Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 206012 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 07-10-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा त अस्ती देखी पढ्न नपार खुल्दुली भई रा आज दुइटै भ्याइदिएँ। बिचरो गाले कस्तो सोझो देखाको , गालेको कृयाकलाप छ्र्लङै आँखा मा आँउछ पढ्दा खेरी। लौ रिट्ठे पैसो जोर जम गर्न थाल अब बसन्ती लाई भगाउनु पर्छ अर्को भागमा।

"चौतारीकी बसन्ती त मेरी साखै दिदी पो हुन त। "
नेप्चे उसो भए चौतारीको रिट्ठे तिम्रो साखै भेना हुने भए (कथामा)


सिकुएन्स पनि कत्ती जोड्न सिपालु हुन हाउँरा सम्धी।
जय होस् सम्धी ज्यु को,
५०० इपिसोड जती त पुर्‍याउनु पर्छ है।


 
Posted on 07-10-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिष्टे, आँफैलाई खोलोले बगाइसक्यो, के बसन्तीलाई भगाएको देख्ने सपना देख्छौ?  रिट्ठेलाई पठाएको पत्र र फर्सी बेच्या पैसा पनि बग्ने हुन् कि? ठुल्दाइ र नेप्चिको के हुँदैछ बरु? चौतारीमा मलाई अंकल भनेर मान हानी गर्ने, दुई चार कुचो खाएको नहेरी भएन। जिम्मालबा, लौ छिटो अघि बढ्नु परो।   

 
Posted on 07-10-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai k lagchha bhane,

Galu le bistaba lai bachauna jaada, tyo chitthi ni pani ma khaschha hola kya!! chhithi ma k thiyo bhanne suspense suspense nai rahanchha hola kya!!


 
Posted on 07-10-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa launa kasari chhutiraraichha katha ta mero, jhan basanti episode kasto ramro raichha, sworgai bata jhareki raichhe basanti kati ramri.

galu kati sojho ni, neuche pani sojhai thyo ta, badmash po bhaechha.

lau je bheni hamro hajurbalai chahi kalle bachaune ho chhito bachao hai.


 
Posted on 07-10-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न फर्सी त बेच्न नसक्ने त्यती सोझो गालुले के बच्चाउन सक्ला र मेरो मामालाई फेरी मामा तलतिर बग्ने गालु माथितिर खोज्ने होला है माइलदाइ अली बुध्धिमान पहल्वान लाई पठाउनु न भन्या  
 
Posted on 07-10-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटै मान्छे विर पनि बुद्धिमान पनि हुँदैन नि दिपिका, सोझो सोझो भएपनि गालु विर छन् जस्ता छन् !! बचाइहाल्छन् नि!!

गालु विर छन्, त्यसैले त उनी बुद्धु छन्

गालु बुद्धु छन्, त्यसैले त उनी विर छन् !!

 


 
Posted on 07-10-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा अर्को कथा संग जोडियो। मलाई त्यो Pulp Fiction सिनेमाको याद आयो। कता कताको कथा जोडिने। बिर्खे ब्रो दिम् दिम्! हे हे हे! भनेपछि गालुले चिठी र पैसा बिर्सेर हाम्फाल्ने भयो खोलामा! गाले सोझो भएपनि बलियो छ, बिस्टे बालाई त बचाउनै पर्ने छ सान्नानीकै लागी भएपनि। तर बसन्तीले रिट्ठेलाई लेखेको चिठी पो पानीले भिजेर खत्तम्। रिट्ठेलाई चिठीमा के लेखिएको थियो भन्ने गेस गर्दै फिट्टु हुने राम्रो अवसर मिलेको छ। हा हा हा

नेप्चे लोल! मैले तिमीले घुरेको कुरा भन्या हो र? कथाको माँग अनुसार तिमीले घुर्नै पर्ने सिन छ। के गर्ने? लोल्

Pjna007 लोल! फर्सीको मुन्टा खाने भए चौतारी आउनुपर्छ। भालेको मासु नि पाक्दै छ क्यारे! मदनवालाई भनेर फर्सीको मुन्टा टिप्न लगाएर मज्जाले खान पाइन्छ। पून्टे दाई, म र मदनवा छुम्, रिट्ठेलाई त झोल मात्रै खानु भन्या छ मदनवाले, अब तिमी आउने हो भने ठिक्क पुग्छ। के गर्ने सकेसम्म सबैलाई समेट्नु छ त्यो भाले खानलाई, नत्र आफुँमात्र भालेचोरमा परिन्छ कि भन्ने डर!

चेली हा हा हा! मलाई नि त्यहि लाग्यो! चिठी सस्पेन्समा रहिरहन्छ जस्तो छ। खोइ अब रिट्ठेले नत्र बेहोस भएकै बेलामा "पिया पिया" भन्ला कि न! त्यसो भन्यो भने हामी छुम् नि सघाउन फेरि!

ल अरु भाग लेख्नुपर्यो बिर्खे ब्रो!


 
Posted on 07-10-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बुढो कहाँ अहिले सकिन्छु र भन्या चिप्ले, स्टार्टटिङ मा आउने मै एन्डिङ मा नि मै हुन्छु हेरिराख न,नातिनी को बिहे नगरि के जाउँला र एती चाडै,एस्ता खोला ले त कती बगाए बगाये,अहिले गाले ले फाल हालिहाल्छ नि मलाई बचाउन, बरु रिट्ठे को चिट्ठे चै पानी ले बगाउने भो जस्तो छ् है।
 
Posted on 07-10-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली हो ठीक भन्यौ बुद्धीमान र पहल्वान दुबै गुण एकै जनमा पाउन गाह्रो हुन्छ। तर भए देखी राम्रो। यदी गालु पहल्वान छ र त्यो सही  ढंगले सही ठाउमा प्रयोग गर्छ भने मेरो मामालाई बचाउछ त्यो एकदम राम्रो। बुद्धीमान अहिले सम्म तेती देखिएको छैन जस्तो लाग्यो मलाई तर बुद्धीमान हुन पनि सक्छ। यदी छ भने त सुनमा सुगन्ध भईहाल्यो।

"सोझो सोझो भएपनि गालु विर छन् जस्ता छन् "  एकदम राम्रो कुरा गर्यौ चेली तिमीले।


 
Posted on 07-10-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फिलिम हल बन्द हो ? टीकस काटेर भित्र आएको अब टीकस को पैसो फिर्ता माग्नु पर्‍यो
कमोफ्लगेद,  चोरेको  भाले खानुहुन्न, पाप लाग्छ  

Last edited: 10-Jul-08 05:24 PM

 
Posted on 07-10-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त बोरै भो नि!!  के नपुग्या के नपुग्या जस्तो!!!


 
Posted on 07-10-08 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि त्यहि लाग्यो! चिठी सस्पेन्समा रहिरहन्छ जस्तो छ। खोइ अब रिट्ठेले नत्र बेहोस भएकै बेलामा "पिया पिया" भन्ला कि न! त्यसो भन्यो भने हामी छुम् नि सघाउन फेरि!

कथा जति रमाइलो पाराले गैराख्या छ, त्यति  नै टिप्पणीकारहरु टिप्पणी। बिर्खेबा को कल्पनाशैली अनी जीवन्त चित्रनले माटोको सुबास यो  बिरानीमा शिरानीमै आए जस्तो।


 
Posted on 07-10-08 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Hijo balla basera aekai saasaan sarsarti padheko, kaamfutaar ko miti pugera aarko nalyaako 3 hautaa bhaathyo.

2 ghantai laayo kyara sidhyamna, ani laastaan ayera aankhai tirmiraayo. Kukhuraa choreko jhonkaan Kumle laai thokchhu bhaneko ta aafnai khapparaan po haanechhu.

Thuiiiiiikkaaa mero khappar!

Je hos, mero choreko bhaale ghichekaa Kumle kaa santaan le jindagi bhar byaaaaana sakhaaarai 4 bajdo hundi "kukuriiiiii kaaaan!!!" gari baasna paros, nindra bigros, arko juni maa kukhurai bhayera janmana paros...kun chai gundaa le aayera unko ni pakheta chyaapos...suruwal ta ke, mahina din nadhoyeko hanumaan kattu le mukh berdiyos...kaatni belaan mukhaat "maaf paam, Poonte dai" bhanera niskiyos...ani balla tespachi ko juni maa saddhhe, sojho manusya bhayera janmiyos...

hey, parameshwori...brahma, bishnu, maheshworiii...108 laddu nai chadaunthen!

>:-S

 
Posted on 07-10-08 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'फर्सी को मुन्टा पनि बेच्छौ  कि फर्सी मात्र बेच्छौ हौउ गाम्लेहरु? '

  हे हे हे मलाई नि निकै मनपर्च फर्सिको   मुन्टा को तरकारी चै :)

जिम्माल बा आज कता हराम्नु भएच त नि ?


 
Posted on 07-10-08 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज साह्रै हतार भयो साथीहरु, केहि लेख्न भ्याइएन।

कुरा पछि गर्छु अहिलेलाई--

 

अब आउने भागका केहि अंशहरु--

…..ठुल्दाई फटाफट हिँड्दै थिए तर पनि नेप्चिलाई भेट्टाउन बुढालाई गाह्रो भैराखेको थियो। चुरोटको तलतल अब घर गएर पाइने मुखको झटारोको कल्पनाले उहिले नै हराइसकेको थियो। अचानक केहि भिजेको जस्तो र केहि चिसो अनुभव भयो बुढालाई सुरुवालमा तिघ्रा निर। एकछिन टक्क अडिएर बुढाले सुरुवाल हेरे। बुढा एक पटक आत्तिए। बल्ल बल्ल सबै पैसा हारेपछि उधारो ल्याएको तेलको बिर्को उनले थाहा नपाइकन कतिबेला खुलेर झरेछ र नेप्चिलाई हेरेर पछि पछि लगभग दौडँदा आजको भुटुनले बुढाको सुरुवाल भिजाएछ!.........

-----

 

…….आज बिहानै देखि चेलिमायाको मन हलुका थिएन। मंसिरमा बिहे गरेर यो गाउँमा आएदेखि नै उसको मन कहिले रमाउने र कहिले दुख्ने भैरहेको थियो। छ महिना भन्दा बढि भैसकेको थियो बिहेको, तर पनि उनलाई कहिले आफ्नो लोग्ने अत्यन्त मायालु र उनको हेरचाह गर्ने मरिमेट्ने लाग्दथ्यो त कहिले नितान्त अपरिचीत तथा कडा। उनि सकेसम्म पति र घरका अरु सदस्यलाई खुसि बनाउने भरमग्दूर कोशीस गर्दथिन तर निकै पटक उसलाई कसैले नबुझिदिँदा उनको मन रुने गर्दथ्यो र सात डाँडापारिको आफ्नो माइती सम्झेर एक्लै धुरुधुरु रुन्थिन्।……

 

 -----

 

………..प्यारो रिट्ठु,

टुकिको रातो उज्यालोमा म दुखि बअन्ति सेतो कागतमा निलो मसिले चिठि लेख्तई छु। जिन्तखिमा कइलेई केई राम्रो लाएन मलाई! ब्यान ब्यानै देखुन पारिको तिम्रो गामको भित्तो देखेर मन रित्तो हुन्च। दोभानेको खोलो सुसाम्दा पनि आफ्नै आँखो रसाम्छ।…….

 

-----

……“तितौरीssss!”

बुढाले फेरि बोलाए।

यसपटक तितौरीले सुनिन् र दौडँदै फलैँचातिर आइन्।

यामानकि ठूलि भइसकि तै नि केटाकेटि अस्तो फिरफिरे खेलेर बस्छे ए हाउँरि नातिनी!

बुढाले आउँदै गरेकी नातिनीलाई प्रफूल्ल मुद्रामा हेर्दै  भने।

उता जा खैरे, अइले मार्दिन्छु अनि!

तितौरी फलैँचातिर आउँदै गर्दा तल बसेको कुकुरलाई भनिन् र कुकुर जुरुक्क उठेर अल्छि मानेको जस्तो गरि पुछ्छर हल्लाउँदै जम्मा दुई हात जति मात्र पर गएर पहिलेकै स्थितीमा बस्यो।

तितौरीले फलैँचाको डिलमा उभिएर दुवै हात फलैँचामा राख्दै, बुढाको अनुहारमा टुलुटुलु हेर्दै सोधिन् सोधिन्-

किन बोलाउनुभा हजुर्बा्?

नातिनीको चंचलतामा बुढा फेरि एक पटक आनन्दित भए र सोधे-

तिमी कति बर्खकी भयौ रे बा?

तितौरीको मुहार चम्कियो र भनिन्-

दस बर्स हइन हइन एगार बर्स!

ल हेर कति ठूली भैसकि मेरि नातिनी

यति भन्दै बिर्खै बुढाले हुक्काको पानी भर्ने भाग छुट्ट्याए र तितौरीलाई दिँदै भने-

ल बा यो हुक्कामा पानी भरेर ल्याइदेऊ त हजुर्बालाई?”…….

 

------ 

………दोश्रो पटक बुढालाई छातिको टुक्रा परेछ, एकै पटक दायाँ गाला मुनिबाट बङ्गारामा हुलेर किटिटिटिक्क आवाजका साथ बुढाले भालेको करङ् फोरेर स्वाद मानि मानि चपाउँन थाले। केहि नबोली एकछिनमा गप्ल्याक गुप्लुप गरेर निलेपछि बुढाले गिलाँस उठाए र आधि भरिएको गिलाँस एकै सासमा सिनित्त पार्दै, रिट्ठे तिर हेरे। रिट्ठे दाँत फुक्लेको बुढाले जसरि नरम मासु हल्का ओठ चलाएर चपाउँदै थियो मानौँ अलि स्वाद लिएर चपायो भने ऊ फेरि बेहोश हुन्छ।

बडा मजा आइलियो!

मदनवाले सपेटा तान्न थालतिर हात बढाउँदै भन्यो।

कुम्लेले सित्तैमा भाले ल्याइदिएसी मजा आईआल्छ नि तँलाई!

भन्दै पुन्टे बुढाले हत्त न पत्त मदनवाले उठाउन लागेको सपेटा उठाएर फेरि बङ्गारामा हुले!..........

 -----

 

 

Last edited: 10-Jul-08 05:54 PM

 
Posted on 07-10-08 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पून्टे दाई! उता भाले गायव यता कम्प्युटरको बिजोग! हा हा हा! हुन त के भाले गायव भन्नु र, आधा जत्ति त्यत्तै जाने हो क्यारे! लोल

लोल् @ प्ज्न००७, पापको त कुरै नगरुम्! सिंगो भाले आधा खाने पून्टे दाईले पापको आधा भाग आफै लैजाने हो घर!

राहुल दाई! हे हे हे! अब साथीको लागी त ज्यान नि दिने हो नि! नत्र गालेलाई भेटेर अर्को चिठी लेखेर भएपनि रिट्ठेलाई हेल्प गर्नुपर्ला नि! मान्छे सोझो परियो! ध्यानै कसरी समाजसेवा गरौँ भन्ने लाग्छ! लोल!

ल ल मिसपनि मुन्टा नै खाने कुरो गर्नुहुन्छ। हउरलाई त चोरेओ भाले खान कसरी बोलाम्ने भन्चु र! नत्र बोलाम्न हुन्थो!

बिर्खे ब्रोको ट्रेलर आएछ! लोल राहुलदाई को बिजोग हुनेभयो फेरि? हा हा हा! "प्यारो रिट्ठु" हा हा हा! नसकिने भयो!


 
Posted on 07-10-08 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चिलाई हेरेर पछि पछि लगभग दौडँदा आजको भुटुनले बुढाको सुरुवाल भिजाएछ!.........

फर्किदा नेप्छी भाउजु को हाताँ कुचो देखिएन नि, भने पछी सप्पै भाचिएछ-- आउचs ठुल्दाइ

प्ज्न००७


 
Posted on 07-11-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्ज्न००७ हेहेहे प्रेरणा- अब फर्सीको मुन्टामा फर्सीको फूल पनि मिसाएर खाने कि? हिजो हल बन्द भए नि लास्टमा ट्रेलर दिएको। के गर्नु!

रिट्ठे- कुर कुर प्रतिक्षाको फल कहिलेकाहि मिठो हुन्छ कहिलेकाहि फल संगै एलर्जी हुन्छ! लोल!

चेली नानी- ल गेस गर है त!सस्पेन्स हल्का छ, तर चिठि को ट्रेलर आइसक्या छ, के होला त?? त्यो वीर र बुद्धिमानको कुरा अनि कविताको टुक्राको लागि धन्यवाद्।

हर्के- खै गाले हाम्फाल्या छ छन त हेरौँ के गर्छ त्यसले। गीत गजपको रेछ।

लहरे- यस्तो भए रिट्ठे फैरि बेहोश होला हद भए!

सम्धीज्यू- लोल! ५०० इपिसोड पुग्दा इन्टरेस्ट यस्तो नहोला नि सम्धीज्यू!

चिप्ले- कुचो त ठूल्दाईले खानुहोला जस्तो छ यसो बिचार गर्दा।

सान्नानी- खै बुढा बाँच्लान कि के गर्लान हेरौँ।

दीपीका नानू- लोल बुद्धिमान तथा पहलवान?? दुवै हुन्छ र भन्या?

कुम्ले- लोल पल्प फिक्सन रे।  तिमी जोन ट्रभोल्टा,गाले ब्रुस विलिस अनि स्यामुएर ज्याक्सन को?? हाहाहा अर्को भाग टाइम मिलाएर आउँछ।

पुन्टे बुढा- तिम्रा सत्यानाश हुने कता अन्मरिया थेउ? त्यो सत्यजुगि कम्प्यूटरलाई खोलामा नफालेर अर्को नकिनेर दिनदिनै छाप्या पैसाले के गरौँला भन्ठान्या?

ठूल्दाई- बिरानीमा शिरानीमै आए जस्तो छ। हाहाहा ठुल्दाई मैले त पानी पर्दा माटोको गन्ध आएको नै नहशुस गरिसकेँ।

माष्टरनी नानी- ट्रेलर आइसक्यो अब कथा मिलाएर लेख्ने।


सवैलाई धन्यवाद्!

 

 


 
Posted on 07-11-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा आयो भनेर हतार हतार छिरेको त ट्रेलर पछीको धन्यवाद ग्यापन रैछ, आज त आउला नि अर्को भाग ...

लौन जिम्माल बा मेरो हउरबा नबाचेँ म के गर्नु नि, मलाई नि बगाइदिनु तेइ खोलाँ


 
Posted on 07-11-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"…….आज बिहानै देखि चेलिमायाको मन हलुका थिएन। मंसिरमा बिहे गरेर यो गाउँमा आएदेखि नै उसको मन कहिले रमाउने र कहिले दुख्ने भैरहेको थियो। छ महिना भन्दा बढि भैसकेको थियो बिहेको, तर पनि उनलाई कहिले आफ्नो लोग्ने अत्यन्त मायालु र उनको हेरचाह गर्ने मरिमेट्ने लाग्दथ्यो त कहिले नितान्त अपरिचीत तथा कडा। उनि सकेसम्म पति र घरका अरु सदस्यलाई खुसि बनाउने भरमग्दूर कोशीस गर्दथिन तर निकै पटक उसलाई कसैले नबुझिदिँदा उनको मन रुने गर्दथ्यो र सात डाँडापारिको आफ्नो माइती सम्झेर एक्लै धुरुधुरु रुन्थिन्।……"

माल्दाइ हजुर ज्योतिषी नि हो र ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters