Posted by: Rahuldai February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
पिरे जी, खुशी लाग्यो तपाईंको बारेमा जान्ने बुझ्ने मौका पाएको मा । म पनि ज्ञानको पूजारी हुं, ज्ञानेको होइन । तर पनि तपाईँको पछिल्लो आलेखलाई अर्ध समर्थन अथवा केही आलोचना केही समालोचना गर्ने जमर्को गरेको छु । सर्बप्रथम सायमिको भनाइ प्रती तपाईँको टिप्पणी अलि सुहाएन कि? सायमि जी ले जुन सुकै आसयले त्यो प्रश्न गरेको भए नि तपाईंको जवाफ सहज हुनु पर्थ्यो जस्तो लाग्छ । ब्राम्हण् जाति माथि सायमिजी को आफनै दृष्टिकोण हुन सक्छ, उहांको नितान्त् बैयक्तिक् कुरा हुन्। तर नेपाली अझ भनुं हिन्दु संस्कृतिमा त्यो कातो हो कि काटो ( म पनि नेवार् परेको ले नेपाली हिज्जे माथि मेरो पनि कम्जोर् पकड् छ) खाने खुवाने चलन् कालो धब्बा हो, मान्नै पर्छ। त्यस्को पनि इतिहास् होला नि? त्यही आसयले पनि उहाँले प्रश्न गरेको हुन सक्छ, होइन र? जातियता को कुरो अलि पचेन । तपाईंको आलेख को दोस्रो भाग प्रती मेरो पूर्ण समर्थन छ । नेवार जाती तपाईंले भने जस्तै बुद्धिमान , धनी( आर्थीक र कला क्षेत्र दुबै मा ) समुदाय हुन । अझ भनुम अनादी काल देखि सभ्यताम आफ्नो योग्दान गर्दै, त्यही अनुसारको सुबिधा भोग गरेका समुदाय हुन कुनै शंका छैन । प्रतिस्पर्धामा क भन्दा कम छैनन । अज भन्दा २०-२५ बर्ष अघी सम्म नेपाल को प्रशासन तथा आर्थिक प्रशासन दुबै क्षेत्रमा नेवार बाहेक कोही थिएन अहिले जता ततै ब्राम्हण भए जस्तै । अहिले नेवार कुनै क्षेत्रम पनि दिउंसै बत्ती बालेर खोजे पनि मुश्किलले भेटिन्छन । यस्को दोष म ब्राम्हण लाई दिन्न । आज को यो अवस्थाबाट सायमि जी लगायत का मित्रहरुमा बितृष्णा पैदा भएको हुन सक्छ । अहिले तराईइमा मधिसेलाई भए जस्तै । हामीले गरे के सम्भव छैन । जहाँ इच्छा त्यहीं उपाय । आठ कक्षा पढ्दा सम्म आफ्नो नाम अशुद्ध लेख्ने य राहुल भाई ले १० कक्षा मा देश भरिका सबै जस्तो प्रतिष्ठित निबन्ध प्रतियोगीता जित्यो । अनेक काब्य सम्मेलन मा प्रथम भयो । अझ प्रबेशिका परिक्षामा नेपाली बिषयमा सर्बप्र्थम भयो र त्यसको बलबुटामा बिशिष्ट श्रेणीको १० ज भाग्यशालीको सूचीमा आफ्नो नाम राख्न सफल भयो । ( माफ गर्नु होला, आफ्नो बखान गरे छु) यस्को मतलब मैले घमन्ड गरेको होइन, साथीहरुलाई सन्देश दिन खोजेको हुं । जुन सुकै भषी र जातीको भए नि आफ्नो परिश्रम र लगनमा बिश्वास् गरे सफल होइन्छ । हामीलाई भाषा जस्तो संबेदनशील बिषयमा राजनिती गर्ने पद्म रत्न जस्ता फताहाले बितृष्णा को बोट रोपेका हुन । त्यो झांगिदै छ । देश दल दल मा भांसिदै छ । अस्तु!
Read Full Discussion Thread for this article