Posted by: Rahuldai January 27, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
ईतिहास सधैं जित्नेहरुको लेखिन्छ र हामीलाई आज तिनै ईतिहास पढाए । म सानो छंदा मलाई तेही ईतिहास पढाईयो र त्यसैलाई सत्य ठाँने । भागेर गएको राजा ले प्रजातन्त्र कसरि एक् मुठि कागज् मा ल्याए, त्यतिबेलाको बाल् शुलभ मस्तिष्कले प्रश्न गर्न सकेन। नेपालि कांग्रेसको शसश्त्र बिद्रोह र मुक्ति सेनाको नामो निशान थिएन। भगुवा राजा लाई प्रजातन्त्रको प्रतीक् मान्यौं। आधुनिक नेपालकै बिषयमा बिद्यावारिधि गरेका इतिहासबिद् डा त्री-रत्न मानन्धर् का अनुसार् पृथ्बी नारायण् शाह लाई महान् भन्न नमिल्नी थुप्रै कारणहरु छन्। मैले आइ एस्सी पढ्दा त्रीभुवन् बिश्व बिद्यालयबाट् प्रकाशित् नेपाल् परिचय नामक् पुस्तकमा बूंदागतरुपमा उनको बारेमा हामीले नपढेका काला करतुत् हरु लेखिएका छन्। १- उनिएए सन्काहा राजा थिए।मकवानपुर्को सेन बंशी ससुराली जाँदा,आफ्नै सालालैइ जुत्ता लगाएर सलाम गर्‍यो भनेर त्यहिं छप्काएको घाटना ले पुष्टी गर्दछ । २- आफ्नो सामराज्य बिस्तार गर्ने क्रम:मा, उन्ले आफ्न भाइ भातिजहाँरुको खूब दुरुपायोग गरे । फलानो राज्य जितिस् भने तेरै राजा हुन्छ लडाईं गर्न पठाउने अनि जिते पछि तीनाइ भाइ भातिजहाँरुला कोठारिमा जाक्ने थुप्रो उदाहरण छन्। ३- पहिलो पटक नुवाकोट हान्दा उन्का सैनिक ले नराम्रो पराजाय भोग्नु परेको थ्यो । त्यस टोलिका सेनापति(शायद बीर ध्वज हुनुपर्छ) र तीनका छोरा लाई उनले देश निकाला गरी दिए । त बीर ध्वज र तीनका छोरा को बीरता बाट प्रभाबित भएर नुवाकोटे राजाले आफ्नो सेनाको नेतृत्व गर्ने प्रस्ताव राखे। पछि दोस्रो पटक् हो कि तेस्रो पटक् गोर्खा सेनाले आक्रमण गर्नु अगाडि, उनले तिमी मेरै सेनापति हौ, किला छोडि देउ भनेर सन्देश् पठाए। त्यस्को जवाफमा बीर् ध्वजले मैले अहिले जस्को नून् खाएको छु, तेसकि सोझो गर्छु, किल्ला छोड्न मेरो ख्सेतृय धर्मले दिदैन भनेर लेखे। नुवाकोत् हार्यो र बीर् ध्वज् लाई युग्ध बन्दी बनाइयो। पृथ्बी नरायन शाह् ले बीर् ध्वजलाई जिउंदै छाल काढेर मारे। जिउदै छाला काढ्ने जस्ता अति अमानबिय कार्य गर्ने राजालाई महान् भन्न सकिन्न। ४- कीर्तिपुर् को घट्ना त धेरैले पढेको सुनेको कुरा हो, यहा उल्लेख गरि रहनु नपर्ला। मित्रहरु, मैले २३ बर्षाघि पढेको सामाग्री सम्झे जति लेखेको हुं। अरु पनि थुप्रा त्यस्ता नीच काम् कुरो लेखिएको छ त्यस्मा, मौका मिले पढ्नु होला। हामीलाई झुठ्ठा इतिहास् पधैएको थ्यो र आज् पनि धेरै जना तिनै मुशल्मान् का सन्ततिहरुलाई, हिन्दु राजा भनेर स्तुती गाइरहेकाछौं।
Read Full Discussion Thread for this article