Posted by: pire February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
राहुलभाई, मैले त्यो काट्टोको बारेमा कमेन्टगरेको सायमीजीको लेखाइलाई लिएर हो। यहाँ बाहुन हरु जति सबै लाई बदनाम गर्नु पर्छ भन्ने आसयमा मान्छे हरु छन। सायमीजिको अरु ठाउँमा पनि 'यो सबै समस्याको जड बाहुनबाद' हो भनेर लेखेको लेखहरु देखेको छु। अब बाहुनबादकै कुरो गरौँ, के तपाईँहरुलाई बाहुन हरु एकजुट छन जस्तो लाग्छ? मलाई त्यस्तो लाग्दैन। यहाँ जातकाजात मिलाएर अरु जातलाई समाप्त पारौँ भनेर कोहि आएको छैन। राजा र बाहुनहरुकै संबन्ध पनि युनिफर्म छैन। पृथ्विको पालामा उपाध्याय बाहुनहरुलाई खुबै मानियो, तर रणबहादुरले बाहुनि कान्तिवति झा लाई बिहे गर्न खोज्दा बिहे गरिदिन नमानेका बाहुन प्रति पछि सम्म बदला लिए,उदहरणको लागि गुठिको जग्गा हरण गर्ने 'बासट्ठी हरण' लाई लिन सकिन्छ। राणाकालमा पनि सबै राणा र थापाहरु ठुलोमान्छे भएका हुन। बरु राणाहरुको बिरुद्ध बिद्रोह गर्ने हरु हेर्नु भयो भने टन्नै बाहुन हरु पाउनु हुन्छ त्यहाँ।बाहुन बिपीलाई जेलमा राख्दा अरु बाहुन नेताहरुले समर्थन गरेका थिए, जस्तो टंक प्रसाद, मातृका र डिल्लि रमण, हैन र? यसले नै 'बाहुनबाद' भन्ने कुरो सहि हैन भन्ने बुझाउँछ। मैले बाहुनहरुको बचावट गर्न खोजेको हैन।खाली बाहुनबाद भन्ने कुरो मिथ्या हो भन्न खोजेको हो। गणेशमानज्यूले एउटा संदर्भमा भन्नु भएको हो, तर गिरिजाहरुले गणेशमानलाई गलहत्याएको बाहुनबादले गर्दा हैन, नत्र भट्टराईलाई किन फाल्थे? यो सबै आफ्नोपरिवार र आफ्नो ब्यक्तीगत महत्वाकांक्षाको लागि गरिएको हो। मैले एउटाकुरो बुझ्दिन, किन एउटा बाहुनले हामीलाई जागिरबाट निकाल्ने बित्तिकै हामी सबै बाहुनको बिरोध गर्न थाल्छौ? यो त self destructive attitude हो। हिजो सम्म एउटा दुश्मन थियो, आज आफै बिनाकारण हजारौ लाई दुश्मन बनाउन किन खोज्छौं? त्यस्तै हो मधेशी समस्याको चुरो पनि। पहाडियाले हामीलाई उपनिवेश बनाए भनिएको छ। ए बाबा, राणा र शाहहरु ले बनाएको कुरो को दोष अब धादिङको सोझो तामाङ वा कर्णालीका मगर लाई दिने? यो बेवकुफि हैन? खै रासनल कुरो गरेको? हाम्रो देशमा जम्मै मान्छेहरु self victimology develop गर्न सिपालु छन, के कुरा गर्ने? अब यहि threadको कुरो गरम न, मलाई नै अलिअलि पढेरध्वाँस दिन खोजेको? भन्ने खालका कमेन्ट गरिए। ए बाबा, नपढिकन मनपरि एउटा मरेको बुढोको बारेमा लेख्नेहरु चाहि ठुलो, म चाहि ध्वाँस दिने भएँ अब? अनि के पढेर लेख्नु? यो त mob mentality भएन? हाहा र हुहुको भरमा सत्ता चलाउन खोज्ने जस्तो? (यहि बेला त्यो सद्भावनाको अडान हेर्नुस न, अरुले भएका सीट नघटाई तराई मा सीट संख्या बढाऔं भन्दा हुदैन, पहाडको सीट घटाउन पर्छ भनेर बवाल गरेको हेर्नुसन। एउटै कुरो हैन, तराइको सीट बढाउने र पहाडको सिट घटाउने भनेको। तराइको सीट बढाएपछि स्वत: पहाडको सीट घटेन र? तर त्यस्तो कुरो गर्‍यो भने सद्भावना भित्र गोदाइ खाइन्छ होला। आखिर पढेर तर्क गर्नु भन्दा नपढेर हाहु गर्नु राजनीति मानिने भएपछि ) == ani, jyotsanaji, hope you enjoyed it. raanisaap: I.Sc. only? Which batch? Which school? I still feel we must be dautari. I had a lot of female classmates who used to speak without understanding well:) ==
Read Full Discussion Thread for this article