बुढाको 'फेरि यस्तो कहिल्यै नहोस' पढ न। साराका सारा नेपालीले मन पराएर पढेको किताब हो त्यो बेला। के सबै बेवकूफ होलान? अनि त्यो किताब पढेपछी मलाई भन, 'बुढाले कुन राजाको स्तुती गाएका छन?'

जहाँसम्म मैले आफै सोध गर्ने भन्ने कुरो छ, रानिसापलाई के था हजुरको प्यारो पिरे इतिहासमा पि एच डि गर्दै छ कि?
 
Posted on 02-02-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MAiya rani u said there were 65 tribes who needs there history revised. U know how babbyloan was destroyed ?

To told u the bitter fact, Nepal has around 210 $ annual income per household . People do not have market for their agricultural product. They even do not have rights to speak freely due to the fear of maoist. And here u r talking abt history of 65 tribes.

Even people of Kathmandu do not have their basic needs fulfilled, how the fu(k u think that ur history was lost ?

Maiya Rani read some books like pire sometime its useful, I am nt from shah or rana family. They are the ruler of Nepal, and you better know something abt them. UNiversal truth winner write the history how they want it to be written. If hitler has won against french, brit and US, he would have change mankind, the way u think history would have changed wouldn't it ? What if Japan was still occupying china ? What would have been of china's history ?
It's time for a new change, of time in Nepal
History, debate it don't fight over it.
 
Posted on 02-02-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
पिरेजी! नेपालमा राजा मरिसके पछि राजाको गिदिको टुक्रा अर्थात काटि भन्ने किन खुवाइन्छ? र काटि खाने काममा बाहुनजातिलाइ किन खटाइएको हो? यस चलनको पछाडिको कुरा चाहिं थाहा पाइएन र यो चलन नेपालमा कहिले देखिन शुरु भयो त भन्ने कुरा पनि कतै उल्लेख गरिएको पाइएको छैन। कृपया तपाइलाइ जानकारी भए अलि खुलस्त पारी दिनुस न!!
 
Posted on 02-02-07 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो पिरे त!!! लौ बा इतिहासमा पि एच डि गर्दै रे। अब त्यस्तो मान्छेले त्यही "शाह् दरबार् हत्याकाण्द" बारे थेसिस् लेखे भैगो नि त। सहि कुरा अगाडि ल्याउनुस्, त्यो भन्दा बढि के चहियो र?
तर गर्ने पो कसरि, दरबार् भित्र छिर्न पर्यो, सम्पुर्ण प्रमाण हरु हात पार्नु पर्यो, फोटोहरु खिच्न पर्यो, सोधपुछ गर्नै पर्यो, आदि इत्यादि। लौ है यो काम पिरेकै कांधमा आए जस्तो छ। जसरि हुन्छ पार लगाउं है, नछोडौं यस्लाइ। यस्तो मौका बार् बार् कहा आंउछ र?

अनी त के चाहियो र? पिरेको नाम नेपालको इतिहास मा स्वोर्ण अक्षरमा लेखिनेछ। अगृम् बधाई। अनी सुरेन्द्र के सि सर संग चिनजान् छ कि छैन?

त्यो हजुरको प्यारो पिरे भन्या चैं के पर्यो कुन्नि? के थाह रानिसापलेनी पि एच डि सकाइसकेकी हुन् कि? :P


हैन यो थोपा के भन्छ? किताबहरु सबै थान्को लगाइसकें भन्छु त फेरि किताब पढ् पढ् भन्छ बा।
 
Posted on 02-02-07 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You might have very well finished your phd DR.RANI but looks like you still need to learn a lot.
 
Posted on 02-02-07 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि आयो अर्को पढ् भन्ने, हरे शिव !!!!
 
Posted on 02-02-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रानीसाप,

चिनजान धेरै सँग गरियो, अब हजुरको दर्शन भए हजुर बाट इतिहास संबन्धी धेरै कुरा सुन्न पाइन्थ्यो होला। कहिले को पि एच डि हो कुन्नि? कि हामी दौंतरि त हैनौ?

ऊहि बदमास पिरे।

सायमीजी,

तपाईलाई एउटा सल्लाह: "कुनै कुरो थाहा छैन भने सबभन्दा पहिला आफुले पुस्तकालय वा किताप पसल गएर किताप खोजेर दुख गरेर पत्ता लगाउनु पर्छ। ज्ञान भनेको दुख गरेर मात्र सिक्न सकिने कुरो हो। यो जान्नु मा गर्ब गर्नु पर्छ सबैले।"

धेरै पहिलेको कुरो हो, सिकन्दरले जस्तो लाग्छ, सिरकुजको अरिस्टोटललाई 'ए बुढा, यो ज्यामीति बडा काम लाग्ने बिषय रैछ, मलाई युद्धकलामा प्रयोग गर्न लाई। सिकाइदेउन।' भने छन। एकदुइ दिन अलि दुख गरेपछि आजित भएर 'हैन यो त सिक्न बडा गार्‍हो रैछ, चाडै जान्ने कुनै उपाय छैन?' भनेर सोधेछन। अरिस्टोटलले 'सेनापति,ज्ञानभन्नेकुरो ठुलाठुला सेनापतिले पनि दुख गरेर मात्र सिक्न सक्छन, घोटेर पिलाउन सकिन्न भनेछन।

नेपाली जनता न पहिला बेवकूफ थिए, न अहिले छन। कसैले झुटो इतिहास लेख्न लगाउदैमा उनिहरुले पत्याउदापनि पत्याउदैनन, र लोककहानी मार्फत पनि साँचो कुरो बिस्तारै अन्य पुस्तालाई दिइदै गइन्छ।आफु मात्र बाटो, आफ्नो पुस्ता मात्र बाठो भन्नु बेवकूफी सिवाय केहि हैन।

यो सबै भनेको अर्थ के हो भन्दा तपाईको समस्या के हो भने कुनै बाहुनले तपाईलाई जागिर बाट निकाल्यो भन्ने बित्तिकै आज तपाईलाई जे मा पनि बाहुनको दोष देख्ने बानी छ। यस्तो दृष्टिदोष तपाईलाई मात्र हैन, हाम्रो पद्मरत्न बाबुलाई पनि छ चुनाब हारेदेखि। तर, यो सबै आकाशतिर हेरेर थुके जस्तो हो, तपाइले चाहे जस्तो बिद्रोह नेवारजातिले काठमाण्डुमा गर्ने वाला छैन।किन भन्दा मान्नुस नमान्नुस, नेवारहरु आफु हेपिएको महसुस गर्दैनन, तिनिहरु त नेपालका सबभन्दा धनी, र बुद्धिमान जाति मध्य एक हुन, र बाहुन सँग प्रतिस्पर्धा गरेर जित्न सक्छन कुनै पनि क्षेत्रमा।

मेरो सल्लाह छ: जात भात को कुरो गर्न छोड्नुस सायमीजि, तपाइकोतालनतुलका प्रश्नले तपाइलाई नै एकछिन जापानमा रमाइलो गराउला, वा क्या लेखे भन्ने बनाउला, तर जापानमा बसेर काम गर्दैमा न म तपाइलाई बिद्वान मान्छु, न तपाइका कुनै शब्द वा कामले देशलाई बलियो बनाउछन, न नेवारहरुले नै तपाइको तर्क पत्याउछन। इर्ष्याले मान्छेमा नेगेटिभ एट्टिच्युडमात्र ल्याउछ, र त्यस्तो एट्टिच्युडले आखीरमा सबैलाई हानी गर्छ। मुख्य तपाईलाई हानी गर्छ।

अब जानुस, राम्रो पुस्तकालय
 
Posted on 02-02-07 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेशिव!! फेरी झगडा !! भन्न चै पि एच डि रे कुरो चै के हो केहो । झगडा नगरिकन इतिहास को खोजतलास गरुमन त । जान्न सुन्न र सिक्न लै अरु नभए नि म छदै छु णी :)
 
Posted on 02-02-07 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ताक्छु मुढो, बन्चरो ताक्छ घुडो।
 
Posted on 02-02-07 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहां म पि एच डि हुनु नी। बल्ल आई. एस्सि. पढ्दैछु।
 
Posted on 02-02-07 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
इतिहासका सेनापति पिरेजी,
धन्यबाद मेरो सानो प्रश्नको असवंन्धित उत्तरमा। जापानचाहि यहां किन पुग्नु भो। थाहा भएन। के तपाइले मलाइ परमेन्द्र भगतले जसो वेबसाइतलाइ युनिभेर्सिटि लाइब्रेरी बनाउने ठान्नु भो कि!! नेपालको इतिहासमा अहिलेको समय ट्रान्जिसनल पेरियोड हो।त्यत्रो बर्ष बोल्न नपाएको अब एकै चोटी सबै एकै थोक बान्तागर्ने पनि स्वभाबिकै हो। अरु देशहरुमा पहिला ब्ल्याक एण्ड ह्वाइट टिभि आएको थियो। नेपालमा एकै चोटि कलर टिभि आएको थियो। धरै जसो मानिसलाइ ब्ल्याक एण्ड ह्वाइट टिभि भन्ने नै थाहा छैन। त्यसकारण हामि नेपालिको दिमागमा अझै पनि सहि एतिहासिक ज्ञानको ठुलो प्वालहरु छन्।
 
Posted on 02-02-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरे जी, खुशी लाग्यो तपाईंको बारेमा जान्ने बुझ्ने मौका पाएको मा । म पनि ज्ञानको पूजारी हुं, ज्ञानेको होइन । तर पनि तपाईँको पछिल्लो आलेखलाई अर्ध समर्थन अथवा केही आलोचना केही समालोचना गर्ने जमर्को गरेको छु ।

सर्बप्रथम सायमिको भनाइ प्रती तपाईँको टिप्पणी अलि सुहाएन कि? सायमि जी ले जुन सुकै आसयले त्यो प्रश्न गरेको भए नि तपाईंको जवाफ सहज हुनु पर्थ्यो जस्तो लाग्छ । ब्राम्हण् जाति माथि सायमिजी को आफनै दृष्टिकोण हुन सक्छ, उहांको नितान्त् बैयक्तिक् कुरा हुन्। तर नेपाली अझ भनुं हिन्दु संस्कृतिमा त्यो कातो हो कि काटो ( म पनि नेवार् परेको ले नेपाली हिज्जे माथि मेरो पनि कम्जोर् पकड् छ) खाने खुवाने चलन् कालो धब्बा हो, मान्नै पर्छ। त्यस्को पनि इतिहास् होला नि?
त्यही आसयले पनि उहाँले प्रश्न गरेको हुन सक्छ, होइन र? जातियता को कुरो अलि पचेन ।

तपाईंको आलेख को दोस्रो भाग प्रती मेरो पूर्ण समर्थन छ । नेवार जाती तपाईंले भने जस्तै बुद्धिमान , धनी( आर्थीक र कला क्षेत्र दुबै मा )
समुदाय हुन । अझ भनुम अनादी काल देखि सभ्यताम आफ्नो योग्दान गर्दै, त्यही अनुसारको सुबिधा भोग गरेका समुदाय हुन कुनै शंका छैन । प्रतिस्पर्धामा क भन्दा कम छैनन ।
अज भन्दा २०-२५ बर्ष अघी सम्म नेपाल को प्रशासन तथा आर्थिक प्रशासन दुबै क्षेत्रमा नेवार बाहेक कोही थिएन अहिले जता ततै ब्राम्हण भए जस्तै । अहिले नेवार कुनै क्षेत्रम पनि दिउंसै बत्ती बालेर खोजे पनि मुश्किलले भेटिन्छन ।
यस्को दोष म ब्राम्हण लाई दिन्न । आज को यो अवस्थाबाट सायमि जी लगायत का मित्रहरुमा बितृष्णा पैदा भएको हुन सक्छ । अहिले तराईइमा मधिसेलाई भए जस्तै ।
हामीले गरे के सम्भव छैन । जहाँ इच्छा त्यहीं उपाय । आठ कक्षा पढ्दा सम्म आफ्नो नाम अशुद्ध लेख्ने य राहुल भाई ले १० कक्षा मा देश भरिका सबै जस्तो प्रतिष्ठित निबन्ध प्रतियोगीता जित्यो । अनेक काब्य सम्मेलन मा प्रथम भयो । अझ प्रबेशिका परिक्षामा नेपाली बिषयमा सर्बप्र्थम भयो र त्यसको बलबुटामा बिशिष्ट श्रेणीको १० ज भाग्यशालीको सूचीमा आफ्नो नाम राख्न सफल भयो । ( माफ गर्नु होला, आफ्नो बखान गरे छु) यस्को मतलब मैले घमन्ड गरेको होइन, साथीहरुलाई सन्देश दिन खोजेको हुं । जुन सुकै भषी र जातीको भए नि आफ्नो परिश्रम र लगनमा बिश्वास् गरे सफल होइन्छ । हामीलाई भाषा जस्तो संबेदनशील बिषयमा राजनिती गर्ने पद्म रत्न जस्ता फताहाले बितृष्णा को बोट रोपेका हुन । त्यो झांगिदै छ । देश दल दल मा भांसिदै छ । अस्तु!
 
Posted on 02-02-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई,
मैले त्यो काट्टोको बारेमा कमेन्टगरेको सायमीजीको लेखाइलाई लिएर हो। यहाँ बाहुन हरु जति सबै लाई बदनाम गर्नु पर्छ भन्ने आसयमा मान्छे हरु छन। सायमीजिको अरु ठाउँमा पनि 'यो सबै समस्याको जड बाहुनबाद' हो भनेर लेखेको लेखहरु देखेको छु।

अब बाहुनबादकै कुरो गरौँ, के तपाईँहरुलाई बाहुन हरु एकजुट छन जस्तो लाग्छ? मलाई त्यस्तो लाग्दैन। यहाँ जातकाजात मिलाएर अरु जातलाई समाप्त पारौँ भनेर कोहि आएको छैन।

राजा र बाहुनहरुकै संबन्ध पनि युनिफर्म छैन। पृथ्विको पालामा उपाध्याय बाहुनहरुलाई खुबै मानियो, तर रणबहादुरले बाहुनि कान्तिवति झा लाई बिहे गर्न खोज्दा बिहे गरिदिन नमानेका बाहुन प्रति पछि सम्म बदला लिए,उदहरणको लागि गुठिको जग्गा हरण गर्ने 'बासट्ठी हरण' लाई लिन सकिन्छ। राणाकालमा पनि सबै राणा र थापाहरु ठुलोमान्छे भएका हुन। बरु राणाहरुको बिरुद्ध बिद्रोह गर्ने हरु हेर्नु भयो भने टन्नै बाहुन हरु पाउनु हुन्छ त्यहाँ।बाहुन बिपीलाई जेलमा राख्दा अरु बाहुन नेताहरुले समर्थन गरेका थिए, जस्तो टंक प्रसाद, मातृका र डिल्लि रमण, हैन र? यसले नै 'बाहुनबाद' भन्ने कुरो सहि हैन भन्ने बुझाउँछ।

मैले बाहुनहरुको बचावट गर्न खोजेको हैन।खाली बाहुनबाद भन्ने कुरो मिथ्या हो भन्न खोजेको हो। गणेशमानज्यूले एउटा संदर्भमा भन्नु भएको हो, तर गिरिजाहरुले गणेशमानलाई गलहत्याएको बाहुनबादले गर्दा हैन, नत्र भट्टराईलाई किन फाल्थे? यो सबै आफ्नोपरिवार र आफ्नो ब्यक्तीगत महत्वाकांक्षाको लागि गरिएको हो।

मैले एउटाकुरो बुझ्दिन, किन एउटा बाहुनले हामीलाई जागिरबाट निकाल्ने बित्तिकै हामी सबै बाहुनको बिरोध गर्न थाल्छौ? यो त self destructive attitude हो। हिजो सम्म एउटा दुश्मन थियो, आज आफै बिनाकारण हजारौ लाई दुश्मन बनाउन किन खोज्छौं? त्यस्तै हो मधेशी समस्याको चुरो पनि। पहाडियाले हामीलाई उपनिवेश बनाए भनिएको छ। ए बाबा, राणा र शाहहरु ले बनाएको कुरो को दोष अब धादिङको सोझो तामाङ वा कर्णालीका मगर लाई दिने? यो बेवकुफि हैन? खै रासनल कुरो गरेको? हाम्रो देशमा जम्मै मान्छेहरु self victimology develop गर्न सिपालु छन, के कुरा गर्ने?

अब यहि threadको कुरो गरम न, मलाई नै अलिअलि पढेरध्वाँस दिन खोजेको? भन्ने खालका कमेन्ट गरिए। ए बाबा, नपढिकन मनपरि एउटा मरेको बुढोको बारेमा लेख्नेहरु चाहि ठुलो, म चाहि ध्वाँस दिने भएँ अब? अनि के पढेर लेख्नु? यो त mob mentality भएन? हाहा र हुहुको भरमा सत्ता चलाउन खोज्ने जस्तो? (यहि बेला त्यो सद्भावनाको अडान हेर्नुस न, अरुले भएका सीट नघटाई तराई मा सीट संख्या बढाऔं भन्दा हुदैन, पहाडको सीट घटाउन पर्छ भनेर बवाल गरेको हेर्नुसन। एउटै कुरो हैन, तराइको सीट बढाउने र पहाडको सिट घटाउने भनेको। तराइको सीट बढाएपछि स्वत: पहाडको सीट घटेन र? तर त्यस्तो कुरो गर्‍यो भने सद्भावना भित्र गोदाइ खाइन्छ होला। आखिर पढेर तर्क गर्नु भन्दा नपढेर हाहु गर्नु राजनीति मानिने भएपछि )

==

ani, jyotsanaji, hope you enjoyed it.

raanisaap: I.Sc. only? Which batch? Which school? I still feel we must be dautari. I had a lot of female classmates who used to speak without understanding well:)
==
 
Posted on 02-02-07 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Clarification:

"त्यहाँ।बाहुन बिपीलाई जेलमा राख्दा अरु बाहुन नेताहरुले समर्थन गरेका थिए, जस्तो टंक प्रसाद, मातृका र डिल्लि रमण, हैन र? यसले नै 'बाहुनबाद' भन्ने कुरो सहि हैन भन्ने बुझाउँछ। "

This refers to when Mahendra put him in jail.
 
Posted on 02-02-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो सही हो, पिरे जी। १००% समर्थन् गर्छु।
 
Posted on 02-02-07 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्नु अब खै।
पिरे र सायेमिमा के फरक छ त? केहि छ फरक? सायमिले यो धागोम सिधा हिसाबले इतिहासमा चाख भाको मान्छेलाइ त्यति नी सोध्न नपाउनु? सोधेको कुरोको जवाफमा बाहुनबाद र नेवरबाद को कुरो घुसाउनुको अर्थ के हो? मेरो आई. एस्सि. दिमागले भ्याइएन लौ न।

कहां आई. एस्सि. अनि कहां पि एच डि, दौंतरि हुन असम्भव।

speak without understanding well भनेर आफुलाई चैं speak with understanding well साबित गर्न खोजेको जस्तो लाग्यो। त्यस्तो खुबि कमैमा हुने गर्छ।
 
Posted on 02-02-07 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पृथीवी नारायणले नेपाल एकीकरण गरे गरेनन् केका लागी गरे शीव जानुन्
बहुला नेपालीहरुले चै नेपाल को पक्कै बीखण्डन् गर्ला जस्तो छ्न् ।।

History is interesting. To me it is just extra information which cannot change the status quo of the present time. There is no point lamenting over what happened in the past since we cannot change it. Lets unite and do something positive for ourselves and for our country.
 
Posted on 02-02-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे रानीसापले पनि के कुरो गरि बक्स्या होला? पिरेलाई बरु अचानोमा राखेर खुकुरिले छ्याक्क हान्याभए कम दुख्थ्यो होला। अब पिरे र सायमीमा के फरक रे?

सायमीले उनको ब्लग लेखेर ठेगान सहित दिएर कता लेख छपाएका थिए, अनि उनिको रैछन भन्ने त ठ्याक्क था'भो। अनि एउटा मधेशीको साइटमा गएर उनले 'हो हो केटाहो, कुरो सहि गर्‍यौ, पहाडियाले पेलेकै हुन, तर यो सबै पेल्ने त बाहुन हुन' भन्ने पाराले कमेन्ट गरेका रैछन। उनको पुरानो रिसइबि पनि रैछ, हेर्नुस है, सुरेशराज शर्मा सँग। अब शर्मा बाजे सँग मेरो पनि असहमति थुप्रै छ, कसरि मेडिकल क्याम्पसमा झगडा भयो भन्ने त सबैलाई था'भा'कै कुरो भो।एनि वे, त्यतातिर नजाम। तर सायमी बेला बेला यहाँ आएर तालनसुरले प्रश्न हान्छन, काट्टो खाने बाहुन भनेर। अनि त्यो कुन संदर्भमा सोधेको? किन सोधेको? केहि त हुनुपर्‍यो नि, मैया रानी?

अब मैले नै रानीसापलाई त्यसै बिना प्रसँग आइएस्सीको बेलाको कुरो कोट्याएर सोधे भने के गरिसिन्छ? अझ भनौ न, हजुरको बुवाले तीसबर्ष पहिले त्यो सेन्टम्यारिज पढ्ने बस्नेतनीलाई लाइन मार्न खोज्दा झन्डै गोदाइ खाको कुरो यहाँ उठाएँभने के गरिसिन्छ? हैन। जे होस,यो सायमी मित्र ले आफुले सोच्ने बानीमा धेरै परिवर्तन ल्याउनु जरुरी छ, मलाई त जति हेपे नि केहि छैन, तर सबैले हेपाइ खाएर नसुनेको जस्तो गरी बस्दैनन।

आ जे होस, अनि हजुर कता तिर? घरमा लालाबाला सञ्चै छन? आज छोर्छोरी नहेरेर खुब साझामा समय बिताइस्याछ त?
 
Posted on 02-02-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bahun ko itihas ki nepal ko yo...pire baje gau dan ko kati $ ho ni?
ki tyo ni birsera raksi dan linchau timi?
 
Posted on 02-02-07 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire bro you are right people who immigrated to foreingn countries in the past did so in flocks ie in huge numbers. There are plenty of Nepalese living in India and Myanmar (burma). Most of my kins still live in burma. they have not forgotton any traditions or language. Only in Nepal they talk about ma newar ta bahun ma lama ta gurung. Nepalis living in other countries usually show much solidarity among different ethnic group.

My friend was telling me that nepal is a 100 year behind from political and social perspective. communism came and vanished in most countries ethnic conflict and tention came and went away in several countires but in nepal it is just in ....

May DNA in our brains mutate into making us rational and intelligent.
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters