[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 झुठ्ठा ईतिहास ।

[Please view other pages to see the rest of the postings. Total posts: 136]
PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 41591 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 01-27-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईतिहास सधैं जित्नेहरुको लेखिन्छ र हामीलाई आज तिनै ईतिहास पढाए ।
म सानो छंदा मलाई तेही ईतिहास पढाईयो र त्यसैलाई सत्य ठाँने । भागेर गएको राजा ले प्रजातन्त्र कसरि एक् मुठि कागज् मा ल्याए, त्यतिबेलाको बाल् शुलभ मस्तिष्कले प्रश्न गर्न सकेन। नेपालि कांग्रेसको शसश्त्र बिद्रोह र मुक्ति सेनाको नामो निशान थिएन। भगुवा राजा लाई प्रजातन्त्रको प्रतीक् मान्यौं।


आधुनिक नेपालकै बिषयमा बिद्यावारिधि गरेका इतिहासबिद् डा त्री-रत्न मानन्धर् का अनुसार् पृथ्बी नारायण् शाह लाई महान् भन्न नमिल्नी थुप्रै कारणहरु छन्। मैले आइ एस्सी पढ्दा त्रीभुवन् बिश्व बिद्यालयबाट् प्रकाशित् नेपाल् परिचय नामक् पुस्तकमा बूंदागतरुपमा उनको बारेमा हामीले नपढेका काला करतुत् हरु लेखिएका छन्।

१- उनिएए सन्काहा राजा थिए।मकवानपुर्को सेन बंशी ससुराली जाँदा,आफ्नै सालालैइ जुत्ता लगाएर सलाम गर्‍यो भनेर त्यहिं छप्काएको घाटना ले पुष्टी गर्दछ ।

२- आफ्नो सामराज्य बिस्तार गर्ने क्रम:मा, उन्ले आफ्न भाइ भातिजहाँरुको खूब दुरुपायोग गरे । फलानो राज्य जितिस् भने तेरै राजा हुन्छ लडाईं गर्न पठाउने अनि जिते पछि तीनाइ भाइ भातिजहाँरुला कोठारिमा जाक्ने थुप्रो उदाहरण छन्।
३- पहिलो पटक नुवाकोट हान्दा उन्का सैनिक ले नराम्रो पराजाय भोग्नु परेको थ्यो । त्यस टोलिका सेनापति(शायद बीर ध्वज हुनुपर्छ) र तीनका छोरा लाई उनले देश निकाला गरी दिए । त बीर ध्वज र तीनका छोरा को बीरता बाट प्रभाबित भएर नुवाकोटे राजाले आफ्नो सेनाको नेतृत्व गर्ने प्रस्ताव राखे। पछि दोस्रो पटक् हो कि तेस्रो पटक् गोर्खा सेनाले आक्रमण गर्नु अगाडि, उनले तिमी मेरै सेनापति हौ, किला छोडि देउ भनेर सन्देश् पठाए। त्यस्को जवाफमा बीर् ध्वजले मैले अहिले जस्को नून् खाएको छु, तेसकि सोझो गर्छु, किल्ला छोड्न मेरो ख्सेतृय धर्मले दिदैन भनेर लेखे। नुवाकोत् हार्यो र बीर् ध्वज् लाई युग्ध बन्दी बनाइयो। पृथ्बी नरायन शाह् ले बीर् ध्वजलाई जिउंदै छाल काढेर मारे। जिउदै छाला काढ्ने जस्ता अति अमानबिय कार्य गर्ने राजालाई महान् भन्न सकिन्न।
४- कीर्तिपुर् को घट्ना त धेरैले पढेको सुनेको कुरा हो, यहा उल्लेख गरि रहनु नपर्ला।

मित्रहरु, मैले २३ बर्षाघि पढेको सामाग्री सम्झे जति लेखेको हुं। अरु पनि थुप्रा त्यस्ता नीच काम् कुरो लेखिएको छ त्यस्मा, मौका मिले पढ्नु होला। हामीलाई झुठ्ठा इतिहास् पधैएको थ्यो र आज् पनि धेरै जना तिनै मुशल्मान् का सन्ततिहरुलाई, हिन्दु राजा भनेर स्तुती गाइरहेकाछौं।

 
Posted on 01-27-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईतिहास सधैं जित्नेहरुको लेखिन्छ र हामीलाई आज तिनै ईतिहास पढाए ।
म सानो छंदा मलाई तेही ईतिहास पढाईयो र त्यसैलाई सत्य ठाँने । भागेर गएको राजा ले प्रजातन्त्र कसरि एक् मुठि कागज् मा ल्याए, त्यतिबेलाको बाल् शुलभ मस्तिष्कले प्रश्न गर्न सकेन। नेपालि कांग्रेसको शसश्त्र बिद्रोह र मुक्ति सेनाको नामो निशान थिएन। भगुवा राजा लाई प्रजातन्त्रको प्रतीक् मान्यौं।


आधुनिक नेपालकै बिषयमा बिद्यावारिधि गरेका इतिहासबिद् डा त्री-रत्न मानन्धर् का अनुसार् पृथ्बी नारायण् शाह लाई महान् भन्न नमिल्ने थुप्रै कारणहरु छन्। मैले आइ एस्सी पढ्दा त्रीभुवन् बिश्व बिद्यालयबाट् प्रकाशित् नेपाल् परिचय नामक् पुस्तकमा बूंदागतरुपमा उनको बारेमा हामीले नपढेका काला करतुत् हरु लेखिएका छन्।

१- उनी सन्काहा राजा थिए।मकवानपुरका सेन बंशी ससुराली जाँदा,आफ्नै सालालाई जुत्ता लगाएर सलाम गर्‍यो भनेर त्यहिं छप्काएको घट्ना ले पुष्टी गर्दछ ।

२- आफ्नो सामराज्य बिस्तार गर्ने क्रम:मा, उन्ले आफ्न भाइ भातिजाहरुको खूब दुरुपायोग गरे । फलानो राज्य जितिस् भने तेरै राजा हुन्छ लडाईं गर्न पठाउने अनि जिते पछि तिनै भाइ भातिजाहरुलाई काल् कोठरिमा जाक्ने थुप्रो उदाहरण छन्।
३- पहिलो पटक नुवाकोट हान्दा उन्का सैनिक ले नराम्रो पराजाय भोग्नु परेको थ्यो । त्यस टोलिका सेनापति(शायद बीर ध्वज हुनुपर्छ) र तीनका छोरा लाई उनले देश निकाला गरी दिए । तर बीर ध्वज र तीनका छोरा को बीरता बाट प्रभाबित भएर नुवाकोटे राजाले आफ्नो सेनाको नेतृत्व गर्ने प्रस्ताव राखे। पछि दोस्रो पटक् हो कि तेस्रो पटक् गोर्खा सेनाले आक्रमण गर्नु अगाडि, उनले तिमी मेरै सेनापति हौ, किला छोडि देउ भनेर सन्देश् पठाए। त्यस्को जवाफमा बीर् ध्वजले मैले अहिले जस्को नून् खाएको छु, तेसको सोझो गर्छु, किल्ला छोड्न मेरो क्षेतृय धर्मले दिदैन भनेर लेखे। नुवाकोत् हार्यो र बीर् ध्वज् लाई युग्ध बन्दी बनाइयो। पृथ्बी नरायण शाह् ले बीर् ध्वजलाई जिउंदै छाला काढेर मारे। जिउदै छाला काढ्ने जस्ता अति अमानबिय कार्य गर्ने राजालाई महान् भन्न सकिन्न।
४- कीर्तिपुर् को घट्ना त धेरैले पढेको सुनेको कुरा हो, यहा उल्लेख गरि रहनु नपर्ला।

मित्रहरु, मैले २३ बर्षाघि पढेको सामाग्री सम्झे जति लेखेको हुं। अरु पनि थुप्रा त्यस्ता नीच काम् कुरो लेखिएको छ त्यस्मा, मौका मिले पढ्नु होला। हामीलाई झुठ्ठा इतिहास् पढाएको थ्यो र आज् पनि धेरै जना तिनै मुशल्मान् का सन्ततिहरुलाई, हिन्दु राजा भनेर स्तुती गाइरहेकाछौं।

 
Posted on 01-27-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai...I do not disagree what you have said .May be that is how it has been and it will be .Life is not Fair.But If it was not P.N Shah would you be called Nepali???
Think about it.

It is not PN Shah...look at any Emperor or King in the history of Man kind.Show me one:
Which era and civilization and country you want to talk about???lets see.what you have .Show me One emperor or civilzation: Egyptian, Roman , Greek?? Mogul? Mongolian?


So, HISTORY is HIS+STORY = winner writes it ! YOU should learn to give credit ..
These kings and Emperors were cruel at the same time ..they became themself because they were cruel and had ambition.
 
Posted on 01-27-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि समय अगाडि सन्ध्या टाइम्समा प्रकाशित पुष्प मुनकर्मिको लेखले पनि पृथ्विनारायण शाहका कर्तूतहरुको चिरफार गरेको थियो । नेवारी भाषामा रहेको उक्त लेख नेपाली भाषामा मेरोसंसारमा पनि पुन: प्रकाशित भयो ।

http://www.mysansar.com/?p=1069

http://www.mysansar.com/?p=1082

http://www.mysansar.com/?p=1207

त्यस्तै रक्तकुण्ड तथा अन्य खोजमुलक समाचारहरुले नया नया कुराहरु पस्कदै छन । यस्ता कुराहरु सबै एकैठाउमा राखेर सोच्दा हामीले साँच्चिकै गलत इतिहास पो पढेका रहेछौ भन्ने महशुस हुन्छ मलाइ पनि ।
 
Posted on 01-27-07 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईतिहास सधैं जित्नेहरुको लेखिन्छ .
Same thing applies to these leaders from 7 party alliance and Prachanda. They are being hailed as the leaders of new Nepal even after so many ill deeds attributed to them. So why not give a bit of credit to PN Shah. Yes, he might be a war monger, a tyrant, but at least he has some contribution to the creation of Nepal. Otherwise we might have been under Brits for some time and then now a part of Bharat.
History should be correctly written, not eliminated. Good or bad, this is the essence of Nepal, its up to us to fetch proper knowledge from it.
 
Posted on 01-28-07 4:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म शाह राजाहरुको समर्थक हैन, तर पृथ्विको बारेमा तालनतुलका मान्छेले जान्नु न बुझ्नु (यो माथिको लेख लेख्ने लाइ त कुन जनरल नुवाकोट भागेका भन्ने समेत थाहा छैन: ति जयन्त राना थिए, र तिनि भागेको नरभुपालको पालामा हार्दा हो) त्यसै जे पायो त्यो लेख्न लाज नमानेको देख्दा हग्नेलाई भन्दा देख्ने लाई लाज भनेको याद आउछ।

पृथ्वि के साच्चै नराम्रा थिए त? ल हेरौ त।

१। उनको काठमाण्डु बिजय पछि उनले काठमाण्डुको कुनै घर ध्वस्त पारे? अहं। कुनै गोरखाको चाडपर्व जबर्जस्ति ल्याए? अहं। उनले भत्काएको दरवार भनेको ललितपुरको मात्र हो, त्यो पनि निकै कारण हरु छन।

त्यसबेला का काठमाण्डुका राजाहरु आपसमा फुटेका मात्र थिएनन, बरु बिदेशी मिसनरि ल्याएर बसेका समेत थिए। जय प्रकाश बिर त थिए तर तिनका आफ्नै मान्छेले उनको बिरुद्ध षड्यन्त्र गरेकोले कहिले पशुपति कहिले गुह्येश्वरि गएर बस्नुपरेको थियो उनलाई। भक्तपुरमा जब तिनै राजालाई एउटैकोठामा गोर्खालिहरुले पक्रेका थिए, त्यो बेला गोर्खालीसेनाहरु ति राजाहरुलाई हेरेर हास्दा जयप्रकाशले भनेका थिए, 'मेरा जस्त अविश्वासीला सेना भए तिमि पनि दुख पाउछौ।' काठमाण्डुको पतन अबश्यम्भावि थियो। अङ्ग्रेजहरुले काठमाण्डु मा आखा गाडिरहेका थिए, नपत्याय कर्कप्याटृकको र ह्यामिल्टनको बिबरण (जुन १७९३ र १८०३ ए डि मा भएको भ्रमण बारेमा लेखिएको हो) हेर्नुस। काठमाण्डु को चिसो मौसम, युरोपमा फल्ने सबै तरकारि उब्जाउन सकिने क्षमता, ब्यापार संभावना आदि देखेर लोभिएका थिए अङ्ग्रेज। नत्र के ति बेपारिले त्यसै किनलकको नेतृत्वमा जयप्रकाशलाई सहयोग गर्न सेन पठाए होलान?

२। काठमाण्डौको महान सभ्यता बिस्तारै अधोगतिमा गै रहेको थियो। हेर्नुस्, प्रताप मल्लको पाला पछि बनाइएका सार्वजनिक महत्वका दरवार हरु कति छन र? काठमाण्डुको त्यसबेला को अर्थतन्त्र यसको सर्बोत्कृष्ट धातुकलाले गर्दा धानिएको थियो। काठमाण्डुले तिब्बतको लागि सिक्का बनाउथ्यो भने त्यसैताका भारतबाट चिन तिर जानलागेका एक पादरिले पश्चिम् तिरको एउटा देशमा एक जन धातुको काम गर्ने राम्रो कलाकारलाई भेटेर 'तिमि कहाँ बाट आयौ भनेर सोध्दा म परको नेपाल भन्ने ठाउ बाट आएको हु, 'इन्द्र' (हुनसक्छ भुपतिन्द्र?) भन्ने राजाको देश बाट भनेका थिए यसरी परपर सम्म गएर काम गर्थे त्यसबेलाका काठमाण्डुका शिल्पी हरु। तर पछि आएर सबै काठमाण्डुका राजाहरु आपसी लडाई मै अल्झेका थिए। त्यस्तो बेला गोरखाले नखाए अर्को ले खान्थ्यो, अङ्ग्रेजले खान्थ्यो र अहिलेको काठमाण्डु शायद शिमला, मसुरि जस्तै भारतको एउटा हिलस्टेशनको रुपमा चिनिन्थ्यो।

पृथ्विलाई काठमाण्डुको शभ्यतापतनको लागे दोष दिनु पनि बेकारहो। किन? फादर जोसेफ र फादर ह्यामिल्टन जसलाई पृथ्विले काठमाण्डु बाट भगाएका थिए, ति मध्य ह्यामिल्टनलाई त्यसताका बृटिश इतिहासकार रोज ले बेतिया मा भेटेका थिए। उनि भन्छन, उनलाई भेट्ने बित्तिकै ह्यामिल्तनले गोर्खालि हरुलाई बेस्सरि गालि गरेर भने कि 'जे भये पनि एउटा काममा छहि म गर्ब गर्छु। ति अधर्मी नेवारहरुलाई कृस्चियन बनाउन नसकेपनि तिनिहरुको तिनहजार किताब चाहि जलाइदियौँ हामीले'।(हेर्नुस, सिल्वान लेबि को नेपालको इतिहास)। के यस्ता मल्ल राजाहरुले काठमाण्डुको सभ्यत बचाउन सक्थे होलान?

३। अर्को कुरो अहिले जसको मुखमा पनि 'पृथ्वि' ले देशको मानसिक एकिकरण गरेन भन्ने झुण्डिएको छ। ए बाबा, त्यो बुढो जम्मा छ बर्ष बाँचेको थियो, देशको एकिकरण गरेपछि। छ बर्षमा के गर्ने? त्यो पनि त्यो जमानामा।

बामपन्थिहरु अहिले पनि लेनिनको र माओको तस्बिरमा फुलमाला लगाएर कार्यक्रम गर्छन। लेनिनले १९२२ मा एकिकरण गरेको सोभियत युनिअन कौन सा भावनात्मक एकिकृत थियो त? माओको चिनमा अहिले पनि शंघाइका ले बेइजिङका लाई नगनेर हाम्रो तराइ र पहाडकोजस्तो चाला छ। भारत यत्रो बर्षमा कत्तिको एकिकृत भयो र? त्यसै दोष दिने संस्कार बाट मुक्त हुनुपर्छ। हो पृथ्विका छोरा नातिले काम गरेनन, बदमास भए, तर बुढाले त राम्रै गर्न खोजेका हुन। उनको दिब्योपदेश पढ्दा नै थाहा हुन्छ।

४। हुदा हुदा उनले भाइ हरुमा राज्य बाँडेनन भनेर गालि गरियो। के दलमर्दन ले पाटन, महोद्दमकिर्तिले भक्तपुर चलाएको भए चाहि राम्रो हुन्थ्यो? उनले आफुलाई मनपर्ने छोरा बहादुर शाहलाई पनि त केहि दिएनन र स्त्रीलम्पट प्रताप सिं लाई सबै दिए, किन? किन के मान्नुस नमान्नुस उनलाइ एकिकृत नेपालले मात्र फिरंगी को प्रतिरोध गर्न सक्छ भन्ने बिश्वास थियो।मुर्दालाई जति गालि गरे पनि हुन्छ। जे गरे पनि हुन्छ। तर आफै बेबकूफ बन्ने काम नगरौ। 'मलाई यो कुरो पत्याउन मन छ, यो पत्याउछु, इतिहास जे सुकै होस' भन्ने मानसिकत बाट मुक्त हौँ।

कुनै पनि बेवकूफ मान्छेले राज्य बनाउन सक्दैन। गोरखा त झन एउटा गरिब राज्य थियो त्यसबेला। कसरि एउटा ठुलो राज्य बन्यो होला त्यो? अझ कसरि एउटा सानो राज्यले आफ्नो स्वतन्त्रता जोगायो? आजको अर्थषास्त्र पढ्ने मान्छेहरुले भए यसलाई 'केस स्टडि' भनेर पढ्थे होलान। तर हाम्रो त आफ्नो इतिहासलाई थुकेर अरुलाई ढोग्ने चलन भएको देश न पर्‍यो।

म राजाबादि हैन। ग्याने, बिरे, महेन्द्र, तृभुबने, क इतिहास जानेको बहाना गरेर।सत्य बुझ्न तिर लागौ किनकि 'सत्य मेव जयते'।

एक गणतन्त्रबादि।सैलाइ पनि मेरो सहानुभुति छैन। तर पृथ्वि लाई गालि गर्नु बेकार हो। त्यो पनि नजानेको
 
Posted on 01-28-07 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire..Excellent Article..Great Job
.Nepalese People are revenge oriented .Leg pullers..Thats why they do not appreciate the very foundation of Nepal.In such cicumstance Nepal should change its name , flag , and everything.
these 8 party dictators and stupid Nepalese leaders and nepalese monkeys , who destory stautues, will never see New Nepal.To Make new Nepal ,one has to truely understand old Nepal.
 
Posted on 01-28-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire जी, बडा मज्जा को झुठ्ठा ईतिहास पढानुनु भयो । मैले लेखेकोथें फलानो किताब मा त्यसो लेखिएकोथ्यो भनेर । मैले त्यो पनि लेखेकोथें त्यो सेनपतिको नाम शायद भनेर । नाम गलत हुन सक्छ, तर घट्ना त्यो पुस्तक मा लेखिएको छ, एक चोटि पढ्नु होला ।
ईतिहासको विद्यार्थी होइन, कतै गल्ती नै लेखेको रहेछ भने सच्याइ दिनु सक्नु हुन्थ्यो, गाली का शब्दहरु त कोर्नु पर्दैन थ्यो । तपाईं ले आफ्नो शाह बंशिय क्रुरता यहाँ पनि पोख्नु भयो ।
तपाईं ले पढ्नु भाको ईतिहास सँग सबै सहमत हुनै पर्छ भन्ने छैन । मैले पढेको ईतिहास मा तपाईं सहमत हुनु पर्छ मैले भनेको छैन ।


पृथ्बी नारायण ले के गरे के न गरे भन्दा नि उनलाइ महान् भन्न न सक्ने कारण हरु मात्र पढेको लेखेको हु ।
त्यस्मा फेरी लेखिएको छ, उक्त छाला काढेर मारेको घट्नाल ईतिहास शिरोमणी भनाउदा बाबु राम आचार्य ले पनि पुष्टी गरेका छन । उनले त्यस् घट्ना ले देश द्रोही को यस्तो हाल हुन्छ भनेर भनेका छन्, त्यो साच्चै नै देश द्रोही थिए त? जसले शरण दियो त्यस्को पक्षमा लड्नु देश द्रोही हो त? झुठ्ठा ईतिहास हामीलाई पढाएको हो कि होइन? त्रीभुवन् ले प्रजातन्त्र ल्याइ दिएको हो त?
 
Posted on 01-28-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai, teso bhaye ..Gandhi le matra india ma independence layidiyeko hota?

King Tribuvan , India ma gaye pachi ko Indian Political pressure pani ta one of the factor huna sakcha ni haine?

You read history, History can be interpreted in more than one ways.
As i said , show me one big emperor or king in history of Mankind who was like saint and yet achieved his ambitious Plan.Show me one...Before pointing out others.

So, Before digging the history, tell me are you proud to be Nepali? If yes, then respect the one who gave you this Nepal.Else , you better not call yourself Nepali? why even bother about history.
 
Posted on 01-28-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wht we can do??? if we studied the wrong history??? we cant destroy everything or cannot rewrite it??? we should just let it go the way it is BUT we sud make sure that it should not repeat in future....

do u know shakeshpear was not a litrate person?? all plays n dramas whcih is written by him is written by someone else... he was a good actor, director but he never wrote any of it....the BF of queen that time who was executed(but escaped) wrote these all dramas... once shakeshpare was asked to sign n he could not do it... its true... but we know he wrote lot of drama n plays......
 
Posted on 01-28-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई, तिमि grow up हुनुपर्छ, यहाँ आएर मनपरि लेख्ने, अनि यसो गर्नु पर्थ्यो भनेर उल्टो मलाई गाली गर्ने। तपाईले अब त हुदाहुदा बाबुराम आचार्यलाई पनि गाली गर्न थाल्नु भो? कुन इतिहासकारले गाली गर्छ उनलाई नेपालमा? राजाको भक्तिगान गर्ने इतिहासकार त अरु नै हुन? कुन किताब पढ्नु भा'छ आचार्यको र कहा, कति पेजमा उनले राजाको झुट्टा गुणगान गरे?

अब मलाई शाहबंशिय क्रुर नभन्नुस, तपाई भन्दा केहि कम साधारण परिवारमा जन्मेको हैन, तपाई भन्द कम गणतन्त्रबादी पनि हैन। य, छाला काढेर मारे रे, अहिलेका माओबादिले कसरि मारेका छन उनका सुराकी लाई, अमेरिकिले कसरि मारेका छन इराकीलाई? दुइ सय बर्ष अघि यदि आफ्नो मान्छे भागेर दुश्मनको सेनालाई सघाएर बसेको छ भने उसलाई कुन राजाले नमार्ला? बार्ह बर्षको माओबादि भगौडालाई घाटी रेटिरेटि मारेको पढेको छु, बेनि बजार निर, गएको बर्षमात्र।तिनका भरौटेहरुले आज पृथ्विलाई सत्तोसराप गर्न सुहाउदैन।

इतिहासलाई झुट्टा साबित गर्न पढ्नु र गहन चिन्तन गर्नु जरुरत छ, घरमा बसेर एउटा सेनपतिको नाम समेत राम्रो सँग चेक गरेर लेख्न धैर्य नगर्नेले इतिहासको बारेमा कमेन्ट गर्नु बेकार छ। बरु जानुस, इतिहासकारहरुलाई सोध्नुस, तिनिहरुले कसरी मुल्यांकन गर्छन पृथ्विलाई, बिशेष गरि अरुको तुलनामा?
 
Posted on 01-28-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire जी तपाईं को बिद्वतता लाई मानें । मैले इतिह पढ्न न पुगेको रहेछ, त्यो नि मानें । नेपाल को अधुनिक इतिहास् मा बिद्यावारिधि गर्ने ले लेखेको इतिहास् पनि झुठ्ठा साबित् गर्नु भयो। नतमस्तक् छु, तपाइको ज्ञान् र बिद्वतता अनि जवाफ् दिने शैली प्रति। आतंकबादिइ ले गरेको कुकर्म र राजा भएर गरेको कर्मको बडा राम्रो सङ्ग तुलना गर्नु भयो। तपाइकै भनाइ अनुसार् पृथ्बी नरायण पनि आतंकबादि ठहरियो। हुन सक्छ, बाबुराम भट्टराइ पनि गोर्खा कै बासिन्दा हुन् र पृथ्बीको बिरासत् बोकेको।
मित्र मैले यो साझा को कुन चाहि धागो मा मओबादिको आतंकारि कुकर्मको समर्थन् गरेको छु? कतै देख्नु भएको छ? गाली त तपाइकै शैली मा गर्न सक्छु, तपाईले पनि त्यो नेपाल् परिचय पढेर आउनुस् भनेर, सेनापति को नाम गलत भयो भनेर त्यत्रो गाली?
नराम्रो कुरा लाई न राम्रो भन्न नसक्ने संकुचित र पूरबाग्रहित तपाईं को सोच कै जय होस् ।
 
Posted on 01-28-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रहुल भाई पनि "क्बिता " लेख लेकी पोल्तिकल तिर लगेर तिम्रो इमेज मेरो बाट हत्यो
 
Posted on 01-28-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नेपाल को अधुनिक इतिहास् मा बिद्यावारिधि गर्ने ले लेखेको इतिहास् पनि झुठ्ठा साबित् गर्नु भयो। नतमस्तक् छु, तपाइको ज्ञान् र बिद्वतता अनि जवाफ् दिने शैली प्रति।"

राहुलजी, तपाइको जबाफ लेखाइ देखेर म हैरान भए।के म अब सबै पि एच डि हरु सँग डराउँ? तपाइको जानकारिको लागि मानन्धर सरका धेरै सहकर्मी हरु, र अरु इतिहासमा बिद्याबारिधीगरेका हरु सँग मैले सँगत गरेको छु।

तपाई 'इतिहास' झुट्ठा पढायो भन्नुहुन्छ, त्यस भए तपाइले आफै भन्नुस्: त्यो जयन्त रानाको बारेमा तपाइले आफै खोजेर पत्तालगाउनु भाको त हैन होला। पृथ्विले मारेका अरु पनि थुप्रै उदाहरण जुनसुकै इतिहासको किताब पढेपनि पाइन्छ। त्यसैले इतिहास झुट्ठा पढायो भनेर गनगन गर्नेहरु किताब खोजेर पढ्न नमान्ने अल्छी हरु हुन। मैले बाबुराम, ज्ञानमणि, दिनेश आदि इतिहासबिदका किताब पढ्दा त्यसरी लुकाएको त पाइन। हो केहि चम्चाहरु (उदाहरणको लागी ढुण्डीराज भण्डारीको नेपालको इतिहास राजाहरुको चम्चागिरिभन्दा अरु केहि हैन, तर बाबुराम आचर्यलाई चम्चागिरि गरेर लेख्यो भन्न तपाइले पहिला उनका सबै किताब नपढी हुदैन।)

येनि वे, पृथ्विका सन्तानको कुकर्म को दोष पृथ्विलाई दिएर आफु के के न राम्रो समालोचक हु भन्नु बेकार छ। काठमाण्डु जितेपछि पनि पृथ्विले न कुनै कर बढाए, राज्य जितेपछि कर बढाउने, लुटपाट गरेर लड्दा लागेको खर्च उठाउने चलन युरोपमा त्यसबेला ब्याप्त थियो, तर पृथ्विले त्यसो गरेनन। काठमाण्डुका ब्यापरीहरु किन अति खुशि भएका थिए भने उनले भोट सँग कडा रुपमा कदम चालेका थियो काठमाण्डुको ब्यापार बृद्धिको लागी। कुनै गोर्खाली ब्यापारि भएको थिएन, पुरानै नेवारहरुनैब्यापार कब्जा गरेर बसेका थिए। त्यसैले काठमाण्डुले एकपटक पनि बिद्रोह गरेन। अब भन्नलाई त 'ए, बिद्रोह गर्‍यो कि मार्ने भएर गरेनन नि' भन्नु होला तर मरिन्छ भन्ने डरले बिद्रोह गरेनन भन्नु काठमाण्डुबासी को आँट लाई नीच देखाउनुहो।

मेरो बिचारमा पृथ्वि बुढा एक महान मान्छे थिए, दुरदर्शी नेता थिए, तिनका छोरानातिले त्यो गर्न सकेनन, सबै चोरफटाहा भएर निस्के, तर पृथ्वि लाई त्यो दोष दिनु बेकार छ। दोष दिनेले यदि अबको छ बर्षमा नेपालको भावनात्मक एकिकरण गरेर देखाए त हामी सबैलाई राम्रै हुन्थ्यो, तर खाली तुच्छ राजनीतिको लागि यस्तो इतिहासका कुरालाई साधन बनाउनु त नीचता हो। अस्ति पृथ्वि जयन्तीको दिन पृथ्विको बिरोध गरेर लेख लेख्ने एकजना पनि औपचारीक रुपमा पढेको इतिहासकार थिएन, मैले कान्तीपुर हेर्दा यो नोट गरेको थिएँ। भुइफुट्टाहरुले सुनेको भरमा ज्ञानेन्द्रको रीस पृथ्विलाई पोख्नु अल्पज्ञान भयंकर भनेझै हो।

त्यो उमेशको ब्लगमा उसलाई समर्थन गरेर लेखे मात्र प्रकाशीत गर्छ उसले। मैले कतिपटक 'ए बाबा, यसो हैन, सही कुरो लेख' भन्दा उसले छापेन, एकपटक मार राजालाई गाली गरेर लेख्दा तुरुन्त छाप्यो।त्यस्तो हाउडे र एकतर्फी केटो छ। दुइचार दिन आन्दोलन हुँदा त ताली पाउँछन यस्ताले,मैले पनि उसको आन्दोलनप्रतिको योगदान कदर गर्छु र एक पटक पैसा पनि दिएको छु, तर पछी 'मेरो जीवनको चारपाच बर्ष मनपरि लेखेर खेर फ्यालेछु' भन्ने हुन्छ यिनलाई।
 
Posted on 01-28-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पृथ्वीनारायण शाहको लुकाइएको इतिहास
----------------------------------------------

[इतिहास जित्नेहरुको घोडा हो भनिन्छ। अर्थात् जित्नेहरुले आफ्नो पक्षमा ढाल्छन् इतिहासलाई। जसको शक्ति उसको भक्ति। पुष्प मुनकःमिको यो लेखमा हामीलाई सानैदेखि पढाइएको ‘महान्’ राजाको लुकाइएको इतिहासका बारेमा केही तथ्य रहेका छन्। यी तथ्यहरुबाट शाहवंशको जग कुन हदसम्मको क्रुरताबाट खनिएको थियो भन्ने प्रष्ट हुन्छ।]

लेखक -पुष्प मुनकःमि-

* पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने।

* त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा उपत्यकामा उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए।

* राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ?
* राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए।

* त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्।

हाम्रो इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरुसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ। तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले कीर्तिपुर जितेका हुन्।

ललितपुरका पाँच प्रधान (मन्त्री)हरुले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने।

गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू”

भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए। इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ?

पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्।

राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ?

मल्लकालमा अ‍ौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी।

यहाँ पुनः स्मरण गराउँ कि त्यतिबेला नेपाल (उपत्यका) ले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् नेपाललाई राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए। हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो। ता-सि-लुन-पोया तेसु लामा (दलाई लामापछिका दोस्रा लामा) ले नेपालका राजालाई पत्र समेत पठाएका थिए यसो भनेर-”हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।”

भक्तपुर जितेपछि यहाँ यति दमन बढ्यो कि मानिसहरु बस्न नसकेर आफ्नो ठाउँ छाडेर भाग्नु पर्‍यो। आजभोलि नेपालका विभिन्न जिल्लामा रहेका बहुसंख्यक उपत्यकावासीहरु पृथ्वीनारायण शाहको कोपभाजनबाट जोगिनका लागि भागेकाहरु हुन्। आजभोलि पनि वृध्दवृध्दाहरु सुनाउने गर्छन् छलफलका लागि भनेर राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए। दोस्रो पटकको कीर्तिपुर हमला असफल भएपछि भक्तपुर वरपर रहेको गौकोटमा पृथ्वीनारायण शाहले हमला गरेको बेलामा त्यो ठाउँमा सशक्त प्रतिकार भएको थियो। १५ दिनसम्म भएको त्यो युध्दमा ३३२ जना गोरखा सैनिकको मृत्यु भएको थियो। पछि उनीहरुले जितिसकेपछि त्यो सिङ्गो गाउँलाई जलाइदिए। त्यतिबेला चौकोट युध्दको नेतृत्व गर्ने महिन्द्र सिंहले वीरगति प्राप्त गरेका थिए। त्यसैको बदला लिन पृथ्वीनारायण शाहले त्यस्तो नरसंहार गरेको हुनुपर्छ। पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए। अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ।

विक्रम संवत् १८२६ मा राजा रणजित मल्ललाई कैद गरिसकेपछि तिमिलाको चल अचल सम्पति बेच्न, किन्न, भोगचलन गर्न र व्यापारसमेत गर्न नमिल्ने गरी पृथ्वीनारायण शाहले घोषणा गरेका थिए। पछि राजाले तिमिला काजीसित १८ हजार यानी राष्ट्रिय आम्दानीको ०.७२ प्रतिशत सलामी लिएर त्यसलाई छाड्न आदेश दिएका थिए। पछि एक मध्यस्थकर्ताको सहयोगले बिन्तिभाव गरेर १८१ रुपैयाँ अर्थात् राष्ट्रिय आम्दानीको ०.००६ प्रतिशत जरिवाना तिरेर बिना अपराध क्षमा माग्न लगाएर पृथ्वीनारायण शाहले अरु पैसा माफी गरिदिएको व्यहोराको पंजाछाप (लालमोहर) राखर फारखती गरिदिए, विसं १८२७ साल फागुन सुदी १३ रोज ४ दिनमा भक्तपुरमा बसेर। यो फारखतीको कागज अहिलेसम्म पनि भक्तपुरको दरबारक्षेत्र निवासी चक्रराज तिमिलासित छ।

भक्तपुर तमारी न्यातपोल पश्चिम बस्ने भाजुमुनि तिमिलालाई पनि यसै गरिएको थियो। पछि १८ हजार रुपैयाँ सलामी लिएर छाडिदिन आदेश दिएका रहेछन्। उनलाई पनि एक मध्यस्थकर्ताको सहयोगमा ५१ रुपैयाँ जरिवाना तिराएर बाँकी सबै माफी गरेको भनी सम्पति फिर्ता दिए, विसं १८२७ साल अगहन सुदि १५ रोज १ मा काठमाडौंमा कागज गरेर।

अर्थात् गल्ती नै नगरी गल्ती गरेको भनी बलजफ्ती स्वीकार गर्न लगाएर जरिवाना तिर्न लगाए। कर्क प्याट्रिकका अनुसार सन् १९७२ (विसं १८४९) मा नेपालको वार्षिक आम्दानी २५-३० लाख मानिएको छ। त्यो १५१ रुपैयाँको मूल्य त्यतिबेला कति थियो होला ?

त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्‍यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि।

(क्रमशः)
 
Posted on 01-28-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire, I concur with almost everything you've said.

I am too fed up with these half-wit people who keep on assessing Prithivi Narayan's deeds on the basis of present days' moral and ethical standards. We will never know what his real intentions were, whether it was merely for expansion of his state or unification of the whole country. Everyone is free to speculate, however I think it is totally unfair not to accept that it was because of him that we call ourselves Nepali. Expansionist or Unifier, it doesn't matter. We at least have one country. May be someone else would have done it if he hadn't, but for now why can't we all be grateful for what he achieved. Having said that, I am not condoning what he did to the people of Kantipur. That was horrible, but remember we are talking about a time centuries ago. You were right in pointing out what maoists and our recent kings have been doing in recent times.

And spot on about that Umesh guy of merosansar. He did a great job during the movement, but I think he's fast losing his credibility for the reason you've mentioned.

I too am a supporter of democratic republic for Nepal.
 
Posted on 01-28-07 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All,
About this Guy :Umesh - and his blog well it is blog not news source and that is fine.But the respect his blog had is slowing going down .It seems like these days his articles are full of cheap stuff-- like
]look raja ko naya moustache.
2]Raja pooped today???? wtf

stupid simply stupid.He is just become hater instead of reporter.I don't care it's his blog .he can do what ever he wants but he is not any great person as he gives the other haters a chance to use his site as baseless historical propaganda.Not applaudable!!

Pire,i agree with you man!
 
Posted on 01-28-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हुन यी पुष्प मुनकर्मि र 'इतिहासकार' पुरुषोत्तम श्रेष्ठ? आफैले आफैलाई बिद्वानको पदवी दिएर त हुदैन नी।

अब पृथ्वि लाई गाली गर्दा गर्दा भुपतिन्द्र मल्लको शालीक को कुरो ल्याइएको छ। ए बाबा, यो पनी कुनै कुरो हो? ज्ञाने र धीरेले गरेको कुरोको दोष दिने पृथ्विलाई? भोलि प्रकाश कोइराला नाथे, प्रकाशमान सिंह को कुरो ल्याएर बिपि गणेशमान लाई गाली गरे भैगो नि।

अब पृथ्विले एक हजार ग्रन्थ नाश गरे भन्ने कुरो आज पहिलोपटक सुनें। ल अलि नाम चलेको इतिहासकारले त्यो कुरो मा सहि थापिदिउन, म पत्याउँछु। तर उपत्यकाप्रति त्यत्रो बैरभाव बहेको भए उनले किन उपत्यकाका जात्रा हरु कन्टिन्यु गरे, किन गोर्खाली चाडपर्व जबर्जस्ति थोपरेनन?पृथ्विले साच्चै जलाउन खोजेका भए केको एक हजार मात्र सारा काठमाण्डुको इतिहास जलाउन सक्थे, सारा गुम्बा जलाउन सक्थे, पशुपती जलाउन सक्थे, स्वयम्भु जलाउन सक्थे, कसले रोक्न सक्थ्यो उनलाई?कर्कप्याटृकले आफ्नो किताबमा लेखेका छन, नेपालमा पृथ्वि भनेपछी निकै सम्मान रहेछ तर अहिलेका राजालाई चाहिं त्यति मन पराउदा रहेनछन।(ऊनि पृथ्वि मरेको अठार बर्ष पछि गएका थिए।)

पृथ्विलाई बृटिशले हतियार दिए भन्ने कुरो बेवकूफि हो। गोरखालाई किन सहयोग गर्ने बृटिशले त्यो बेला? गोरखालाई त कसैले गन्दा पनि गन्दैनथे त्यो बेला। चौबिसे राज्यहरुमा पनि सबभन्दा गरिब थियो गोर्खा, न कुनै खानी थियो(गुल्मी जस्तो), न कुनै ठुलो राज्य बाट अर्को ठुलो राज्य मा जादा बाटामा पर्थ्यो (कास्की जस्तो), न कुनै ठुलो बजार थियो (कास्की जस्तो)। नून नियमीत रुपमा आउन पनी काठमाण्डुमा सधै फाइट भएर नसकेपछि मर्स्याङ्दीको बाटो हुदै दुइहफ्ता लगाएर केरुङ् पुग्ने बाटो खोलेका थिए नरभुपाल शाहले। गोरखाको राज्य बिस्तार एक हद सम्म जरुरी पनि थियो, नून पनी खान समयमा नपाएका, धेरै जसो गुरुङ र दलित भएको राज्य जसलाई गुल्मी, तनहुँ, कास्की हरुले त हेर्दा पनि हेर्दैनथे, र चौबिसे राज्यहरुको एउटा छाता संगठन थियो, सँयुक्त डिफेन्स हेर्ने, त्यसको मेम्बरशिप लिएका थिए तनहुँ, गुल्मी, लमजुङ् आदीले, तर मेम्बरशिप चार्ज तिर्न नसकेर गोरखा मेम्बर पनि थिएन। आफैले आफ्नो सुरक्षा गर्नु पर्ने भाथ्यो।

पृथ्वि बाठा थिए बेपत्ता। बेलैमा भक्तपुर गएर बसेका, मीत लगाएर रणजीत मल्लको छोरा सँग। उनले जयप्रकाशलाई इज्जत गर्थे, तर पाटनका प्रधान हरुलाई घृणा गर्थे। माथी प्रधानलाई मारे भनेर लेखिएको छ, तरति प्रधानहरु कति हत्यारा थिए, तिनले त्यहाँका नेवार राजाहरुलाई नै कसरि मनखुशी मारेका थिए भन्ने बारेमा कसैलाई मतलब छैन। पढ्नुस एउटा राम्रो इतिहासको किताब थाहा पाउनुहुन्छ।

मैले मारेको समर्थन गर्न खोजेको हैन। उनले मान्छे मारे भन्ने कुरो जगजाहेर छ, नत्र एउटा सानो राज्य ले तेत्रा बाउन्न त्रीपन्न राज्य बिस्तार गर्न सक्छ? अब चिनको राजा ले गोर्खेहरु unreliable भन्यो रे? त के भो। उ कौन सा गतिलो मान्छे हो र? त्यो unreliable भनेको पनि पछि भिमसेन थापाको पाला म हो, तर बिदेशि र हाम्रो दुश्मन राज्यले भनेको कुरोको के भाउ भो र? आफ्नो हात माथी गर्न त्यो बेलाको कूटनीतिले जे माग्यो त्यो गरेको हो। गोरखाले ल्हासामा भएका नेवार बेपारीहरुको लागी रगत पसीन बगाएको देखेर नै काठमाण्डुमा बिद्रोह नभएको हो। नत्र कसैले कसैको राज्य सधै खान सक्दैन।

मुख्य कुरो यसरी हेर्नुस: के तपाई नेपाल एकिकरण राम्रो हो भन्ने सोच्नुहुन्छ?

सोच्नुहुन्छ भने के मान्छे नमारी त्यो बेला एकिकरण हुनसक्थ्यो? त्यो बेला के नेपोलियनले मान्छे नमारेकन मुसारेर एकिकरण गरेका थिए? के काठमाण्डुले सिन्धुपाल्चोक वा ल्हासा आक्रमण गर्दा किस खाएर गरेको थियो?

हैन, एकिकरण गलत हो भन्ने सोच्नु हुन्छ भने के तपाइलाई नेपालका बाउन्न त्रीपन्न राज्य हरु बृटिशले त्यसै स्वतन्त्र छोड्थे जस्तो लाग्छ?

बृटिशले खाएको भए के हाम्रो संस्कृति बच्थे?

अब फादर ह्यामिल्टन्ले काठमाण्डुका पुराना तिनहजार किताब जलाएको कुरो स्वीकार गरेका छन। ति कृस्चियनलाई काठमाण्डुमा बोलाएको त पृथ्विले हैन, अनि कस्तो संरक्षण गरिएको रैछ आफ्नो पुर्खाहरुको धरोहरको भन्ने त्यसै थाहा हुन्छ हुदैन र?

गाली गरौ, तर झुटोकुरोम आधारीत भएर। हो, पृथ्वि ले चुनाब गराएनन, संसदिय पद्दति स्थापना गरेनन, जहानिया शाशन चलाए, ब्ला ब्ला ब्ला भन्न सकिन्छ। तर उनलाई बृटिशले सहयोग गरे, वा उनले मान्छे मारे, वा उनले भावनात्मक एकिकरण गरेनन भन्नु बुलशिट हो।काँग्रेसको कार्यसमिती मा ददशजना कोइरालाका नातेदारहरु राख्ने ले चाहि भावनात्मक एकिकरण गरेका छन कि? काठमाण्डुमा अरुलाइ 'भोटे' र 'मर्स्या' भन्ने हरुले चाही भावनात्मक एकिकरण गरेका छन कि? आफ्नो आङको जुम्रा नदेख्ने।।

my two cents
 
Posted on 01-28-07 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulbhai wrote
>ईतिहास शिरोमणी भनाउदा बाबु राम आचार्य

why are you so negative? why 'bhanaauda' ? tell me what the old blind old man has done to you? have you read his books? how critical he is of kings? Do you know any historian who is better than him? Are you smarter than him? Was he corrupt? Did he amass money? Did he write anything that you can substantially negate?

A few years ago, when his book 'aba feri kahilyai yasto nahosa' came out, whole nation was mesmerized. Anybody who met the man never doubted his intelligence. He has criticized Shah kings so incisively , so substantially, and here you are, jaannu na warnu tyasai itihaasa shiromani bhanaaudaa re.

Let's respect our elders.
 
Posted on 01-28-07 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PIRE जी यस् कुरा धेरै बिबाद न गरम । ईतिहास जित्ने हरुको लेखिन्छ नै।
नेपाल मा धेरै तथाकथित साहित्यकार्, ईतिहासाकार्, अनि पत्रकार अनि थुप्रै कार हरु छन । जे भए नि सत्य तथ्य कुरा निस्कनु पर्छ । नेपालमा छंदा होस् वा बिदेश रहंदा, मैले सधैं त्य ब्यक्ती वा समुह को बिरोध र भन्डाफोर गर्‍दै आएको छु । मेरा अन्य धागोहरुमा हेर्नु सक्नु हुन्छ । मेलम्ची को बिषयमा यही साझा मा हेर्नु होला । खाने पानी क्षेत्रमा काम गर्छु र त्यही बिषयमा उच्छ अध्ययन पनि गरेको छु । ख बिभागाअ्आ म भन्दा बढी ज्ञान र अनुभव भएका धेर छन । तर बिडमबना यो छ कि देशमा खाने पानी का बिशेषज्ञ भन्ने ब्यक्ती हरु यस्ता छन जस्ले जिन्दगीमा कहिलेइ पानीको बारेमा न अध्ययन गरेको छ न अनुसन्धान ।
 



PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters