[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 214465 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-15-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज म बोड फस


 
Posted on 01-15-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम खै चित्रे ?
यस्तो हेपेको?


 
Posted on 01-15-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज टप टेन मै मेरो नाम लेखाएर सप्पैलाई सम्झाउन परो। झन चुप्प लाएर बसेको त चित्र बादुर ले समेत् हेर त 'पार्ट टाइमर बनाको


 
Posted on 01-15-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-15-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नयाँ चौतारीमा नयाँ तारेमाम सबैलाई
लौ लौ पर्बते निर्बिरोध भएछ
चित्रे लाई धेरै धेरै धन्यवाद छ चौतारी निर्माण गरेकोमा
अब चाडै चित्रेनीको साझा आइडी बनाउन परोस


 
Posted on 01-15-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-15-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ धन्याबात् त दिनै परो लास्ट आ सम्झेकोमा अरु कहाँ गये खै उतै आन्दोलन गर्दै होलान


 
Posted on 01-15-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल चित्रे, बधाइ छ। मेरो आशिष त सरापै सरह हुन लाग्यो के रे, जे होस् भन्यो त्यै कहिल्यै नहुनी। यसपाली चुप लागेँ भो, तै नि क्यै भैहाल्छ कि।

कता मोरे त नि आज सप् का सप्। बोरफस हुनलाई कुकुरले हाड झम्ट्या जस्तो हुन्तो सधैँ।


 
Posted on 01-15-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई जदौ!

तो पुरानो चौतारिहुँदि नानाथरि शंका उपशंका गरेर, म बुडो नेपाल जाने कुरालाई कोइले लाम्चो पारेर, कोइले डल्लो पारेर, कोइले शुभकामना दिँदा नि जिन्दगीबाट सबै महिना घटाएर एक महिना मात्र बाँकि राखेर, नानथरी चर्चा-परिचर्चा चलाएर हामिलाई तिरिमिरिझ्याई पारेकोमा हामि अत्यन्तै खित्खिताहत होइबक्सेका छौँ। श्री पस्पतिनाथले हामि सबैको कल्यान गरुन। जय चौतारी!


 
Posted on 01-15-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा बरीस्ठ सम्बाद दाताले बताये अनुसार 'अड्डा बाट भर्खर निस्केको अबसर पारेर' बोरफस हुन नदिएकोमा घोर आपत्ति जनाउदै श्री  राहुलभाई राजभन्डारी 'ठुल्दाइ' ले चौतारी बहिस्कार गर्ने निर्णय गर्नु भएको छ

 
Posted on 01-15-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईको बहिस्कारमा खुसि प्रकट:

फिलादेफिया, जनवरी १५,

हाम्रा सम्वाददाताले जनाए अनुसार, फिलादेफियामा बसोबास गर्ने श्री राहुलभाई राजभन्डारी सधैँ चौतारीमा बोर्डफर्स्ट आउने कोशिसमा लागेका र त्यसले गर्दा कतिपय सदस्यहरु बोर्ड त के चौतारीको पहिलो पानामा समेत नपरेकोले हुँदा, आज ठुल्दाईले गरेको चौतारी बहिस्कारमा खुसि प्रकट गर्न रातो भाले काटेर तिनपाने चढाउने भएका छन्। उक्त रातोभाले एन्ड तिनापने तुच्च तुच्च पार्टीको उद्घाटन श्री भगुतभाई भन्डारीले कुखुराको साँप्रो लुछ्दै गर्नुहुने समाचार नि प्राप्र हुन आएको छ।


 
Posted on 01-15-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली नि बोर्ड मा छैठौं मात्र?


हे भगवान ! म बोर्ड फस हुने कहिले? कहिले?कहिले?


चित्रेले नि कुबेला कुबेलामा तबेला बनाए जस्तो गरी चौतारी बनाउने?
जे भए नि भाई परो। चन्द्रमा जस्तो बुहारी  भेट्टाएस ! बर्ख २८ सम्म कुवारा रहेको कलन्क मेटाएस।
 


 
Posted on 01-15-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतरी

चित्रे बहादुर चित्रकारले अम्रीकाने को मात्र नाम लेख्या हो कि क्या हो ?

गोरु बुढो भए गाइ खोज्छ मुन्छे बुढो भए तरुनी खोज्छ भन्या झै चौतारीका बुढाखाडा हरु खुब लाग्या छन् त आजकाल।  (नामै चाँहि नतोकौ)


 
Posted on 01-15-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रामक खबर फैलाएकोमा पर्वतेको सर्वत्र बिरोध:

हालै पर्वते द्वारा ठुल्दाईले चौतारी बहिस्कार गरेको खबर फैलाएकोमा भगुतभाइ भन्डारि समेतका केहि ठिटाहरुले कुखुराको भाले र तिनपाने पार्टि समेत आयोजना गरेको परिस्थितीमा ठुल्दाईको टिरेन चढेर चौतारी आगमन हुनुमा पर्वतेले फैलाएको उक्त खबर अत्यन्त भ्रामक, कपोलकल्पित, अतिरन्जित र पूर्वाग्रहि भएको व्यहोला उल्लेख गर्न चाहन्छौँ। साथै भविष्यमा त्यस्ता खबरहरु आउन नदिन पर्वतेको सर्वत्र बिरोध कार्यक्रम हुने कुरा पनि जानकारी गराउन चाहन्छौँ।

धन्यवाद्!


 
Posted on 01-15-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समाचार खण्डन
नेपाल कै राजनीति झै उत्तिखेरै चेन्ज भएकोमा हाम्रो बरीस्ठ सम्बाददाता अरु समाचार खोज्ने प्रयासमा हुनुहुन्छ । भर्खरै प्राप्त समाचार अनुसार "ठुल्दाइ" द्वारा 'मेल्मिलाप' को निती अख्तियार गरी चौतारी मा फर्किनु भएको हुन सक्ने उहाका निकटतम सहयोगि ले बतायेका छन
 

 
Posted on 01-15-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले चौतारी बहिस्कार गरेको खुसियालीमा आफूले त कुखुराको साँप्रो आधा लुछिसकयो के रे, अनि २ पेक तिनपाने नि हानिसकियो। कुरो भ्रामक रे'छ। अब खा'को कुरो ओकल्न मिलेन। त्यसैले राहुलदा' ले बहिस्कार फिर्ताले'को खुसियालीमा बाँकी साँप्रो र तिनपाने चिरप्प पार्दैछम्।
 
Posted on 01-15-08 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मो:मो: खाने हरुले हात् उठाम। ४ जनाको भेलाका साथ मो:मो: खाने तयारी हुदैछ

 
Posted on 01-15-08 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाsssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssss ईईईईईईईईईईई

यो हुन सक्दैन। यहाँ कोही भोकले मर्न लागिरा'छ। घरमा पाकेको कुरा नि केही छैन। सबै गएर पकाउनु पर्ने छ। यस्तो बेला म:म: जस्तो मीठो मीठो खानेकुरा गर्ने जस्तो अपराध गर्नेलाई तुरुन्त कार्वाही हुनुपर्छ। साँझ ४:०० बजे देखि ८:०० बजे सम्म खानेकुराको बारेमा बोल्न नपाई।

नत्र..


 
Posted on 01-15-08 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को परेछन् नि अर्को दुईजना म:म: घिच्नेहुर? भोली छेरपाटी लाएन तिनेरुलाई भने मरिजाम्! अब, राहुलदाईले तो मासु मल्दा खेरुन् Pepto Bismol पनि मिसाएछन् भने कुरो अर्कै!
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters