[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 203634 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-20-08 5:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


darsan garehai taaaaaaaaaaaaaaaaaaaaaaaaaaa

 
Posted on 06-20-08 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-08 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-08 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

last msg birkhe_maila ko bhanchha ta front page ma. delete gareko jimmal ba?
 
Posted on 06-20-08 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ast msg birkhe_maila ko bhanchha ta front page ma. delete gareko maila dai? 
 
Posted on 06-20-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती  दिपिका,

 तिमुरले कस्तो कुरो नबुझेओ बाबै --- जिम्माली आमैले लुकाइ देको रे  कथा चौतारीओ   --अघि पधेराआँ  जिम्माल्नी आमै सअ भेट भ'किम के रे म  --अनिखेरि जत्ति बेला नी त्तै चौतारीओ कथा मात्रै सुनाम्नि --माभारत  रामायन ,कृष्ण चरित्र  भजन सुनाम्नै छोड्नु भओ रे -- अनित्याँट  पटुकाआँ बडेमा को पोको पारेर  हिनिरनु भात्यो --मैले देखेकिम -- अनिखेरि त्यै भ'र  बिर्ख॒ माइला  मात्रै छ त्या   


 
Posted on 06-20-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 miss didi kati hasaune
 
Posted on 06-20-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ले एता चौतारी रामायण सुरु गरेछन त। जम्मै लाई चिनेको भएर होला, कथा पढेको भन्दा सिनेमा हेरेको जस्तो पो लाग्यो आफु लाई त।
 
"घुर्दाखेरि हर्केको नाकका पोराहरु गजबले फुल्थे र सास बाहिर फाल्ने बेलामा नाकमै कतै एकपलको लागि सास अड्केको जस्तो भएर फुत्त बाहिर निस्कन्थ्यो। यसरि सास निस्कँदा नाकबाट सुट्ठ आवाज आउँथ्यो, ओठले बुर्रर आवाज निकाल्थ्यो र, छाति र पेट एक पटक हल्लिन्थ्यो।"
 
"हानेको हानेकै हो मिठुन इस्टाएल, हामी राजनिकान्त हरु लाई।"   

 
Posted on 06-20-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिदी

पटुकाआँ बडेमा को पोको पारेर  हिनिरनु भात्यो, के रे छ त त्यो चाँही ?


 
Posted on 06-20-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रिती,

बिर्खे॒माइला  आउने  तर लेखेको चै नदिखिने भन्या हैन ----  त्यै   के  जिम्माल्नी आमैले लुकाएर  पटुकाआँ बाँध्नु  भा है'च

 हत्तेरिका नसोधन मलै  धैरै फेरी रिसाम्नु होला भन्चु र

 दिपू ,

 धेरै नहासँ शुभलै पठाम्चु फेरी  


 
Posted on 06-20-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ए बल्ल बुझेँ हेहे कती कुरा आम्नी हो हाम्री दिदिलाई नि।

हरे यो थ्रेड नि चौतारी नै बन्ला जस्तो छ।


 
Posted on 06-20-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीले जन्माएका पात्रहरु!!! जिम्माल बा को कमाल !!! "कथा चौतारीको" जन्म!! म नि:शब्द छु।
यसलाइ मैले चौतारीका हरेक पात्रको लागि एक अमुल्य उपहार को रूपमा लिएकी छु।
म सुरु देखिनै जिमाल बा को फ्यान थिएं, अर्को तल्ला थपियो।


गो जिम्माल बा गो !!!!!


 
Posted on 06-20-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्धी ज्यु तपाँई को लेखाई लाई दस औँला जोडेर,निहुरेर सास्टाङग दण्डवत गरेँ, खै तँपैइ को लेखाइको बखान गर्ने कुनै शब्दइ भेटिन। औउरेजी मा भन्नु पर्द 'सुपर्ब' हो ki क्उन्नी के जाती भन्छन। साह्रै इन्ट्रेस्टिङ भ्ई राछ।
एउटा कुरो नि बरु माथि सप्पै ले 'हर्के घुरेको, अनी दिपको कुरा हरु नि गरेको देक्छु, मैले आधी घण्टा भई सक्यो त्यो खोज्या कतै भेटिन,मेटाको त हैन। कि मैले खोज्न नजानेको हो। गाम्ले हरु त्यो आउल्यैइदिनु परो मलाई।
 
Posted on 06-20-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e ho ta tyo bhag ni delete bhai sakechha hajurba... lau kina teso gareko hola?
 
Posted on 06-20-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाम, बिहान मेरो लगइन नै भएन, एकाउन्ट डिस्याबल भएछ अनि त्यो घुरेको कथा पनि मेटिएछ। अहिले सानदाजुले मिलाइदिनुभयो, सुरुमा त्यो डिलिट भएको घुरेको भाग राख्छु अनि सबैसंग कुरा गर्छु अनि आजको ताजा नयाँ राख्छु है त!

 

-----

निसपट्ट, कहालिलाग्दो र चुहुँदो झरिलाई बिदा गर्दै गाउँमा बिहानी छायो। सम्पूर्ण गाउँ र वरिपरिको डाँडा रातभरि पखालिएर सङ्ग्लो भएको देखिन्थ्यो। डाँडामा माथिपट्टि बाक्लो कुहिरो थियो र मधुरो घामले सम्पूर्ण वातावरण नै सुन्दर र सजीव बनाएको थियो। तल बेँशितिर धमिलो खोला गड्गडाउँदै बगेको देखिन्थ्यो; मानौँ माथितिरबाट भएभरको फोहोर पखालेर टाढा कतै लगेर फाल्ने जिम्मेवारी यहि खोलाको छ। रुखमा चराहरुको चिरिबिरि चलिराखेको थियो; शायद लामो झरिपछि खुलेको आकाश देखेर बढि नै रमाइराखेका थिए।

 

चरा कराएको आवाजले दीपको निद्रा खुल्यो।

रातभरि कोल्टे फेर्दै पानी खाँदै गरेर जसोतसो निदाएको थियो बिहानीपख। आँखा खोलेर माथि दलिनतिर हेर्यो, उसलाई आँखाको गेडि दुखेको जस्तो लाग्यो। फेरि बल गरेर एकछिन आँखा चिम्म गर्यो र खोल्यो!

एसकि मलाई स्यार्नि, आज नि टाउको दुखेर मरेछ!

बर्बराउँदै बितेको रात र अघिल्लो दिन सम्झियो।

झरिले गर्दा उसले आँटेको कुरा गर्न पाएको थिएन।शबु पँधेरा आउन पाइनन् उसले मनको कुरा गर्न पाएन! दुइ दिन जति पहिला पँधेरामै शबुको हात समात्न ऊ सफल भएको थियो। उसलाई शबुको गाला छुन मन थियो तर शबु आत्तिएर गाग्रि पोखिइदिनाले समय तेत्तिकै खेर गएको  थियो। गाग्रि उठाउँदा उठाउँदा नेप्चि भाउजु पँधेरा आइपुगेर दीपलाई ठाडो खुट्टा फर्किनु परेको थियो। बिहानै देखि झरी परेर पँधेरा जानु बेकार थियो, तर शबुको कुरा मात्र गर्न पाए पनि उसलाई मिल्ने संतुष्टीले गर्दा ऊ हर्केलाई फकाउन बाध्य भएको थियो। फुपुको छोरि भएको नाताले शबु हर्के संग खुलेर कुरा गर्थि र दीपको लागि हर्के नै शबुलाई फकाउने एकमात्र हतियार थियो। त्यसैले झरि मनाऊन एक जर्किन रक्सि र एउटा भाले लिएर ऊ हर्केकहाँ आएको थियो। हर्केले कुखुरा काट्दै गर्दा अचानक रिट्ठे आइपुगिदिँदा उसले आफ्नो कुरा हर्के संग गर्न पाएको थिएन र उसले ल्याएको करिव आधा रक्सि रिट्ठेले खाइदिएकोमा उसलाई रिस उठेको थियो।

बेला न कुबेला अन्मरिएर पातकी रिट्ठेका काल!

बर्बराउँदै दीपले खाटबाट तल भुइँमा हेर्यो।

हर्के र रिट्ठे तल गुन्द्रिमा लाश लडे झैँ पसारिइराखेका थिए। नजिकै छरिएका रित्ता गिलाँस र सिलाबरका प्लेटहरुले मातलाग्दो रात बितेको स्पष्ट बयान गर्दै थिए। हर्के जोडजोडले घुर्दै थियो। दीपले पल्टि पल्टि हर्के घुरेको हेर्न थाल्यो। घुर्दाखेरि हर्केको नाकका पोराहरु गजबले फुल्थे र सास बाहिर फाल्ने बेलामा नाकमै कतै एकपलको लागि सास अड्केको जस्तो भएर फुत्त बाहिर निस्कन्थ्यो। यसरि सास निस्कँदा नाकबाट सुट्ठ आवाज आउँथ्यो, ओठले बुर्रर आवाज निकाल्थ्यो र, छाति र पेट एक पटक हल्लिन्थ्यो।

दीपलाई हाँसो उठ्यो।

साले जब्बरे, तरुनि च्याप्या सपना देखिरा होला!, यल्लाई त…”

मनमनै बोल्दै दीप खाटबाट जुरुक्क उठ्यो र हर्केको कोखामा एक लात्ति कसेर बजायो!

ऐया आमा! मार्यो नि कुनचईने कुकुरले!

कोखामा नराम्रो संग लात्ति लागेको झोकमा फोहोर गालि गर्दै हर्के जर्याकजुरुक उठ्यो!

ए तेरो बाउलाई क्यार्न हानिस् ए दिपे असत्ति?

राता राता आँखा पार्दै मुन्टो बटार्दै दीपतिर हेरेर झोक्कियो हर्के।

दीपले हर्केको कुरा नसुनि रिट्ठे तिर हेर्यो।

रिट्ठे बेहोश भएको जसरि उत्तानो परेर निदाईराखेको थियो; शायद निद्रामा ऊ किचकन्नी र ज्यानमारा संग, बढि सुरक्षित अनुभव गरिराखेको थियो।

दीपले हर्केलाई औँला ओठमा राख्दै चुप लाग्ने इशारा गर्यो। हर्के वाल्ल परेर चुपचाप दीपलाई हेर्न थाल्यो!

दीप बिस्तारै रिट्ठे भएतिर गयो।

रिट्ठे शायद स्वप्नलोकमा पनि बसन्तीलाई हेर्दै मकै बेच्दै थियो! उसले लाएका लुगा अझै ओसिलो नै थियो। सेटो पटुकामा गुजुमजु पारेर पोको बनाएको पैसा बाहिरबाट हेर्दा प्रश्ट चिनिने अवश्थामा  थियो।

दीपले टुक्रुक्क बसेर बिस्तारै रिट्ठेको पटुकामा हात बढायो, हर्के अलिकता डराएर आँखा ठुलो पारेर हेर्न थाल्यो। पोका फुकाउनलाई दीपले चोर औँला र बुढि औँलाले बिस्तारै पोकाको एउटा छेउ तान्यो।

रिट्ठेले निद्रैमा शायद कसैले स्पर्ष गरेको चाल पाएछ क्यारे, कोल्टे फेरिदियो; दीप र हर्के उभिएको भन्दा अर्कोपट्टि! दिपले झ्वाट्ट हात तान्यो। हर्के एकपलको लागि झसङ्ग भयो। हर्के र दीपले मुखामुख गरे। दीप बिस्तारै अर्कोपट्टि गयो। फेरि टुक्रुक्क बसेर पटुकातिर हात बढायो। केहिबेरको संघर्ष पछि दीप पैसा हात पार्न सफल भयो!

कति रेछ?

हर्केले बिस्तारै साउती मार्ने पाराले दीपको अनुहार हेर्दै सोध्यो।

पख् गन्न दे!

दीपले हातले पर्खने इशारा गर्दै उसैगरि जवाफ दियो र रिट्ठे सुतेको पुलुक्क हेर्दै खाटतिर आयो र पैसा गन्न थाल्यो।

पाँचसइ पैँतिस!

भिजेर गुजुमुजु भएको ओसिलो पैसा गनेर सिद्धयायो दीपले।

हर्केले दाँत देखायो। एकैछिनमा अनुहारमा हल्का डर भरेर भन्यो-

थाहा त पाम्दैन?

हिजा रात सातो गा बिर्सिस एसको? आउना साथ जर्किन सकौँला जसरि तान्न थाल्या थो, त्याँसि लम्पसार परिगो। बाटामा कतै खस्यो भन्ठान्छ!

दीपको बठ्याईँले हर्केको डर मासियो।

दीपले २ शय रुपियाँ गुजुमुजु पारेर हर्केको हातमा राख्दियो। हर्केले प्रश्नवाचक दृष्टीले दीपलाई हेर्यो; शायद उसको भागमा किन कम पैसा भनेर सोद्धैथियो, दीपले बुझ्यो र बिस्तारै भन्यो-

तँलाई र मलाई दुदुसइ बाँकि तेरि बइनिलाई तँ र म मिलेर कोसेलि किन्ने हो चुप लाग अब!

हर्के केहि बोल्न खोज्दै थियो, दीप चप्पल लगाउँदै भन्न थाल्यो-

हिजा रउसिले टाउको घुमाइराछ म गएँ पँधेरामा न्वाउन!

हर्केलाई बोल्ने मौका पनि नदिइ दीप त्यहाँबाट बाहिरियो।

हर्के वाल्ल परेर दीप गएको ढोका हेर्दै थियो!

रिट्ठे शायद अझै सपनामा बसन्तीलाई हेर्दै मकै बेच्दै थियो!

 

------


 
Posted on 06-20-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा- लौ कस्तो हाँसो उठेको हाहाहा, रेड रोज कसले दिएको थाहा पाएर हाँस्या जस्तो छ!

सान्नानी, धन्यवाद! त्यो डिलिट मैले गरेको थिइन केहि कुरा बिग्रेर डिलिट हुन पुगेछ फेरि राख्या छु यो पोस्ट भन्दा माथि।

लहरे बौचा अब तिम्रो पालो आउँदैछ हेँख हेँख हेँख

मास्टरनि नानी, हजुरको खेदो खन्नै बाँकि छ!

कुम्ले- घुरेको मजाले हेर त एकजना लाई ठ्याक्कै तेस्तै तेस्तै हुन्छ।

सुन्तले- हेर्दै जाम है त अझ के के गर्छन यिनिहरुले अनि आफूले पनि हेँख हेँख हेँख

पर्वते- तिमि दौडेको सम्म पो थाहा भो त, त्यसपछिको तिम्रो बिजोग आउनै छ।

ठूल्दाई- हाहाहाहाहा अब एकछिन पछि को कथा पढ्नुहोस है त लोल!

दीपीका नानु- माष्टरनी नानीको छोरी बन्ने रे?? हेहेहहे अब के गर्ने होला प्रभु!

चेली नानी- मूरी मूरी धन्यवाद!पढ्दै जाम न है त!

हर्के- मिसाउँछु मिसाउँछु धेरैलाई मिसाउँछु, बिस्तारै गर्न खोज्या भद्रगोल होला भनेर।

रिट्ठे- निद्रा बिउँझियो??

ठूली- तिम्रो पालो नि आउँछ पर्ख।

नेप्चे- हाहाहा सिनेमा हेरेको जस्तो लाग्यो? पर्ख लास्ट फाइटमा पनि तिमिलाई राख्छु।

नेप्ची भाउजु- धेरै धेरै धन्यवाद्! थपम थपम तला थपम बरु लेख्न चाइँ नछोडम है!

बिस्टे सम्धी- त्यो मैले यो पोस्ट भन्दा माथि पोस्ट गरे, डिलिट भएको रहेछ। धन्यवाद छ प्रभु। अर्को भाग आउँदैछ है त एकैछिनमा।

Last edited: 20-Jun-08 12:59 PM

 
Posted on 06-20-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग-

कुन जुनिमा कसको रिन खा रेछु र यस्ता संग परेँ नारन्, घाम लाएर पनि डाँडामाथि पुग्न लाइसको, यिनलाई अझै आधारात छ!

नेप्चिले ओढ्ने पट्ट्याउँदै खाटमा लम्पसार परेर सुतेका ठुल्दाईलाई हेर्दै भनिन्।

ठुल्दाई बिउँझिएका भए पनि प्रत्यक्षत: निदाएको भान गर्दै थिए।

नेप्चिले भुइँमा छरिएका लुगाहरु एक एक गर्दै बटुल्दै फेरि बोलिन्-

झरि परेर केइ लाइथाज छैन, गोठ चुहिएको मइना दिन भैसको, भैँसि मरो भने पनि हाम्रा सिरिमानलाई केइ हुन्न,!

ठूल्दाईलाई नेप्चिको स्वर कानबाट छिरेर तालुभित्र कतै घोच्ने झिर जस्तो लाग्दै थियो, तै पनि निदाएको जस्तो गर्दै सिरकले कान छोपेर कोल्टे फर्किए।

अझ लाज छइन कान छोपेर उतापट्टि फर्किन? घरमा तिउन छैन, तेल छैनमस्यौरा पार्न भनेर कर्कलो काटेर सुकाउन खोजो झरिले देन, लौ न बुडा मास किनेर ल्याइदेऊ भन्या उइलेइ हो, म एक्लिले धान्न सक्दिन यो घर अब!

नेप्चि लुगा पट्ट्याउँदै बुढातिर हेरेर कराउँदै थिइन्।

ठूल्दाईलाई नेप्चि एकोहोरो कराएकोमा रिस उठ्यो। मुखबाट छाति सम्मको सिरक झ्वाट्ट पन्छाउँदै नेप्चिलाई हेरेर आँखभौँ खुम्च्याउँदै बोले-

क्यार्न आगोमा पर्या बाँस जस्तो पड्किराछेस? उठ्न त दे पइला? उज्यालो हुन पा छइन जइले नि एसको थुतुनो बज्या सुन्न पर्छ!

अझ मेरै थुतुनो बज्या लाग्छ बुडा तिम्लाई! अर्काको छोरि ल्याएपछि पाल्न नि जान्न पर्छ। ब्यान उठ बडारकुँडार लिपपोत गर, पँधेरा जाऊ सकि नसकि गाग्रि भरेर पानी ल्याउ, भैँसिलाई कुँडो खुवाउ, आगो बाल, भात पकाऊ सपै म एक्लैले गर्नु पर्छ, एसो मैले मेसो नपा कुरा बाइर गर लौन बुडा गर्देऊ भन्दा मेरो थुतुनो बज्यो रे!

यति भन्दै पट्ट्याएको लुगा त्यसै फालेर भित्ता तिर फर्केर रुन थालिन् नेप्चि!

नेप्चि रोएको देखेर ठुल्दाई त्यसै मुर्मुरिएर उठे। सुरुवाल र इस्टकोट लगाए अनि आँखा मिच्दै बाहिर निस्किए।

जहिले नि करा छ छ, अनि यसो केइ भन्यो रुन थाल्छे, मासु खाने भइ येल्ले मेरो!

बर्बराउँदै ठुल्दाई अम्खोरामा पानि सार्न थाले।

ठुल्दाई बाहिर आँगनमा निस्किए।

घमाइलो बिहानि देखेर ठूल्दाईको रिस केहि शान्त भयो। मुख धोए, र इस्टकोटको फेरले मुख पुछे अनि भित्र छिरे। अँगेनानिरको खामोमा केहि राख्न मिल्ने गरेर प्वाल जस्तो पारिएको थियो, त्यहाँ छामे र गैँडा चुरोटको खुम्चिएको प्याकेट निकाले। चुरोट ओठले चेपेर टुक्रुक्क बस्दै अँगेनामा घोप्टो परेर बडो सकसका साथ चुरोट सल्काए र बाहिर आए।

पिँढिमा टुक्रुक्क बसेर चुरोट तान्दै मनमा कुरा खेलाउन थाले-

  अब त ज्यान जाला तास खेलुँला कइलेइ?

बुढाले मनमनै आफूलाई सम्झाए।

तेत्रो पैसा थ्यो हारेँ कसरि भन्नु बुडिलाई, थाहा पाइ भने घरमा बस्न नहुने गरेर रडाको मच्चाउँछे फेरि फसाद पो परो त!

चुरोटको लामो सर्को तानेर धुवाँ हावामा फाल्दै बुढा सोच्न थाले-

मास किन्ने त के कुरा, एइ एक बट्टो गैँडा किन्ने पैसो नि छैन! आज तेल र मास किनेर नल्याइदि भा छैन! खान त परो के रे नि!

बुढा साँच्चिकै आत्तिए जस्ता देखिए।

हे बनकालि माइ आजबाट तास खेलेछु भने म कुकुर!

बुढाले कसम खाए।

बरु बुडिले जोगार राख्या थि कि अलि अलि पइसो? अइपछि त बोडि मकै बेच्या पइसो उसको भाग भन्दै राख्थि के रे!

बुढाले चुरोटको अन्तिम लामो सर्को तानेर ठुटो पिँढिमा झोसेर दल्दै मुखभरिको धुवाँ फालेर, मनमनै बोले र भित्र छिरे, चुरोटको प्याकेटलाई पहिलेकै ठाउँमा राखे र कोठा तिर लागे।

भित्र कोठामा नेप्चि रोएकि त थिइनन् अहिले, तर कालो अनुहार लगाएर लुगा पट्ट्याउँदै थिइन्। ठूल्दाई कोठामा छिरेको उनले चाल पाइन् तर मुन्टो उठाएर हेरिनन्।

ए बुडि! तँ रिसाकि?

बुढाले फकाउने पाराले नेप्चिलाई मायाले हेर्दै सोधे।

नेप्चिले सुनेको नसुनेइ गरिन र पट्ट्याउनलाई हातमा लिएको लुगा दुबैहातले बलपूर्बक समातेर भुईँ हेरेर बसिरहिन्।

बुढा अलि अगाडि बढे र नेप्चिको काँधमा हात राख्दै भने-

ओइ सुन् न!

नेप्चिले जिऊ झड्कारेर ठुल्दाईको हात काँधबाट हटाउने कोशीस गरिन्।

ठुल्दाई नेप्चिको अगाडि आएर टुक्रुक्क बसे र नेप्चिको दुबै कुममा हात राखेर अनुहार हेर्दै चुरोटले कालो बनाएको दाँत देखाउँदै भने-

तँ यसरि घोसे मुन्टो लार कालो अनुहार बनाउँदा बिछट्टै राम्रि देखिन्छेस क्या!

नेप्चिले केहि नबोलि, पुलुक्क ठुल्दाईलाई हेरेर, आफ्नो दुबै हातले ठुल्दाइको हात समातेर कुम बाट हटाइन्।

सुन न लाटि, तेरो मया नै नलार कराको होला त म? तैँ भन् त?

ठुल्दाईले फेरि नेप्चिको एउटा कुममा हात राख्दै सोधे।

माया लाग्या भए मुखमा जे आयो तेइ भन्नुहुँदैनथ्यो

ठुल्दाईको प्रश्नमा नेप्चिको आँखाबाट फेरि आँशु झर्यो र बिस्तारै झिनो कामेको स्वरमा जवाफ दिइन्।

मुखमुखै त, तँ कति लाग्छेस भन्ने मलाई था छ; सोमप्रसाद बुडाको त नातिनी!

ठूल्दाईले मनमनै बुढो ससुरा जस्तै, नेप्चि बढि चोथाले भएको कुरा गरे पनि प्रत्यक्षत: मुसुक्क हाँस्दै भने-

रिसमा बोल्या कुरा लेर नि आँशु च्वाउने हो त लाटी? रिसमा आँखा देख्तिन नि त म, मुखमा आ फलाक्या मात्रै हो, भित्र त तेरो माया छताछुल्ल छ नि!

नेप्चिको मुहार अलिकता सुध्रियो तर अनुहारमा उदासिको भाव चाहिँ बढ्यो, डब्डबाएको आँखाले ठुल्दाई तिर हेरेर भनिन्-

एक त दिनदिनैको भ्याइनभ्याइ छ मइँलाई, तेसमाथि तपाइँले बचन लाउँदा मेरो चित्त दुइ फक्ल्याँटो पर्छ! अस्ति देखि काट्या कर्कलो तेत्तिकै छ मास ल्याइदिनु भन्या त थेँ नि। तेल सक्केर आजा छाकलाई भुटुन छैन तेति ल्याइदिनु भन्दा बचन लाउनुभो!

ल्याइहाल्छु नि लाटी, म जान लाया अइले नै पसलतिर!

ठुल्दाई झन मिठो स्वरमा बोले।

नेप्चिको मुहार अब चाहिँ ढुक्क देखियो।

ल तपाइँ पसल जानोस, म पँधराँ गएर एक गाग्रि पानी लेराम्छु!

यति भन्दै नेप्चि उठिन् र ढोकातिर लागिन्। ढोकामा पुगेर केहि सम्झेको जस्तो गरेर टक्क अडिइन् र ठुल्दाई पट्टि फर्केर पिडा र शंका मिसिएको स्वरमा भनिन्-

आज नि पसलमा गर तास खेल्नुभो भने मलाई काट्या पाप लाग्छ तपाइँलाई!

यति भनेर नेप्चि बाहिरिइन्।

ठुल्दाई वाल्ल परेर नेप्चि गएको खालि ढोका नियाल्न थाले।

एकैछिनपछि ठुल्दाई उठे र झ्यालमा छेकिएर बाहिर हेर्न थाले।

नेप्चि डोकोमा गाग्रि बोकेर आँगनबाट तलतिर ओरालो लागेको देखेपछि ठुल्दाई ढुक्क देखिए।

ठुल्दाईको नजर कोठामा यताउता दौडिन थाल्यो।

कुनामा ढेप्प्याएर राखेको कालो सन्दुकमा पुगेर ठुल्दाईको नजर थामियो।

गएर सन्दुक खोले।

नेप्चिका केहि लुगाहरु एकापट्टि जतनसाथ पट्ट्याएर राखिएको थियो र अर्को पट्टि केहि हरलिक्सका सिसिहरुमा घ्यू राखिएका थिए। त्यतापट्टि नै, एउटा खालि नयाँ ठेकि, एउटा दाब सहितको खुकुरी थियो। संगै एउटा ढाकाको सानो थैली पनि थियो। ठुल्दाईले एक पटक त्यत्तिकै कोठामा चारैतिर हेरे र ढाकाको थैली निकाले। थैली , थैलीको मुखमा भएको डोरी दुई दिशामा तन्काएर मुख चुमुक्क पारेर बन्द गरिने खालको थियो। ठुल्दाईले दुबैहातको बुढि औँला फँसाएर थैली खोले। त्यो सानो थैलीमा धेरैकुराहरु जतनसाथ राखिएको थियो। थैली भित्र एउटा सानो तिलहरी, एउटा सानो ढुङ्ग्री, केहि अक्षता छरिएका, सुकेर चिन्न नसकिने केहि फूलहरु, केहि गेडा पशुपतीको सेतो प्रसाद, एउटा मन्दीरको पँहेलो धागो, र केहि रुपियाँहरु मैलो धागोले बेरेर राखिएको थियो!

ठूल्दाईले रुपियाँको मुठो निकालेर धागो फुकाए। शयको २ वटा नोट, २० का २ वटा र पाँच, दुई र एकका केहि नोटहरु थिए। ठुल्दाईले बिसको एउटा नोट र पाँचका ४ वटा नोटहरु निकालेर इस्टकोटको खल्तिमा हुले। बाँकि पैसालाई पहिले जस्तै बाँधेर थैलीमा राखेर थैली बन्द गरे।

सन्दुक लगाउँदा ठुल्दाईको अनुहार अलि ढुक्क थियो; शायद एक चौथाइ तेल र केहि मास यसबाट किन्न सकिन्छ भनेर र शायद गैँडा चुरोटको एउटा नयाँ प्याकेट पनि!

इस्टकोटको खल्ति बाहिरै बाट छाम्दै ठुल्दाई घरबाट बाहिर निस्किए।

आँगनमा पुगेर केहि सम्झेर फेरि फरक्क फर्किए र पहिलेकै ठाउँबाट गैँडा चुरोटको प्याकेट निकाले।

अँगेनामा कुँडो तात्दै थियो। ठूल्दाईले कुँडे अँगेनाबाट हटाए, र घोप्टिएर चुरोट सल्काए। सल्काउँदा सल्काउँदै तिन-चार सर्को तानेर खोक्दै ठुल्दाई बाहिर निस्किए! बुढाले कुँडेलाई फेरि अँगेनामा फिर्ता राख्न बिर्से!

बाहिर निस्किएर ढोका ढप्क्याए र चुरोट तान्दै बिहान मात्र झरि थामिएर खुलेको गाउँ हेर्दै बाटो लागे।

कैले साउको पसल आइपुग्न अझै केहि बाँकि थियो। ठुल्दाईको चुरोट सकिइसकेको थियो र उनि केहि सोच्दै निहुरिएर हिँड्दै थिए, कसैले बोलाएको जस्तो लागेर उनि झस्के!

कता हो ठुल्दाई ब्यानब्यानै?

ह्वास्स रक्सिको बासि गन्ध आयो। मुन्टो उठाएर आफ्नो नजिकमा हिँड्दै बोलाऊनेको अनुहार तिर पुलुक्क हेरे, दीप रहेछ।

कता हुनु बाउ, कैलेसाउको पसलाँ जान लाया, जाहानले तेल ल्याइदे भन्थि तेसइले!

ठुल्दाईले हिँड्दै दीपलाई जवाफ दिए।

किनेर फर्किहाल्ने हो र ठुल्दाई?

हिँड्दै दीपले चप्पल पड्काउँदै भन्यो।

फर्किने बाउ, घरमा सबैकुरो असरल्ल छ सामलतुमल नलइदिए जाहानले मेलो सार्न पाउँदिन फेरि!

ठुल्दाई सामान किनेर फर्किनेमा अडिग देखिए।

अइले त ब्यानै छ नि ठुल्दाई, कैलेसाउकाँ गर दुइ हात मार्न भ्याइँन्छ, के को हतार! हिजा दिन नि खेल्न पाइएन झरि परेर!

दीपले कोरम पुर्याउने हिसाबले होला, ठुल्दाईलाई तास खेल्न भ्याइने कुरा गर्यो।

तास सास नखेलम दीप बाउ आज, सपै लुट्दिहाले असत्तिहरुले अस्ति! अब आफू त तासदेखि नाsssराssयण!

ठूल्दाईले हिँड्दै यता उता हेर्दै नखेल्ने निधो गरेको कुरा सुनाउँदै थिए, कैलेको पसल आइपुग्यो।

सुन्तले र लहरे बाहिरै बसेर चुरोट तान्दै थिए, कैले साउ चाहिँ भित्र पट्टि केराउको साना साना प्लास्टिकको पोका बनाएर मैनबत्तिमा तताउँदै बन्द गर्दै थियो।

ठूल्दाई र दीप आएको देखेर सुन्तले र लहरे ससर्किएर चुरोट निभाउँदै भित्र छिरे।

ल २ जना चाइया थो दुइ जनै आइपुए!

सुन्तलेले भित्र गएर तासको बिटो समातेर फिट्दै भन्यो। दीप र लहरे भुइँमा गुन्द्रिमा बसिहाले र कैले साउले बिचमा मैलो कछाड ओछ्छ्याइहाल्यो, ठुल्दाई वाल्ल परे।

बसम बसम ठूल्दाई, एक हात त हानम न ए, सखारै छ भाउजुलाई पत्तै हुँदैन!

दीपले सुन्तलेको हातबाट तास लिएर फिट्दै अगाडि वाल्ल परेर उभिएका ठुल्दाईलाई हेरेर दाँत देखाउँदै भन्यो।

हैन बाउ, तेल र मास किनेर नलग्दि भा छैन आइलेइ, फेरि पैसो नि जम्मा चालिस रुप्पे दाम छ मसित अइले!

ठूल्दाईले दिपले फिटेको तास हेर्दै जवाफ दिए। बोल्दै जाँदा, तास फिटिएको एकचित्तले हेर्दै थिए ठुल्दाई। दीपको हातमा निलो किर्मिरे बुट्टा भएको तास सलबल सलबल गरिराखेको थियो। फिट्दाखेरि बडो कलात्मक तरिकाले एकमाथि अर्को र अर्कोमाथि अर्को गर्दै तास सर्दै जान्थे। ठुल्दाईलाई तास चलेको जीवन्त लाग्यो। उनको हात सकसकायो। सबै उनलाई हेर्दै थिए र सबको नजरमा ठुल्दाईले आमन्त्रण देखे। सुन्तले र लहरेको बिचमा खालि भएको गुन्द्रिको भाग उनलाई आफ्नै लागि बनेको जस्तो लाग्यो।

अबेला भा त छैन छन त, तै नि पैसो छैन क्या, बरु एकछिन बसेर बात मारम!

ठूल्दाईले सबैलाई हेर्दै जवाफ दिए र खालि ठाउँमा गएर पँलेटि कसेर बसे।

के बात मार्नु ठुल्दाई, मजाले एक दुई हात खेलेर गए भैगो नि

कैले साउले मैनबत्तिमा पोलेको पोकोलाई औँलाले च्याप च्याप थिच्दै भन्यो।

बरु तेल सेल के के चाइनि हो, आफ्नै ठुल्दाईलाई उधारो दिम्ला के रे नि!

कैले साउले तासको भाडा आउने मौका नछोड्ने निधो गरेर ठुल्दाईलाई भन्यो।

ठुल्दाईले पुलुक्क कैले साउलाई हेरे।

उधारो दे त भैगयो नि, जाबो चालिस रुप्पे दामको खेलेर के नै जान्छ र? दाउ लाए एइ चालिसको चार सये हुन्छ। अस्तिको उठे त खासा हुन्थ्यो!

मनमनै बोल्दै ठुल्दाईले कैले साउ तिर हेरेर भने-

एक चौथाइ तेल र आदा किलो मास उधारो दिन्छौ त कैले?

बुढा उधारो पाउनेमा आश्वस्त्व हुन खोजे।

भनेसि भनिआलेँ नि ठुल्दाई, बरु तेल भर्न थालेँ है म!

कैले साउ ठुल्दाईतिर हेर्दै हाँस्न थाल्यो।

ल बाँड् बाँड् दीप, एक हात भ्याइसकिन्तो अइले सम्ममा छिटो गर्!

लहरेले ससर्किँदै हतार गर्यो; मानौँ ठुल्दाईले अचानक नखेल्ने निर्णय गरिदिए भने उसको जहाज डुब्छ।

लौ लौ कर गरेउ सपैले एक दुइ हात दाउ हेरमचुरोट सल्काउ त सुन्तले!

हाँस्दै ठुल्दाई दीपले बाँडेको तास हेर्न थाले!!

 


 
Posted on 06-20-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हांस्न सकेसी लेखम्ला है।

Last edited: 20-Jun-08 01:22 PM

 
Posted on 06-20-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब के भन्ने मैले?

नम्बरी जुवाडे त हैन है। फिलिम मा नि चिलिम तान्या कुरा छुटेन छ पर्भू।

जिम्मालबा को कल्पना शैली, ग्रामीण परिबेश को यथार्थ चित्रण र भाषिक सन्तुलनलाई सलाम गरें। 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters