nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 101144 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 04-16-06 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे गाम्ले दाजुभाइ दिदिबहिनिहरु,
लौ यस पालि मेरो भो चौतारो चिन्ने पालो।
 
Posted on 04-16-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो काम गरिस् साहिला! चाँडै बाउ भएस्।

बरु एउटा कुरो, बुटोलाई माथि कुरालाई तल गरेको भा' अझ राम्रो हुन्थ्यो कि?
 
Posted on 04-16-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्यान्कान्छो चौतारीलाई जगहाल्न ढुङ्गा खोज्न तल खोल्सा तिर झर्याथे, उतै किच्कन्नीले लडाइ कि के हो? लु गाम्लेहरु, स्यान्कान्छालाई त खोज्नै जान पर्ला जस्तो छ। :p

साईँलाले चिनिसकेछन चौतारी। लु ठिकै भो, जेठो बाट सुरु अर्नि हो भुने पनि कान्छाको भन्दा साईँलाको पालो पैला आम्छ के रे। गजप भा'छ साईँला। तिमी त आजकाल हेड-मिस्त्री नै भाछौ रे, के का कमजोर जग लाम्थ्यौ र।

ए कान्छा, तिम्ले राम्रा-बलिया ढुङ्गा ल्यायौ भने लुका'र राख है, यो चौतारी सक्के पछि झ्याप्प अर्को जग हाल्नु पर्छ के। :-)। कान्छो भा'सि यस्तै हो। दशैँका टीका कान्छो बाट, तिहारका टीका जेठोबाट।

बरु टेपरीकोट चैँ घन्काइहाल न कान्छा। कस्तो झाम्रे नाचुँ नाचूँ भो, मलाई त।
 
Posted on 04-16-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! दाजुभाइ दिदी-बहिनीहरु,
हाजिर गर्दैछु। एकदिन यतातिर नआको त, मान्छे बढेर नयाँ चौपारी बनाउन पर्ने भैसकेछ।

ल हाम्रो देशपनि लोकतन्त्रतिर लाग्न आँट्यो। हामी साझा गाम्लेले जनमत संग्रह गरेर देखाउदा कस्तो होला?

ल लोकतन्त्रीय मोडमा रिमिक्स गरेको गीत पनि श्रवण गरौं।

भोटहाल्न आउनुहोस,
आफ्नो तन्त्र आफैं छान्नुहोस् ।

तपाईं हामी मिले मात्रै लोकतन्त्र आउँछ,
लोकतन्त्र भयो भने भविष्य बन्छ।
लोकतन्त्र हाम्रो अधिकार
तपाईँ हामी नजुटेमा छाउँछ अन्धकार।

अन्त्यमा,
मेरो एक भोट लोकतान्त्रिक गणतन्त्रलाई।

अस्तु:
 
Posted on 04-16-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सही कुरा उठाउनु भो गालव जी।

देश जलिरहेछ, हामी मात्र कति टेपरीकोट बजाउनु। गाम्लेले धेरै राजनिति नगरे पनि निर्णायक भूमिका चैँ गाम बाटै सुरु भा'को ईतिहास छ।

म त यो चौतारीलाई साझाको पहिलो लोकतन्त्र-चोक भनेर घोषणा गरौँ भनेर प्रस्ताव राख्न चाहन्छु। यदि कोही गाम्ले बाट आपत्ति छ भने लोकतन्त्रमा त्यसलाई पनि सम्मानका साथ स्वागत गरिन्छ। त्यसैले लोकतान्त्रिक विधी नै आत्मसात गर्दै यहाँ पनि चुनाउ गरुम न त।

लु, अब दायाँ बायाँ क्यै कुरो नगरेर केवल लोकतन्त्र (रबरको छाप होस या गणतन्त्र, किन कि यसमा केही मान्छे अझै खुलेर आउन सक्या छैनन्, म चैँ गणतन्त्र कै पक्षमा छु है) वा राजतन्त्रमा भोट हालौँ। लोकतन्त्रले जितेछ भने फेरि "रबरछाप" र "गणतन्त्र" को चुनाउ गरम्ला। राजतन्त्रले जितेछ भने त कुरै खत्तम भो, मेरो प्रस्ताव फिर्ता। :-)

मेरो भोट- लोकतन्त्रलाई !
 
Posted on 04-16-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो भोट पनि लोकतन्त्रलाई।
मेरो लागि लोकतन्त्र=गणतन्त्र+बहुदल
 
Posted on 04-16-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रबर सबर होइन क्या फेरि चेप्टिन सक्छ यो त जुका जस्तै । इतिहास नदोहर्याउने अब ।त्यसैले मेरो भोट त गयो लोकतान्त्रिक गणतन्त्रलाई
:D
 
Posted on 04-17-06 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म येसो कैले काहीँ
फुत्त निस्किने अनि भाग्ने भर होला
साहिला दाइ ले नाम् छुटाचन क्या रे

मेरो मा त अजै पनि अन्योल छ
लोकतान्त्रीक चोक
गणतन्त्र चोक
सम्सध पुनर्स्थापना चोक

अन्योलै अन्योल को चौतारो चै नहोस् है नेता को जस्तो
जनता लोकतन्त्र भनिरा बेलामा खोइ नेता का कुरा
आम्दैनन क्या रे

गोताए दाइले ता लोक्तन्त्र=गणतन्त्र + बहुदल भन्याछन् क्यारे तर किन हो किन मलाइ अझै पनि स्पस्ठ लाग्दैन भन्या
यसो बरु गाम्ले हरु लाइ फुर्सद भए लोकतन्त्र र
गणतन्त्र को बहस् गर्नुपर्ला जस्तो छ चौतरो मा पनि
 
Posted on 04-17-06 2:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जंगली (या.....हु....) केटा, धेरै लामो कुरा गर्न यो गोताएँले जान्दैन। बहुदलीय ब्यबश्था नभएको गणतन्त्र भनेको उत्तर कोरिया जस्तो हो, प्रकारान्तरले राजतन्त्रनै भो (त्यहाँको हकमा किम वंश भनौँ) । अब गणतन्त्र नभई साँच्चिकै लोकतन्त्र भनेको असम्भव जस्तै हो। जस्तै किन भनेको भने यूरोपका केहि देशहरु र जापानमा लोकतन्त्रलाई आत्मसात गरेका
राजतन्त्रहरु छन्। ती देशका विशेष ऐतिहासिक वस्तुस्थिति अनुसार राजनीतिक समायोजन त्यो ढंगले भयो होला, केहि हदसम्म राजतन्त्र उदार थियो होला; तर हामीकहाँ दरबारले अलिक उदार हुनु त कुरै छोडौँ, जनतालाई कहिल्यै दास भन्दा माथिको दर्जा दिएन। त्यसैले हामीकहाँ राजतन्त्र हुँदाहुँदै लोकतन्त्र आउने भन्ने कुरा हावादारी सपना मात्रै हो।
त्यै भएर मैले लोकतन्त्र=गणतन्त्र+बहुदल भनेको ।

(छोटो लेख्छु भनेको लामो भएछ कि क्या हो!?)
 
Posted on 04-17-06 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो भोट पनि लोकतन्त्र लाइ हैत।
अनि लोकतन्त्र भने को चै गोताए बिरोदर ले भनेझै गणतन्त्र + बहुदल

आजकल साझा को यौटा नामि मन्डले कत गयछ देखिदैन नि ।P.
 
Posted on 04-17-06 3:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये मेरि बास्सै गोताएँ ले मलाइ प्वाक्कै
जङ्गली भन्न भ्याए गाठेँ

राउटे ले जस्तो जङ्गल छोडेको पुस्तौ भैसक्यो गोताएँ काजि................

मैले पनि खुसुक्क बिसाम्न खोजेको कुरो को चुरो तेही हो
तर अहिले आन्दोलन मियो बिनाको जस्तो भोकि भन्ने
डर छ क्या
नेता ले अझै पनि साढेँको झर्ला र खाम्ला भनेर कुरेको जस्तो देखिन्छ
२०४६ सालमा गणेशमान ले नेतृत्व गरे तर अहिले को छ त ???????
जनता स्वत स्फुर्त भने पनि टुङो लाउने ता नेतानै हुन् क्यारे

यो सानो मुन्छे ले गोतायेँ काजि को अगाडि प्वाक्क मुख फोरेँ नजानि कन

गल्ति माफ पाउ

मलाइ चौतारो मा सिक्न पनि पाहिन्छ भनेर छिरेको है
 
Posted on 04-17-06 4:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल छिटोछिटो भोट हालम् । खै अरुहरु कता गए?
 
Posted on 04-17-06 4:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ साइल्दाइ ले हालेछन केरे नया चौपारि मा जग , राम्रो नै भयो के अर्नि हो त नि राम्रो काम लाइ राम्रो नै भन्नु पर्यो नि गाठे। अनि मलाइ भाइ भन्ने कि दाइ भन्ने कुरा आएको थियो मलाइ त के लाउछ भने नि म त यो चौपारि म सबै भन्दा कान्छो नै भएर मेरो नाम पनि सानो कान्छा भयो के रे ।चौपारि मा धेरै अस्कल मा मुन्छे हुनु हुदो रैछ केरे मैले त आइउस्सि भन्ने जिनिस पढेको पनि ३ साल मत्रै भयो के रे ।भने पछि मलाइ भाइ भने हुन्छ।
चौपारि मा लोकतन्त्र भन्ने कुरा उठेको रैच के रे मेरो भोट पनि गणतन्त्र लै नै भयो । हुन त सबै नेता चोर नै हुन के रे । गणतन्त्र भन्ने जिनिश आए पनि त्यहि पुराना चोर् नेता सुरु मा फाटेको कमेज लाएर भोट माउन आउने त होलान नि ।लौ त गाम्ले हरु मैले त यो चौपरि मा रमाइलो अर्न मात्र जानेको छु के रे । लौ सुन्नुस त आज नया गित को रिडियो। पहिला पहिला लुकाएर बजाउने अरेको थिये सुरु बाट नै सबै गित सुन्नु पर्ने के अल्छि लाउदो भओ के रे अनि धागो नै बनाइदिये । मन लागे बटार्न सक्नु हुन्छ।


 
Posted on 04-17-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुने पछि सानो कान्छ सानै
रहेछन् हैन त
बल्ल आइ एस्सी भन्ने जिनेस सकेर पो आरचन त
कान्छा अहिले ता बटार्न मिल्ने रडियो रच
झन राम्रो
जेहोस् अर्को अस्कल को भाइ भेटियो
रमाइलो छ

भोट मेरो पनि गणतन्त्र मै छ

छिटो छिटो मत खसालौ है फेरि बुथ बन्द होला
यहा ता नया technic छ क्या मत खसाल्दै गन्न पनि सुरु हुने

मत गणना:
अहिले सम्म
गणतन्त्र: ५
लोक्तान्त्रीक गणतन्त्र: २
लोकतन्त्र: ०
राजतन्त्र: ०
 
Posted on 04-17-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-17-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, साहिंलाले नयाँ चौतारी नि बनाएछ, अब चुनाव पनि भैरा' रैछ। म नि भोट चैं हालिहालम्, म त सिधै गणतन्त्रमै हाली दिन्छु, किन लोकतन्त्र, रबर छाप भनेर लामो बाटो लिईराख्ने? 'सर्ट कट' मा 'गणतन्त्र', लौ जा!
 
Posted on 04-17-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइ हरु सँग पनि गित हरु छन भने मलाइ पठाइदिनु हुन अनुरोध गर्दछु।


नयाँचौपारि का गित हरु डाउनलोड अर्न यहाँ थिच्नुहोस।
 
Posted on 04-17-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>>>>गणतन्त्र: ५
लोक्तान्त्रीक गणतन्त्र: २ , >>>>>>>>>>>>>>

त्यो गणतन्त्र मात्र भनेको के हो फेरि ? त्यो माओबादषिको गणतन्त्र हैन है म। म त लोकतान्त्रिक गणतन्त्र। याने कि राष्ट्रपति सहितको बहुदलीय प्रजातन्त्रमा हो मेरो भोट। गणतन्त्र मात्र भन्दा अर्थ गलत नलागोस, त्यो पनि लोक्तान्त्रिक गणतन्त्र नै हो सायद।
 
Posted on 04-17-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लोकतन्त्रले जितेछ भने फेरि "रबरछाप" र "गणतन्त्र" को चुनाउ गरम्ला। "

ए भौतेजी! अनि 'रबरछाप' र 'गणतन्त्र' भन्या चैं के नि? के फरक छ यिनमा? मलाई त 'रबरछाप' अलि नक्क्ली जस्तो लागो, त्यसैले 'गणतन्त्र' भन्द्या के सिधै। हुन त मेरो पनि लोकतन्त्र हुँदै गणतन्त्र जाने भएकोले 'लोकतान्त्रिक गणतन्त्र' नै हो, तर छोटो र मीठो बनाउन गणतन्त्र भनेको, गलत अर्थ नलागोस् मेरो नि।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters