Posted by: nepesahila April 16, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
चौतारी! चौतारी!! चौतारी!!! जवानीमा जवानीमा तानेको गाँजा, गाँजा अहिले मुलाई लाइरा'छ हो नमजा ... ... ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् । बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा। लागेछ मोहनी चाल मैले पाइन छुटाइदेऊ मोहनी म कति रोइरनी एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई ... ... यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। रिटिङ् रिटिङ् नबजाऊ विनायो विनायोले मन मेरो मेरो छिनायो साहिँला दाइ आक्काका खोलापारि म मयाँ लाउँदिन वर्षा लायो भेट हुनै पाउँदिन साहिँला दाइ आक्काका ... ... उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ। कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ। ... ... निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै लेख्दैछौँ जनता मालिक भएको तमसुक अब ! पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब! तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ। चित्रे: लेकाली हे, हे, चोयाको डोको सानु माया हे, हे, लगाउने धोको नपुग्दै मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी (बह्यो खोला, बेँशी झ-यो सम्मै तिम्रो माया, कलेजीमा टम्मै) ---२ आँखैमा, गाजलू लपक्कै भन माया, लाइदिऊँ कि छपक्कै बैँशैमा, बैँशैमा मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी (रातो चोलो पाखुरीमा टिमिक्कै माया बस्यो आँखैमा झिमिक्कै) ---२ के गोड्नु कर्कलो बारि पर्ख तिम्लाई रोइरने नपारी बैँशैमा, बैँशैमा मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी लेकाली हे, हे, चोयाको डोको सानु माया हे, हे, लगाउने धोको नपुग्दै मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी ... ... उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ। हाssssss तिमी पारी म भएँ वारी बिचैमा छ रेसुङाको घारी सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई लगे पनि हुँदो हो पैरोले सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ। भै रेछ जम्का भेट, भै रेछ जम्का भेट आँखा तरि कान्छि नानी नजाऊ न भागेर फूल सारे माया नमारे ... ... उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ। म माया लाऊँदिन, म माया लाऊँदिन आफू सुखी साईँला दाजू म दुखी स्वाउँदिन फूल सारे माया नमारे... लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ। लाहुरे: लाहुरेको हारेको कर्म बाँचे भने साईँली फर्कुम्ला यो घरमा नरुनु सम्झेर लाहुरी भाउजु- कुहु कुहु कोइलिको बोली तिमी बिना राजै न्याउलीको सुसेली मन रुन्छ सम्झेर
Read Full Discussion Thread for this article