[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 214247 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-15-08 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Name,
Open the file in word 2007 format. If you have 2003 format only, you can ask to save the file in 2003 format and resend back to you.

Parbatya

 
Posted on 01-15-08 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्ख है नमे जे जे पाती बोल्छौ ह्या आ'र

मैले भर्खर इमेल हेरे :) अहिले फेरि खिचडी खान जानु छ माइती मा अब मिल यो भने एकछिनमा नत्र भोलि :)

:(  हेरिस्योन सिस सप्पै ले जो  गालि अर्या चन मलै चौतारीआँ :( :(


 
Posted on 01-15-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको म:म को त के बयान गर्नु र खै
जिराको ठाउँमा धनीया हाल्दा त एक रती असर परेन म:म लाई, कस्तो ज्याद्रो रइछ भाई


 
Posted on 01-15-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नमे पर्वतजी ले भनेको अस्तै गर्नुस
 
Posted on 01-15-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे !! यो रिट्ठे नि के भन्छ? अब हारों जिम्माल बा जस्तो बुढो त नलि खुट्टो बंगाइ-बंगाइ धाउनु हुन्छ चौतारी, हाम्रो मिस् सिस्  नि के कम त नि
लौ बा चेलोले त्यति भन्दिए, दिल खुस् भो। ल धन्यबाद टक्र्याउनु परो है उहांलाई।
कुनै दिन् साइत् जुरेला नि जिन्तखिमा

 
Posted on 01-15-08 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! रिठ्ठे पिठ्ठे,

 मलै चौतारीमा नआऊ भन्न खोजेको हउरले। त्यो  ७ बजे नै ओछ्यानमा जाने त ९०सालका हजुरबा हजुरआमा हुन  ।  अहिले त नातनातिनाहुर जान्छन त्यो बेला ..रात भरि चऔतारिआँ  टिँभी रेडियो घन्कार निदाउनै दिने हैन भन्चु । अनिखेरि   ....

 रिठ्ठेजी मजाक अपार्ट...  चौतारी निकै रमाइलो छ है

 

 नमेजी,

 नेप्चिसिस को चेलो म हैन के । ल आम्ने भ हउरलै नि ढोका खुल्लै बरु हाम्पनि मिनिसोता तिरै आम्न लाचम के रे  बरु ढोका चै खुल्लै घर चै रित्तो पो हुन्चकि हउर आम्दा चै


 
Posted on 01-15-08 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पल्ला गाम मा बिजि रैछ, यतातिर गाना टांस्ने छाटं काटं छैन आज

लहरे बाउचा न गन वन गन


 
Posted on 01-15-08 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भनेको हो मिस त्यस्तो?
भाग्नु पर्दैन भो, बिग्री हाल्ने केही छैन, म हजुर जस्तो छैन
 


 
Posted on 01-15-08 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मैले त बुडा खाडा मान्छे हरुको राती राती के काम र चौतारीमा भनेर मात्र भन्न खोजेको हो मिस
जिम्माल बा कैले आउछन त रात बिरात? आउँदैनन
बुढा लाई थाहा छ चौतारी भनेको रात बिरात ठिटा ठिटीहरुको हो , सुढ्ढा कुरा बुज्छ जे होस्
नेप्ची भाभी, मैले भन्दा नि हजुरले राम्रो गाना राख्नु हुदो रइछ भन्ने कुरा त भर्खर हिजो थाहा पये नि मैले
ल अब शो सुरु हुने टाईम  भयो, भाभी बाटै सुरु गरम अनी लहरे नि लर्बरिदै आउछ
 
Posted on 01-15-08 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भाभी को लागि यो गाना:

 
Posted on 01-15-08 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिनका सत्तेनास हुन नसक्या!

हन क्यार्न यो रिट्ठे मोरो जइले नि मलाई चइनि राति राति चौतारी नजाउ बुडा भन्छन भन्या त, बुडा खाडालाई राति चौतारी बन्द पो अर्ने मेलोमेसोमा रेछ ए रात्तै! रोदि जमाम्न भन्या होला नि मोराले, हामि बुडो देखेर तरुनि तन्नेरि तर्केर नआउलान भनेर! हाम्लाई घाट लग्या छ र राति नआउनु???? बरा माष्टरनी नानिलाई नानाभाँति भन्दैरेछन ए भुराभुरिहरु त! लु म बुडो नि आएँ के लछारपाटो लाम्छौ ए असत्तिहरु???? बरु को को छन याँ? कोइ सँअ तमाखु छ??? लौन छ भने एक दुई सुट्को तानम साह्रे नाइटै देखुन तलतल ला'र आओ गाँठे!


 
Posted on 01-15-08 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्लिज भावी एकैछिन बस्नुस न। हजुर जानुभयो भने हामी यहाँ कसरी टिक्ने त।  हजुरको दर्शनहरु कुन हैजाले बाटाँ बसेर क्वाप्ल्वाक्क खाँदो रे'छ त, यहाँ त आइपुग्दैन। अँ बरु मेरो आफ्नै चेलोले बोस्टनाँ भेट्दा हउरको शुभेक्षा सुनाएको थ्यो। खुशीले मन नै हरहरहर भो के रे। झण्डै आँखा बाट तप्प आँसु टप्किएन, ल खुशीले। मैले नि दर्शन पठाको हुम्, दियो कि दिएन कुन्नि।

अब पोले पनि गामै जाति, पिटे पनि आमै जाति भन्छन्। भावी सँग जति फिलिङ्गा निस्किनेगरि बाझे पनि भित्री मनमा त मयाँ लाउँछ नि हउ। हउरले लठ्ठी लिएर बस्नै पर्दैन के। एकै शब्दले जता जा भन्नुहुन्छ उतै खुसीकासाथ जान्छु म त। भावीले जहाँ पठायो त्यैँ स्वर्ग समान छ, आफ्नो लागि त। अँ साँच्ची, त्यतातिर झरियो भने भावीकोमा पसेर बसेर गफ गर्न र हउरको हातले बना'को परिकारहरु खान चैँ साह्रै रहर छ मलाई।

 

नेप्ची भावी, बाँकी म:म: यता फेडेक्स अरेर पठाउनुस भो, हउरको घरबाट पुन्टेदाइको नाममा बोकेर लगेको म:म: नि म आफैले धेरै हसुरेको हो के रे। कम्ति मीठो त थिएन लौ।


 
Posted on 01-15-08 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेह्बाग को चौका देखेर दङ हो कि के हो पर्बते?


 
Posted on 01-15-08 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त म बुडो चाइँ याँ तासको साइत हेर्न ला'  क्यार्न जुत मिल्दैन भन्छु, तो चौका त के जाति साउबाग भन्ने असत्तिले उडा रेछ र पो त!
 
Posted on 01-15-08 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका, यो बुढो आयो यार रात बिरात

जिम्माल बा, ए जिम्माल बा
मैले बोलाको यता, कता उता तिर हेर्नु भा जिम्माल बा ले
मध्यारात हुन ला'ओ क्या, अब सुत्न जान पर्दैन हजुरले? अँ, सुत्न भन्या, निन्द्रा पुगेन भने फेरी भोली त्यो प्रेसर बढ्छ क्या, लौ जानुस् सुत्न
तरकारी पकाउने प्रेसर भन्या हैन क्या, तपाईंको ब्लड प्रेसर बढछ भन्या
लौ जानुहोस् अब सुत्न
हुन पनि हो नानी, सबै कुरा चाहिन्जो बढीराछ
मट्टितेल अस्ती भर्खर बढेको अहिले फेरी बढ्यो  रे भन्ने सुनेको
अब पेसर नि किन न ढोस् त
ल ल जिम्माल बा अब जानुस् सुत्न
अब चौतारी हुदी बस्नु हुन्न रात बिरात
ह्या अहिले किच्कन्नी आउछ रे


 
Posted on 01-15-08 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए जिम्माल, तिउँरा करङ टाँडाँ न तेर्स्याएर किन यता खिटखिट बजाउँदै मुन्टियौ, हँ?
 
Posted on 01-15-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सेबाग डाँका आउट भएपछी मैले र ठुल्दाइ ले एक चिअर्स गरियो अब सुत्नु परो गांठे
अब जिम्माल बा र मिस ले ताली बजाउन थाले लौ है सुरु अरम रोदी
एक्छिन मा आफ्नो पुरानो सम्झेर बुढाले आङै सिरिङ्ग भयो गाठे भन्दै नाच्न बेर लाउन्नन

 
Posted on 01-15-08 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिना साथ जिम्माल् बा हाजिर्, हैन बुढोको कान चैं कत्ति तिखो, खास् खुस् गरेर काटेको कुरा नि सुन्दिने

के सारो गफ हान्न जान्या यो भौते ले, अब फेडेक्स लगिदिनेले नै बिचमै मो:मो: सखाप पार्ने भएसि के फेडेक्स गराइ भो र?

भन्नाले सबैको चौका-छक्का को रोग उस्तै


 
Posted on 01-15-08 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks for the song ritthe. I read somewhere that Nargis and Raj Kapoor had a big time hit love story, they had good chemistry in that song.

Here is the one, which my fufu used to listen a lot when I was a kid, and so did I. She is a big fan of Mina Kumari.

Last edited: 15-Jan-08 10:12 PM

 
Posted on 01-15-08 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या चाडो  ढल्या यार दुइटा विकेट त
अब द्रविड र सचिन जम्यो भने त हो नि
नभये धोतीको धोती फुस्किन्छ फेरी
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters