Posted by: pire January 28, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
म शाह राजाहरुको समर्थक हैन, तर पृथ्विको बारेमा तालनतुलका मान्छेले जान्नु न बुझ्नु (यो माथिको लेख लेख्ने लाइ त कुन जनरल नुवाकोट भागेका भन्ने समेत थाहा छैन: ति जयन्त राना थिए, र तिनि भागेको नरभुपालको पालामा हार्दा हो) त्यसै जे पायो त्यो लेख्न लाज नमानेको देख्दा हग्नेलाई भन्दा देख्ने लाई लाज भनेको याद आउछ। पृथ्वि के साच्चै नराम्रा थिए त? ल हेरौ त। १। उनको काठमाण्डु बिजय पछि उनले काठमाण्डुको कुनै घर ध्वस्त पारे? अहं। कुनै गोरखाको चाडपर्व जबर्जस्ति ल्याए? अहं। उनले भत्काएको दरवार भनेको ललितपुरको मात्र हो, त्यो पनि निकै कारण हरु छन। त्यसबेला का काठमाण्डुका राजाहरु आपसमा फुटेका मात्र थिएनन, बरु बिदेशी मिसनरि ल्याएर बसेका समेत थिए। जय प्रकाश बिर त थिए तर तिनका आफ्नै मान्छेले उनको बिरुद्ध षड्यन्त्र गरेकोले कहिले पशुपति कहिले गुह्येश्वरि गएर बस्नुपरेको थियो उनलाई। भक्तपुरमा जब तिनै राजालाई एउटैकोठामा गोर्खालिहरुले पक्रेका थिए, त्यो बेला गोर्खालीसेनाहरु ति राजाहरुलाई हेरेर हास्दा जयप्रकाशले भनेका थिए, 'मेरा जस्त अविश्वासीला सेना भए तिमि पनि दुख पाउछौ।' काठमाण्डुको पतन अबश्यम्भावि थियो। अङ्ग्रेजहरुले काठमाण्डु मा आखा गाडिरहेका थिए, नपत्याय कर्कप्याटृकको र ह्यामिल्टनको बिबरण (जुन १७९३ र १८०३ ए डि मा भएको भ्रमण बारेमा लेखिएको हो) हेर्नुस। काठमाण्डु को चिसो मौसम, युरोपमा फल्ने सबै तरकारि उब्जाउन सकिने क्षमता, ब्यापार संभावना आदि देखेर लोभिएका थिए अङ्ग्रेज। नत्र के ति बेपारिले त्यसै किनलकको नेतृत्वमा जयप्रकाशलाई सहयोग गर्न सेन पठाए होलान? २। काठमाण्डौको महान सभ्यता बिस्तारै अधोगतिमा गै रहेको थियो। हेर्नुस्, प्रताप मल्लको पाला पछि बनाइएका सार्वजनिक महत्वका दरवार हरु कति छन र? काठमाण्डुको त्यसबेला को अर्थतन्त्र यसको सर्बोत्कृष्ट धातुकलाले गर्दा धानिएको थियो। काठमाण्डुले तिब्बतको लागि सिक्का बनाउथ्यो भने त्यसैताका भारतबाट चिन तिर जानलागेका एक पादरिले पश्चिम् तिरको एउटा देशमा एक जन धातुको काम गर्ने राम्रो कलाकारलाई भेटेर 'तिमि कहाँ बाट आयौ भनेर सोध्दा म परको नेपाल भन्ने ठाउ बाट आएको हु, 'इन्द्र' (हुनसक्छ भुपतिन्द्र?) भन्ने राजाको देश बाट भनेका थिए यसरी परपर सम्म गएर काम गर्थे त्यसबेलाका काठमाण्डुका शिल्पी हरु। तर पछि आएर सबै काठमाण्डुका राजाहरु आपसी लडाई मै अल्झेका थिए। त्यस्तो बेला गोरखाले नखाए अर्को ले खान्थ्यो, अङ्ग्रेजले खान्थ्यो र अहिलेको काठमाण्डु शायद शिमला, मसुरि जस्तै भारतको एउटा हिलस्टेशनको रुपमा चिनिन्थ्यो। पृथ्विलाई काठमाण्डुको शभ्यतापतनको लागे दोष दिनु पनि बेकारहो। किन? फादर जोसेफ र फादर ह्यामिल्टन जसलाई पृथ्विले काठमाण्डु बाट भगाएका थिए, ति मध्य ह्यामिल्टनलाई त्यसताका बृटिश इतिहासकार रोज ले बेतिया मा भेटेका थिए। उनि भन्छन, उनलाई भेट्ने बित्तिकै ह्यामिल्तनले गोर्खालि हरुलाई बेस्सरि गालि गरेर भने कि 'जे भये पनि एउटा काममा छहि म गर्ब गर्छु। ति अधर्मी नेवारहरुलाई कृस्चियन बनाउन नसकेपनि तिनिहरुको तिनहजार किताब चाहि जलाइदियौँ हामीले'।(हेर्नुस, सिल्वान लेबि को नेपालको इतिहास)। के यस्ता मल्ल राजाहरुले काठमाण्डुको सभ्यत बचाउन सक्थे होलान? ३। अर्को कुरो अहिले जसको मुखमा पनि 'पृथ्वि' ले देशको मानसिक एकिकरण गरेन भन्ने झुण्डिएको छ। ए बाबा, त्यो बुढो जम्मा छ बर्ष बाँचेको थियो, देशको एकिकरण गरेपछि। छ बर्षमा के गर्ने? त्यो पनि त्यो जमानामा। बामपन्थिहरु अहिले पनि लेनिनको र माओको तस्बिरमा फुलमाला लगाएर कार्यक्रम गर्छन। लेनिनले १९२२ मा एकिकरण गरेको सोभियत युनिअन कौन सा भावनात्मक एकिकृत थियो त? माओको चिनमा अहिले पनि शंघाइका ले बेइजिङका लाई नगनेर हाम्रो तराइ र पहाडकोजस्तो चाला छ। भारत यत्रो बर्षमा कत्तिको एकिकृत भयो र? त्यसै दोष दिने संस्कार बाट मुक्त हुनुपर्छ। हो पृथ्विका छोरा नातिले काम गरेनन, बदमास भए, तर बुढाले त राम्रै गर्न खोजेका हुन। उनको दिब्योपदेश पढ्दा नै थाहा हुन्छ। ४। हुदा हुदा उनले भाइ हरुमा राज्य बाँडेनन भनेर गालि गरियो। के दलमर्दन ले पाटन, महोद्दमकिर्तिले भक्तपुर चलाएको भए चाहि राम्रो हुन्थ्यो? उनले आफुलाई मनपर्ने छोरा बहादुर शाहलाई पनि त केहि दिएनन र स्त्रीलम्पट प्रताप सिं लाई सबै दिए, किन? किन के मान्नुस नमान्नुस उनलाइ एकिकृत नेपालले मात्र फिरंगी को प्रतिरोध गर्न सक्छ भन्ने बिश्वास थियो।मुर्दालाई जति गालि गरे पनि हुन्छ। जे गरे पनि हुन्छ। तर आफै बेबकूफ बन्ने काम नगरौ। 'मलाई यो कुरो पत्याउन मन छ, यो पत्याउछु, इतिहास जे सुकै होस' भन्ने मानसिकत बाट मुक्त हौँ। कुनै पनि बेवकूफ मान्छेले राज्य बनाउन सक्दैन। गोरखा त झन एउटा गरिब राज्य थियो त्यसबेला। कसरि एउटा ठुलो राज्य बन्यो होला त्यो? अझ कसरि एउटा सानो राज्यले आफ्नो स्वतन्त्रता जोगायो? आजको अर्थषास्त्र पढ्ने मान्छेहरुले भए यसलाई 'केस स्टडि' भनेर पढ्थे होलान। तर हाम्रो त आफ्नो इतिहासलाई थुकेर अरुलाई ढोग्ने चलन भएको देश न पर्‍यो। म राजाबादि हैन। ग्याने, बिरे, महेन्द्र, तृभुबने, क इतिहास जानेको बहाना गरेर।सत्य बुझ्न तिर लागौ किनकि 'सत्य मेव जयते'। एक गणतन्त्रबादि।सैलाइ पनि मेरो सहानुभुति छैन। तर पृथ्वि लाई गालि गर्नु बेकार हो। त्यो पनि नजानेको
Read Full Discussion Thread for this article