Posted by: Bhaute April 16, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
सही कुरा उठाउनु भो गालव जी। देश जलिरहेछ, हामी मात्र कति टेपरीकोट बजाउनु। गाम्लेले धेरै राजनिति नगरे पनि निर्णायक भूमिका चैँ गाम बाटै सुरु भा'को ईतिहास छ। म त यो चौतारीलाई साझाको पहिलो लोकतन्त्र-चोक भनेर घोषणा गरौँ भनेर प्रस्ताव राख्न चाहन्छु। यदि कोही गाम्ले बाट आपत्ति छ भने लोकतन्त्रमा त्यसलाई पनि सम्मानका साथ स्वागत गरिन्छ। त्यसैले लोकतान्त्रिक विधी नै आत्मसात गर्दै यहाँ पनि चुनाउ गरुम न त। लु, अब दायाँ बायाँ क्यै कुरो नगरेर केवल लोकतन्त्र (रबरको छाप होस या गणतन्त्र, किन कि यसमा केही मान्छे अझै खुलेर आउन सक्या छैनन्, म चैँ गणतन्त्र कै पक्षमा छु है) वा राजतन्त्रमा भोट हालौँ। लोकतन्त्रले जितेछ भने फेरि "रबरछाप" र "गणतन्त्र" को चुनाउ गरम्ला। राजतन्त्रले जितेछ भने त कुरै खत्तम भो, मेरो प्रस्ताव फिर्ता। :-) मेरो भोट- लोकतन्त्रलाई !
Read Full Discussion Thread for this article