[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 203631 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 07-17-08 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नेप्चि जिऊ झड्कारेर पर सरेपछि ठूल्दाईले कैले साहु तिर हेरे र “दुबैहात दायाँ बायाँ फिँजाएर हत्केला आकाशतिर तेर्साउँदै के गर्नु को भाव देखाए।" 

 हा हा क्या scene छ, कस्तो मिलेको

"आफ्नो अगाडि स्वाँ स्वाँ गरेर ठूला ठूला आँखाले आफूलाई हेरिरहेकी नेप्चिको रणचन्डि जस्तो रुप देखेर ठूल्दाई डराए र काला दाँत देखाउँदै हाँसेर भने-“म जानै ला थेँ घर, तैँ एता अैछेस् अरु नि केइ किन्नु पर्ने सम्जिस कि?”

लौ न नी, मेरो रूप लाइ के भो?

मैले कुचोले ठट्टाएको scene sensored भा जस्तो छ। त्यो पछि चैं स्वाँ स्वाँ बढेको अनि बिरामि परेको ठिकै हो। बाउचा र सुन्तलेको ताल देखेर छक्क म त।

आफ्नै बारेमा धेरै लेखियो, अरुको बारे पछि लेखुला। सोझो कुम्ले को सोझो रूप बल्ल देखियो। म प्रति सहानुभुति दिनु हुने सबैलाइ मेरो प्रणाम !!!

Go Jimmal Baa Go !!!!!!


 


 
Posted on 07-17-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के- धन्यवाद्। अब तिम्रो बिहेको कथा चाहिँ अर्को सिजनमा लेख्ने बिचार गरियो।

नेत्रे- धन्यवाद्। मलाई नि त्यस्तै लाग्यो पछि पढ्दा मिलाउनु पर्ला त्यो पार्ट।

लहरे- लौ बिस्टे बुढा जिम्दै छन रे भउतेले भन्या।

माष्टरनी नानी- छ माष्टरनी नानी छ, खोलामा बग्या पौड्या सबै अनुभव छ!

चेली नानी- बिरामी मान्छे कता जितौरी मागिरा? हेहेहे अहिले कस्तो छ?

सान्नानी- लौ के भयो???

बसन्ती- धन्यवाद् अब सकाउन लागेको १-२ भागमा यो मौसमको कथा।

कुम्ले- ल कहाँ कथा रोकिनु नि गालेको एन्ट्रि भैसक्यो हेर त।

सुन्तले- धन्यवाद्। पढ्दै गएकोमा खुसि लाग्यो, बरु त्यहि आउन भ्याइन्न कि के हो आजकल?

प्रेरणा- कस्तो कमलो मन! हो नि बुढालाई बँचायो गालेले आखिर।

ठूल्दाई- लोल! आउनुहोस न हाम्रा घरमा दिनदिनै देख्नुहुन्छ।

रिट्ठे- के लेराऊ रे?? के बजाउने?? बेहोश होलाऊ खान हुन्न अहिले बिरामि भा' बेलामा।

दीपीका नानू- त्यो अलि बढि लेखिएछ, मिलाउँछु।

नेप्चि भाउजु- धन्यवाद्। बरु कता जानुहुन्छ आजकल देखिनुहुन्न नि त्यति।

सबैलाई धन्यवाद्


 
Posted on 07-17-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए जिम्माल, दसोडा अति सिनेमा एकै चोटी चलास क्यारे -- हाउँरो --भन्या हेरी सबु र मेरो क्या--जोडीको फेरी कैले आम्नी हो पालो? लउ नै राउँरो पर्या हैन--क्यारी कुरा बढाम्नी हो? यै तालाँ त जन्ती सन्तीलाई पनि उतै स्वर्गे तिरैओ ठेआना दिन पर्स कि? -- कि जन्ती पैलेई पुई सया हुने हुन स्वर्गे तिर?

दर्सनाभिलासीआँ जेमराज र चित्र गुप्त लेहन परेसी त पिर्ती भोज ह्याप्स दिन को आम्छ र?

क्यार्न ला हो? यै धर्तीमै घरजम जोड्म भनेओ ---


 
Posted on 07-17-08 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभो, हेरि के जाति मल्टिपिलाउस भन्छन तेइ चलाउन खोज्या हो खोज्न त, तो प्रभोको प्रेमलिलाको पाटो राख्न छिन छिन मा मन नलाग्या त हैन तेसइले बरु यता गाउँसमाजमा कुरा काट्लान भनेर मुगलान हुलिदिने बिचार गर्या छु--
कुरो बढि सक्यो नि प्रभो! त्यसैले त प्रभोलाई घाउ हुँदा स्पर्ष सुखानुभुती भएको! हतार लागेछ प्रभोलाई दर्शनाभिलाषीमा जेमराज राख्न पर्ने गरि बिलम्ब त नहोला गामकै बुडाखाँडालाई राखमला नि।
जे भ नि प्रभो यता साझाहुँदि सवारि भएदेखुन रौनक चाइँ बड्ला बड्ला जस्तो छ।
 
Posted on 07-17-08 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा माइला दाई मैले त कैले साहु लाई भनेको हो है फोहरी बुढो भनेर।
त्यस्तो मेट्नै पर्ने त छैन। मैले त पढिसके अब अरुले पनि पढुन न त्यो फोहरी पार्ट पनि

लहरे, लोभि बौचा भयो त्यस्तो लोभ गरी गरी दिएको जितौरी तिमीलाई नै भयो। मैले जितेको बेलामा आउ अनी थाहा हुन्छ जितौरी भनेको कती हुन्छ भनेर  


 
Posted on 07-17-08 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा! हिरो भइसकेछ नि हाम्रो गालु त!

ल अर्को भाग कहिले आउँछ त?


 
Posted on 07-17-08 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्रो चिट्ठी चाँही कल्ले लग्यो हँ? आउँदैन त अझै
 
Posted on 07-18-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 आज जिम्माल बाको नलिखुट्टो -----

‘त ह्याइ छेस अझै?’

‘’के रे?का जानि म?जिम्माल्नी आमैले सिरक पट्याउदै भनिन्।

‘हिजराती भन्दै थिस त माइतीआँ जान्छु’

‘तिम्लै  सुतुवा बुडा, म माइतीयाँ ग’सि घ्यू भात दुइहातले खाम्ला भनेओ हौला।‘ जिम्माल्नी आमै

 सिरक झट्कार्दै रिसाउन थाल्छिन।

‘’माइली बजै दहि छ?’’बाहिर बाट आवाज  आउछ ।

‘छैन- तात्तो न छारो ब्यानब्यानै दै पो माग्न आम्च। आफूले ह्या कत्रो चटारो भइरइच ,कहिले घाँस

भनेओ छ कहिले कुंढो भनेओ छ। भैसी दुब्ला’र ट्वाट परिच। यि थोत्रे बुडा नि रातदिन सउना देखेर

बसिरइचन। गाम्ले लै दै-मै खान ठिक्क ’ जिम्माल्नी आमै बाहिर हेर्दै हेर्दै नहेरि जिम्माल बाको रिस

उ दहि माग्ने संग पोख्न थाल्छिन।

आवाज आएको तिर हेर्र्छन जिम्माल बा ‘ ओ हो बाउ केलाइ चाइच दै पाउना आइचन र  तिमुरकाँ ?’

‘छैनन्, भाउजुले पठाम्नु भा’- के साह्रो छुच्ची बुढी हुन् बाइ। अरिंगाल बुढिसअ जिम्मालबा कसरी

सहेर बसिचन होला भउतेले जिम्माल्नी आमैलाई हेर्दै मनमनै सोच्न थाल्चन।

‘अनिखेरि माष्टर्नीलाइ सन्निपात भ’र भर्खर उठईचन।क्यार्न दै खानु पर्यो तिन्लै।‘

जिम्माल् बाको कुरो सुनेर जिम्माल्नी आमै अझै झर्कदै भनिन्-

‘अझै बसिरइचौ यइ ,उठ ए चाम्रे बुडा ओच्यान पनि मिलाम्चु’ जिम्माल बा आंखामा लागेको चिप्रा

पुछ्दै भित्तामा अढेसलागेर धौ धौ उठ्छन।

‘तिरुले दही खानस मनलाओ भन्दै रुनथाली अनिपछि --- भन्दा भन्दै रोकिन्छन भउते

‘को रे? -जिम्माल्नी आमै पछाडि फर्कदै भन्छिन।

‘ मेरिवास्सै! भउतेबाउ  हौ ! बस बा! तइ पर्तिर सुकुलआँ।आज पनि आइने मेरी नातिनी भनेर

भुटभुटिराथे तिम्म्रा जिम्माल बा। क्यार्न लानु परेओ त, दै  उतै, बरु मेरी नातिनी यतै  आ’र खादी हो

बरा!। जाऊ ले’र आऊ बा मेरी नातिनी !’  अलिअलि मुस्काउदै जिम्माल्नीले भनिन्।

‘कति बिउरेओ रेडिया अस्तो क्वारक्वार्ती कराम्छेस  त बुडी, खुरुक्क दिन सानओ ठेकियाँ छ’ यसपाली

चै माइलीबुढी चुपचाप भान्सा तिर गइन र दहीको ठेकी लिएर आइन्। त्यस्ती चोथाले बुढीले खुरुक्क

आज्ञापालन गरेको देखेर मक्ख पर्दै शरिर तन्काए जिम्माल बाले।

एकमाने सिलपटको बटुको भरी दही राख्दै जिम्माल्नीले भनिन्—‘अनीखेरी तितौरी कइले आम्छे त

बा!? धेरै भइसओ नातीनीलै नदेखेओ । हिरिदय बाटै मुया लाइरच का।‘

‘मलाई था छैन माइली बजै।‘ -तिरु सअ बस्न खेल्न कत्रो रहर छ यो बुढी चै कहिले आउने रे तिरु’-

पुक्क मुखाँ हानु अस्तो। मनमनै रिस उठ्यो भउतेलाई। सधै  एक्लै भौतारिदै दिन बिताउने भउतेलाई

तिरुको आगमनले निकै रमाइलो लागेको छ।  उमेरले निकै परक भएपनि तितौरी संग गुच्छा  कपर्दी

लुकाछिपि खेल्दा असाद्यै रमाउछन दाजु-बहिनी ।भाउजु त माया गर्छिन  नै तर तितौरीको मिठो शब्द ‘

भउते दा भनेको सुन्दा फुरुंग हुदै  उस्कोलागी जे गर्न पनि तयार हुन्छ। तितौरीलाइ जिस्काउनु, रुवाउनु

अनि अन्तिममा फकाउनु भउतेको दिनचर्या जस्तै भैसकेकोछ। रोइराहोली  मेरी बैनी भन्ने  संझिदै

दहिको बटुकोलिएर हतार हतार  हिडड्नलागेको भउतेलाई हेर्दै जिम्माल बाले भने -‘ बाउ भरे

तितौरीलाईले’र आउ है वर्षाँस सोतो बढिरा’छ  तर्न सउदिन मेरी नातिनी।

मलाई पल्लोगाम जानुछ जिम्माल बा भरे त’  फटाफट हिड्दै भउते जान्छन।

आशाको त्यान्दो नि च्यातच्युत भयो  जिम्माल बाको । अमिलो अनुहार लाउदै भउते गएतिर हेर्छिन

जिम्माल्नी आमै।

------

‘’अं—ॐ ‍ॐ-----  ‘बक्रतुण्ड  – अssss   कायओ’ –  के पो हो अं ‘---  सुर्यकोटी’‘ ए बाSsss  बिर्सइचु करे

गनेसको सिलोक मैले त ।‘भइमा झरन किरिस्न भइमा झरन’  भनेर किरिस्न बोलाम्दा बोलाम्दै

गनेसलै बिरसइचु ।

‘'भइमा झरण गनेस भइमा झरण

आपत पर्यो हामीलाई  रक्षे गरन’' ----भनेर किर्तन अर्नुपरिच कि? !

ss!बाssssब!! ! क्यार्निहोला  अब यिनै बुढालाई फकाम्चु  एउछिनलै। रिसईरछन कि।

मलै हो र भउवानको भजन  अरे तिन्लै नि पुण्य  हुन्छ   भन्थे विष्टे संधीले।

'ए बुढा क्यारिचउ त्याँ? आऊ याई पुजार्नु लाइरइचु का मैले।  गनेस को शिलोक आम्च तिम्लै।

वाचन गर त मलै भ्याइ नभ्याई भइरच । ‘’

जिम्माल्नीको सुरिलो स्वर सुनेर  जिम्माल बा खुशी हुदै  हत्पत भन्छन– ‘पर्खी  सेतो धोती ला’र

आम्चु।‘सेतो धोती लाई पछाडी घुसार्दै  जिम्मला बा आउछन।

‘’ए! बा!! जिम्माल बुढा– के भन्च करे त्यो इउलिसमा  अं –कस्तो हामसम देखइचौ अइले त’’

जिम्माल्नी  जिम्माल बा लै हेर्दै फकाउन शुरुगर्छिन –‘ उता कता शहराँ घुम्न जाम्ला बुडा अनिपछि

तिउरा झरेओ दाँत पनि हालम्ला डाउडर साप लै भेटेर‘-पोहरसाल तिर्थबाट आए देखि जिम्माल्नी

आमैलाई  फेरी शहर घुम्ने रहर जागेको छ तर जिम्माल बा संग मुख फोड्न सकेकी  थिइनन्।

‘चुप लाग!’  जिम्माल बा ले सलाई कोर्दै धुप बाल्छन।

‘ल अब पुजा शुरुअर’-

‘बक्रतुण्ड महाकायो सुरयकोटि समप्रभु

निर्बिघ्नं कुरुमे देव सर्बकार्य  सु सर्वदा!’

‘इखिखीखीखअ अस्तो आइरइच तिम्लै त बुडा ‘ जिम्माल्नी आमै पुजा गर्दै भन्छिन।

पुजा सक्किएपछि  आफुले टिका लगाउछिन अनि जिम्माल बालै दिदै भन्छिन -

‘ल अब टिको लाऊ बुडा’- 

जिम्माल बा निधार अघि सार्दै भन्छन '‘तैले नइ लाइदेन बुढी’' यइ हो मौका आज त यल्लाई मेरो

खुट्टाआँ ढोगाम्चु।

जिम्माल्नी ले पहेलो अनि रातो टिका लाइदिन्छिन र उठ्न खोच्छिन।

‘लौ ढोग अर् अब’ जिम्माल बा मुस्काउदै भन्छन।

‘आम्मै!  भुसुक्कै बिर्सइचु’- जिम्माल्नी आमै मन्दिरलाई ढोगेर उठ्न खोज्छिन,

'ह्या नि ढोग अर ।‘ जिम्माल बाले आफ्नो खुट्टा देखाउदै भन्छन।

‘ ए ! बा ssssssssss  तिम्लाइ बिर्खे जिम्माल तिउले  मेरा खुट्टाँ ढोगिरइचउ र लुम्रे बुढा?! 

 मैले तिउराँ ढोग्ने?! तिउरा नलिखुट्टाआँ रोग मेरो  निधांराँ सर्च का।‘ पुजा त सकियो  ल हिन  ढेंडो

 पकाम्ने हो आज खान मुनलाइरच का मुलाई! 

 

क्रमस:

 

Last edited: 18-Jul-08 10:03 AM

 
Posted on 07-18-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha mis di kasto hasauni ... thyaakka lya chha ta maaili aamako para ke ho? :P kura bujhi nasaknu chha hyaa .. ;) .. sisno pani laaulin feri bhaagchhu ma ...

haamlai ni role dini haina ta aba?


 
Posted on 07-18-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी, गजब छ नलिखुट्टाको कथा। सबैभन्दा गब लाग्या चाहिँ माइलिबुढिको बोलि ठ्याक्कै उस्तै राख्नु भएछ!

 

ल आजको पाटो पस्किन लाग्या-

कुम्ले एकछिन खोकेको खोकेइ भयो र रसिला आँखा पार्दै नेपे बुढालाई हेर्न थाल्यो र सुरुवाल सकेसम्म हातमा मुठ्ठि पारेर समात्दै बिस्तारै पलेँटि कसेको खुट्टाको घुँडा मुनि लगेर लुकायो।

नेपे बुढाको आँखा कुम्लेको हातमा रहेको सुरुवालमा नै थियो बुढाको आँखा कुम्लेको हात संगै घुम्दै कुम्लेको घुँडामा पुगेर रोकियो। बुढा केहि बोल्न खोज्दै थिए त्यत्तिकैमा पुन्टे बुढाले एक घुट्कि रक्सि सुरुप्प पार्दै बोले-

ओहो नेपे दाई बिराइँ पर्नु भछ कठै, के खानुभाथो र पखाला लाग्यो?

नेपे बुढाको ध्यान सुरुवालबाट हटेर पुन्टे बुढातर्फ गयो र लेघ्रो तान्दै बोले-

खइ पुन्टे बाउ, खान त ब्यान देखुन केइ खा छइन बारिको दोटा केस्रा काँचो बोडि भन्दा, के भओ के भओ

तपाइँ कोनो चिन्ता नकरिनिनोस नेपे दाजू हमि सब ठिक करिदिन्छु, तपाइँ आराम कर्नेकोलागि भितर हिँड्नुहोस हमि जिवनजल बनाइके लियावँछु!

मदनवाले एक टुक्रा मासु चपाउँदै नेपे बुढा तिर हेरेर भन्यो।

नेपे दाईले सहमतिमा टाउको हल्लाए।

और नेपे दाजु, यो मुर्गाको मासुमा जो छ पानी वानि डाइलके सुप बनाइदिन्छु ऊ खानुहोस ठिक हुन्छ!

मदवाले अर्को आत्मियता देखायो।

कुम्ले र पुन्टे बुढालाई कोक्याएर हाँसो उठ्यो। रिट्ठे पनि बिस्तारै भुँडि हल्लाउँदै हाँस्न थाल्यो र हाँस्दा हाँस्दै कतै दुखेछ कि के हो, मुख बिगारेर बिस्तारै ऐया भन्यो र चुप लाग्यो।

नेपे बुढा कान ठाडो पार्दै मदनवातिर फर्किए र कराए-

हन ए कपाउँडार के बात मार्छौ एस्तो? पन्नित मान्छेलाई कुखुरो खा भन्न पाप लाग्दैन?

खेँ खेँ खेँ माफ करिदिनुहोस नेपे दाजु, हमि सला भुलेथियो कि तपाइँ मुर्गा मुर्गि खान्देन! ल आइहाल्नुहोस् भितरको!

मनदनवाले दाँत देखायो र नेपे बुढालाई भित्र आउने इशारा गर्दै उभियो। नेपे बुढा उठेर भित्रतिर हिँड्न थाले।

अभि ठिक हुन्छ तपाइँलाई!

भन्दै मदनवाले कुम्लेले घुँडामुनि लुकाएको सुरुवाल तानेर हतार हतार हात पुछ्यो र सुरुवाल त्यहिँ राखेर नेपे बुढा संग भित्र तिर लाग्यो।

मदनवाले सुरुवाल तानेर हात पुछ्दा, खै किन हो नेपे बुढाले एक पटक फेरि सुरुवाललाई गहिरिएर हेरे।

मदनवा र नेपे बुढा भित्र छिरे।

कुम्लेले एक पटक लामो सास फेर्यो। रिट्ठे गिजाले चपाएको जस्तो गरेर मासुको लेदो मुखमा हुलेर मुख हल्लाउँदै थियो। पुन्टे बुढा भएभरको बल लगाएर सपेटासंग संघर्ष गर्दै  थिए।

कुम्लेले निकैबेर निधार खुम्च्याएर केहि सोच्यो र अचानक मुस्कुराउँदै आफ्नो टाउको दुवैजनाको बिचमा केहि झुकाएर दुवैहातले पुन्टे बुढा र रिट्ठेलाई सुन्ने इधारा गर्दै भुइँतिर हेर्यो।

पुन्टे बुढा हत्तपत्त केहि रमाइलो सुन्न पाइने आशामा कुम्लेको झुकेको टाउकोमा तालु ठोक्काउँदै निहुरिए, रिट्ठेले ऐया को भावमा मुख बिगार्दै टाउको झुकायो। तिनैजनाको टाउको लगभग जोडिएको स्थितिमा थियो।

कुम्लेले एकपटक झुकेर नै मदनवा र नेपे बुढा पसेको ढोकातिर हेर्यो र हँसिलो मुख लाउँदै बिस्तारै भन्यो-

पुन्टे बुढा, रिट्ठे कुरा सुनाओ, ब्यान म चौतारितिर हिन्दै थेँ हइ, नेपे बुढा सुरुवाल फुकालेर झाडिभित्र छिरेत्याँसि मलाई हाँसो उठ्यो अन्खेरुन बुडालाई जिस्क्याम्न मैँले खुसुक्क बुडाको सुरुवाल फुत्कार तेटाटि टाप कस्या हे हे हे एइ सुरुवाल हो हाम्ले मासुको चिल्लो पुछ्या!

कुम्लेको कुरा सुनेर पुन्टे बुढा अट्टाहस लगाउँदै मरिमरि हाँस्न थाले।

हाहाहाहाहा कट्टुमा हिँड्न पर्दा पनि अइ बुढाले आफ्नै सुरुवाल चिनेन् हाहाहाहा!

पुन्टे बुढा बोल्दै थिए र मरिमरि हाँस्दै थिए।

रिट्ठे वाल्ल पर्यो र निधार खुम्च्याउँदै केहि सोच्न थाल्यो र मसिनो स्वरमा केहि सशंकित हुँदै भन्यो-

तर सुरुवालले त कुखुरा…”

रिट्ठेको बोलि पुरा हुन नपाउँदै कुम्ले रिट्ठेको झिनो स्वरलाई दबाउन ठूलो स्वरले हास्दै पुन्टे बुढालाई साथ दिन थाल्यो-

हाहाहाहाहाहा तेइ त हाहाहाहाहाहा

कस्ता गोज्याङ्ग्रा बुडा रेछन आफ्नै सुरुवाल चिनेनन् हाहाहाहाहाहाह!

पुन्टे बुढा आफ्नै धुनमा नेपे बुढालाई सोझो ठान्दै उडाउँदै हाँस्दै थिए।

तर सुरुवाल त….”

रिट्ठेले फेरि मसिनो स्वरमा आफू बेहोश हुनु भन्दा अगाडि सुरुवालले भाले बाँधेको सम्झिँदै मुख फोर्ने कोशिस गर्यो!

कुम्ले फेरि सतर्क भयो र तुरन्तै हात फैलाउँदै अलि जोडले बोल्यो-

एकैछिन एकैछिन….”

कुम्लेले केहि महत्वपूर्ण कुरा गर्न लागेको जस्तो लागेर रिट्ठे तुरन्तै चुप लागेर कुम्लेको अनुहार हेर्न थाल्यो र पुन्टे बुढालाई क्रमश: हाँसो घटाउँदै ठिक हुन केहि समय लाग्यो र उनि पनि कुम्लेलाई प्रश्नवाचक दृष्टीले हेर्न थाले।

तर बुढालाई सुरुवाल चोरेको भन्न हुँदैन नि मैले त रमैलो गर्न भन्या ह्याँ, बरु चिने भने के गर्नु आपत परो!

कुम्लेले आफ्नो मर्म भन्यो।

रिट्ठे शायद अझै केहि बोल्न खोज्दैथियो, पुन्टे बुढाले कुनै ठूलो बिद्वानको जस्तो भाव मुखमा ल्याउँदै कुम्ले र रिट्ठेलाई हेर्दै बोले-

के कुरा अर्छ कुम्ले, एस्ता कस्ता कस्ता कुरो तर लगाछ यो ज्यानले, ल सुनाओ ठिटा हो, झन रमैलो अर्ने हो त?

झन रमैलो? के रमैलो भन्या हो, बुढाले सुरुवाल नचिने हुन्तो, तेइ हो!

कुम्लेले उत्तर दियो।

रमाइलोको कुरा सुनेर रिट्ठे पनि ससर्कियो र उत्सुक नजरले पुन्टे बुढालाई हेर्न थाल्यो, अघि उसले भन्न लागेको कुरा बिर्सिएछ शायद्।

पुन्टे बुढाले अघि कुम्लेकै पाराले टाउको नजिकै ल्याउँदै भने-

हेरि यो सुरुवालको ईँजार निकाल् त्याँसि मेरो सुरुवालको इँजार नि निकाल्छु म इँजार फेरिदिने अन्खेरुन यो सुरुवालमा लाग्या पयाँलो अलि अलि पुछ्ने र बुडालाई सुरुवाल दान दिने हाहाहाहाहा!

पुन्टे बुढा आफ्नै आइडियामा हाँस्न थाले।

चिन्न त चिन्दैनन फेरि?

कुम्लेले शंका जाहेर गर्यो। रिट्ठे कहिले पुन्टे बुढाको, त कहिले कुम्लेको अनुहार पटक पटक हेर्दै कुरा बुझ्न खोज्दै थियो।

कताटि चिन्नु बुडाले चिन्ने भ अइ नै चिन्ते के रे, एक त तेस्तो सुरुवाल जसको नि हुन सउछ फेरि इँजारै अर्को छ, झन बुडाले कटटु मात्रै ला बेलाँ सुरुवाल दियो भनेर दङ्ग पर्छन्!

पुन्टे बुढाले तालु मुसार्दै आफ्नै आइडियामा गर्व गर्दै दुवैलाई पालैपालो हेर्दै उनिहरुको अनुहारमा आफ्नो आइडियाको प्रभाव हेर्न खोजे।

कुम्लेले मुख हँसिलो बनायो, उसलाई कुरा चित्त बुझेछ र हाँस्दै भन्यो-

उनकै सुरुवाल उनैलाई दान दिने हाहाहाहाह!

रिट्ठे पनि कुरा बुझेर बिस्तारै हाँस्न थाल्यो।

ल छिटो गरम बरु!

कुम्लेले एक पटक ढोकातिर हेरेर सुरुवालबाट इँजार निकाल्ने कोशिस गर्दै भन्यो।

पुन्टे बुढा जुरुक्क उठे र आफ्नो सुरुवालको सुर्केनि गाँठो फुकाएर फररररर ईँजार निकालेर एकैछिनमा ईँजार भुइँमा फाल्दै बसे र फेरि हाँस्दै भन्न थाले।

बुढा त बुढै हुन् हाहाहाहाहा आफू कट्टु लार हिन्दा नि आफ्नै सुरुवाल नचिन्ने हाहाहा!

कुम्लेले पनि सुरुवालको इँजार निकाल्यो र पुन्टे बुढाको कुरा सुनेर हाँस्दै मनमनै भन्यो-

आफ्नै भाले नचिनेर लुछि लुछि मासु चपायौ बुडा, अइले अर्कालाई भन्छौ!

तर प्रत्यक्षत: उसले पुन्टे बुढाको हाँसोमा साथ दियो र मसिनो हाँगाको टुक्रा खोज्न यताउता हेर्यो। नजिकै एउटा काठको लाम्चो ठेउको भे्ट्टायो र त्यसमा इँजारको मुख बाँधेर ईँजार हाल्न थाल्यो।

सुरुवालमा इँजार हाल्ने बेलामा कुम्लेले सुरुवाल चलाउँदा रिट्ठेले एकटकले सुरुवाल हेर्यो। उसलाई आफू बेहोश हुनुपूर्वको दृष्य फेरि याद आयो र भन्यो।

हन कुम्ले यो सुरुवालले त तिम्ले कुखुरा बाँध्याथेऊ हैन?

कुम्लेको ईँजार हाल्दा हाल्दैको हात एकछिन टक्क अडियो।

पुन्टे बुढाले कान ठाडो पार्दै रिट्ठेतिर हेरेर सोधे-

कुखुरा बाँध्या रे? किन?

करायो भनेर बाँध्या नि!

कुम्लेले फेरि इँजार हाल्न सकाएर सुरुवाललाई हातले पुछ्दै एकातिर राख्दै भन्यो।

तेइ सुरुवालले मुख बाँध्या भाले खोकिलामा च्यापेर दौडँदै गर्दा त हो नि कुम्ले मसित ठोक्केर म मुर्छा पर्या!

रिट्ठेले पुन्टे बुढाको अनुहार हेर्दै भन्यो।

सुरुवालले कुखुराको मुख बाँधेर दुगुरेको रे? हन क्यार्न दुकुर्न पर्या थो? कि चोरेर ल्याथिस ए यो कुखुरा? हाम्लाई चोर्या कुखुराको मासु त ख्वाइनस तँ स्वाँठले?

पुन्टे बुढाले कुम्लेको हातबाट काठको ठेउको लिँदै आफ्नो सुरुवाल फुकालेर सशंकित हुँदै कुम्लेलाई हेर्दै भने र इँजार हाल्न थाले।

कुम्ले एक छिन अक्क न बक्क भयो र पल्याक पुलुक यता उता हेर्न थाल्यो।

पर आँगनको डिलबाट धेरै मान्छेहरु यता आउँदै थिए।

हन सपै गाम नै एता आम्न लाए जस्तो छ नि!

कुम्लेले कुरा फेरेर डिलतिर हेर्दे भन्यो।

पुन्टे बुढाले हतार हतार सुरुवाल लगाउँदै फर्केर हेरे। रिट्ठेले पनि नजर घुमायो।

आँगनको डिलमा चेलिमायालाई पछाडि बोक्दै उनका पती अघि अघि, त्यसको पछाडि दीपलाई डोर्याउँदै माष्टरनी नानि, अनि पछाडि सान्नानी, शबु र पुन्टेनि भाउजु आउँदै थिए।

यो बुडि एतिबेला ह्याँ किन अन्मरिएकि होलि?

पुन्टेनि भाउजुलाई देखेर पुन्टे बुढा केहि छटपटिएका जस्ता देखिए।

यता ढोका खुल्यो, मदनवा र नेपे बुढा बाहिर निस्किएर यतै आउँदै थिए।

आँगनको डिलबाट सबैले यतै हेर्दै थिए।

कुम्लेले हेर्दा हेर्दै पुन्टेनी भाउजुले यता पुन्टे बुढालाई देखेर चिनेको र चिन्नासाथ बुढिको रिस बढेको चाल पायो।

चेलिमाया पिडामा हल्का कराएको सुन्यो कुम्लेले।

माष्टरनिले दीपलाई केहि भन्दै यता आएको सुन्यो र पुन्टेनि भाउजु एक्लै फत्फताएको झन प्रष्ट संग सुन्यो।

घरका कुखुरा सुखुरा चोरेर सपै सिद्द्याइसके चोरले, यि बुडा एता ढौँटली मारेर बस्या रचन्!

पुन्टेनि भाउजु पुन्टे दाईलाई देखेर फत्फताउँदै यतै आउँदैथिइन्।

यता कुरा गर्दै नेपे बुढा र मदनवा नजिकै आइपुगिसकेका थिए। कुम्लेले नेपे बुढाको स्वर पनि प्रष्ट सुन्यो-

त्यइ त कपाउँडार बाउ, आफू नाङ्गै छु तो सुरुवाल मेरै जस्तो लाउछ मलाई त!कुम्ले अहिले यो धरती चिरा परे त्यो भित्र हामफालेर सुरक्षित बस्न तयार देखिन्थ्यो।

------

Last edited: 18-Jul-08 02:37 PM

 
Posted on 07-18-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ऐया!

मरेँ म त!  ... नसकिने भयो प्रभु!

बाफ रे!


 
Posted on 07-18-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अह्ती देखी लेउछु भन्दा भन्दै अर्को पाटो हाली सउनु भच,
अैया हासेर मर्न लायेँ

घरका कुखुरा सुखुरा चोरेर सपै सिद्द्याइसके चोरले, यि बुडा एता ढौँटली मारेर बस्या रचन्!
कुम्ले को खैर छैन अब, भाग कुम्ले भाग।   
अब चै सान्नानी नि भेटे, बिस्तारइ सक्न लाउनु भा जह्तो छ् नि कथा।


 
Posted on 07-18-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यस्तो यस्तो रमाइलो कथा पढ्न पाएछी काम चोर हुन्नन् त गाम्लेहरु? जिम्मालबा, कति सारो हाँस्नु हौ।  

 
Posted on 07-21-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरु गर्न सजिलो सकाउन गाह्रो! कथा सकियो! २ दिन चौतारी र गाउँमा के के भयो कल्पना गरेर रमाइलो बनाउन खोज्या हो। अब कथा सकियो। आजको भाग अन्तीम भाग, भन्नाले एउटा ठूलो पाटोको सिमाना आज काट्न लागेको। बुन्ने काम सकिसक्यो अब बिट मार्ने काम हो, बिटमा बुनाइमा जस्तो बुट्टा नहोलान् तर बिट मार्नै पर्ने रहेछ। यो बर्खा मौसमको चौतारीको कथा सकिए पनि पछि कुनै अर्कै मौसमका घटनाहरु लिएर आउँला मौका मिलेसम्म। आजको अन्तीम भाग राख्दै पछि सबै कमेन्टगर्नेहरुलाई उत्तर दिने बाचा गर्छु।

अन्तीम भाग-

सबैजना क्रमश: नजिक आइपुग्दै थिए र कुम्लेलाई भाउन्न हुँदै थियो।

पुन्टे बुढाले जे जे सुने पनि बुढि यतिबेला स्वास्थ्यचौकीमा आएकोमा बुढा भुन्भुनाइरहेका थिए। रिट्ठे वाल्ल परेर टुलुटुलु सबैलाई हेरिरहेको थियो।

नेपे बुढा र मदनवा नजिकै आइपुगे तर अगाडिबाट आउँदै गरेका गाउँलेहरुलाई देखेर वाल्ल परेर हेर्न थाले।

कथि भयो चैली बहनको?

चेलिमायालाई बोकेर उनका पति नजिक आउनासाथ मदनवाले सोध्यो?

खै पँधेरा लडिछिन् दीपबाउ संग ठोक्केर खुट्टा मर्को जस्तो छ हिन्न सक्तिनन् हेर्दिनपरो डाउडर!

चेलीमायाको पतिले सबैलाई सरर हेर्दै मदनवातिर मुख गरेर भने।

छिटो भितरको लियावनुस हजुर!

मदनवाले हतार गर्दै चेलीमायालाई भित्र लैजाने इशारा गर्यो र दीपलाई डोर्याउँदै गरेकी माष्टरनी नानीतिर हेरेर दीपलाई पनि भित्र लैजाने इशारा गर्यो।

माष्टरनी नानिले दीपलाई चेलिमाया र उनको पतिको पछि पछि भित्र जाने इशारा गरिन्, शबु दीपसंगै चुपचाप पछि लागिन्।

घराँ लाइथाज छैन तिमी बुढा एता हल्लेर बस्या छौ?

पुन्टेनी भाउजुले आखिर बोलिको झटारो हान्ने मौका पाइन्।

पुन्टे बुढा अक्क न बक्क भए केहि उत्तर दिन मुख खोलेका मात्र थिए, सान्नानीलाई देखेर भने-

हन तिमी हराएउ भनेर बिस्टे बुडा र भउते खोज्न निस्क्या थे ब्यानै, दोभानेतिर लाए, कता गाथेऊ?

पुन्टे बुढाको प्रश्नले पुन्टेनि बुढि पनि चुप लागेर सान्नानी र माष्टरनीलाई हेर्न थालिन्।

हिजै राति भान्जी भोकाइन् भनेर घर लगेकिम के रे, तेतै निदाइछिन्!

माष्टरनिले सान्नानीको टाउको मुसार्दै उत्तर दिइन्।

पुन्टेनि भाउजुले फेरि मौका देखेर पुन्टेदाईतिर रिसले हेरेर बोल्न खोजेकि मात्र थिइन् पर बाट नेप्चिलाई बोकेर आउँदै गरेका ठूल्दाईलाई देखेर चुप लागिन्।

सबैजना त्यतै हेर्न थाले।

लौ के भा हो सपै गामलाई, सपै बिरामि पर्न थाले त!

सबैजना अन्यौलमा परे, धमाधम गाउँलेहरु एक पछि अर्को बिरामी भएर आउँदै थिए।

सबैले चुपचाप एक अर्काको मुख हेर्दै नेप्चिलाई बोकेर आउँदै गरेका ठूल्दाईलाई हेर्दै थिए।

मदनवा ढोकाबाट निस्कियो र ठूल्दाईले बिरामी नेप्चिलाई बोकेर ल्याएको देखेर केहि भन्न खोज्दै थियो त्यत्तिकैमा पुन्टे बुढाको आवाजले उसको ध्यान खिच्यो।

लौ अब चइनि गाममा देवी नै लागो जस्तो छ!

मदनवा लगायत सबैको नजर पुन्टे बुढाको अनुहार हुँदै पर आँगनको डिलबाट यता आउँदै गरेका मानिसहरुमा पर्यो।

गालेले बिस्टे बुढालाई पछाडि बोकेको थियो र संगै भउते हातमा पाखि र कुम्लो बोकेर यतै आउँदै थिए।

हजूरबाsssss!”

सान्नानीको मुखबाट खुसिको चित्कार निस्कियो।

----

 

मदनवाले आँगनमा अरु २ वटा गुन्द्रि ल्याएर ओछ्याएको थियो।

दीप, चेलीमाया, नेप्चि र बिस्टे बुढाको प्राथामिक उपचार भर्खरै सकिएको थियो र सवैजना स्वस्थ महशुस गर्दै थिए। चेलीमायाको खुट्टा हल्का मर्किएको रहेछ उनि खुट्टामा झुम्रो बाँढेर पति संगै बसेकि थिइन्। दीपको घाउ सानो थियो र सेतो पट्टि बाँधेको थियो। नेप्चिलाई खासै केहि भएको रहेनछ, कमजोरीले गर्दा र मनमा पिर लिएकोले रिंगटा लागेको रहेछ, यहि खुसियालीमा ठुल्दाईले अघि नै मदनवासंग मागेर गैँडा चुरोट सल्काईसकेका थिए। बिस्टे बुढा तल दोभानेमै पानी छादेर बाँचिसकेका थिए, यता नातिनीलाई देखेर उनको शरीरमा नया स्फुर्ती आइसकेको थियो। उनि नातिनीसंगै बसेका थिए। भर्खरै उपचार सकिएको थियो र सबैजना गुन्द्रिमा चुपचाप थिए। भर्खरै छलफल चलेको थियो र गुन्द्री अगाडि उभिएर गाले र भउतेले बिस्टे बुढा डुबेर बाँचेको कुरा सुनाएका थिए र संगसंगै गालेले बाटोमा भेटेको दुईजना अवतारीहरुले बुढा डुबेको दृष्य देखेपछि पारिबाट नै डराएर फर्केको कुरा पनि सुनाएको थियो। गुन्द्रिको एक छेऊमा केहि ढल्केर बसेको दीप र अर्को कुनामा माष्टरनी संग बसेकि शबुको कयौँ पटक नजर चार भैसकेका थिए र त्यो क्रम अझ जारि थियो। सबै बिरामिहरु मध्ये, रिट्ठे जवान भईकन पनि केहि नभइ बेहोश भएकोमा सबैले उसलाई जिस्क्याउँदै थिए। पुन्टेनि भाउजु पुन्टे बुढालाई खाउँला जसरि हेर्दै थिइन् र पुन्टे बुढा नेपे बुढा संग बसेर खुसुरफुसुर बात मार्दै थिए। कुम्ले औँला पड्काउँदै यताउता हेर्दै थियो।

ल अब किन सपै चुप लाया हुन? अब कोइलाई नराम्रो केइ भन ठिकै जो भयो!

भऊतेले मुसुक्क हाँस्दै सबैको ध्यान भंग गर्यो। केहि सोच्यो र गालेतिर हेरेर भन्यो-

साँच्चि गाले तो अइ बगराँ तैँले भिजाको खामको चिठि सुकार हाल्या थिस नि गोजिमा रिट्ठेको भन्या हैन?

भउतेको कुराले गालेले केहि सम्झे जस्तो गर्यो र एक पटक आत्तियो। बसन्तीले कसैलाई नभन्नु भनेर दिएको चिट्ठि भिजेपछि बरबाद भयो भन्ने ठानेर उसले भउतेलाई भनेको थियो अनि भउतेले सुकाउने सल्लाह दिएको थियो, र अहिले सबै भएको ठाउँमा भउतेले चिट्ठिको कुरा गर्दै थियो। गालेलाई आफूलाई माया गर्ने बसन्तीको बचन राख्न नसकेकोमा दुख लाग्दैथियो तर उसले अब के भन्ने र के गर्ने थाहा पाएन।

भउतेको कुरा सुनेर रिट्ठेको कान अघि नै ठाडो भैसकेको थियो र उसलाई उसको मुटुको धड्कन तेज  भएको जस्तो अनुभव हुँदै थियो।

दोभाने पारीको पसलबाट कुनै युवतीले रिट्ठेलाई पठाएको चिठिको कुरा निस्केको थियो  र सबैको ध्यान यता जानु स्वाभाविकै थियो।

सबैले उत्सुकतापूर्वक गालेलाई हेर्न थाले।

गालेलाई अप्ठ्यारो भयो। उसको सोझो मनले मनमनै बसन्तीसंग माफि माग्दै चिठी समात्यो र अगाडि बढेर रिट्ठेलाई दियो।

रिट्ठेले हल्का कामेको हातले गालेको हातबाट चिट्ठि लियो।

यत्तिकैमा पुन्टे बुढा जुरुक्क उठे र हात हल्लाउँदै भन्न थाले-

एउडा कुरो, हामि सपै ह्याँ भा बेलाँ, तँ रिट्ठे बजिया नि मरेर बाँच्या बेलाँ तेरा पुर्पुरो बल्नालाई चिठि आ छ ल सपैलाई सुनार पड् त?

पुन्टे बुढाको कुरामा भउते, गाले ले सहि थापे। दीपले पनि एक पटक शबुलाई हेर्दै पढेरै सुनाउनु पर्ने कुरामा जोड गर्यो।

रिट्ठे लजायो।

अब तँलाई हुने भ म पडेर सुनाइदिन्छु के रे!

भउतेले हँसिलो मुख लाउँदै भन्यो। रिट्ठेले निकैबेर लगाएर आखिर भउतेलाई चिठि पढेर सुनाउन दियो।

सबैको नजर भउतेतिर थियो। भउतेले सबैलाई एकपटक हेरेर पढ्न सुरु गर्यो-

 

प्यारो रिट्ठु,

टुकिको रातो उज्यालोमा म दुखि बअन्ति सेतो कागतमा निलो मसिले चिठि लेख्तई छु। जिन्तखिमा कइलेई केई राम्रो लाएन मलाई! ब्यान ब्यानै देखुन पारिको तिम्रो गामको भित्तो देखेर मन रित्तो हुन्च। दोभानेको खोलो सुसाम्दा पनि आफ्नै आँखो रसाम्छ।…”

 

रिट्ठेको शरिरको रौँहरु ठाडा भए! सबैले रिट्ठेलाई हेरे, रिट्ठेले एक पटक सबैलाई हेर्यो र रोमांचित हुँदै भुइँतिर हेरेर चिट्ठी सुन्न थाल्यो।

भउते पढ्दै थियो-

 

“….तिम्ले कुरो बुज्या छौ रिट्ठु तिमि मकै बेच्न बर्खमा एक पालि एता आम्दा मेरो मुटुमा भक्कानो छुट्च, तिम्लाई हेरिरन्छु ब्यान देखुन बेल्का सम्म। बर्खा बडेसि खोलो कराम्छ तिमि पारि हुन्चौ म वारि हुन्चु अन्खेरुन मेरो मन डराम्च। कइले बर्खा सक्केला र तिम्रो मयालाग्दो अउतार हेर्न पाम्ला भनेर डाँडाको देवि भाक्छु। केट्केटि देखुन तरुनि भइँ कइले नि कोइ मुन्चेको अउतार हेर्न मन लाउदैन तर तिमि आएसि मन कुटुकुटु खान्च र हेरिरन मन लाउच। दिनभरि पसलाँ बस्ता बस्ता केइ गर्न नि मन लाउदैन। च्या खान आम्ने मुन्छेहरुले क्वार्क्वार्ति हेर्चन ति असत्तिहरुको आँखो फुटाम्न मन लाउच। मनमा मेरि बास्सै नानाभाँति कुरो खेल्च सुनाम्ने ठाम कतै नाईँ। बाउ बुडोलाई सुनाम एक त के कुरो सुनाम्नु अर्को भएभरको बल लार कुरो गरेसि मात्रै सुन्चन्। दाजुभाई दिदि बइनि कोइ भा भ मनको कुरो अरेर हाइसन्चो मान्नु हुन्तो, म अभागिको भाग्गेमा भउवानले भाइबइना लेखेनचन्। बाउ अब मेरो ब्या अर्दिने भन्चन् ब्या अरेर कता पठाम्ने हुन डरले मुटु हल्लिन्च।

 

प्यारो रिट्ठु, तिमी मकै बेच्न हाम्रा पसल अगाडि बसेर टुलुटुलु मलाई हेर्दा तिम्रो नाकबाट खस्न लाएको सिआन तिम्ले सुट्ट पारेर फेरि नाकमै हुल्दा कठैबरा भन्दै रुमाल लेर पुछ्दिन मन लाउच। तिमि हिन्दा बेला बेलामा सुरुवाल तान्या देखेर कठैबरा ईँजार बाँध्ने ढङ्ग नि छइन के गरेर घर चलाउँदो हो जस्तो लाउच। तिम्रो कपालाँ धुलो कट्कट्टेर लट्टा पर्या देख्ता त रिट्ठु मेरि बास्सै, रिट्ठा घोटेर तिउँरो कपाल न्वाइदिन मन लाउच, मेथि फुरार तिम्रा तालुमा तेते घस्दिन मन लाउच। कति मया मान्चु मइले तिउँरो भन्ने कुरो कि त मइ अभागिलाई था च कि त भउवानलाई था च। तिम्रा आँखाले चिप्रा पुछ्तै मलाई हेर्दा तिम्ले नि कम्ता मया मान्दैनउ भन्ने बुज्या चु मइँले।……….”

 

यति सम्म पढ्दा रिट्ठेको मुटु ठेगानमा थिएन। मुख खुसिले खुलेको खुल्यै थियो र पुलुक पुलुक वरिपरि बसेका सम्पुर्ण गाउँलेलाई हेर्दै थियो।

सवैजना अवाक भएर रिट्ठेलाई हेर्दै थिए तर गाले बिचराको मन भने रोएर अहिले नै आँशु निक्लेला जस्तो भएको थियो। उसलाई थाहा थियो त केवल बसन्ति उसको अगाडि आएर हाँसेको, उसलाई माया गरेर खाजा दिएको र उसको सबै फर्सी किनिदिएको। यो सबै रिठ्ठेलाई माया गर्नलाई गरेकि रहिछे बसन्तीले, भनेर गालेले बुझ्दैथियो र संगसंगै मन बुझाउँदै पनि थियो।

रिट्ठेले उफ्रेको मुटुलाई केहि नियन्त्रणमा लियो र फेरि सुन्न थाल्यो-

 

“….के गर्नु रिट्ठु परमेस्सोरले म अभागिलाई बाउको घरमा एक्लै पठाए, आफ्नो भन्नु कोइ छइन। ब्या अर्ने बेला भयो रे सम्झेर अत्यास लाउछ। बा ले खोज्न त खोज्लान कस्तो खोज्लान, कुन गामका खोज्लान, कति बुडो खोज्लान था छइन। प्यारो रिट्ठु, यतिमाथि कुरो गरेसि त बुज्यौ होला मइले मनमनमा तिमि जति नजिकको तिमि जति हेलमेल गर्न गारो नलाग्ने मुन्छे कोइ नपार तिम्लाई सपै भन्दा नजिकको ठान्या चु। साउन पनि लाउन लायो अब, यो बर्खा सकिएसि दशैँ आम्छ दशै पचि त्यार आम्छ अन्खेरुन फेरि मेरो मुटुमा भक्कानो छुट्च। तर यसपालि चाडबाडाँ म एक्लै बस्न सक्तिन। मेरो बाबु, मैले यतिभाँति तिउँरो सिआन पुछिदिन मुन लाओ, इँजार बाँधिदिन मुन लाओ, न्वाइदिन मुन लाओ भन्या तेत्तिकै हइन आफ्ना दाइ भाई कोइ नभर तिम्रो थुतुनो देख्यो कि मेरा नि भाइ भा भ एस्तै हुन्तो होला भन्ने लाउच। मेरो ब्या, बा ले अर्ने भन्चन तर बाबु एउडै कोखाको नभ नि मुइँले भाई मानेसि तिउँले नि दिदि मानेर मेरो ब्या अर्न तेइ गाममा एउडो तिमि जस्तै बेबार बुज्ने सोजो केटो खोज्देऊ बाबु यो दुखिलाई, अन्खेरुन यसपालि त्याराँ म तिम्लाई भाईटिको लाइदिन्चु तेइबेलाँ हाम्रा बा संअ कुरो गर्देऊ।

रिट्ठु यो चिठि पाएसि गाले अर्को पालि फर्सि बेच्न एता आम्दा सपै कुरा गरेर मलाई चिठि पठाउ है बाबु।

सेतो कागतमा लेख्ने कालो मसि सक्किन लाओ, टुकिको तेल नि सक्किन लाओ, बाइर झ्वाउँकिरि कराइरच, अब कलम बन्द अर्छु।

उहि दुखि अभागि

बअन्ती

 

रिट्ठेको मुटु अगिसम्म उफ्रेको भन्दा फरक ढङ्गले झन जोडले उफ्रिन थाल्यो र सबै गाउँले सहानुभूतीको भावले रिट्ठेलाई हेर्दै थिए।

खै किन हो, गाले अब खुसिले नाच्न मात्र सकेको थिएन!

चिट्ठी सकिँदा नसकिँदै दीप र शबु त्यहाँ थिएनन, उनिहरु चौतारिबाट पनि तल दोभानेतिर एक अर्काको हात समात्दै झर्दै थिए र कुम्ले त्यहाँबाट लुसुक्क हिँडेर कतै हराइसकेको थियो!

समाप्त

Last edited: 21-Jul-08 04:17 PM

 
Posted on 07-21-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

हा हा हा
भाउन्न भो हास उठेर,मैले त पक्कै पनि रिट्ठे को भाग्य खुल्यो भन्ठान्या त
अन्तिम हरफ पढेची त हासो रोक्नै सकिन, बिचरा रिट्ठु कसो फेरी तेही बेहोस् भएन।

उत्कृष्ट लेखाइ सम्धी ज्यु
अब काठमाडौं को हिउद को कथा कैले सुरु गर्नु हुन्छ नि।
साउ को काम त हुँदै गर्छ, अर्को कथा को जग हाल्नु पर्‍यो, ट्रैलेर हेर्न मन लाई सक्यो।


 
Posted on 07-21-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे सोचेको थियो तेही भयो - अब यो गीत रिट्ठे ज्यु ले गाउछ

के सोचे मैले, के भयो अहिले -

अर्को गीत चाँही

उडायो सपना सबै हुरिले - सपना सबै हुरिले

अनी अर्को गीत

टाढा लैजाउ फुलहरु, छोपिदेउ तारा जुन
बन्द गर गीतहरु - उसको याद आउने सबै चिजहरु

अर्को नि गीत छ

एस्तो पनि हुँदो रैछ, जिन्दगीमा कहिले कहिले

अनी अर्को

नभन मेरो माया लाग्छ भनी
नबोलाउ भेट्न सुनसानमा
माया को कुरा अनी भेटघात बेकार हो
जानी जानी हृदय मा चोट निम्त्याउनु हो

अनी लास्टाँ

झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी

चुरा फुटेसरी भयो चराहरु उडीगए
चुरा फुटेसरी भयो चराहरु उडीगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी

 


 
Posted on 07-21-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, हाँस्दा हाँस्दा मर्न लागे म लोल

सबैजना सन्चो भएछन। Happy ending भएछ दीप्ज्यु अनी शब्बु को, सन्नानी ले नि हजुरबा लाई भेटिन.

चिट्ठी त ठयाक्कै मिलाउनु भयो।
के गर्नु दाई भाई छैन।
 समाप्त  देख्दा चाँही अली खल्लो लाग्यो। अब अर्को कथा कहिले शुरु गर्ने?

You are  a genius!!

Last edited: 21-Jul-08 04:50 PM

 
Posted on 07-21-08 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-21-08 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा, रिट्ठु को हरी बिजोग मै फिलिम सके छ। सेकेण्ड पार्ट नि होला नि? रिट्ठे लाई अली झिलिमिली पार्ट दिनु पर्‍यो।

जिम्मालअबा को कल्पनाशिलता, लेखकिय सुद्धता, सजिव चित्रन र समाबेसि पात्र र पात्रहरुको समानुपातिक बितरण अतुलनिय नै छ।


 
Posted on 07-21-08 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह जिम्माल बा! गज्जबसंग कथालाई बिट मार्नुभएछ। साह्रै रमाइलो भयो यो 'कथा चौतारीको!' शुरुदेखि अहिलेको अन्तिम भाग सम्म पढ्दा! एउटा राम्रो अध्यायको अत्यन्त राम्रो तरिकाले एकै ठाउँमा ल्याएर सकाउनुभयो। यो भन्दा उत्तम अन्त्य अर्को हुनै सक्दैन!

बसन्तीले भनेजस्तै "यु आर जिनियस!" मैले साझामा धेरै ट्यालेन्टेड मान्छेहरु देखेको छु तर जिम्माल बा सबै भन्दा अब्बल नम्बर हुन्! यो कुरामा कुनै शंका छैन!

अब कथा चौतारीको पनि सक्कियो साझा हेर्ने एउटा बाहना नि सक्कियो।

ल सबैलाई यहिँबाट तारेमाम! खुदा हफिज!

TATA


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters