Posted by: Gautam B. April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
जंगली (या.....हु....) केटा, धेरै लामो कुरा गर्न यो गोताएँले जान्दैन। बहुदलीय ब्यबश्था नभएको गणतन्त्र भनेको उत्तर कोरिया जस्तो हो, प्रकारान्तरले राजतन्त्रनै भो (त्यहाँको हकमा किम वंश भनौँ) । अब गणतन्त्र नभई साँच्चिकै लोकतन्त्र भनेको असम्भव जस्तै हो। जस्तै किन भनेको भने यूरोपका केहि देशहरु र जापानमा लोकतन्त्रलाई आत्मसात गरेका राजतन्त्रहरु छन्। ती देशका विशेष ऐतिहासिक वस्तुस्थिति अनुसार राजनीतिक समायोजन त्यो ढंगले भयो होला, केहि हदसम्म राजतन्त्र उदार थियो होला; तर हामीकहाँ दरबारले अलिक उदार हुनु त कुरै छोडौँ, जनतालाई कहिल्यै दास भन्दा माथिको दर्जा दिएन। त्यसैले हामीकहाँ राजतन्त्र हुँदाहुँदै लोकतन्त्र आउने भन्ने कुरा हावादारी सपना मात्रै हो। त्यै भएर मैले लोकतन्त्र=गणतन्त्र+बहुदल भनेको । (छोटो लेख्छु भनेको लामो भएछ कि क्या हो!?)
Read Full Discussion Thread for this article