Posted by: pire February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
हरे रानीसापले पनि के कुरो गरि बक्स्या होला? पिरेलाई बरु अचानोमा राखेर खुकुरिले छ्याक्क हान्याभए कम दुख्थ्यो होला। अब पिरे र सायमीमा के फरक रे? सायमीले उनको ब्लग लेखेर ठेगान सहित दिएर कता लेख छपाएका थिए, अनि उनिको रैछन भन्ने त ठ्याक्क था'भो। अनि एउटा मधेशीको साइटमा गएर उनले 'हो हो केटाहो, कुरो सहि गर्‍यौ, पहाडियाले पेलेकै हुन, तर यो सबै पेल्ने त बाहुन हुन' भन्ने पाराले कमेन्ट गरेका रैछन। उनको पुरानो रिसइबि पनि रैछ, हेर्नुस है, सुरेशराज शर्मा सँग। अब शर्मा बाजे सँग मेरो पनि असहमति थुप्रै छ, कसरि मेडिकल क्याम्पसमा झगडा भयो भन्ने त सबैलाई था'भा'कै कुरो भो।एनि वे, त्यतातिर नजाम। तर सायमी बेला बेला यहाँ आएर तालनसुरले प्रश्न हान्छन, काट्टो खाने बाहुन भनेर। अनि त्यो कुन संदर्भमा सोधेको? किन सोधेको? केहि त हुनुपर्‍यो नि, मैया रानी? अब मैले नै रानीसापलाई त्यसै बिना प्रसँग आइएस्सीको बेलाको कुरो कोट्याएर सोधे भने के गरिसिन्छ? अझ भनौ न, हजुरको बुवाले तीसबर्ष पहिले त्यो सेन्टम्यारिज पढ्ने बस्नेतनीलाई लाइन मार्न खोज्दा झन्डै गोदाइ खाको कुरो यहाँ उठाएँभने के गरिसिन्छ? हैन। जे होस,यो सायमी मित्र ले आफुले सोच्ने बानीमा धेरै परिवर्तन ल्याउनु जरुरी छ, मलाई त जति हेपे नि केहि छैन, तर सबैले हेपाइ खाएर नसुनेको जस्तो गरी बस्दैनन। आ जे होस, अनि हजुर कता तिर? घरमा लालाबाला सञ्चै छन? आज छोर्छोरी नहेरेर खुब साझामा समय बिताइस्याछ त?
Read Full Discussion Thread for this article