Posted by: pire January 28, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
"नेपाल को अधुनिक इतिहास् मा बिद्यावारिधि गर्ने ले लेखेको इतिहास् पनि झुठ्ठा साबित् गर्नु भयो। नतमस्तक् छु, तपाइको ज्ञान् र बिद्वतता अनि जवाफ् दिने शैली प्रति।" राहुलजी, तपाइको जबाफ लेखाइ देखेर म हैरान भए।के म अब सबै पि एच डि हरु सँग डराउँ? तपाइको जानकारिको लागि मानन्धर सरका धेरै सहकर्मी हरु, र अरु इतिहासमा बिद्याबारिधीगरेका हरु सँग मैले सँगत गरेको छु। तपाई 'इतिहास' झुट्ठा पढायो भन्नुहुन्छ, त्यस भए तपाइले आफै भन्नुस्: त्यो जयन्त रानाको बारेमा तपाइले आफै खोजेर पत्तालगाउनु भाको त हैन होला। पृथ्विले मारेका अरु पनि थुप्रै उदाहरण जुनसुकै इतिहासको किताब पढेपनि पाइन्छ। त्यसैले इतिहास झुट्ठा पढायो भनेर गनगन गर्नेहरु किताब खोजेर पढ्न नमान्ने अल्छी हरु हुन। मैले बाबुराम, ज्ञानमणि, दिनेश आदि इतिहासबिदका किताब पढ्दा त्यसरी लुकाएको त पाइन। हो केहि चम्चाहरु (उदाहरणको लागी ढुण्डीराज भण्डारीको नेपालको इतिहास राजाहरुको चम्चागिरिभन्दा अरु केहि हैन, तर बाबुराम आचर्यलाई चम्चागिरि गरेर लेख्यो भन्न तपाइले पहिला उनका सबै किताब नपढी हुदैन।) येनि वे, पृथ्विका सन्तानको कुकर्म को दोष पृथ्विलाई दिएर आफु के के न राम्रो समालोचक हु भन्नु बेकार छ। काठमाण्डु जितेपछि पनि पृथ्विले न कुनै कर बढाए, राज्य जितेपछि कर बढाउने, लुटपाट गरेर लड्दा लागेको खर्च उठाउने चलन युरोपमा त्यसबेला ब्याप्त थियो, तर पृथ्विले त्यसो गरेनन। काठमाण्डुका ब्यापरीहरु किन अति खुशि भएका थिए भने उनले भोट सँग कडा रुपमा कदम चालेका थियो काठमाण्डुको ब्यापार बृद्धिको लागी। कुनै गोर्खाली ब्यापारि भएको थिएन, पुरानै नेवारहरुनैब्यापार कब्जा गरेर बसेका थिए। त्यसैले काठमाण्डुले एकपटक पनि बिद्रोह गरेन। अब भन्नलाई त 'ए, बिद्रोह गर्‍यो कि मार्ने भएर गरेनन नि' भन्नु होला तर मरिन्छ भन्ने डरले बिद्रोह गरेनन भन्नु काठमाण्डुबासी को आँट लाई नीच देखाउनुहो। मेरो बिचारमा पृथ्वि बुढा एक महान मान्छे थिए, दुरदर्शी नेता थिए, तिनका छोरानातिले त्यो गर्न सकेनन, सबै चोरफटाहा भएर निस्के, तर पृथ्वि लाई त्यो दोष दिनु बेकार छ। दोष दिनेले यदि अबको छ बर्षमा नेपालको भावनात्मक एकिकरण गरेर देखाए त हामी सबैलाई राम्रै हुन्थ्यो, तर खाली तुच्छ राजनीतिको लागि यस्तो इतिहासका कुरालाई साधन बनाउनु त नीचता हो। अस्ति पृथ्वि जयन्तीको दिन पृथ्विको बिरोध गरेर लेख लेख्ने एकजना पनि औपचारीक रुपमा पढेको इतिहासकार थिएन, मैले कान्तीपुर हेर्दा यो नोट गरेको थिएँ। भुइफुट्टाहरुले सुनेको भरमा ज्ञानेन्द्रको रीस पृथ्विलाई पोख्नु अल्पज्ञान भयंकर भनेझै हो। त्यो उमेशको ब्लगमा उसलाई समर्थन गरेर लेखे मात्र प्रकाशीत गर्छ उसले। मैले कतिपटक 'ए बाबा, यसो हैन, सही कुरो लेख' भन्दा उसले छापेन, एकपटक मार राजालाई गाली गरेर लेख्दा तुरुन्त छाप्यो।त्यस्तो हाउडे र एकतर्फी केटो छ। दुइचार दिन आन्दोलन हुँदा त ताली पाउँछन यस्ताले,मैले पनि उसको आन्दोलनप्रतिको योगदान कदर गर्छु र एक पटक पैसा पनि दिएको छु, तर पछी 'मेरो जीवनको चारपाच बर्ष मनपरि लेखेर खेर फ्यालेछु' भन्ने हुन्छ यिनलाई।
Read Full Discussion Thread for this article