Posted by: kick December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
पखराट फर्केसि अचानक तिमुरको काकीलाई लेर ससुराल जान परो। यामकलाकी साथीओ बारेआँ कुरै अर्न पाइएन। विचरो भउते प्याकप्याकी परेओ होला। लौ भउते, जे भा नि काका हुम के रे, दुख नमानेस्। मनाँ नलेओ त काँ हुम र? अव के अर्नि, सासुराल गाममा खातिरदारी खेप्दै फुर्सत पाइएन। आजै फर्केओ हुम। तो सिरेले के गरो के गरो मैले त केइ मेलोमेसो पाइन्। यामकलाकी साथी ''सुनाखरी'' ओ बारेआँ त कुरै गरेनच्। फेरि काँट तो फिरन्ते जस्ति केटीओ फोटो ल्याएच, तो पनि नेपालगञ्ज तिरकी रे! मसंग पखरा गको मुन्चे यति दुख त देएन गाँठे। बाटा भरि स्यार्न परो, कैले खुट्टो दुख्नि, कैले पेट मडार्रिनि। पखराँ नि म बुढोलाई छाडेर कता हिँडो कता दुइ दिन जति। तेतै लेकसाइडाँ धतुरो सतुरो खानि खैरोओ साथाँ लाएर हल्लो रे। तेस्रा दिन आएर ''काका, म त केन्ने डाँडा तिर जानि भएँ, एउटो कुइरेओ साथ लाएर'' भन्च। मैले ''हेर् तेसो अर्न हुन्न, जमुनि नि दुइ जिउकी छे। यस्ता वेलाँ छोडो भनि त पाप लाग्च के रे नि'' भने। अव बडेओ केटो, मैले भनेर के लाग्तो। मान्दै मानेन। ''अइले एक्लै भएनि जमुनिलाई मेरा बा आँवैले हेर्चन के रे। केन्ने डाँडातिर कमाओ पैसो नि यता तिर त एकओ पचपन्न हुन्च अरे। पछी त पैसै पैसाको कुम्लो बोकेर आम्चु के रे'' भनो। त्याँसि मैले ''लौ केटा जे मरे मर, गाल नपारेस्’ ''भने। । तेसो भनेर हिनेको केटो गाम पो आइसकेच। ज्याद्रै जो खुशी भएँ म त। नत्र त कठैबरी जमुनि! के भएच कुन्नि? के के जातिले छोडेसि तो खैरेले नि चेत पाएच के रे! लिसो जस्तो टाँस्सेर पछि लाथो तो सिरे। पछि ''भाग उता'' (piss off) भनेर खेदो जस्तो छ। सिरेले पखराँ के के भथो, सुनाखरीलाई भेटेओ कुरो बिर्सेच के रे तो के के जाति सुँगेओ भएर। चेत आएसि गोरुसिंगे तिर केटी हेर्न चैं भ्याएच तै। फेरी केटी नि के हेरेको हो कुन्नि? आजकलका केटाहुर अनारसनार (अनुहार) हेर्न छाडे गाँठे। अव नाइटाआ भराँ नि केटी छान्चन्? ल भउते, आखिराँ बे अर्नि त तैं जो होस्। तैं छान् दुइटीआँ एउटी। तलाईँ सुनाखरीओ फोटो लेइदेओछु के रे। लेख तिर घुम्न जाँदाको फोटु रे। केटी विछट्टै राम्री छे। त पनि लोर्के जो छस्। जोडी त ज्याद्रै जो मिल्च झैं मान्चु म त। तेरी काकी नि तेसै भन्चि है। तैं भन्। तैले हुन्च भने हुनि बनाएर आओ छु। अव तेरा आँखा नि नाइटै तिर जान्चन भने नि देख्न पाए सुनाखरीका नाइटा नि कम्तिका होलान् झैं लाग्दैन है मलाई त! ल हेर्!
Read Full Discussion Thread for this article