Posted by: pire January 28, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
को हुन यी पुष्प मुनकर्मि र 'इतिहासकार' पुरुषोत्तम श्रेष्ठ? आफैले आफैलाई बिद्वानको पदवी दिएर त हुदैन नी। अब पृथ्वि लाई गाली गर्दा गर्दा भुपतिन्द्र मल्लको शालीक को कुरो ल्याइएको छ। ए बाबा, यो पनी कुनै कुरो हो? ज्ञाने र धीरेले गरेको कुरोको दोष दिने पृथ्विलाई? भोलि प्रकाश कोइराला नाथे, प्रकाशमान सिंह को कुरो ल्याएर बिपि गणेशमान लाई गाली गरे भैगो नि। अब पृथ्विले एक हजार ग्रन्थ नाश गरे भन्ने कुरो आज पहिलोपटक सुनें। ल अलि नाम चलेको इतिहासकारले त्यो कुरो मा सहि थापिदिउन, म पत्याउँछु। तर उपत्यकाप्रति त्यत्रो बैरभाव बहेको भए उनले किन उपत्यकाका जात्रा हरु कन्टिन्यु गरे, किन गोर्खाली चाडपर्व जबर्जस्ति थोपरेनन?पृथ्विले साच्चै जलाउन खोजेका भए केको एक हजार मात्र सारा काठमाण्डुको इतिहास जलाउन सक्थे, सारा गुम्बा जलाउन सक्थे, पशुपती जलाउन सक्थे, स्वयम्भु जलाउन सक्थे, कसले रोक्न सक्थ्यो उनलाई?कर्कप्याटृकले आफ्नो किताबमा लेखेका छन, नेपालमा पृथ्वि भनेपछी निकै सम्मान रहेछ तर अहिलेका राजालाई चाहिं त्यति मन पराउदा रहेनछन।(ऊनि पृथ्वि मरेको अठार बर्ष पछि गएका थिए।) पृथ्विलाई बृटिशले हतियार दिए भन्ने कुरो बेवकूफि हो। गोरखालाई किन सहयोग गर्ने बृटिशले त्यो बेला? गोरखालाई त कसैले गन्दा पनि गन्दैनथे त्यो बेला। चौबिसे राज्यहरुमा पनि सबभन्दा गरिब थियो गोर्खा, न कुनै खानी थियो(गुल्मी जस्तो), न कुनै ठुलो राज्य बाट अर्को ठुलो राज्य मा जादा बाटामा पर्थ्यो (कास्की जस्तो), न कुनै ठुलो बजार थियो (कास्की जस्तो)। नून नियमीत रुपमा आउन पनी काठमाण्डुमा सधै फाइट भएर नसकेपछि मर्स्याङ्दीको बाटो हुदै दुइहफ्ता लगाएर केरुङ् पुग्ने बाटो खोलेका थिए नरभुपाल शाहले। गोरखाको राज्य बिस्तार एक हद सम्म जरुरी पनि थियो, नून पनी खान समयमा नपाएका, धेरै जसो गुरुङ र दलित भएको राज्य जसलाई गुल्मी, तनहुँ, कास्की हरुले त हेर्दा पनि हेर्दैनथे, र चौबिसे राज्यहरुको एउटा छाता संगठन थियो, सँयुक्त डिफेन्स हेर्ने, त्यसको मेम्बरशिप लिएका थिए तनहुँ, गुल्मी, लमजुङ् आदीले, तर मेम्बरशिप चार्ज तिर्न नसकेर गोरखा मेम्बर पनि थिएन। आफैले आफ्नो सुरक्षा गर्नु पर्ने भाथ्यो। पृथ्वि बाठा थिए बेपत्ता। बेलैमा भक्तपुर गएर बसेका, मीत लगाएर रणजीत मल्लको छोरा सँग। उनले जयप्रकाशलाई इज्जत गर्थे, तर पाटनका प्रधान हरुलाई घृणा गर्थे। माथी प्रधानलाई मारे भनेर लेखिएको छ, तरति प्रधानहरु कति हत्यारा थिए, तिनले त्यहाँका नेवार राजाहरुलाई नै कसरि मनखुशी मारेका थिए भन्ने बारेमा कसैलाई मतलब छैन। पढ्नुस एउटा राम्रो इतिहासको किताब थाहा पाउनुहुन्छ। मैले मारेको समर्थन गर्न खोजेको हैन। उनले मान्छे मारे भन्ने कुरो जगजाहेर छ, नत्र एउटा सानो राज्य ले तेत्रा बाउन्न त्रीपन्न राज्य बिस्तार गर्न सक्छ? अब चिनको राजा ले गोर्खेहरु unreliable भन्यो रे? त के भो। उ कौन सा गतिलो मान्छे हो र? त्यो unreliable भनेको पनि पछि भिमसेन थापाको पाला म हो, तर बिदेशि र हाम्रो दुश्मन राज्यले भनेको कुरोको के भाउ भो र? आफ्नो हात माथी गर्न त्यो बेलाको कूटनीतिले जे माग्यो त्यो गरेको हो। गोरखाले ल्हासामा भएका नेवार बेपारीहरुको लागी रगत पसीन बगाएको देखेर नै काठमाण्डुमा बिद्रोह नभएको हो। नत्र कसैले कसैको राज्य सधै खान सक्दैन। मुख्य कुरो यसरी हेर्नुस: के तपाई नेपाल एकिकरण राम्रो हो भन्ने सोच्नुहुन्छ? सोच्नुहुन्छ भने के मान्छे नमारी त्यो बेला एकिकरण हुनसक्थ्यो? त्यो बेला के नेपोलियनले मान्छे नमारेकन मुसारेर एकिकरण गरेका थिए? के काठमाण्डुले सिन्धुपाल्चोक वा ल्हासा आक्रमण गर्दा किस खाएर गरेको थियो? हैन, एकिकरण गलत हो भन्ने सोच्नु हुन्छ भने के तपाइलाई नेपालका बाउन्न त्रीपन्न राज्य हरु बृटिशले त्यसै स्वतन्त्र छोड्थे जस्तो लाग्छ? बृटिशले खाएको भए के हाम्रो संस्कृति बच्थे? अब फादर ह्यामिल्टन्ले काठमाण्डुका पुराना तिनहजार किताब जलाएको कुरो स्वीकार गरेका छन। ति कृस्चियनलाई काठमाण्डुमा बोलाएको त पृथ्विले हैन, अनि कस्तो संरक्षण गरिएको रैछ आफ्नो पुर्खाहरुको धरोहरको भन्ने त्यसै थाहा हुन्छ हुदैन र? गाली गरौ, तर झुटोकुरोम आधारीत भएर। हो, पृथ्वि ले चुनाब गराएनन, संसदिय पद्दति स्थापना गरेनन, जहानिया शाशन चलाए, ब्ला ब्ला ब्ला भन्न सकिन्छ। तर उनलाई बृटिशले सहयोग गरे, वा उनले मान्छे मारे, वा उनले भावनात्मक एकिकरण गरेनन भन्नु बुलशिट हो।काँग्रेसको कार्यसमिती मा ददशजना कोइरालाका नातेदारहरु राख्ने ले चाहि भावनात्मक एकिकरण गरेका छन कि? काठमाण्डुमा अरुलाइ 'भोटे' र 'मर्स्या' भन्ने हरुले चाही भावनात्मक एकिकरण गरेका छन कि? आफ्नो आङको जुम्रा नदेख्ने।। my two cents
Read Full Discussion Thread for this article