world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 231874 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-21-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-21-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई, झिल्के, पर्बते , सप्पै लाई सोमबारे जदौ , धेरै गाम्ले को मार्टिन दिवस भएर छुट्टी जस्तो छ, आफ्नो नि छुट्टी नै भएर ओछ्यान मै छु अझै|
 
Posted on 01-21-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्टे बन्धु, ल चौतारिमा स्वागत छ, तिमि त के हो अौने बित्तिकै मन्त्रि पड्काइ हालेछौ, माने त्यो खुबीलाइ
अनि लहरे के छ?


 
Posted on 01-21-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे बिहानीमा सबै गाउँलेलाई जदौ!

सन्चै छु र सबैको कुशलताको कामना गर्दछु!

झिल्केलाई उसको संदेशको उत्तर दिन नसकेकोमा क्षमाप्रार्थी छु! भर्खरै मात्र यो इन्टरनेटको सन्जालमा छिरियो त्यसैले हो!

धन्यवाद्!


 
Posted on 01-21-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, गाम्लेहरुको भेला ले मेला को रुप लेला जस्तो छ। तारेमाम्।


बिर्खे बा, सम्धी बिष्टे,  लहरे बौचा सबैमा जदौ!


 अघि देखिन् झिल्के र म मात्र चौतारी कुर्ने। ठुली ले ढोका खोल्न पनि आइनन्। सरकारी छुट्टीमा तरकारी बेच्नु न पर्ने। मेरो नि पाठ्शाला छुट्टी, घरैबाट चौतारी हो आज त।


 
Posted on 01-21-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सम्धिज्यू, झिल्के, ठुल्दाई!

 

लहरेलाई पदोन्नती तथा निरन्तरसेवा पदक:

हालै मात्र नियुक्त भएका गितसंगित टाँसटुँस महाशाखाका अध्यक्ष श्री लहरेकान्त लाकौल द्वारा, आइतबार सोमबार केहि नभनि, अनवरत रुपमा प्रत्येक बेलुकि ६ बजे देखि भुतले खाजा नखाए सम्म, चौतारीमा गित संगित टाँसटुसमा देखाएको जाँगरबात अत्यन्त प्रभाविव भै, निजलाई गितसंगित टाँसटुँस महाशाखाको अध्यक्ष (सचिव) पदवाट पदोन्नती गरि बरिष्ट अध्यक्ष बनाइएको छ र साथै निजको तत्परता र  कार्यकुशलता अनि अनवरत खट्ने स्वभावलाई मध्यनजर राख्दै उनलाई निरन्तरसेवा पदकले बिभुषित गर्ने निर्णय मन्त्रिपरीषदले गरेको छ। आफ्नो कर्तव्यपालना गर्दै निमकको सोझो गरेस।

चौतारी मन्त्रिपरीषद्


 
Posted on 01-21-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गरे है सबैलाई,
सबैको छुट्टी राइछ
आफ्नो मात्र नभएको
मार्तिनको दिनमा पनि काम गर्नु पर्या हेरन
हो भन्या झिल्के यो बिस्ते ले आउन पाछैन मन्त्री पद्काएको
तेही त आफ्नो मान्छे चाहिन्छ क्या ठाउँ मा,
आफ्नो मान्छे भयो भने जे पनि हुने
अब बिस्ते को आफ्नो मान्छे पनि दुस्त नै परे, के गर्ने
थुइदै, चिया तोने सिरौला।

 
Posted on 01-21-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा के हो आफुले चाइ रास्ट्रपति नै कुम्ल्याउने बिचार छ कि क्या हो? अनि हाम्रि बुइनिको लागि खित् खित मन्त्रालय पनि खोल्नु पर्यो भन्या
 
Posted on 01-21-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरन्तरसेवा पदकको निर्णय फिर्ता:

हालै मन्त्रिपरीषदले श्रि लहरेकान्त लाकौलको कामबाट प्रभावित भई, निरन्तरसेवा पदक दिने निर्णय सार्वजनिक हुन नपाउँदै निज द्वारा मन्त्रिपरीषदको पर्वक्तालाई नै 'दुष्ट' को संज्ञा दिएको सुन्नमा आएकोले हाललाई मन्त्रिपरीषदले निजको उक्त भनाइलाई पूर्वाग्रहि मान्दै, निरन्तरसेवा पदक दिने निर्णय फिर्ता लिएको जानकारी गराउन चाहन्छौँ।

चौतारी मन्त्रिपरीषद्


 
Posted on 01-21-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोइ जिम्बाल मैले आफ्नो शब्द फिर्ता लिये है, my bad

 
Posted on 01-21-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया लहरे लहराउंदै  हाजिर। च्या ला सेकेण्ड राउण्ड या नक तिनि ब्यबस्था याना।


 लहरेको प्रमोशनले  इमोशन बनायो। जिन्तखीमा कहिलेइ प्रमोशन खान पाइन पर्भू।


छुट्टीले नि के अरम के अरम हुन्छ  हो। झुर्‍या बदाम् झुर्‍या बदाम् सुन्दै, किन्दै अनि खाँदै यो माघको मनतातो घाम ताप्दै, टुडिखेलमा क्रिक्रेट हेरम् हेरम् लाग्यो है।


 
Posted on 01-21-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रिकेट हेर्ने भन्या दाइले? ल बरु खेल्न नै जाउ न, दाइले त  फेरि  टुडिखेलबाट छक्का हानेर (R) NAC को झ्याल नै फुटाइदिने हो कि
 
Posted on 01-21-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

का हुनु झिल्के, परिषद ले बनै दिए मैले पड्का हैन| लु हाम्रो लहरे ले चै गरी खाने भो दिन रात गीत टासेर पर्मोसन लि छाडेछ, लु गाम्ले हो म त स्नान घर तिर पसे | 
 
Posted on 01-21-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे त्यहा पक्का केहि सडयन्त्र छ, ल ल त्यहि भयपनि मन्त्रि बनेकोमा बधाइ छ,
अरु गाम्लेहरु कता गय? आज भने तिते करेला खान पाइयला जस्तो छ धेरै बर्शपछि


 
Posted on 01-21-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त भन्या झिल्के परिषद ले अरु को लाई पनि देखेन, मात्र
बिर्खेको सम्धी बिस्ते लाई मात्र देखेर मन्त्री बनाइदियो
कस्तो सन्जोग, एस्तो पनि हुन्छ है।

 
Posted on 01-21-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै लाई क्रीकेट ए छिमेकी राष्ट्र इ-उ ठुलो पंखा थे चोनी।

 
Posted on 01-21-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब क्रिक्रेट खेल्ने दिन गए, क्रिक्रेट हेर्ने दिन त जाला जस्तो छ।
लहरे बौचा, दुष्ट छिमेकीको कहिलेइ पंखा भइन। त्यस्तो पंखाको के काम्, तातो हावा मात्र दिने।  म
 
Posted on 01-21-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री स्वस्थानी व्रतकथा - अल्लारे यूग

प्रथम अद्याय-

ग्वाँचेजी आज्ञा गर्नुहुन्छ, हे गालबेन्द्र मुनि! तपाइँले खप्पर यूगमा बाचन गर्नुभएको चौतारि स्वस्थानि व्रतकथालाई पढेर,गुनेर,पालन गरेर नित्य यातायात चलाई, नित्य सोमरसमा स्नानादी कर्म गरि,नित्य तरुनि नजर गर्दा पुन्टेदाईका कृत कृत भएका  चच्छुहरु,फड्फडाएका तन्तुहरु देखेर, यस अल्लारे यूगमा म्लेक्षद्विपे,केनडावडावर्षे,टोरन्टपदेशेका भगुतेन्द्र योगीको मन मष्तिस्कमा अल्लारे बिउ अङ्कुराउन थालेको कथा कहन्छु!तहाँ उपरान्त, योगी भगुतेन्द्रको मन मनमष्तिस्कमा अंकुराएको टुसाले भगुतेन्द्र योगि कस्ता भए भने, नित्य प्रात:कालमै सोमरसको तिर्खाले व्याकुल हुने, जतिबेला पनि धुम्रपान अनुकुल हुने,प्रयोगशाला जान हिँडेका योगी गौशाला पुग्ने, भोजनालय जान हिँडे भने शैचालय पुग्ने,धुलिखेल घुम्न निस्कँदा टुँडिखेलमा पुगेर लड्ने, यस्तो भावबंगिमाले अचेत बनाउँदा भगुतेन्द्र योगी अत्यन्तै व्याकुल हुँदा भए!बेला बेलामा छल्न आएर चेत हराउँदा "हा! तरुनि!" भन्दै केनडाँडाको डाँडै डाँडा सैर गर्दा भए। भगुतेन्द्र योगि यसरी बिव्हल भएर "हा! तरुनि!" भन्दै जताततै मडारिएको देखेर केनडाँडाका सम्पूर्ण घरका झ्याल ढोकाहरु बन्द हुन थाले!तरुनि भएका कुटिहरुको ढोकामा भोटे ताल्चा लाग्न थाले! यो देखेर झनै चेत हराउँदै जाँदा एउटा वनमा पुग्दा भए। त्यो वन कस्तो भने, जताततै जुनकिरी जस्ता बिजुलि बत्तिको झिलिमिलीले ज्वाजल्यमान भएको, आकाशभरि राखिएका प्वालै प्वाल भएको स्थानबाट हिपहपको मधुर संगित गुन्जिरहेको, स्वर्गका अप्सराहरु, उर्बशी, रम्भा, तिलोत्तमा इत्यादीहरुले कयौँ हाउभाउ कटाक्ष गर्दै आफ्नो शरिरको पूर्वार्ध र उत्तरार्ध कम्पन गराउँदै नृत्य गरिरहेका! यस्तो लोकमा पुग्दा भगुतेन्द्र योगिको बिचलित मन केहि शान्त भयो। भावावेशको अतिरेकतामा आएर भगुतेन्द्र योगि फेरि हा! उर्बशी! भन्दै उर्बशीलाई अंकमाल गर्न पुग्दा भए!उर्बशिलाई अंकमाल गर्न खोज्दा पुन्टेदाईको श्रापले गर्दा उर्बशी हिउभको मुर्तीमा परिवर्तन भइन्। त्यहि हिउँको मुर्तीलाई  पनि अंकमाल गरौँ भन्दा हिउको मुर्ती पग्लिएर पानी भयो!यस्ता अनेकन कष्ट सहेर शोकमग्न हुन पुगेका भगुतेन्द्र योगिलाई, त्यहि वनमा आनन्दगरि गरेका दिपेन्द्रले देख्दा भए। दीपेन्द्र कस्ता भने कृष्णको जस्तो केश पारेका,कामदेवको जस्तो आँखा र रामदेवको जस्तो  शरिर बनाएका बेला बेलामा कपालभाँती गर्दै अत्यन्त आनन्दपुर्वक वरिपरी बाङ्गेन्द्र, ट्वाकेन्द्र, बर्मुन्द्र र सुपारेन्द्र सखाहरु समेत लिई अत्यन्त आनन्दपूर्वक बसेका थिए। भगुतेन्द्र योगीको बिजोग देखेर सहानुभुति राख्न पुगेका दिपेन्द्रले आफ्नो खप्परयुगमा भएको स्थिति सम्झि भगुतेन्द्र योगिलाई पनि स्वस्थानिको व्रत बस्ने सल्लाह दिने कुरा सोच्दा भया!हे गालबेन्द्र मुनि यो प्रथम अध्याय कहँदा कहँदा मेरो सोमरसको समय व्यतित हुन लागेकोले कसरि भगुतेन्द्र योगिलाई दिपेन्द्रले स्वस्थानि व्रतकथाको तरिका सिकाए र कसरि भगुतेन्द्र कृत कृत हुँदै सुन्दा ग गर्दा भए अर्को अद्धयायमा कहन्छु।
इति श्री ग्वाँचन्दपुराणे
चौतारी खन्डे
माघमहात्म्ये
ग्वाँचागालबस्त संवादे
श्री सोस्तानीपररररमेस्वरि प्रथमोध्याय
 
Posted on 01-21-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यस्तो स्वस्थानीको कहानी कहाँबाट आउछ हो जिम्मालबा?
बिचरा भ्यागुतेन्दर् योगीको हाल, कस्तो बेहाल?
लोल् लोल् बिर्खे बा।

 
Posted on 01-21-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ!
जिम्माल बाले सोस्थानि को कलियुगे कथा सुरु गर्नु भे छ, लौ अब त ३० हो कि ३१ अध्याय पुर्‍याउनु पर्छ। सोस्थानि कै  पुन्यले यसपाली सोस्थानि सकिने बित्तिकै घरमा जिम्मालनी नि भित्रिने छाँट देक्छु म त!
जिम्माल बा, ठुल्दाइ, झिल्के ब्रो, लहरे बौचा, सम्धी बा लगायत चौतारीका ज्ञात अग्यात मित्रहरुलाई तारेमाम, जदौ, नमस्ते, सलाम, हेलो, ह्यान्ड सेक; सोमबार राम्रै गइरहेको होला।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
TPS Work Permit/How long your took?
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters