[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 133785 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 12-30-05 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन रि-प्ले गरेको? नयाँ आयो कि भनेर हाम्फाल्या त।
---
गोताएँ गोताएँ भेट भे
घैँटाजत्रा पेट भे।
 
Posted on 12-30-05 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बीचमा कता कता धाँधली भएर भउतेका कानाँ कुरै पुगेन कि भनेर "री-प्ले" गरेको नि दादा! मैले खोजेकी तेस्ती राम्री केटीको कुरो नगरेर सिरेले भउतेलाई अर्कै नक्कली भिडाउन
आँटेजस्तो छ। भउतेसँग सिरेको के रिस रच कुन्नि, 'तेल्लाई राम्री केटी पर्न त म के दिम्ला र!' भन्दै हिनेको छ रे सिरे।

(अनि दादा, नया वर्षको जाँडपानी राम्रै गईराख्या होला केरे।)
 
Posted on 12-30-05 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिकुटे आ' र माउबादिको कुरो अर्दैरच। गाम्ले हो सतरक भए। गाइखानी अक्षेराँ' के के फलाक्दैछ । अस्ति पल्लो गाम्को मलामी गा' ठाम्मा पनि खुच्चिङ खुच्चिङ भन्दै हिड्थ्यो रे। दिमाख ठिक छैन अस्तो छ अलि।
 
Posted on 12-30-05 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भउते पनि, लट्टेको त साग मात्तै था' च मलै त बरु पुस पन्ध्राँ त घिउ खट्टे पो खान्चन् हैन र? बरु चाम्रे चैं था' छ। ह न यो स्टिकी भातचैं पलाष्टिकको हो भन्चन्नी। के साँचो हो र भन्याँ? हलका' ड कसरी छिर्च हँ तेस्तो?
 
Posted on 12-30-05 1:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले दाजुभाइ हो,
भन्न त कति थोक मन थ्यो। आsssss, क्यारम क्यारम, अब सिरेलै जमुनि बिच्क्या झोक चल्या होलान्त। यो जाडा दिना एक्लै ओछिन ततौन पर्दाको पिर कल्ले बुझ्दिनी, हैन सिरे?
पुस, फासफुस भन्चन, माघ चैं बाघ रे। आ आफ्नो ट्रेजिटि छ, क्यार्नु।
 
Posted on 12-30-05 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँले पुनि याम्कीको ब्यामा गर्धुवामा आको टेपरिकेट बजाका बजायै, बेटरी पुनि कति नभेईयेको होला गाँठे ?

नयेँ नयेँ जिनिस बजाम्नुस, हैन भनि बरु रिडियो जो बजाम्नुस न है । म पुनि दादा जस्तै फुङ्गाल्दै आको त हिस्सै
नि । फेरि मलाई भउतेलाई के के जाति भनेर फरेब लाम्चन बा ।

भउतेले भनेको सुन्नु भ'न, "किरा नलागेकी चईनी किरा नपरेकी कन्ने जो भाकी केटी " चाहिनी अरे । अब नस
केटी, फेरि तेत्री बडेमानकी छ, के हो के हो, एउफेरा भउतेलाई जो नदेखाई त भएन केरे नि । तेसो भर
दादाका गामतिरकै नेपालाँ आएर गुनियो-चोलो लाएर चईनी नाईटा देखुन ढाड सप्पै देखाम्दै नेपाली डानस् नाचेकी
चईनी जप्पानी टोपेनीको फुटो देखाको नि ।

Keep rollling...
 
Posted on 12-30-05 3:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो भाते (Khaobadi) ले चैं अलि बढी भनो, तर मलाई नि तो चउपारो को फोटो तेति मन परेओ चैं छैन है। अव बुटो (रुख) नभाको चउपारो नि के चउपारो खै! ओइ नमे, अर्का फेर चउपारीओ मर्मत अर्दा यसो बुटो सुटो खोज् है! हुन त अरु केटाहुर ले के भन्चन्? तो दादा त चउबिसै घंटा यतै लन्ठिन्च जस्तो छ। तेसैले जानोस्।
 
Posted on 12-30-05 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पखराट फर्केसि अचानक तिमुरको काकीलाई लेर ससुराल जान परो। यामकलाकी साथीओ बारेआँ कुरै अर्न पाइएन। विचरो भउते प्याकप्याकी परेओ होला। लौ भउते, जे भा नि काका हुम के रे, दुख नमानेस्। मनाँ नलेओ त काँ हुम र? अव के अर्नि, सासुराल गाममा खातिरदारी खेप्दै फुर्सत पाइएन। आजै फर्केओ हुम।

तो सिरेले के गरो के गरो मैले त केइ मेलोमेसो पाइन्। यामकलाकी साथी ''सुनाखरी'' ओ बारेआँ त कुरै गरेनच्। फेरि काँट तो फिरन्ते जस्ति केटीओ फोटो ल्याएच, तो पनि नेपालगञ्ज तिरकी रे! मसंग पखरा गको मुन्चे यति दुख त देएन गाँठे। बाटा भरि स्यार्न परो, कैले खुट्टो दुख्नि, कैले पेट मडार्रिनि। पखराँ नि म बुढोलाई छाडेर कता हिँडो कता दुइ दिन जति। तेतै लेकसाइडाँ धतुरो सतुरो खानि खैरोओ साथाँ लाएर हल्लो रे। तेस्रा दिन आएर ''काका, म त केन्ने डाँडा तिर जानि भएँ, एउटो कुइरेओ साथ लाएर'' भन्च। मैले ''हेर् तेसो अर्न हुन्न, जमुनि नि दुइ जिउकी छे। यस्ता वेलाँ छोडो भनि त पाप लाग्च के रे नि'' भने। अव बडेओ केटो, मैले भनेर के लाग्तो। मान्दै मानेन। ''अइले एक्लै भएनि जमुनिलाई मेरा बा आँवैले हेर्चन के रे। केन्ने डाँडातिर कमाओ पैसो नि यता तिर त एकओ पचपन्न हुन्च अरे। पछी त पैसै पैसाको कुम्लो बोकेर आम्चु के रे'' भनो। त्याँसि मैले ''लौ केटा जे मरे मर, गाल नपारेस्’ ''भने। ।

तेसो भनेर हिनेको केटो गाम पो आइसकेच। ज्याद्रै जो खुशी भएँ म त। नत्र त कठैबरी जमुनि!

के भएच कुन्नि? के के जातिले छोडेसि तो खैरेले नि चेत पाएच के रे! लिसो जस्तो टाँस्सेर पछि लाथो तो सिरे। पछि ''भाग उता'' (piss off) भनेर खेदो जस्तो छ। सिरेले पखराँ के के भथो, सुनाखरीलाई भेटेओ कुरो बिर्सेच के रे तो के के जाति सुँगेओ भएर। चेत आएसि गोरुसिंगे तिर केटी हेर्न चैं भ्याएच तै। फेरी केटी नि के हेरेको हो कुन्नि? आजकलका केटाहुर अनारसनार (अनुहार) हेर्न छाडे गाँठे। अव नाइटाआ भराँ नि केटी छान्चन्?

ल भउते, आखिराँ बे अर्नि त तैं जो होस्। तैं छान् दुइटीआँ एउटी। तलाईँ सुनाखरीओ फोटो लेइदेओछु के रे। लेख तिर घुम्न जाँदाको फोटु रे। केटी विछट्टै राम्री छे। त पनि लोर्के जो छस्। जोडी त ज्याद्रै जो मिल्च झैं मान्चु म त। तेरी काकी नि तेसै भन्चि है। तैं भन्। तैले हुन्च भने हुनि बनाएर आओ छु। अव तेरा आँखा नि नाइटै तिर जान्चन भने नि देख्न पाए सुनाखरीका नाइटा नि कम्तिका होलान् झैं लाग्दैन है मलाई त! ल हेर्!

 
Posted on 12-30-05 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>अव बुटो (रुख) नभाको चउपारो नि के चउपारो खै! ओइ नमे, अर्का फेर चउपारीओ मर्मत अर्दा यसो बुटो सुटो खोज् है!
मैले ऊ बेलै भनेको। खाओबादीले जे भन्यो मैले तेइ भन्या हो। पुरानो पिपलको बुटो उखेलेर पछि माओबादीले बनाको चौपारो जस्तो भो भनेर। तर तेसका आखाँ छापाको चौतारो बाहेक अरु त चौपारो जस्तै लागेन। अब त गर्ला नि। अब देखुन समू्द्रको चौपारो नै सहि ल।
>फेरी केटी नि के हेरेको हो कुन्नि? आजकलका केटाहुर अनारसनार (अनुहार) हेर्न छाडे गाँठे। अव नाइटाआ भराँ नि केटी छान्चन्?

लोल काका!

मादि खोलाऽ तिराँ काका।

 
Posted on 12-30-05 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHAUTARO ISSUE
I always welcome constructive suggestions and really appreciate our chautari colleagues to make this read homely. First I will response to KHAOBADI, " DONT JUDGE A BOOK BY ITS COVER". How do u judge the this chautari built by maoist for their speech? I am not in a stage of rage tht you expressed such an idiot logic, thats ur opinioin, may be u perceive that. I want to make it clear, this is not the chautari built by maoist.
Now the time to response our chautari friends. Its right, the pic doesnt have baar and pipal and its new so it hardly matches with the image of chautari in our mind. Since this thread is the result of our combine effort, I welcome the heading things and pic from our dautari.
At last the fact: I was 10 years old when I and my friend built this chautari which is located at Pokhari patan ( in the middle of forest - forest expanded at southern lower belt of arva village, kaski). Being a kid and without proper tools, the construction of chautari was not really good but it become quite popular and was still ok for 15 years. At that time, my friend and me were already become engineers and we felt that the chautari should be renovated. In the period of 15 years, we tried to plant baar and people but due to bad geographical location, non of them survived( for reference - look the trees around the chautari). Finally from professional construction people, the present chautari was built. I took this pic before i come to the state ( see date in the pic:6-12-03). I have heard that our parents again have planted baar and pipal.
Though the work seems done by mundane, I still love the chautari very much and also this thread and dautari.
PS: only constructive reactions are expected.
 
Posted on 12-30-05 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऽऽऽ काका,
आल्ली वर आम् त, मलाइ नी सुटुक्क एउडा कुरो अर्न मुन लाओ !भउते रिसाम्नी हुन कि फेरी ? कसैलाइ नभन्नोला तपैँलाइ मत्रै भन्चु सुटुक्क !

कुरो के भने नी.... ती सुनाखरी नानी को फोटू देखेसी आँखा चिम्ले नी त्यै फोटु देउछु, आँखा खोलेर हेरेनी
मोरी यतै कतै छ कि झैँ मान्चु । मुलाइ त राताऽ निन्द्र न दिनऽ भोक भओ, मैले क्यार्नी हो ?

हेऽऽऽऽऽ
पानी खानी, कल्कले धारो
मया लाउनी, फेदीको चौतारो
समय छोटो छ
हजुरले दिएको यौटा फोटो छ ।


...सुन्दैनन् क्याओ मेरो मर्म यी काकाले त !मैले नी जान्या छ, भोलि लयेर यिनका खेताँ गोरु हुल्दिन्चु,
अनि आउलान् नी मलाइ बाझ्न !त्यै बेलाँ रीस पोख्न पर्ला ! गोरु हुल्दिन्चु, अनि आउलान् नी मलाइ
बाझ्न !त्यै बेलाँ रीस पोख्न पर्ला !
 
Posted on 12-30-05 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि काका सित भन्न भन्दा बरु काकीसँ कुरो अर्न पर्लास्तो मानेँ मैले ।काकीको कुरो टार्न त सकोइनन् नी !
 
Posted on 12-30-05 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेलाई नि अउँसी-पुर्ने लाउँदो र'छ कैले काईँ, मुलाई जस्तै। :-)

जे सुकै भन नमे, चउपारीमा बुटो चैँ रोप्नै पर्छ अब। पाँच हिउँदो खाइसकेको चउपारी नि
त्यस्तो पुन्टेदाईको तालु जस्तो हुन्छ त? :p

भन्न नहुनी, मुलाई नि त्यस्तै ला'को त हो अझ राता अक्छेरले लेखे पछि त ठ्याक्कै के। :-)

:-)
-भउते
 
Posted on 12-30-05 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपिराइट नभन्नी भे'त यो ठीक होला है !पखरासिटीको नाम त छ पुछाराँ....के भन्चन गाम्लेरू ?

 
Posted on 12-30-05 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समुन्द्र जी, गज्जब छ ल, मेरो तर्फबाट पास। बरु त्यो पोखरा सिटी भनेको मेट्टाइदिनुस न। :-)

अनि हेरम न कोल्ले भन्दो रे'छ मेरो भनेर। हाम्ले नि ठ्याक्कै त्यै ठाममा बसेर फोटु लिन
सकिन्न कि के हो ? :p । देश कानुनका अनुसार हैन, स्वस्थानीका कथा अनुसार चलाउनु
पर्छ भन्ने मुन्छे न्यायधिस भैसके, अब कपी राइट न सपी राइट नि। :-)

:-)
-भउते
 
Posted on 12-30-05 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनाखरीओ फोटो देखेसि गामका केटाहुर सप्पैले राल काढ्चन् भन्नि थाहा थो मलाई। देखिस् भउते, तलाईँ कम्ता कि केटी खोज्देको हो त मैले?

ओइ समुन्द्रे, केटीओ झोकाँ अर्काआ पाटाआँ गोरु हाल्दिन्चु भन्चस्? अव राम्ररी काकालाई गुहारे त केटाहुरलाई केटी खोज्न मदत गर्चु भनेकै त छु के रे नि! सुनाखरी त अव तलाईँ कसरी पार्नु खै? फुत्की जस्तो छ। तै भउतेले तेइ सिरेले खोजेको केटीलाई लग्चु भनो भनि लाटाओ खुट्टा बाठा भएर तेरो भाग्य पो चम्किनि हो कि त? तेले तेसो भनो भनि मैले तलाईँ वचन दिएँ लौ।

सुनाखरीलाई भउतेले जो लानि भओ भनि नाइटे केटी तलाईँ कस्तो लाग्च कुन्नि? नराम्री त तो पनि हुदैँ हैन के रे। साइलाँ नि केटी चाइयो भन्दै हिन्च रे भन्नी सुन्चु। मेरो मनाँ त पहिले यी दुइटीआँ एउटी तेलाइ पार्नि कि भन्नि थो। तर अव तँ पइला कुरो अर्न आइपुगिस् मकाँ। तसैंलाई भओ एउटी!
 
Posted on 12-30-05 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका, मुलाई त कुन छोड्नी कुन लानी भओ के। पैला नाइटीले मोहनी लगाइहाली, फेरि
यता सुनाखरी त कस्तो चपक्क अँआलो हालेर ओठैमा मुइ खाम जस्ती रै'छन गाँठे। बाजेका
४वटी थिए के रे, अझ माथि जाने बेलाँ नि एउटी ल्याका अरे के रे, पैलाका ४ओटी सँअ
झगडा अरेर तिमेरुले किरिया नअर्नु, किरिया अर्ने अर्की ल्या'छु भन्थे अरे के रे जाने बेलाँ।
त्यै बाजेको नाति भएसि २टी सम्म त थेग्न सउछुकि भन्ने लाउच के रे। क्यै नभे' नि
मिसिनमा चावँल साँवल चोरेर, ढुटो सुटो बेचेर नि पालम्ला के रे नि :-)।

:-)
-भउते
 
Posted on 12-30-05 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nikai mehanet le gamle haru le arjya ko yo chautari ko banabat ma sabaile kudeka dhunga pryog hunu parcha bhanera maile fheri dablai hai? 4 no ko chautaro ma sirele deko chapani liyeko thiye, yespali dada le kudeko ada matrai chapani payio ( bijuli patra ko kharabi le garda). Aba 6 no ko chautaro ma chhai bhaute, samundra ra kaka le kudeka chapani pani linu parla chautaro ko jag halda.
-----------------------------------------------------------------------------------------------------
KAIZEN ( continious improvement) makes the sysetm effective.
 
Posted on 12-30-05 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकासँ त मलै नरी मिचेर कल अर्न मन लाइच ! आल्ली पछी गामका सपै जम्मा भ'सी अर्न पर्ला, एक्लै त काँ सउचु र म ! अइले यो चौतारो मर्मत अर्न पिलान टाँस्न परो गाम्ले सपैले देख्नीअरी ! ए भउते, कस्तो छ हँ ? मेटाइदिएँ तिम्ले भन्यास्तै !

 
Posted on 12-30-05 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>देश कानुनका अनुसार हैन, स्वस्थानीका कथा अनुसार चलाउनु
पर्छ भन्ने मुन्छे न्यायधिस भैसके, अब कपी राइट न सपी राइट नि। :-)

:-)
-भउते <<<<<

हा हा, भौतेजी, क्या व्यंग्यवाण हान्नु भो वाह! मलाइ नि त्यसो भन्ने ओझा महाशय देखेर चैं खूब हाँसो लाग्याथ्यो। केही तर्क दिन सकिएन भने दन्त्यकथाको तर्क दिने, कस्तो 'जोकर' होला!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters