Posted by: pire January 28, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
राहुलभाई, तिमि grow up हुनुपर्छ, यहाँ आएर मनपरि लेख्ने, अनि यसो गर्नु पर्थ्यो भनेर उल्टो मलाई गाली गर्ने। तपाईले अब त हुदाहुदा बाबुराम आचार्यलाई पनि गाली गर्न थाल्नु भो? कुन इतिहासकारले गाली गर्छ उनलाई नेपालमा? राजाको भक्तिगान गर्ने इतिहासकार त अरु नै हुन? कुन किताब पढ्नु भा'छ आचार्यको र कहा, कति पेजमा उनले राजाको झुट्टा गुणगान गरे? अब मलाई शाहबंशिय क्रुर नभन्नुस, तपाई भन्दा केहि कम साधारण परिवारमा जन्मेको हैन, तपाई भन्द कम गणतन्त्रबादी पनि हैन। य, छाला काढेर मारे रे, अहिलेका माओबादिले कसरि मारेका छन उनका सुराकी लाई, अमेरिकिले कसरि मारेका छन इराकीलाई? दुइ सय बर्ष अघि यदि आफ्नो मान्छे भागेर दुश्मनको सेनालाई सघाएर बसेको छ भने उसलाई कुन राजाले नमार्ला? बार्ह बर्षको माओबादि भगौडालाई घाटी रेटिरेटि मारेको पढेको छु, बेनि बजार निर, गएको बर्षमात्र।तिनका भरौटेहरुले आज पृथ्विलाई सत्तोसराप गर्न सुहाउदैन। इतिहासलाई झुट्टा साबित गर्न पढ्नु र गहन चिन्तन गर्नु जरुरत छ, घरमा बसेर एउटा सेनपतिको नाम समेत राम्रो सँग चेक गरेर लेख्न धैर्य नगर्नेले इतिहासको बारेमा कमेन्ट गर्नु बेकार छ। बरु जानुस, इतिहासकारहरुलाई सोध्नुस, तिनिहरुले कसरी मुल्यांकन गर्छन पृथ्विलाई, बिशेष गरि अरुको तुलनामा?
Read Full Discussion Thread for this article