Posted by: Birkhe_Maila January 21, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

जदौ सम्धिज्यू, झिल्के, ठुल्दाई!

 

लहरेलाई पदोन्नती तथा निरन्तरसेवा पदक:

हालै मात्र नियुक्त भएका गितसंगित टाँसटुँस महाशाखाका अध्यक्ष श्री लहरेकान्त लाकौल द्वारा, आइतबार सोमबार केहि नभनि, अनवरत रुपमा प्रत्येक बेलुकि ६ बजे देखि भुतले खाजा नखाए सम्म, चौतारीमा गित संगित टाँसटुसमा देखाएको जाँगरबात अत्यन्त प्रभाविव भै, निजलाई गितसंगित टाँसटुँस महाशाखाको अध्यक्ष (सचिव) पदवाट पदोन्नती गरि बरिष्ट अध्यक्ष बनाइएको छ र साथै निजको तत्परता र  कार्यकुशलता अनि अनवरत खट्ने स्वभावलाई मध्यनजर राख्दै उनलाई निरन्तरसेवा पदकले बिभुषित गर्ने निर्णय मन्त्रिपरीषदले गरेको छ। आफ्नो कर्तव्यपालना गर्दै निमकको सोझो गरेस।

चौतारी मन्त्रिपरीषद्

Read Full Discussion Thread for this article